< तीतस 3 >

1 शासकहरू र अधिकारीहरूका अधिनमा रहन, तिनीहरूका आज्ञा मान्‍न र हरेक असल कामका लागि तयार बस्‍न,
Put them in mind to submit themselves to governments, to authorities, to obey magistrates, to be ready for every good work,
2 कसैको निन्दा गर्न, तर्कवितर्कबाट अलग रहन, अरू मानिसहरूलाई आ-आफ्ना मार्गमा चल्न दिन र सबै मानिसहरूप्रति नम्रता देखाउन याद दिलाऊ ।
to speak evil of no one, to be averse to strife, forbearing, showing all meekness to all men.
3 किनभने एक पटक हामीहरू पनि लापरवाह, अनाज्ञाकारी थियौँ । हामी बरालिएका र धेरै प्रकारका खराब इच्छाहरू र विलासिताको दासत्वमा थियौँ । हामी दुष्‍टता र ईर्ष्यामा जिउँथ्यौँ । हामी घृणित र एक अर्कालाई घृणा गर्ने मानिस थियौँ ।
For we ourselves also were once foolish, disobedient, going astray, slaves to divers lusts and pleasures, living in malice and envy, hateful, hating one another.
4 तर जब परमेश्‍वर हाम्रा उद्धारकको दया र मानवजातिप्रति उहाँको प्रेम देखा पर्‍यो,
But when the kindness and love for men of God our Saviour appeared,
5 हामीले धार्मिकतामा गरेका कामहरूद्वारा होइन, तर उहाँको कृपाअनुसार नयाँ जन्मको स्‍नान र पवित्र आत्माको नविकरणद्वारा उहाँले हामीलाई बचाउनुभयो ।
not by works of righteousness which we did, but according to his mercy he saved us, by the bath of regeneration, and renewing of the Holy Spirit,
6 परमेश्‍वरले हाम्रा उद्धारक येशू ख्रीष्‍टद्वारा हामीमाथि पवित्र आत्मा प्रशस्त मात्रामा खन्याउनुभयो ।
which he poured out upon us richly through Jesus Christ our Saviour,
7 ताकि उहाँको अनुग्रहद्वारा धर्मी ठहरिएर हामी अनन्त जीवनको पक्‍का उत्तराधिकारीहरू भयौँ । (aiōnios g166)
that having been accepted as righteous by his grace, we might become heirs according to the hope of everlasting life. (aiōnios g166)
8 यी वचनहरू विश्‍वासयोग्य छन् । तिमी यी कुराहरूबारे ‍दृढतासाथ बलेको म चाहन्छु, ताकि परमेश्‍वरमा भरोसा गर्नेहरूले उहाँले तिनीहरूका सामु राख्‍नुभएको असल कामहरूतिर तिनीहरूका मन लगाऊन् । यी कुराहरू सबै मानिसहरूका लागि असल र फाइदाजनक छन् ।
True is the saying; and these things I desire that thou affirm earnestly, that they who have believed in God may be careful to practise good works. These things are good and profitable to men;
9 तर व्यवस्थाबारेको मूर्खतापूर्ण वादविवादहरू, वंशावलीहरू, झगडा र द्वन्दबाट अलग रहनू । ती कुराहरू मूल्यहीन र बेफाइदाका छन् ।
but avoid foolish questionings, and genealogies, and strifes, and contentions about the Law; for they are unprofitable and vain.
10 एक या दुई पटकको चेतावनी पश्‍चात तिमीहरूका बिचमा विभाजन गराउने जो-कोहीलाई इन्कार गर,
A man that stirs up divisions, after a first and second admonition, avoid;
11 र जान, कि यस्तो मनिस सही मार्गबाट भड्केको छ, पाप गर्दै छ र आफैँलाई दोष्याउँछ ।
knowing that he that is such is utterly perverted, and sinneth, being self-condemned.
12 जब म अर्तिमास वा तुखिकसलाई तिमीकहाँ पठाउँछु, चाँडो गर, र निकोपोलिसमा आऊ, जहाँ मैले हिउँद बिताउने निर्णय गरेको छु ।
When I shall have sent Artemas to thee, or Tychicus, use diligence to come to me to Nicopolis; for there I have determined to pass the winter.
13 चाँडो गर, र कानुनका ज्ञाता जेनास र अपोल्‍लोसलाई तिनीहरूलाई चाहिने सबै थोक दिएर पठाऊ ।
Zenas the lawyer and Apollos forward on their journey diligently, that nothing may be wanting to them.
14 हाम्रा मानिसहरू अत्यावश्‍यक खाँचाहरू पुरा गर्ने असल कामहरूमा आफैँ लाग्‍न सिक्‍नुपर्छ, ताकि तिनीहरू निष्फल नहोऊन् ।
And let those also who belong to us learn to practise good works for the necessary wants that arise, that they may not be unfruitful.
15 मसँग भएका सबैले तिमीलाई अभिवादन पठाएका छन् । विश्‍वासमा हामीलाई प्रेम गर्नेहरूलाई अभिवादन भनिदेऊ । तिमीहरू सबैसँग अनुग्रह रहोस् । आमेन् ।
All that are with me salute thee. Salute those who love us in the faith. Grace be with you all.

< तीतस 3 >