< तीतस 2 >
1 तर तिमीले उचित सिद्धान्तसँग मिल्ने कुरो मात्र भन्नू ।
Pour toi, dis les choses qui sont conformes à la saine doctrine.
2 वृद्ध पुरुषहरू संयम्, प्रतिष्ठित, समझदार, विश्वासमा, प्रेममा र धैर्यमा पक्का हुनुपर्छ ।
Dis que les vieillards doivent être sobres, honnêtes, modérés, sains dans la foi, dans la charité, dans la patience.
3 त्यसैगरी वृद्धा स्त्रीहरू कुरौटे होइन, सदैव आफैँलाई आदरणीय प्रस्तुत गर्नुपर्छ । तिनीहरूले मद्य पिइरहनु हुदैन ।
Dis que les femmes âgées doivent aussi avoir l’extérieur qui convient à la sainteté, n’être ni médisantes, ni adonnées au vin; qu’elles doivent donner de bonnes instructions,
4 तजवान स्त्रीहरूलाई तिनीहरूको सोचमा सन्तुलित हुन आह्वान गर्न, तिनीहरूका आफ्ना पतिहरू र बालबालिकाहरूलाई प्रेम गर्न उत्साह दिन, समझदार हुन,
dans le but d’apprendre aux jeunes femmes à aimer leurs maris et leurs enfants,
5 शुद्ध, असल गृहिणी र तिनीहरूका पतिहरूका आज्ञा पालन गर्न तिनीहरूले जे असल छ त्यही सिकाउनुपर्छ, ताकि परमेश्वरको वचनको निन्दा नगरियोस् ।
à être retenues, chastes, occupées aux soins domestiques, bonnes, soumises à leurs maris, afin que la parole de Dieu ne soit pas blasphémée.
6 त्यसै गरी जवान पुरुषहरूलाई समझदार हुनलाई आह्वान गर ।
Exhorte de même les jeunes gens à être modérés,
7 सबै कुरामा आफैलाई असल कामहरूको एउटा नमुनाको रूपमा प्रस्तुत गर, तिमीले सिकाउँदा शुद्धता, प्रतिष्ठा र निन्दा गर्न नसक्ने बोली-वचन देखाऊ ।
te montrant toi-même à tous égards un modèle de bonnes œuvres, et donnant un enseignement pur, digne,
8 सच्याउनु नै नपर्ने शब्दहरू बोल, तर यदि उनले तिम्रो विरोध गर्न प्रयास गरे भने हामी बारे भन्ने कुनै पनि खराब कुरा नभएकोले त्यसले कसैमाथि शर्म ल्याओस् ।
une parole saine, irréprochable, afin que l’adversaire soit confus, n’ayant aucun mal à dire de nous.
9 दासहरूले हरेक कुरामा तिनीहरूका मालिकहरूका आज्ञा पालन गरून् । तिनीहरूले उनीहरूलाई खुसी पार्न प्रयास गर्नुपर्छ, र तिनीहरूसँग विवाद नगरून्,
Exhorte les serviteurs à être soumis à leurs maîtres, à leur plaire en toutes choses, à n’être point contredisants,
10 र कुनै पनि थोक नचोरून्, तर तिनीहरूले असल विश्वास प्रकट गरून्, ताकि तिनीहरूले हाम्रा मुक्तिदाता परमेश्वरबारेको हाम्रो शिक्षालाई हरतरहले आकर्षक बनाऊन् ।
à ne rien dérober, mais à montrer toujours une parfaite fidélité, afin de faire honorer en tout la doctrine de Dieu notre Sauveur.
11 हेर, हामीले खुसीसाथ आशा गरिरहेका अर्थात् हाम्रा महान् परमेश्वर र मुक्तिदाता येशू ख्रीष्टको महिमा प्रकट हुने कुरालाई हामीले प्राप्त गर्न प्रतिक्षा गर्दा, हरेककहाँ मुक्ति ल्याउन सक्षम परमेश्वरको अनुग्रह देखा परेको छ,
Car la grâce de Dieu, source de salut pour tous les hommes, a été manifestée.
12 र हामीलाई अधार्मिकता र संसारिक इच्छाहरूलाई इन्कार गर्न अनि यस युगमा समझदार, (aiōn )
Elle nous enseigne à renoncer à l’impiété et aux convoitises mondaines, et à vivre dans le siècle présent selon la sagesse, la justice et la piété, (aiōn )
13 धार्मिक र ईश्वरीय जीवन जिउन तालिम दिन्छ ।
en attendant la bienheureuse espérance, et la manifestation de la gloire du grand Dieu et de notre Sauveur Jésus-Christ,
14 येशूले हामीलाई अधार्मिकताबाट स्वतन्त्र पार्न, र आफ्नै निम्ति जे असल छ त्यही गर्न इच्छुक मूल्यवान मानिसहरू अर्थात् शुद्ध बनाउन आफैँलाई हाम्रो निम्ति दिनुभयो ।
qui s’est donné lui-même pour nous, afin de nous racheter de toute iniquité, et de se faire un peuple qui lui appartienne, purifié par lui et zélé pour les bonnes œuvres.
15 यी कुराहरू भन, र उत्साह देऊ, र सारा अधिकारसहित सच्याऊ । तिमीलाई कसैले अनादर नगरोस् ।
Dis ces choses, exhorte, et reprends, avec une pleine autorité. Que personne ne te méprise.