< तीतस 1 >
1 परमेश्वरका सेवक र येशू ख्रीष्टका प्रेरित पावल परमेश्वरद्वारा चुनिएका मानिसहरूको विश्वासलाई स्थापित गर्न र सत्यताको ज्ञानलाई स्थापित गर्न जुन भक्तिसित सहमत हुँदछ,
Pavel, Božji služabnik in apostol Jezusa Kristusa, glede na vero Božjih izvoljencev in priznavanje resnice, ki je po bogaboječnosti;
2 अनन्त जीवनको निश्चयतामा, झुटरहित परमेश्वरले समयका सबै युगभन्दा पहिले प्रतिज्ञा गर्नुभयो । (aiōnios )
v upanju večnega življenja, ki ga je Bog, ki ne more lagati, obljubil, preden je svet nastal; (aiōnios )
3 ठिक समयमा, हाम्रा मुक्तिदाता परमेश्वरको आदेशअनुसार मलाई प्रचार गर्न सुम्पिएको सन्देशद्वारा उहाँले आफ्नो वचन प्रस्ट पार्नुभयो ।
toda ob primernih časih je svojo besedo jasno pokazal prek oznanjevanja, ki mi je bila zaupana glede na zapoved Boga, našega Odrešenika;
4 हाम्रो साझा विश्वासमा साँचा छोरा तीतसलाई । पिता परमेश्वर र हाम्रा मुक्तिदाता येशू ख्रीष्टबाट अनुग्रह, कृपा र शान्ति ।
Titu, mojemu lastnemu sinu, po skupni veri: ›Milost, usmiljenje in mir od Boga Očeta in Gospoda Jezusa Kristusa, našega Odrešenika.‹
5 अझै पुरा नभएका कुराहरूलाई तिमीले व्यवस्थित गर र मैले तिमीलाई निर्देशन गरेबमोजिम हरेक सहरमा एल्डरहरू नियुक्त गर भन्ने उद्देश्यले मैले तिमीलाई क्रेटमा छोडेँ ।
Na Kreti sem te pustil zaradi tega razloga, da urediš stvari, ki so pomanjkljive, ter v vsakem mestu določiš starešine, kakor sem ti določil;
6 एल्डर दोषरहित, एकै पत्नीका पति, दुष्ट वा अनुशासनहीनहरूको सूचीमा नपर्ने विश्वासयोग्य छोराछोरीहरू भएको हुनुपर्छ ।
če je kdorkoli brez krivde, soprog ene žene, z zvestimi otroki, [ki] niso obtoženi razgrajanja ali neposlušnosti.
7 परमेश्वरको घरानाका व्यवस्थापकको रूपमा बिशप हुनका लागि दोषरहित, नझर्कने वा नियन्त्रित, क्रोधित नहुने, मद्यको लत नलागेको, झैझगडा नगर्ने र लोभ नगर्ने हुनु आवश्यक छ ।
Kajti duhovni nadzornik mora biti brez krivde, kakor Božji oskrbnik, ne samovoljen, ne hitro jezen, ne vdan vinu, ne razuzdanec, ne vdan umazani grabežljivosti;
8 तर तिनी अतिथि सत्कार गर्ने, जे असल छ सोको मित्र, संवेदनशील, धर्मी, भक्त र आत्म-संयमी हुनुपर्छ ।
temveč ima rad gostoljubnost, ima rad dobre ljudi, trezen, pravičen, svet, zmeren;
9 तिनी भरोसा गर्न सक्ने वचनको सिद्धान्तमा दह्रोसँग लाग्नुपर्छ, ताकि तिनले जे उचित छ त्यस सिद्धान्तद्वारा उत्साह दिन सकून् र तिनको विरोध गर्नेहरूलाई हप्काउन सकून् ।
ki trdno drži zvesto besedo, kakor je bil poučen, da bo lahko zmožen z zdravim naukom ugovarjalce tako spodbujati kakor prepričevati.
10 किनकि त्यहाँ धेरै अनुसाशनहीन मानिसहरू छन्, विशेष गरी ती खतना गरेकाहरू । तिनीहरूका वचनहरू मूल्यहीन छन् । तिनीहरूले मानिसहरूलाई छल गर्दछन् र गलत मार्गमा डोर्याउँछन् ।
Kajti mnogo je neposlušnih in praznih blebetačev ter sleparjev, posebno tistih iz obreze,
11 तिनीहरूलाई रोक्न आवश्यक छ । तिनीहरूले निर्लज्ज लाभका निम्ति सिकाउनु नहुने कुरा सिकाउँछन् र सम्पूर्ण परिवारलाई बर्वाद पारि दिन्छन् ।
katerih usta se morajo zapreti, ki zaradi umazanega dobička spodkopavajo cele družine, ko učijo stvari, ki jih ne bi smeli.
12 तिनीहरूमध्येका बुद्धिमान मानिसले भनेका छन्, “क्रेटका मानिसहरू नरोकिकन झुटो बोल्नेहरू, खराब र खतरनाक जनावर अर्थात् अल्छी पेट भएकाहरू हुन् ।”
Eden izmed njih, njihov lastni prerok, je rekel: »Krečani so vedno lažnivci, zle živali, počasni trebuhi.«
13 यो भनाई सत्य छ, तिनीहरूलाई कडाइका साथ सुधार, ताकि तिनीहरू विश्वासमा ठिक हुन सकून् ।
To pričevanje je resnično. Zatorej jih ostro oštej, da bodo lahko zdravi v veri;
14 यहूदीहरूका दन्त्य कथामा र सत्यताबाट तर्केर गएका मानिसहरूका आदेशहरूमा समय खेर नफाल ।
ne dajajoč pozornosti judovskim bajkam in človeškim zapovedim, ki odvračajo od resnice.
15 शुद्ध हुनेहरूका निम्ति सबै थोक शुद्ध हुन्छन्, तर प्रदूषित र विश्वास नगर्नेहरूका निम्ति भने केही पनि शुद्ध हुदैन । बरु तिनीहरूका निम्ति मन र विवेक समेत प्रदूषित भएका हुन्छन् ।
Čistim so vse stvari čiste, toda tem, ki so omadeževani in neverni, ni nič čisto, temveč so omadeževane celó njihove misli in vest.
16 तिनीहरूले परमेश्वरलाई चिनेको छु त भन्छन्, तर तिनीहरूका कामले उहाँलाई इन्कार गर्दछ । तिनीहरू घृणित र अनाज्ञाकारी हुन्छन् अनि कुनै पनि असल कामका लागि योग्यका ठहरिदैनन् ।
Izpovedujejo, da poznajo Boga, toda z deli ga zanikajo, ker so gnusni in neposlušni in neuporabni za vsako dobro delo.