< तीतस 1 >
1 परमेश्वरका सेवक र येशू ख्रीष्टका प्रेरित पावल परमेश्वरद्वारा चुनिएका मानिसहरूको विश्वासलाई स्थापित गर्न र सत्यताको ज्ञानलाई स्थापित गर्न जुन भक्तिसित सहमत हुँदछ,
Paulo ntumwa wa Nnungu na ntumwa wa Yesu kilisito kwa haminia, panga bandu bake Nungu na hakili yake ya uhakika ya ileta aminia.
2 अनन्त जीवनको निश्चयतामा, झुटरहित परमेश्वरले समयका सबै युगभन्दा पहिले प्रतिज्ञा गर्नुभयो । (aiōnios )
Babile katika haminia ukoto wa milele wa Nungu juwa wechali baya ubuchu hatiaidi milele. (aiōnios )
3 ठिक समयमा, हाम्रा मुक्तिदाता परमेश्वरको आदेशअनुसार मलाई प्रचार गर्न सुम्पिएको सन्देशद्वारा उहाँले आफ्नो वचन प्रस्ट पार्नुभयो ।
Kwa wakati wapangite. Hatiumukwa likowe liake katika jukumu mbeile nenga chimulia likowe liake. yatinibidi panganyo naipeilwe jukumu na Nnungu nkombochi witu.
4 हाम्रो साझा विश्वासमा साँचा छोरा तीतसलाई । पिता परमेश्वर र हाम्रा मुक्तिदाता येशू ख्रीष्टबाट अनुग्रह, कृपा र शान्ति ।
Kwa tito mwana wangu kiukwli katika haminia kwitu, Neema, tuipatike uku witu buka kwa Nnungu tati bitu na Yesu kristu hatitukomboa twenga. Kwa sababu wenga natikuleka Krete.
5 अझै पुरा नभएका कुराहरूलाई तिमीले व्यवस्थित गर र मैले तिमीलाई निर्देशन गरेबमोजिम हरेक सहरमा एल्डरहरू नियुक्त गर भन्ने उद्देश्यले मैले तिमीलाई क्रेटमा छोडेँ ।
Kwa sababu mambo uyabike vizuri gote gagabile bado kamilika natibika bandu mukanisa liak kwa kila neema ganikulekile wenga.
6 एल्डर दोषरहित, एकै पत्नीका पति, दुष्ट वा अनुशासनहीनहरूको सूचीमा नपर्ने विश्वासयोग्य छोराछोरीहरू भएको हुनुपर्छ ।
Mzee wa kanisa kana habe nalikosa lioliote habe na nalume wa nwawa yumo, ywa bile na bana bakweli banga likupekelwa makowe kumbwali mundu.
7 परमेश्वरको घरानाका व्यवस्थापकको रूपमा बिशप हुनका लागि दोषरहित, नझर्कने वा नियन्त्रित, क्रोधित नहुने, मद्यको लत नलागेको, झैझगडा नगर्ने र लोभ नगर्ने हुनु आवश्यक छ ।
Ni muimu kwa kiongosi, msimamisi wa nyumba ya Nnungu kana habe na lawama, kana habe mundu nduti, kana habe na nyonge, kana hanywe wimbi, kana habe nabulwe, kana habe natama.
8 तर तिनी अतिथि सत्कार गर्ने, जे असल छ सोको मित्र, संवेदनशील, धर्मी, भक्त र आत्म-संयमी हुनुपर्छ ।
Habe mundu wa kalibicha bandu, ywapenda mema, ywabile na akili na nchima, ywa penda akihamwamini Nnungu, ywa itawala mwene.
9 तिनी भरोसा गर्न सक्ने वचनको सिद्धान्तमा दह्रोसँग लाग्नुपर्छ, ताकि तिनले जे उचित छ त्यस सिद्धान्तद्वारा उत्साह दिन सकून् र तिनको विरोध गर्नेहरूलाई हप्काउन सकून् ।
Ywa manyi kagayemelya mapandiso gaga pundisilwe ili awese kubayea moyo kwa mapundiso gana nnoga nakuagalambwa boti babakana.
10 किनकि त्यहाँ धेरै अनुसाशनहीन मानिसहरू छन्, विशेष गरी ती खतना गरेकाहरू । तिनीहरूका वचनहरू मूल्यहीन छन् । तिनीहरूले मानिसहरूलाई छल गर्दछन् र गलत मार्गमा डोर्याउँछन् ।
Maana baba kana bananchima mno mno babo kotwike pita nikombe makoe gabe akilalo banda kuakomba na kubaindi bandu kumbu katika upotofu.
11 तिनीहरूलाई रोक्न आवश्यक छ । तिनीहरूले निर्लज्ज लाभका निम्ति सिकाउनु नहुने कुरा सिकाउँछन् र सम्पूर्ण परिवारलाई बर्वाद पारि दिन्छन् ।
Lasima kubakinya bhandu katibo babapundi gangali na gapaikanagaoni gangali faida na kuibomwana nyumba yoti.
12 तिनीहरूमध्येका बुद्धिमान मानिसले भनेका छन्, “क्रेटका मानिसहरू नरोकिकन झुटो बोल्नेहरू, खराब र खतरनाक जनावर अर्थात् अल्छी पेट भएकाहरू हुन् ।”
Mundu yumo, atibaya ywaabi na busara “Aakrete bai na uboso wangali mwaiso, anyatau manyama ganatari mkata ywange yukuta.”
13 यो भनाई सत्य छ, तिनीहरूलाई कडाइका साथ सुधार, ताकि तिनीहरू विश्वासमा ठिक हुन सकून् ।
Aga ganikubakia ga-kweli, kwa iya ubakanikie kwa ngupu leka balongele ikoe ya kweli katika imani.
14 यहूदीहरूका दन्त्य कथामा र सत्यताबाट तर्केर गएका मानिसहरूका आदेशहरूमा समय खेर नफाल ।
Wenga kana ujingie katika adithi ya ubonjo ya kiyaudi au amri ya bandu bo ikoeya kweli kuipanga ubonjo.
15 शुद्ध हुनेहरूका निम्ति सबै थोक शुद्ध हुन्छन्, तर प्रदूषित र विश्वास नगर्नेहरूका निम्ति भने केही पनि शुद्ध हुदैन । बरु तिनीहरूका निम्ति मन र विवेक समेत प्रदूषित भएका हुन्छन् ।
Kwa boti baba pelekite ikowe yote mbeleteka. boti babile asapo bange amini utopo sakipeletike, kwa kuwa mawaso gabe na fikra yabe itichafuliwa.
16 तिनीहरूले परमेश्वरलाई चिनेको छु त भन्छन्, तर तिनीहरूका कामले उहाँलाई इन्कार गर्दछ । तिनीहरू घृणित र अनाज्ञाकारी हुन्छन् अनि कुनै पनि असल कामका लागि योग्यका ठहरिदैनन् ।
Baipanga kumtanga Nnungu lakini kwa makowe gabe bana kumkana bembeni baasi na bangali tii awaku banda bonekalia kwa kikowe chochoti chana unoga.