< श्रेष्‍ठगीत 7 >

1 प्रेमी प्रेमिकासित बोल्दैः हे राजकुमारकी छोरी, जुत्ता लगाएका तिम्रा खुट्टा कति राम्रा छन्! गुरु कारीगरका हातले बनाएका जस्तै तिम्रा तिघ्राका गोलाइहरू रत्‍नझैँ छन् ।
[[Lov.]] How beautiful are thy feet in sandals, O prince's daughter! The roundings of thy hips are like neck ornaments, The work of the hands of the artificer;
2 तिम्रो नाभि वृत्ताकार कचौराजस्तै छ, जसमा मिसिएको दाखमद्यको कहिल्यै कमी नहोस् । तिम्रो पेट लिली फुलहरूले घेरिएको गहुँको थुप्रोजस्तै छ ।
Thy navel is like a round goblet, that wanteth not the spiced wine; Thy belly like a heap of wheat, inclosed with lilies;
3 तिम्रा दुई स्तन दुईवटा पाठाजस्ता छन्, हरिणका जुम्ल्याहा पाठाजस्ता छन् ।
Thy two breasts are like two young twin gazelles;
4 तिम्रो घाँटी हस्ती-हाडको धरहराजस्तो छ । तिम्रा आँखा बाथ-रब्बीमको मूल ढोकाको छेउमा अवस्थित हेश्बोनका तलाउहरूजस्ता छन् । तिम्रो नाक दमस्कसतिर फर्केको लेबनानको धरहराजस्तो छ ।
Thy neck is as a tower of ivory; Thine eyes are like the pools at Heshbon, by the gate of Bath-rabbim; Thy nose is as the tower of Lebanon, which looketh toward Damascus;
5 कर्मेल डाँडाजस्तै तिम्रो शिरले तिमीमाथि छ । तिम्रो शिरमा भएको कपाल कालो बैजनी रङको छ । कपालका राशिद्वारा राजा मोहित पारिन्छन् ।
Thy head upon thee is like Carmel, And the hair of thy head like purple; The king is captivated by thy locks.
6 हे मेरी प्रिय, तिम्रो आनन्दमा तिमी कति सुन्दरी र मायालु छ्यौ!
How fair, how pleasant art thou, love, in delights!
7 तिम्रो उचाइ खजूरको रुखजस्तै छ, र तिम्रा स्तनहरू फलका झुप्पाझैँ छन् ।
This thy stature is like the palm-tree, And thy breasts like clusters of dates.
8 मैले भनेँ, “म त्यस खजूरको रुखमा चढ्न चाहन्छु । म त्यसका हाँगाहरू समात्‍ने छु ।” तिम्रा स्तनहरू दाखका झुप्पाहरूजस्तै होऊन्; तिम्रो नाकको सुगन्ध स्याउको बोटझैँ होस् ।
I will go up, say I to myself, upon the palm-tree; I will take hold of its boughs, And thy breasts shall be as clusters of the vine, And the fragrance of thy nose like apples,
9 तिम्रो मुखको तालु मेरा प्रेमीकहाँ बिस्तारै बगेर जाने, सुत्‍नेहरूका ओठमा बग्‍ने सर्वोत्तम दाखमद्यजस्तै होस् । प्रेमिका प्रेमीसित बोल्दैः
And thy mouth like the best wine— [[M.]] — that goeth down smoothly for my beloved, Flowing over the lips of them that sleep.
10 म मेरा प्रेमीकी हुँ, र उहाँले मेरो मेरो तृष्णा गर्नुहुन्छ ।
I am my beloved's, And his desire is toward me.
11 हे मेरा प्रेमी, आउनुहोस् । हामी खेतबारीमा डुल्न जाऔँ; गाउँहरूतिरै रात बिताऔँ ।
Come, my beloved, let us go forth into the country; Let us lodge in the villages!
12 हामी बिहान सबेरै उठेर दाखबारीहरूमा जाऔँ । दाखहरूमा कोपिला लागेर फक्रेका छन् कि छैनन्, र दारिमहरूमा फुल लागेका छन् कि छैनन् भनेर हेर्न जाऔँ । त्यहाँ म तपाईंलाई मेरो प्रेम दिने छु ।
Then will we go early to the vineyards, To see whether the vine putteth forth, Whether its blossom openeth, And the pomegranates bud forth; There will I give thee my love!
13 दूधे-फुलहरूले आफ्नो बास्‍ना फैलाउँछन् । हामी उभिरहेको ढोकामा हर किसिमका उत्तम, नयाँ र पुराना फलहरू छन्, जुन मैले मेरा प्रेमीका लागि साँचिराखेकी छु ।
The love-apples give forth fragrance; And at our doors are all kinds of precious fruits, new and old: I have kept them for thee, my beloved!

< श्रेष्‍ठगीत 7 >