< श्रेष्‍ठगीत 6 >

1 यरूशलेमका स्‍त्रीहरू प्रेमिकासित बोल्दैः हे स्‍त्रीहरूमध्ये असाध्यै सुन्दरी, तिम्रा प्रेमी कहाँ जानुभएको छ? तिम्रा प्रेमी कुनचाहिँ दिशामा जानुभएको छ ताकि हामी तिमीसँगै खोज्न सकूँ? प्रेमिका आफूसित बोल्दैः
Kamo je otišao dragi tvoj, o najljepša među ženama? Kuda je zamakao dragi tvoj, da ga tražimo s tobom?
2 मेरा प्रेमी आफ्नो बगैँचामा, सुगन्धित मसलाहरूले भरिएको ओछ्यानमा जानुभएको छ; बगैँचामा चाहार्न र लिली फुलहरू बटुल्न जानुभएको छ ।
Dragi je moj sišao u svoj vrt k lijehama mirisnog bilja da pase po vrtovima i da bere ljiljane.
3 म मेरा प्रेमीको हुँ, र मेरा प्रेमी मेरै हुनुहुन्छ । उहाँ प्रसन्‍न हुँदै लिली फुलहरूका बिचमा चाहर्नुहुन्छ । प्रेमी प्रेमिकासित बोल्दैः
Ja pripadam dragome svome, dragi moj pripada meni, on pase među ljiljanima.
4 हे मेरी प्रिय, तिमी तिर्साजत्तिकै सुन्दरी र यरूशलेमजत्तिकै मायालु छ्यौ । तिमी आफ्ना झन्डाहरू फहराउने सेनाजत्तिकै प्रतापी छ्यौ ।
Lijepa si, prijateljice moja, kao Tirsa, krasna si kao Jeruzalem, strašna kao vojska pod zastavama.
5 तिम्रा आँखा मबाट तर्काऊ, किनकि तिनले मलाई व्याकुल तुल्याउँछन् । तिम्रो कपाल गिलाद पहाडबाट झरिरहेका बाख्राहरूको बगालजस्तो छ ।
Odvrati oči svoje od mene jer me zbunjuju. Kosa je tvoja kao stado koza koje silaze s Gileada.
6 तिम्रा दाँत भरखरै कत्रेका, नुहाउने ठाउँबाट आएका भेडीहरूको बथानजस्तै छन् । हरेकको जुम्ल्याहा छ, र तिनीहरूका बिचमा कोही पनि एकलो छैन ।
Zubi su ti kao stado ovaca ostriženih kada s kupanja dolaze: idu dvije i dvije kao blizanke i nijedna nije osamljena.
7 तिम्रा गालाहरू घुम्टोभित्रका दुई फ्याक परेका दारिमहरूजस्ता छन् । प्रेमी आफूसित बोल्दैः
Kao kriške mogranja tvoji su obrazi pod koprenom tvojom.
8 साठी जना रानी, असी जना भित्रिनी र अनगिन्ती युवतीहरू छन् ।
Ima šezdeset kraljica, osamdeset inoča, a djevojaka ni broja se ne zna.
9 तर मेरी ढुकुर्नी, मेरी विशुद्ध एक मात्र छिन् । उनी आफ्नी आमाको एक मात्र छोरी हुन् । उनी आफ्नी आमाले जन्माएकी मनपर्ने छोरी हुन् । युवतीहरूले उनलाई देखे, उनलाई धन्यको भने । रानीहरू र भित्रिनीहरूले पनि उनलाई देखे, र उनको प्रशंसा गरे । रानीहरू र भित्रिनीहरूले भने,
Ali je samo jedna golubica moja, savršena moja, jedina u majke, izabrana u roditeljke svoje. Vidjele su je djevojke i nazvale je blaženom, a kraljice i inoče hvale su joj izrekle.
10 “प्रभातझैँ उदाउने, चन्द्रमाझैँ सुन्दरी, सूर्यझैँ चम्किलो, आफ्ना झन्डाहरू फहराउने सेनाझैँ प्रतापी यी को हुन्?” प्रेमी आफूसित बोल्दैः
Tko je ova koja dolazi kao što zora sviće, lijepa kao mjesec, sjajna kao sunce, strašna kao vojska pod zastavama?
11 बेसीँमा उब्जनी बढेको, दाखबारीहरूमा कोपिला लागेको छ या छैन र अनारमा मुजुरा लागेको छ या छैन भनी हेर्न म बदामका रुखहरूको बगैँचाभित्र छिरेँ ।
Siđoh kroz nasade oraha da vidim mladice u dolinama, da pogledam pupaju li vinogradi, cvatu li mogranji.
12 म यति धेरै खुसी भएँ, कि म राजकुमारको रथमा चढिरहेको भान भयो । मित्रहरू प्रेमिकासित बोल्दैः
Ne znam kako, tek želja moja pope me na kola naroda mog kneževskog.
13 हे सिद्ध प्रेमिका, फर्केर आऊ, फर्केर आऊ । हामीले तिमीलाई एकटक लगाएर हेर्न सकूँ भनेर फर्केर आऊ, फर्केर आऊ । प्रेमिका साथीहरूसित बोल्दैः तिमीहरू किन दुई जना सेनाको बिचमा नाच्छन् जस्तै गरी सिद्ध प्रेमिकालाई एकटक लगाएर हेर्छौ?
Vrati se, Sulamko, vrati se, vrati se da te gledamo! Što ćete vidjeti na Sulamki koja pleše u dva zbora?

< श्रेष्‍ठगीत 6 >