< श्रेष्ठगीत 4 >
1 प्रेमी प्रेमिकासित बोल्दैः हे मेरी प्रिय, तिमी सुन्दरी छ्यौ । तिमी सुन्दरी छ्यौ । घुम्टोभित्र लुकेका तिम्रा आँखा ढुकुरजस्ता छन् । तिम्रो कपाल गिलाद पहाडबाट झरिरहेका बाख्राहरूको बगालजस्तो छ ।
◆新郎: 我的愛卿! 妳多麼美麗! 妳的兩眼隱在面紗後,有如一對鴿眼;妳的頭髮猶如由基肋阿得山下來的一群山羊。
2 तिम्रा दाँत भरखरै कत्रेका, नुहाउने ठाउँबाट आएका भेडीहरूको बथानजस्तै छन् । हरेकको जुम्ल्याहा छ, र तिनीहरूका बिचमा कोही पनि एकलो छैन ।
妳的牙齒像一群剪毛後洗潔上來的母綿羊,都懹有雙胎,沒有不生育的。
3 तिम्रा ओठ सिन्दुरे रङको धागोजस्ता राता छन् । तिम्रो मुख मायालु छ । तिम्रा गालाहरू घुम्टोभित्रका दुई फ्याक परेका दारिमहरूजस्ता छन् ।
妳的嘴脣像一縷朱紅線,妳的小口嬌美可愛;妳隱在面紗後的兩頰,有如分兩半的石榴。
4 तिम्रो घाँटी सिपाहीहरूका एक हजार ढाल झुण्ड्याइएको, पत्थरहरूको लहरमा निर्मित दाऊदको धरहराजस्तो छ ।
妳的頭頸宛如達味的寶塔,建築如寶疊,懸有上千的盾牌都是武士的利器。
5 तिम्रा दुई स्तन दुईवटा पाठाजस्ता छन्, लिलीहरूको बिचमा चर्ने हरिणका जुम्ल्याहा पाठाजस्ता छन् ।
妳的兩個乳房,好似母羚羊的一對孿生小羚羊,牧放在百合花中。
6 बिहान भएर छाया नभागेसम्म म मूर्रको पहाड र धूपको डाँडामा उक्लने छु ।
趁晚風還未生涼,日影還未消失,我要到沒藥山,上乳香嶺。
7 हे मेरी प्रिय, तिमी हर क्षेत्रमा सुन्दरी छ्यौ, र तिमीमा कुनै खोट छैन ।
我的愛卿! 妳是全美的,妳毫無瑕疵。
8 हे मेरी दुलही, लेबनानबाट आऊ । लेबनानबाट मसितै आऊ । अमानाको टाकुराबाट ओर्लेर आऊ; सेनीर र हेर्मोनको टाकुराबाट, सिंहहरूको ओडार र चितुवाहरूका पहाडी अखडाबाट आऊ ।
妳從黎巴嫩下來,離開阿瑪納山巔,色尼爾和赫爾孟山頂,獅子的巢穴,豹子的山崗。
9 हे मेरी बहिनी, मेरी दुलही, तिमीले मेरो हृदय चोरेकी छौ । एकै नजरले, तिम्रो हारको रत्नले तिमीले मेरो हृदय चोरेकी छौ ।
,妳奪去了我的心! 妳回目一顧,妳項鏈上的一顆珍珠,奪去了我的心。
10 हे मेरी बहिनी, मेरी दुलही, तिम्रो प्रेम कति सुन्दर छ! तिम्रो प्रेम दाखमद्यभन्दा कति असल छ! कुनै पनि मसलाभन्दा तिम्रो अत्तरको बास्ना सुगन्धित छ ।
我的妹妹,我的新娘! 妳的愛撫多麼甘甜,妳的愛撫勝過美洒,妳香液的芬芳超越一切的香料。
11 हे मेरी दुलही, तिम्रा ओठले मह चुहाउँछन् । मह र दूध तिम्रो जिब्रोमूनि छन् । तिम्रो लुगाको बास्ना लेबनानको बास्नाझैँ छ ।
我的新娘! 妳的嘴脣滴流巒蜜,妳的舌下有蜜有奶;妳衣服的芬芳好似乳香。
12 हे मेरी बहिनी, मेरी दुलही बन्द गरिएको बगैँचाझैँ, छोपिएको फुहाराझैँ छिन् ।
我的妹妹,我的新娘! 是關閉的花園,是一座關鎖的花園,我一個封鎖的泉源。
13 तिम्रा हाँगाहरू उत्तम फल फलाउने अनारका रुखहरू, मेहदी र जटामसीको कुञ्जझैँ,
妳吐苗萌芽,形成了石榴園,內有各種珍奇的果木:鳳仙和玫瑰,杳樹,
14 जटामसी र केशर, बोझो र दालचिनीसाथै हर किसिमका मसलाहरू, मूर्र र एलावासाथै हर किसिमका सुगन्धित मसलाहरूको कुञ्जझैँ छन् ।
甘松和番紅,丁香和肉桂,各種乳香樹,沒藥蘆薈,以及各種奇香異草。
15 तिमी त बगैँचाको फुहारा, ताजा पानीको इनार, लेबनानबाट बहने खोलाहरू हौ । प्रेमिका प्रेमीसित बोल्दैः
妳是湧出的水泉,是從黎巴嫩流下的活水泉。新娘:
16 ए उत्तरी बतास, बिउँझी । ए दक्षिणी बतास, आइज । मेरो बगैँचाका मसलाहरूले आ-आफ्ना सुगन्ध फैलाउन सकून् भनेर यहाँबाट बह । मेरा प्रेमी उहाँको बगैँचामा आऊन्, र उसका उत्तम फलहरू खाऊन् ।
北風,吹來! 南風,吹來! 吹向我的花園,使它的清香四溢。願我的愛人進入他的花園,品嘗其中的佳果!