< श्रेष्ठगीत 3 >
1 प्रेमिका आफैसित बोल्दैः रातमा मेरो ओछ्यानमा मेरो प्राणले प्रेम गरेको प्रेमीलाई मैले खोज्दै थिएँ । मैले उहाँको खोजी गरेँ, तर उहाँलाई भेट्टाउन सकिनँ ।
Por la noche en mi cama, Busqué a quien mi alma ama. Lo busqué, pero no lo encontré.
2 मैले आफैलाई भनेँ, “म उठ्ने छु, र सहरबाट जाने छु, गल्ली र चोकहरूबाट जाने छु । मेरो प्राणले प्रेम गरेको प्रेमीलाई म खोज्ने छु ।” मैले उहाँको खोजी गरेँ, तर उहाँलाई भेट्टाउन सकिनँ ।
Me levantaré ahora y recorreré la ciudad; en las calles y en las plazas buscaré al que ama mi alma. Lo busqué, pero no lo encontré.
3 पहरेदारहरू सहरमा घुम्दै गर्दा तिनीहरूले मलाई भेट्टाए । मैले तिनीहरूलाई सोधेँ, “मेरो प्राणले प्रेम गर्ने मेरा प्रेमीलाई के तपाईंहरूले देख्नुभएको छ?”
Los vigilantes que recorren la ciudad me encontraron; “¿Has visto al que ama mi alma?”
4 तिनीहरूबाट गएको केही समयपछि मात्रै मेरो प्राणले प्रेम गर्ने मेरा प्रेमीलाई मैले भेट्टाएँ । मैले उहाँलाई समातेँ, र मेरी आमाको घरमा, मलाई जन्म दिनुहुनेको कोठाभित्र नल्याएसम्म मैले उहाँलाई जान दिइनँ । प्रेमिका अन्य स्त्रीहरूसित बोल्दैः
Apenas había pasado de ellos, cuando encontré al que ama mi alma. Lo abracé y no lo dejé ir, hasta que lo llevé a la casa de mi madre, en la habitación de la que me concibió.
5 हे यरूशलेमका छोरीहरू हो, मैदानका मुडुली मृग र हरिणहरूको नाउँमा म तिमीहरूसित वाचा बाँध्छु, कि आफूले नचाहेसम्म प्रेमलाई नबिउँझाओ वा नजगाओ । प्रेमिका आफैसित बोल्दैः
Os conjuro, hijas de Jerusalén, por las corzas, o por las ciervas del campo, para que no despiertes ni despiertes el amor, hasta que lo desee.
6 व्यापारीहरूद्वारा बेचिएका सबै मसलाबाट बनिएको मूर्र र धूपले सुगन्धित भएर धूवाँको मुस्लोझैँ उजाड-स्थानबाट माथि आउँदै गरेको के हो?
¿Quién es ese que sube del desierto como columnas de humo? perfumado con mirra e incienso, con todas las especias del comerciante?
7 हेर, यो त सोलोमनको पलङ्ग पो रहेछ । इस्राएलका साठी जना योद्धाले यसको वरिपरि सुरक्षा दिँदै छन् ।
¡Mira, es el carruaje de Salomón! Sesenta hombres poderosos están a su alrededor, de los hombres poderosos de Israel.
8 तिनीहरू सबै तरवार चलाउन सिपालु छन्, र युद्धमा अनुभवी छन् । रातको त्रासको विरुद्धमा लड्न हरेकले तरवार भिरेको छ ।
Todos ellos manejan la espada y son expertos en la guerra. Todo hombre tiene su espada en el muslo, por el miedo en la noche.
9 राजा सोलोमनले आफ्नै निम्ति लेबनानको काठबाट पालकी बनाउनुभयो ।
El rey Salomón se hizo un carruaje del bosque del Líbano.
10 यसका डन्डाहरू चाँदीका थिए । यसको पछाडिको भाग सुनबाट बनेको थियो, र आसनचाहिँ बैजनी वस्त्रले ढाकिएको थियो । यसको भित्री भागचाहिँ यरूशलेमका छोरीहरूको प्रेमले सजिएको थियो । प्रेमिका यरूशलेमका स्त्रीहरूसित बोल्दैः
Hizo sus pilares de plata, su fondo de oro, su asiento de púrpura, el centro de la misma está pavimentado con amor, de las hijas de Jerusalén.
11 हे सियोनका छोरीहरू हो, बाहिर गएर राजा सोलोमनलाई एकटक लगाएर हेर, जसले मुकुट लगाउनुभएको छ, जुन उहाँकी आमाले विवाहको दिनमा, उहाँको हृदय आनन्दले भरिएको दिनमा उहाँलाई पहिराइदिएकी थिइन् ।
Salid, hijas de Sión, y ved al rey Salomón, con la corona con la que su madre le ha coronado, en el día de sus bodas, en el día de la alegría de su corazón.