< श्रेष्‍ठगीत 2 >

1 प्रेमिका प्रेमीसित बोल्दैः म शारोनको घाँसे मैदानमा उम्रने फुल र बेँसीको लिली हुँ । प्रेमिका प्रेमीसित बोल्दैः
Es esmu roze Šaronā un lilija ielejā.
2 काँढाहरूका बिचमा फुलेको लिली फुलझैँ मेरी प्रिय युवतीहरूका बिचमा छिन् । प्रेमिका आफैसित बोल्दैः
Tā kā lilija starp ērkšķiem, tāda ir mana draudzene starp tām meitām.
3 जङ्गलका रुखहरूमध्ये स्याउको रुखझैँ मेरा प्रेमी युवाहरूका बिचमा हुनुहुन्छ । म उहाँको छायामुनि बडो आनन्दसित पल्टन्छु, र उहाँको फलको स्वाद मलाई मिठो लाग्छ ।
Tā kā ābele starp meža kokiem, tāds ir mans draugs starp tiem dēliem. Es ilgojos sēdēt viņa pavēnī, un viņa auglis manai mutei salds.
4 उहाँले मलाई दाखमद्य-गृहमा ल्याउनुभयो, र ममाथि भएको उहाँको झन्डा प्रेम थियो । प्रेमिका प्रेमीसित बोल्दैः
Viņš mani ved vīna namā, un mīlestība ir viņa karogs pār mani.
5 मलाई किसमिसको परिकारले सजीव तुल्याउनुहोस्, र स्याउले ताजा बनाउनुहोस्, किनकि म प्रेमले कमजोर भएकी छु । प्रेमिका आफैसित बोल्दैः
Atspirdzinājiet mani ar vīna ogām un spēcinājiet mani ar āboliem; jo es nīkstu no mīlestības.
6 उहाँको देब्रे हात मुरो शिरमूनि छ, र दाहिने हातले मलाई अङ्गालो हाल्छ । प्रेमिका अन्य स्‍त्रीहरूसित बोल्दैः
Viņa kreisā roka ir apakš manas galvas, un viņa labā roka mani apkampj.
7 हे यरूशलेमका छोरीहरू हो, मैदानका मुडुली मृग र हरिणहरूको नाउँमा म तिमीहरूसित वाचा बाँध्छु, कि आफूले नचाहेसम्म प्रेमलाई नबिउँझाओ वा नजगाओ । प्रेमिका आफैसित बोल्दैः
Es jūs mīļi lūdzu, jūs Jeruzālemes meitas, pie tām stirnām un kalnu kazām laukā, neuztraucat un nemodinājat mīlestību, kamēr tai pašai patīk.
8 मेरा प्रेमीको सोर सुनिएको छ । सुन, पहाडहरूमा हामफाल्दै र डाँडाहरू छिचोल्दै उहाँ यहाँ आउनुहुन्छ ।
Šī ir mana drauga balss; redzi, viņš nāk un lēkā pa tiem kalniem un deij pa tiem pakalniem.
9 मेरा प्रेमी हरिण वा जवान मृगजस्तै हुनुहुन्छ । हेर, उहाँ हाम्रो पर्खालको पछाडिपट्टि उभिरहनुभएको छ । उहाँले झ्यालभित्र नियालेर हेर्दै हुनुहुन्छ र आँखी-झ्यालभित्र चियाएर हेर्दै हुनुहुन्छ ।
Mans draugs ir līdzīgs stirnai vai jaunam briedim. Redzi, viņš stāv aiz sienas, skatās caur logiem un raugās caur skadriņiem.
10 मेरा प्रेमी मसित बोल्नुभयो र उहाँले मलाई भन्‍नुभयो, “हे मेरी प्रिय, उठ । हे मेरी सुन्दरी, मसित आऊ ।
Mans draugs atbild un saka uz mani: celies, mana draudzene, mana skaistā, un nāc!
11 हेर, हिउँद बितिसकेको छ; वर्षा पनि सकिएर गयो ।
Jo redzi, ziema ir pagājusi, stiprais lietus jau ir pārgājis un nost.
12 पृथ्वीमा फुलहरू देखा परेका छन् । छिँवल्ने र चराचुरुङ्गीहरूले गीत गाउने समय आएको छ, अनि हाम्रो देशमा ढुकुरहरूको सोर सुनिएको छ ।
Puķes rādās laukā, dziesmu laiks atnācis, un ūbeles balss dzirdama mūsu zemē.
13 अञ्‍जीरका बोटमा अञ्‍जीरका हरिया दाना लागिसकेका छन् र दाखहरूको मुजुरा लागेका छन् । तिनीहरूले आफ्ना बास्‍ना फिँजाउँछन् । हे मेरी प्रिय, मेरी सुन्दरी, उठेर आऊ ।
Vīģes koks dabūjis pumpurus, un vīna koki plaukst un dod smaržu; celies, nāc, mana draudzene, mana skaistā, nāc šurp!
14 पहराका धाँदाहरू, भिरालो पहाडका गुप्‍त चिराहरूमा बस्‍ने मेरी ढुकुर्नी, मलाई तिम्रो मुहार हेर्न देऊ । मलाई तिम्रो सोर सुन्‍न देऊ, किनकि तिम्रो सोर सुरिलो छ, र तिम्रो मुहार मायालु छ ।” प्रेमिका प्रेमीसित बोल्दैः
Mans balodis akmeņu kalnos, apslēptos plaisumos, parādi man savu vaigu, dod man savu balsi dzirdēt; jo tava balss ir salda, un tavs vaigs ir mīlīgs.
15 हाम्रा लागि फ्याउराहरू समात्‍नुहोस्, ससाना फ्याउराहरू जसले दाखबारि नष्‍ट पार्छन्, किनकि हाम्रो दाखबारीमा मुजुरा लागेको छ ।
Gūstat mums lapsas, tās mazās lapsas, kas vīna dārzus maitā, jo mūsu vīna dārzi stāv ziedos.
16 मेरा प्रेमी मेरै हुनुहुन्छ, र म उहाँकी हुँ । उहाँ प्रसन्‍न हुँदै लिली फुलहरूका बिचमा घुमेर हिँड्नुहुन्छ । प्रेमिका प्रेमीसित बोल्दैः
Mans draugs ir mans, es esmu viņa, kas pa tām lilijām gana.
17 हे मेरा प्रेमी, प्रभातको मन्द हावा चल्नुअगि र छाया भाग्‍नुअगि नै जानुहोस्, गइहाल्नुहोस् । भिराला पहाडहरूमा हरिण वा जवान मृगझैँ हुनुहोस् ।
Kamēr diena metās dzestra un ēnas bēg, atgriezies, mans draugs, kā stirna, vai kā jauns briedis pa kalnu plaisumiem.

< श्रेष्‍ठगीत 2 >