< श्रेष्‍ठगीत 1 >

1 यो सोलोमनको श्रेष्‍ठगीत हो । प्रेमिका आफैसित बोल्दै:
Süleyman'ın Ezgiler Ezgisi.
2 उहाँले मलाई आफ्नो मुखको चुम्बनले चुम्बन गरून् । प्रेमिका प्रेमीसित बोल्दै: किनकि तपाईंको प्रेम दाखमद्यभन्दा उत्तम छ ।
Beni dudaklarıyla öptükçe öpsün! Çünkü aşkın şaraptan daha tatlı.
3 तपाईंको अभिषेकको तेलमा आनन्दप्रद बास्‍ना छ । तपाईंको नाउँ बगिरहने अत्तरझैँ छ । त्यसैले युवतीहरूले तपाईंलाई प्रेम गर्छन् ।
Ne güzel kokuyor sürdüğün esans, Dökülmüş esans sanki adın, Kızlar bu yüzden seviyor seni.
4 मलाई तपाईंसितै लैजानुहोस्, र हामी दौडने छौँ । प्रेमिका आफैसित बोल्दै: राजाले मलाई उहाँका कोठाहरूमा ल्याउनुभएको छ । प्रेमिका प्रमीसित बोल्दै: हामी खुसी छौँ । हामी तपाईंको विषयमा आनन्द मनाउँछौँ । तपाईंको प्रेमको उत्सव मनाऔँ । यो दाखमद्यभन्दा उत्तम छ । अरू स्‍त्रीहरूले तपाईंलाई सम्मान गर्ने स्वाभाविक नै हो । प्रेमिका अरू स्‍त्रीहरूसित बोल्दैः
Al götür beni, haydi koşalım! Kral beni odasına götürsün. Seninle coşup seviniriz, Aşkını şaraptan çok överiz. Ne kadar haklılar seni sevmekte!
5 हे यरूशलेमका छोरीहरू हो, म काली छु, तर मायालु छु । म केदारका पालहरूजस्तै काली र सोलोमनका पर्दाहरूजस्तै मायालु छु ।
Esmerim ben, ama güzelim, Ey Yeruşalim kızları! Kedar'ın çadırları gibi, Süleyman'ın çadır bezleri gibi kara.
6 म काली भएकीले र घामले मलाई डढाएकोले मलाई एकटक लगाएर नहेर । मेरी आमाका छोराहरू मसित रिसाउँथे । तिनीहरूले मलाई दाखबारीको रक्षक बनाए, तर मैले मेरो आफ्नै दाखबारीको रक्षा गरेकी छैनँ । प्रेमिका प्रेमीसित बोल्दैः
Bakmayın esmer olduğuma, Güneş kararttı beni. Çünkü kızdılar bana erkek kardeşlerim, Bağlara bakmakla görevlendirdiler. Ama kendi bağıma bakmadım.
7 हे मेरा प्रेमी, मेरो प्राणले तपाईंलाई प्रेम गर्छ । मलाई बताउनुहोस् । तपाईंले आफ्नो भेडा-बाख्राको बगाल कहाँ चराउनुहुन्छ? दिउँसो तपाईंले आफ्नो बगाल कहाँ विश्राम गराउनुहुन्छ? तपाईंका मित्रहरूका बगालहरूको छेउमा म किन भौँतारिहिँड्ने व्यक्तिझैँ हुने? प्रेमी प्रेमिकासित बोल्दैः
Ey sevgilim, söyle bana, sürünü nerede otlatıyorsun, Öğleyin nerede yatırıyorsun? Neden arkadaşlarının sürüleri yanında Yüzünü örten bir kadın durumuna düşeyim?
8 हे स्‍त्रीहरूमध्ये असाध्यै सुन्दरी, तिमीलाई थाहा छैन भने मेरो बगालका पाइलाहरू पछ्याऊ, र गोठालाहरूको पालनेर तिम्रा ससाना बाख्राहरू चराऊ ।
Ey güzeller güzeli, Bilmiyorsan, Sürünün izine çık, Çobanların çadırları yanında Oğlaklarını otlat.
9 हे मेरी प्रिय, म तिमीलाई फारोको रथको राम्रो घोडासित तुलना गर्दछु ।
Firavunun arabalarına koşulu kısrağa benzetiyorum seni, aşkım benim!
10 शृङ्गारले तिम्रा गाला सुन्दर भएका छन्; गर्गहनाले तिम्रो गला सजिएको छ ।
Yanakların süslerle, Boynun gerdanlıklarla ne güzel!
11 हामी तिम्रो लागि चाँदीको जलप लगाइएका सुनका गहनाहरू बनाउने छौँ । प्रेमिका आफैसित बोल्दैः
Sana gümüş düğmelerle altın süsler yapacağız.
12 राजा आफ्नो बिस्तारमा पल्टनुहुँदा मेरो अत्तरले आफ्नो बास्‍ना फिँजायो ।
Kral divandayken, Hintsümbülümün güzel kokusu yayıldı.
13 मलाई मेरा प्रेमी मूर्रको थैलीजस्तै लाग्छ जसले मेरा वक्षस्थलका बिचमा रात बिताउनुहुन्छ ।
Memelerim arasında yatan Mür dolu bir kesedir benim için sevgilim;
14 मलाई मेरा प्रेमी एन-गदीका दाखबारीहरूमा फुलेको मेहदीको झुप्पाजस्तै लाग्छ । प्रेमी प्रेमिकासित बोल्दैः
Eyn-Gedi bağlarında Bir demet kına çiçeğidir benim için sevgilim.
15 हे मेरी प्रिय, सुन । तिमी सुन्दरी छ्यौ । सुन, तिमी सुन्दरी छ्यौ । तिम्रा आँखा ढुकुरजस्ता छन् । प्रेमिका प्रेमीसित बोल्दैः
Ah, ne güzelsin, aşkım, ah, ne güzel! Gözlerin tıpkı birer güvercin!
16 हे मेरा प्रेमी, सुन्‍नुहोस् । तपाईं सुन्दर हुनुहुन्छ । हो, तपाईं कति सुन्दर हुनुहुन्छ! हराभरा बिरुवाहरू हाम्रो ओछ्यान हुन् ।
Ne yakışıklısın, sevgilim, ah, ne çekici! Yeşilliktir yatağımız.
17 हाम्रो घरका दलिनहरू देवदारूका छन् । छाना सल्लाका छन् ।
Sedir ağaçlarıdır evimizin kirişleri, Tavanımızın tahtaları ardıçlar.

< श्रेष्‍ठगीत 1 >