< श्रेष्ठगीत 1 >
1 यो सोलोमनको श्रेष्ठगीत हो । प्रेमिका आफैसित बोल्दै:
所罗门的歌,是歌中的雅歌。
2 उहाँले मलाई आफ्नो मुखको चुम्बनले चुम्बन गरून् । प्रेमिका प्रेमीसित बोल्दै: किनकि तपाईंको प्रेम दाखमद्यभन्दा उत्तम छ ।
愿他用口与我亲嘴; 因你的爱情比酒更美。
3 तपाईंको अभिषेकको तेलमा आनन्दप्रद बास्ना छ । तपाईंको नाउँ बगिरहने अत्तरझैँ छ । त्यसैले युवतीहरूले तपाईंलाई प्रेम गर्छन् ।
你的膏油馨香; 你的名如同倒出来的香膏, 所以众童女都爱你。
4 मलाई तपाईंसितै लैजानुहोस्, र हामी दौडने छौँ । प्रेमिका आफैसित बोल्दै: राजाले मलाई उहाँका कोठाहरूमा ल्याउनुभएको छ । प्रेमिका प्रमीसित बोल्दै: हामी खुसी छौँ । हामी तपाईंको विषयमा आनन्द मनाउँछौँ । तपाईंको प्रेमको उत्सव मनाऔँ । यो दाखमद्यभन्दा उत्तम छ । अरू स्त्रीहरूले तपाईंलाई सम्मान गर्ने स्वाभाविक नै हो । प्रेमिका अरू स्त्रीहरूसित बोल्दैः
愿你吸引我,我们就快跑跟随你。 王带我进了内室, 我们必因你欢喜快乐。 我们要称赞你的爱情, 胜似称赞美酒。 他们爱你是理所当然的。
5 हे यरूशलेमका छोरीहरू हो, म काली छु, तर मायालु छु । म केदारका पालहरूजस्तै काली र सोलोमनका पर्दाहरूजस्तै मायालु छु ।
耶路撒冷的众女子啊, 我虽然黑,却是秀美, 如同基达的帐棚, 好像所罗门的幔子。
6 म काली भएकीले र घामले मलाई डढाएकोले मलाई एकटक लगाएर नहेर । मेरी आमाका छोराहरू मसित रिसाउँथे । तिनीहरूले मलाई दाखबारीको रक्षक बनाए, तर मैले मेरो आफ्नै दाखबारीको रक्षा गरेकी छैनँ । प्रेमिका प्रेमीसित बोल्दैः
不要因日头把我晒黑了就轻看我。 我同母的弟兄向我发怒, 他们使我看守葡萄园; 我自己的葡萄园却没有看守。
7 हे मेरा प्रेमी, मेरो प्राणले तपाईंलाई प्रेम गर्छ । मलाई बताउनुहोस् । तपाईंले आफ्नो भेडा-बाख्राको बगाल कहाँ चराउनुहुन्छ? दिउँसो तपाईंले आफ्नो बगाल कहाँ विश्राम गराउनुहुन्छ? तपाईंका मित्रहरूका बगालहरूको छेउमा म किन भौँतारिहिँड्ने व्यक्तिझैँ हुने? प्रेमी प्रेमिकासित बोल्दैः
我心所爱的啊,求你告诉我, 你在何处牧羊? 晌午在何处使羊歇卧? 我何必在你同伴的羊群旁边 好像蒙着脸的人呢?
8 हे स्त्रीहरूमध्ये असाध्यै सुन्दरी, तिमीलाई थाहा छैन भने मेरो बगालका पाइलाहरू पछ्याऊ, र गोठालाहरूको पालनेर तिम्रा ससाना बाख्राहरू चराऊ ।
你这女子中极美丽的, 你若不知道, 只管跟随羊群的脚踪去, 把你的山羊羔牧放在牧人帐棚的旁边。
9 हे मेरी प्रिय, म तिमीलाई फारोको रथको राम्रो घोडासित तुलना गर्दछु ।
我的佳偶, 我将你比法老车上套的骏马。
10 शृङ्गारले तिम्रा गाला सुन्दर भएका छन्; गर्गहनाले तिम्रो गला सजिएको छ ।
你的两腮因发辫而秀美; 你的颈项因珠串而华丽。
11 हामी तिम्रो लागि चाँदीको जलप लगाइएका सुनका गहनाहरू बनाउने छौँ । प्रेमिका आफैसित बोल्दैः
我们要为你编上金辫,镶上银钉。
12 राजा आफ्नो बिस्तारमा पल्टनुहुँदा मेरो अत्तरले आफ्नो बास्ना फिँजायो ।
王正坐席的时候, 我的哪哒香膏发出香味。
13 मलाई मेरा प्रेमी मूर्रको थैलीजस्तै लाग्छ जसले मेरा वक्षस्थलका बिचमा रात बिताउनुहुन्छ ।
我以我的良人为一袋没药, 常在我怀中。
14 मलाई मेरा प्रेमी एन-गदीका दाखबारीहरूमा फुलेको मेहदीको झुप्पाजस्तै लाग्छ । प्रेमी प्रेमिकासित बोल्दैः
我以我的良人为一棵凤仙花, 在隐·基底葡萄园中。
15 हे मेरी प्रिय, सुन । तिमी सुन्दरी छ्यौ । सुन, तिमी सुन्दरी छ्यौ । तिम्रा आँखा ढुकुरजस्ता छन् । प्रेमिका प्रेमीसित बोल्दैः
我的佳偶,你甚美丽!你甚美丽! 你的眼好像鸽子眼。
16 हे मेरा प्रेमी, सुन्नुहोस् । तपाईं सुन्दर हुनुहुन्छ । हो, तपाईं कति सुन्दर हुनुहुन्छ! हराभरा बिरुवाहरू हाम्रो ओछ्यान हुन् ।
我的良人哪,你甚美丽可爱! 我们以青草为床榻,
17 हाम्रो घरका दलिनहरू देवदारूका छन् । छाना सल्लाका छन् ।
以香柏树为房屋的栋梁, 以松树为椽子。