< रूथ 4 >

1 बोअज माथि प्रवेशद्धारमा गए र त्यहाँ बसे । चाँडै नै बोअजले भनेका, नजिकका कुटुम्ब आए । बोअजले तिनलाई भने, “हे मेरा मित्र, यहाँ आउनुहोस् र बस्‍नुहोस् ।” त्यो मानिस आए र बसे ।
Boaz var imidlertid gaaet op til Byporten og havde sat sig der. Og se, den Løser, Boaz havde talt om, kom netop forbi. Da tiltalte han ham og sagde: »Kom og sæt dig her!« Da den anden kom og satte sig,
2 अनि बोअजले त्यस शहरका दश जना धर्मगुरुहरूलाई लिए र भने, “यहाँ बस्‍नुहोस् ।” त्यसैले तिनीहरू बसे ।
fik han fat i ti af Byens Ældste og sagde: »Sæt eder her!« Og de satte sig der.
3 बोअजले नजिकका कुटुम्बलाई भने, “मोआब देशबाट फर्केर आएकी नाओमीले हाम्रो दाज्यू एलीमेलेकको जग्गाको टुक्रा बेच्दैछिन् ।
Da sagde han til Løseren: »Den Marklod, som tilhørte vor Slægtning Elimelek, vil No'omi, der er kommet tilbage fra Moab, sælge.
4 'यहाँ बसिरहेकाहरूको उपस्थितिमा र मेरा मानिसहरूको धर्मगुरुहरूको उपस्थितिमा यसलाई किन्‍नुहोस्' भनी तपाईंलाई जानकारी दिने मैले विचार गरेँ । यदि तपाईंले यसलाई छुट्टाउन चाहनुहुन्छ भने, छुट्टाउनु होस्, ताकी मैले जान्‍न सकुँ, किनभने तपाईं र तपाईंपछि मबाहेक यसलाई छुट्टाउने कोही छैन ।” अर्को मानिसले भने, “म यसलाई छुट्टाउँछु ।”
Derfor tænkte jeg, at jeg vilde lade dig det vide og sige: Køb den i Overværelse af dem, der sidder her, og mit Folks Ældste! Vil du løse den, saa gør det; men vil du ikke, saa sig til, at jeg kan vide det; thi der er ingen anden til at løse end du og derefter jeg selv!« Han svarede: »Jeg vil løse den!«
5 त्यसपछि बोअजले भने, “तपाईंले नाओमीबाट जग्गा किनेको दिनमा नै मृतकको उत्तराधिकारको नाउँलाई उठाउनको निम्ति मृत मानिसको विधवा मोआबी रूथलाई पनि लानुपर्छ ।”
Da sagde Boaz: »Men samtidig med at du køber Marken af No'omi, køber du ogsaa Moabiterinden Rut, den afdødes Enke, for at rejse den afdødes Navn over hans Arvelod!«
6 अनि नजिकका कुटम्बले भने, “आफ्नो उत्तराधिकारलाई हानि नगरी मैले यो आफ्नो निम्ति छुट्टाउन सक्दिनँ । तपाईंले नै मेरो छुटकाराको अधिकार लिनुहोस्, किनभने मैले छुट्टाउन सक्दिनँ ।”
Da svarede Løseren: »Saa kan jeg ikke blive Løser, da jeg derved vilde skade min egen Arvelod. Løs du, hvad jeg skulde løse, thi jeg kan ikke!«
7 छुट्कारा र मालसामानको सट्टापट्टा सम्बन्धि इस्राएलको पहिलेको समयमा यस्तो चलन थियो । यी सबै कुराहरूको पुष्‍टि गर्न एक जनाले आफ्नो जुत्ता फुकाल्थ्यो र त्यो आफ्नो छिमेकीलाई दिन्थ्यो; यो नै इस्राएलमा वैधानिक सम्झौता गर्ने शैली थियो ।
Nu havde man i gamle Dage i Israel den Skik til Stadfæstelse af Løsning og Byttehandel, at man trak sin Sko af og gav den anden Part den; saaledes blev en Sag vidnefast i Israel.
8 त्यसैले नजिकको कुटुम्बले बोअजलाई भने, “यो तपाईं आफैले किन्‍नुहोस्,” र तिनले आफ्नो जुत्ता फुकाले ।
Idet nu Løseren sagde til Boaz: »Køb du den!« trak han derfor sin Sko af.
9 त्यसपछि बोअजले धर्मगुरुहरू र सबै मानिसहरूलाई भने, “मैले एलीमेलेकको, किल्योन र महलोनको सबै थोक मैले आज किनेँ भन्‍ने कुराको साक्षी तपाईंहरू हुनुहुन्छ ।”
Da sagde Boaz til de Ældste og alle dem, der var til Stede: »I er i Dag Vidner paa, at jeg køber alt, hvad der tilhørte Elimelek, og alt, hvad der tilhørte Kiljon og Malon, af No'omi;
10 साथै त्यसको उत्तराधिकारमा मृत मानिसको नाउँलाई मैले उठाउन सकूँ भनी महलोनकी पत्‍नी मोआबी महिला रूथलाई मैले मेरी पत्‍नीको रूपमा प्राप्‍त गरेको छु, ताकि त्यसको नाउँ आफ्ना दाज्यूभाइहरु माझबाट र त्यसको ठाउँको प्रवेशद्धारबाट नहराओस् । आज तपाईंहरू साक्षी हुनुहुन्छ ।”
og tillige køber jeg mig Moabiterinden Rut, Malons Enke, til Hustru for at rejse den afdødes Navn over hans Arvelod, at den afdødes Navn ikke skal udslettes blandt hans Brødre og fra hans Hjemstavns Port; I er Vidner i Dag!«
11 प्रवेशद्धारमा भएका सबै मानिसहरू र धर्मगुरुहरूले भने, “हामी साक्षीहरू छौँ । परमप्रभुले तपाईंको घरमा आउने महिलालाई इस्राएलको घराना निर्माण गर्ने दुई जना राहेल र लेआजस्तै तुल्याउनुभएको होस्; र तपाईं एप्रातामा फलिफाप हुनुहोस् र बेथलेहेममा प्रसिद्ध हुनुहोस् ।
Da sagde alle Folkene, som var i Byporten, og de Ældste: »Vi er Vidner! HERREN lade den Kvinde, der nu drager ind i dit Hus, blive som Rakel og Lea, de to, der byggede Israels Hus. Bliv mægtig i Efrata, og dit Navn vorde priset i Betlehem!
12 परमप्रभुले तपाईंलाई दिनुहुने यो महिलाद्धारा तपाईंको घर फारेसको घरानाजस्तै होस्, जसलाई यहूदाको निम्ति तामारले जन्‍माएकी थिइन् ।
Maatte dit Hus blive som Perez's Hus, ham, Tamar fødte Juda, ved de Efterkommere, HERREN giver dig af denne unge Kvinde!«
13 त्यसैले बोअजले रूथलाई लगे र तिनी तिनकी पत्‍नी भइन् । तिनले तिनीसँग सहवास गरे र परमप्रभुले तिनलाई गर्भवती हुन दिनुभयो र तिनले एउटा छोरा जन्माइन् ।
Saa ægtede Boaz Rut, og hun blev hans Hustru; og da han gik ind til hende, lod HERREN hende blive frugtsommelig, og hun fødte en Søn.
14 महिलाहरूले नाओमीलाई भने, “परमप्रभुको प्रशंसा होस् जसले तपाईंलाई नजिकको कुटुम्बविहीन अर्थात् यो बालकविहीन छोड्नुभएन । उहाँको त्यसको नाउँ इस्राएलमा प्रसिद्ध होस् ।
Da sagde Kvinderne til No'omi: »Lovet være HERREN, som ikke lod dig uden Løser i Dag, og hans Navn skal prises i Israel.
15 त्यो तपाईंलाई नयाँ जीवन दिने र र तपाईंको पालनपोषण गर्ने हुन सकोस्, किनकि तपाईंकी बुहारी जसलाई तपाईंले प्रेम गर्नुहुन्छ, तिनी सात जना छोराहरूभन्दा पनि असल छिन्, तिनले यिनलाई जन्म दिएकी छिन् ।
Han blive din Trøster og Forsørger i din Alderdom; thi din Sønnekone, som viste dig Kærlighed, har født ham, hun, som er dig mere værd end syv Sønner!«
16 नाओमीले बालकलाई लिइन्, आफ्‍नो काखमा राखिन् र तिनको हेरचाह गरिन् ।
Da tog No'omi Barnet i sin Favn, og hun blev dets Fostermoder.
17 छिमेकका महिलाहरूले तिनलाई यसो भने, “नाओमीको एउटा छोरा भयो । तिनहरूले त्यसको नाउँ ओबेद राखे । तिनी यिशैको बुबा भए, जो दाऊदको बुबा भए ।
Og Naboerskerne gav ham Navn, idet de sagde: »No'omi har faaet en Søn!« Og de kaldte ham Obed. Han blev Fader til Davids Fader Isaj.
18 फारेसका सन्तानहरू यिनै हुन्ः फारेस हेस्रोनका बुबा बने,
Dette er Perez's Slægtebog: Perez avlede Hezron,
19 हेस्रोन आरामका बुबा बने, आराम अम्मीनादाबको बुबा बने,
Hezron avlede Ram, Ram avlede Amminadab,
20 अम्मीनादाब नहशोनका बुबा बने, नहशोन सल्मोनको बुबा बने,
Amminadab avlede Nahasjon, Nahasjon avlede Salmon,
21 सल्मोन बोअजका बुबा बने, बोअज ओबेदको बुबा बने,
Salmon avlede Boaz, Boaz avlede Obed,
22 ओबेद यिशैका बुबा बने र यिशै दाऊदको बुबा बने ।
Obed avlede Isaj, og Isaj avlede David.

< रूथ 4 >