< रूथ 3 >
1 तिनकी सासू नाओमीले तिनलाई भनिन्, “मेरी छोरी, तिम्रो भलाइको निम्ति के मैले तिमीले विश्राम गर्ने ठाउँ खोज्नु पर्दैन?
Y díjole su suegra Noemí: Hija mía, ¿no te tengo de buscar descanso, que te sea bueno?
2 तिमीले जसका महिला कामदारहरूसित काम गरेकी छ्यौ उही बोअज हाम्रो कुटुम्ब होइनन् र? हेर, तिनले आज राती खलामा जौ बत्ताउनेछन् ।
¿No es nuestro pariente Booz, con cuyas mozas tú has estado? He aquí que él avienta esta noche la parva de las cebadas.
3 यसकारण, नुहाऊ, तेल लगाऊ र तिम्रो उत्तम लुगा लगाऊ र तल खलामा जाऊ । तर तिनले खान र पिउन नसकेसम्म ती मानिससँग देखा नपर ।
Tú pues lavarte has, y ungirte has, y vestirte has tus vestidos, y vendrás a la era, y no te darás a conocer al varón hasta que él acabe de comer y de beber.
4 तर जब तिनी सुत्छन् तिनी सुत्ने ठाउँ ख्याल गर, ताकि पछि तिमी तिनीकहाँ गएर तिनको खुट्टातिरको ओढ्ने उठाएर त्यहाँ सुत्न सक्छौ । अनि तिमीले के गर्नुपर्छ त्यो तिनले बताउनेछन् ।”
Y cuando él se acostare, sabe tú el lugar donde él se acostará, y vendrás, y descubrirás los pies, y acostarte has: y él te dirá lo que hayas de hacer.
5 रूथले नाओमीलाई भनिन्, “तपाईंले भन्नुभएका सबै कुरा म गर्छु ।”
Y ella le respondió: Todo lo que tú me mandares, haré.
6 त्यसैले तिनी तल खलामा गइन् र तिनले तिनकी सासूले तिनलाई दिएका निर्देशनहरूअनुसार गरिन् ।
Y descendiendo a la era, hizo todo lo que su suegra le había mandado.
7 जब बोअजले खाए र पिए, तिनको हृदय खुसी भयो, तिनी अन्नको थुप्रोको छेउमा गएर सुते । त्यसपछि तिनी बिस्तारै आइन् र तिनको खुट्टाको ओढ्ने उठाएर सुतिन् ।
Y como Booz hubo comido y bebido, y su corazón estuvo bueno, entróse a dormir a un canto del montón. Entonces ella vino escondidamente, y descubrió los pies, y acostóse.
8 मध्यराततिर ती मानिस झसङ्ग भए । तिनी फर्के र त्यहाँ एउटी महिला तिनको खुट्टा छेउमा सुतिरहेकी थिइन् ।
Y aconteció, que a la media noche el varón se estremeció, y atentó, y, he aquí la mujer que estaba acostada a sus pies.
9 तिनले भने, “तिमी को हौ?” तिनले जवाफ दिइन्, “म तपाईंकी दासी रूथ हुँ । तपाईंकी दासीलाई तपाईंको खास्टो लगाइदिनुहोस्, किनकि तपाईं नजिकको कुटुम्ब हुनुहुन्छ ।”
Entonces él dijo: ¿Quién eres? Y ella respondió: Yo soy Rut tu sierva: extiende el canto de tu capa sobre tu sierva, que redentor eres.
10 बोअजले भने, “मेरी छोरी, तिमी परमप्रभुद्धारा आशिषित होऊ । तिमीले सुरुभन्दा अन्तमा अझ धैरै दया देखाएकी छ्यौ, किनभने तिमी धनी होस् वा गरीब कुनै पनि जवान मानिसको पछि लागेकी छैनौ ।
Y él dijo: Bendita seas tú de Jehová, hija mía, que has hecho mejor tu postrera gracia que la primera: no yendo tras los mancebos, sean pobres, o sean ricos.
11 मेरी छोरी, नडराऊ! मैले तिम्रो निम्ति तिमीले भनेकी सबै कुरा गर्छु, किनभने तिमी लायककी छ्यौ भन्ने सारा शहरका मानिसहरूले जान्दछन् ।
No hayas temor pues ahora, hija mía: yo haré contigo todo lo que tú dijeres, pues que toda la puerta de mi pueblo sabe que eres mujer virtuosa.
12 म कुटम्ब हुँ भन्ने कुरा सत्य हो, तर मभन्दा नजिकका एक जना कुटुम्ब हुनुहुन्छ ।
Y ahora aunque es cierto que yo soy el redentor; con todo eso hay otro redentor más cercano que yo.
13 आज राति यहीँ बस, बिहान यदि तिनले कुटम्बको कर्तव्य पुरा गर्छन् भने ठिकै छ, तिनले नै कुटुम्बको कर्तव्य पुरा गरून् । तर यदि तिनले तिम्रो निम्ति एउटा कुटुम्बको कर्तव्य पुरा गरेनन् भने त्यसपछि मैले यो गर्नेछु भनी म परमप्रभुको जीवनद्धारा शपथ खान्छु । बिहानसम्म सुत ।
Reposa esta noche, y cuando sea de día, si aquel te redimiere, bien, redímate: mas si él no te quisiere redimir, yo te redimiré, vive Jehová. Reposa pues hasta la mañana.
14 तिनी बिहानसम्म नै तिनको खुट्टाको छेउमा सुतिरहिन् । तर तिनी एउटाले अर्को मानिसलाई चिन्न सक्ने हुनेअगि नै उठिन् । किनभने बोअजले भने, “कुनै महिला खलामा आइन् भनी कसैले थाहा नपाओस् ।”
Y reposó a sus pies hasta la mañana, y levantóse antes que nadie pudiese conocer a otro, y él dijo. No se sepa que la mujer haya venido a la era:
15 त्यसपछि बोअजले भने, “तिम्रो ओढ्ने लेऊ र त्यसमा थाप ।” जब तिनले ओड्ने थापिन्, तिनले छ पाथी जति जौ नापेर दिए र तिनलाई बोकाइदिए । त्यसपछि तिनी शहरतिर गइन् ।
Y dijo a ella: Llega el lienzo que traes sobre ti, y ten de él. Y teniendo de él, él midió seis medidas de cebada, y púsoselas acuestas, y vínose a la ciudad.
16 जब रूथ तिनको सासूकहाँ आइन्, तिनले भनिन्, “कस्तो भयो मेरी छोरी?” अनि रूथले त्यो मानिसले भनेका सबै कुरा तिनलाई बताइन् ।
Y vino a su suegra, la cual le dijo: ¿Qué pues, hija mía? Y ella le declaró todo lo que con aquel varón le había acontecido.
17 तिनले भनिन्, “तिनले मलाई यी छ पाथी जौ दिए, किनभने तिनले भने, 'तिम्री सासूकहाँ रित्तो हात नजाऊ' ।”
Y dijo: Estas seis medidas de cebada me dió, diciéndome: Porque no vayas vacía a tu suegra.
18 अनि नाओमीले भनिन्, “मेरी छोरी, कुरा के हुन्छ भनी तिमीले नजानेसम्म यहीँ बस, किनभने यो कुरा आज नै नसिध्याएसम्म ती मानिसले विश्राम गर्नेछैनन् ।”
Entonces ella dijo: Reposa, hija mía, hasta que sepas como cae la cosa; porque aquel hombre no reposará hasta que hoy concluya el negocio.