< रूथ 2 >

1 नाओमीका पतिका नातेदार अर्थात् एलीमेलेकका कुलका बोअज नाउँ गरेको एक जना हुने-खाने मानिस थिए ।
و نعومی خویش شوهری داشت که مردی دولتمند، بوعز نام از خاندان الیملک بود.۱
2 मोआबी महिला रूथले नाओमीलाई भनिन्, “खेतहरूका अन्‍नका बालाहरूमाझ रहेका शिला-बाला खोज्न मलाई जान दिनुहोस् । मैले जसको दृष्‍टिमा कृपा पाउँछु, म तिनलाई नै पछ्याउनेछु ।” त्यसैले नाओमीले तिनलाई भनिन्, “जाऊ, मेरी छोरी ।”
و روت موآبیه به نعومی گفت: «مرا اجازت ده که به کشتزارها بروم و در عقب هر کسی‌که در نظرش التفات یابم خوشه چینی نمایم. او وی را گفت: «برو‌ای دخترم.»۲
3 रूथ गइन् र तिनीहरूले कटनी गरेपछि रहेका अन्‍नहरूको शिला-बाला खोजिन् । तिनी एलिमेलेकका कुलका बोअजको खेतका खण्डमा आइपुगिन् ।
پس روانه شده، به کشتزاردرآمد و در عقب دروندگان خوشه چینی می‌نمود، و اتفاق او به قطعه زمین بوعز که ازخاندان الیملک بود، افتاد.۳
4 बोअज बेथलेहेमबाट आएर कटनी गर्नेहरूलाई भने, “परमप्रभु तिमीहरूसँग हुनुभएको होस् ।” तिनीहरूले जवाफ दिए, “परमप्रभुले तपाईंलाई आशिष् दिनुभएको होस् ।”
و اینک بوعز ازبیت لحم آمده، به دروندگان گفت: «خداوند باشما باد.» ایشان وی را گفتند: «خداوند تو رابرکت دهد.»۴
5 त्यसपछि बोअजले कटनी गर्नेहरूको निरक्षण गर्ने तिनका नोकरलाई भने, “यो महिला कुन पुरुषकी हुन्?”
و بوعز به نوکر خود که بر دروندگان گماشته بود، گفت: «این دختر از آن کیست؟»۵
6 कटनी गर्नेहरूको निरीक्षण गर्ने नोकरले जवाफ दिएर भने, “यी जवान महिला मोआबको मुलकबाट नाओमीसँग फर्केर आएकी महिला हुन् ।
نوکر که بردروندگان گماشته شده بود، در جواب گفت: «این است دختر موآبیه که با نعومی از بلاد موآب برگشته است،۶
7 तिनले मलाई भनिन्, “कृपया, कामदारहरूले अन्‍न कटनी गरेपछि खेतमा बाँकी रहेकाहरूको शिला-बाला खोज्‍न मलाई दिनुहोस् ।' त्यसैले तिनी यहाँ आइन् र तिनले घरमा थोरै विश्राम गरेबाहेक, बिहानदेखि अहिलेसम्म निरन्तर लागिरहेकी छिन् ।”
و به من گفت: تمنا اینکه خوشه چینی نمایم و در عقب دروندگان در میان بافه‌ها جمع کنم، پس آمده، از صبح تا به حال مانده است، سوای آنکه اندکی در خانه توقف کرده است.»۷
8 बोअजले रूथलाई भने, “मेरी छोरी, तिमीले मेरो कुरा सुन्दैछौ? शिला-बाला जम्मा गर्न अरुको खेतहरूमा नजाऊ; मेरो खेत नछोड । बरु, यहाँ नै बस र मेरा महिला कामदारहरूसँगै काम गर ।
و بوعز به روت گفت: «ای دخترم مگرنمی شنوی، به هیچ کشت زار دیگر برای خوشه چینی مرو و از اینجا هم مگذر بلکه باکنیزان من در اینجا باش.۸
9 मानिसहरूले कटनी गरेको ठाउँमा हेरिराख र अरु महिलाहरूलाई पछ्याऊ । के मैले पुरुषहरूलाई तिमीलाई नछुनू भनी निर्देशन् दिएको छैन र? तिमीलाई तिर्खा लागेको बेला घैलाहरू भएको ठाउँमा जाऊ र मानिसहरूले भरेर ल्याएका पानी पिऊ ।”
و چشمانت به زمینی که می‌دروند نگران باشد و در عقب ایشان برو، آیاجوانان را حکم نکردم که تو را لمس نکنند، و اگرتشنه باشی، نزد ظروف ایشان برو و از آنچه جوانان می‌کشند، بنوش.»۹
10 तब तिनी बोअजको सामु झुकिन् र घोप्टो परेर दण्डवत गरिन् । तिनले उनलाई भनिन्, “म विदेशीप्रति तपाईं चिन्तित हुने गरी तपाईंको नजरमा मैले किन कृपा पाएकी छु?”
پس به روی درافتاده، او را تا به زمین تعظیم کرد و به او گفت: «برای چه در نظر تو التفات یافتم که به من توجه نمودی و حال آنکه غریب هستم.»۱۰
11 बोअजले जवाफ दिए र तिनलाई भने, “तिम्रा पतिको मृत्युदेखि तिमीले गरेका सबै कुरा मलाई भनिएको छ । आफ्नो सासूलाई पछ्याउन र तिमीले नचिनको मानिसहरूकहाँ आउन तिमीले आफ्ना बुबा-आमा र आफ्‍नो जन्म थलो छोडेकी छ्यौ ।
بوعز در جواب او گفت: «از هر‌آنچه بعد ازمردن شوهرت به مادر شوهر خود کردی اطلاع تمام به من رسیده است، و چگونه پدر و مادر وزمین ولادت خود را ترک کرده، نزد قومی که پیشتر ندانسته بودی، آمدی.۱۱
12 परमप्रभुले तिम्रो कामको ईनाम दिनुभएको होस् । तिमीले जसको पखेटामुनि शरण पाएकी छ्यौ उही परमप्रभु इस्राएलका परमेश्‍वरबाट पुरा भुक्‍तानी पाउन सक ।”
خداوند عمل تورا جزا دهد و از جانب یهوه، خدای اسرائیل، که در زیر بالهایش پناه بردی، اجر کامل به تو برسد.»۱۲
13 तिनले भनिन्, “मेरा मालिक, तपाईंको दृष्‍टिमा मैले कृपा पाउन सकूँ, किनभने म तपाईंका नोकर्नीहरूमध्येकी नभए तापनि तपाईंले मलाई सान्त्वना दिनुभएको छ र तपाईंले मसँग दयापूर्वक कुरा गर्नुभएको छ ।”
گفت: «ای آقایم، در نظر تو التفات بیابم زیرا که مرا تسلی دادی و به کنیز خود سخنان دل آویزگفتی، اگر‌چه من مثل یکی از کنیزان تو نیستم.»۱۳
14 खाने बेलामा बोअजले रूथलाई भने, “यहाँ आऊ, र केही रोटी खाऊ र तिम्रो रोटीको टुक्रा सिर्कामा चोप ।” तिनी कटनी गर्नेहरूको छेउमा बसिन् र तिनले तिनलाई केही भुटेको अन्‍न दिए । तिनले अघाइन्ञ्‍जेलसम्म खाइन् र केही उबारिन् ।
بوعز وی را گفت: «در وقت چاشت اینجابیا و از نان بخور و لقمه خود را در شیره فرو بر.» پس نزد دروندگان نشست و غله برشته به او دادندو خورد و سیر شده، باقی‌مانده را واگذاشت.۱۴
15 तिनी अन्‍न बटुल्न उठ्दा, बोअजले तिनका जवान मानिसहरूलाई यसो भन्‍दै आज्ञा दिए, “तिनलाई बिटाहरूको बिचतिर पनि अन्‍न बटुल्न देऊ र तिनलाई नबटुल नभन् ।
وچون برای خوشه چینی برخاست بوعز جوانان خود را امر کرده، گفت: «بگذارید که در میان بافه‌ها هم خوشه چینی نماید و او را زجرمنمایید.۱۵
16 साथै बिटाहरूबाट तिनको निम्ति केही अन्‍नका बालाहरू थुतेर निकाल, र तिनलाई बटुल्‍नको निम्ति तिनीहरूलाई छोडिदेऊ अनि तिनलाई नहप्काऊ ।”
و نیز از دسته‌ها کشیده، برایش بگذارید تا برچیند و او را عتاب مکنید.»۱۶
17 त्यसैले तिनले खेतमा साँझसम्म शिला-बाला बटुलिन् । तिनले बटुलेकी अन्‍नका बालाहरू कुटिन् र अन्‍न झण्डै पाँच पाथी जति भयो ।
پس تا شام در آن کشتزار خوشه چینی نموده، آنچه را که برچیده بود، کوبید و به قدر یک ایفه جو بود.۱۷
18 तिनले यसलाई उठाइन् र शहरतिर गइन् । तिनकी सासुले तिनले जे बटुलेकी थिइन् सो देखिन् । रूथले आफ्नो खाजाबाट उबारेकी भुटेको अन्‍न निकालिन् र तिनलाई दिइन् ।
پس آن را برداشته، به شهردرآمد، و مادر شوهرش آنچه را که برچیده بود، دید، و آنچه بعد از سیرشدنش باقی‌مانده بود، بیرون آورده، به وی داد.۱۸
19 तिनकी सासुले तिनलाई भनिन्, “तिमीले आज शिला-बाला कहाँ बटुल्यौ? तिमी काम गर्न कहाँ गयौ? तिमीलाई सहायता गर्ने मानिस आशिषित होस् ।” रूथले आफूले काम गरेको खेतको मालिकबारे तिनकी सासुलाई बताइन् । तिनले भनिन्, “मैले आज काम गरेको खेतको मालिकको नाउँ बोअज हो ।”
و مادر شوهرش وی را گفت: «امروز کجا خوشه چینی نمودی و کجاکار کردی؟ مبارک باد آنکه بر تو توجه نموده است.» پس مادر شوهر خود را از کسی‌که نزد وی کار کرده بود، خبر داده، گفت: «نام آن شخص که امروز نزد او کار کردم، بوعز است.»۱۹
20 नाओमीले तिनकी बुहारीलाई भनिन्, “जीवित र मृतकप्रति आफ्नो विश्‍वासनीयता नछोड्नुहुने परमप्रभुद्धारा तिनी आशिषित होऊन् ।” नाओमीले तिनलाई भनिन्, “ती मानिस मोल तिरेर छुट्टाउनेमध्येका हाम्रो नजीकका एक कुटुम्ब हुन् ।”
و نعومی به عروس خود گفت: «او از جانب خداوند مبارک باد زیرا که احسان را بر زندگان ومردگان ترک ننموده است.» و نعومی وی را گفت: «این شخص، خویش ما و از ولی های ماست.»۲۰
21 मोआबी महिला रूथले भनिन्, “तिनले मलाई भने, 'मेरा जवान मानिसहरूले कटनी नसिध्याएसम्म तिमी तिनीहरूको नजिक रहिरहनुपर्छ' ।”
و روت موآبیه گفت که «او نیز مرا گفت باجوانان من باش تا همه درو مرا تمام کنند.»۲۱
22 नाओमीले तिनकी बुहारी रूथलाई भनिन्, “मेरी छोरी, तिमी तिनका जवान महिला कामदारहरूसँग जानु असल हुन्छ, ताकि तिमीलाई अरुको खेतमा जोखिम नआओस् ।”
نعومی به عروس خود روت گفت که «ای دخترم خوب است که با کنیزان او بیرون روی وتو را در کشتزار دیگر نیابند.»۲۲
23 त्यसैले तिनी जौ र गहूँको कटनीको अन्तसम्म शिला-बाला जम्मा गर्न बोअजका महिला कामदारहरूको नजिकै रहिन् ।
پس با کنیزان بوعز برای خوشه چینی می‌ماند تا درو جو و دروگندم تمام شد، و با مادرشوهرش سکونت داشت.۲۳

< रूथ 2 >