< रूथ 1 >

1 न्यायकर्ताहरूले शासन गरेको समयमा मुलुकमा अनिकाल पर्‍यो । यहूदाको बेथलेहेमको एक जना मानिस आफ्नी पत्‍नी र दुई जना छोराहरूसँग मोआब देशतिर गए ।
Wakati Waamuzi walipotawala Israeli, kulikuwa na njaa katika nchi. Mtu mmoja kutoka nchi ya Bethlehemu ya Yuda, pamoja na mke wake na wanawe wawili, akaenda kuishi katika nchi ya Moabu.
2 ती मानिसको नाउँ एलीमेलेक थियो, र तिनकी पत्‍नीको नाउँ नाओमी थियो । तिनका दुई जना छोराहरूको नाउँ महलोन र किल्योन थियो । तिनीहरू यहूदाको बेथलेहेमका एप्रातीहरू थिए । तिनीहरू मोआब देशमा आइपुगे र त्यहाँ बोसबास गरे ।
Mtu huyu aliitwa Elimeleki, mkewe aliitwa Naomi, na hao wanawe wawili waliitwa Maloni na Kilioni. Walikuwa Waefrathi kutoka Bethlehemu ya Yuda. Wakaenda katika nchi ya Moabu, wakaishi huko.
3 त्यसपछि नाओमीका पति एलीमेलेक मरे र तिनी आफ्‍ना दुई छोराहरूसहित छोडिइन् ।
Elimeleki mumewe Naomi akafa, hivyo Naomi akabaki na wanawe wawili.
4 यी छोराहरूले मोआबका महिलाहरूमध्येबाट पत्‍नीहरू ल्याए । एउटीको नाउँ ओर्पा र अर्कीको नाउँ रूथ थियो । तिनीहरू त्यहाँ झण्डै दश वर्ष जति बसे ।
Nao wakaoa wanawake Wamoabu, jina la mmoja aliitwa Orpa, na wa pili aliitwa Ruthu. Baada ya kama miaka kumi,
5 त्यसपछि नाओमीलाई पति र आफ्ना दुई सन्तानविहीन पारेर महलोन र किल्योन दुवै मरे ।
Maloni na Kilioni pia wakafa. Basi Naomi akabaki hana mume wala wanawe wawili.
6 त्यसपछि नाओमीले आफ्ना बुहारीहरूसँगै मोआब छोडेर यहूदा फर्कने निर्णय गरिन्, किनभने परमप्रभुले आफ्‍ना मानिसहरूलाई आवश्यकतामा सहायता गर्नुभएको र तिनीहरूलाई खाने कुरा दिनुभएको कुरा तिनले मोआब प्रदेशमा सुनिन् ।
Aliposikia akiwa huko Moabu kwamba Bwana amewasaidia watu wake kwa kuwapa chakula, Naomi na wakweze wakajiandaa kurudi nyumbani.
7 त्यसैले तिनले आफ्ना दुई बुहारीहरूसँग बस्दै आएको ठाउँ छोडिन् र तिनीहरू यहूदाको मुलुकमा फर्कनलाई बाटो लागे ।
Yeye na wakweze wawili wakaondoka pale walipokuwa wakiishi na kushika njia kurudi nchi ya Yuda.
8 नाओमीले आफ्ना दुई बुहारीहरूलाई भनिन्, “तिमीहरू हरेक आ-आफ्नो आमाको घरमा फर्केर जाओ । जसरी तिमीहरूले मृतहरूप्रति र मप्रति दया देखाएका छौ, त्यसरी परमप्रभुले तिमीहरूलाई पनि दया देखाउनुभएको होस् ।
Ndipo Naomi akawaambia wale wakwe zake wawili, “Rudini, kila mmoja wenu nyumbani kwa mama yake. Bwana na awatendee fadhili kama mlivyowatendea hao waliofariki, na pia mimi.
9 परमप्रभुले तिमीहरू हरेकलाई अर्को पतिको घरमा विश्राम दिनुभएको होस्, ।” त्यसपछि तिनले तिनीहरूलाई चुम्बन गरिन् र तिनीहरू ठुलो स्वरमा रोए ।
Bwana na amjalie kila mmoja wenu maisha mema nyumbani kwa mume mwingine.” Kisha akawabusu, nao wakalia kwa sauti kubwa,
10 तिनीहरूले तिनलाई भने, “होइन, हामी तपाईंसँगै तपाईंका मानिसहरूकहाँ फर्कनेछौँ ।”
wakamwambia, “Tutarudi pamoja na wewe nyumbani kwa watu wako.”
11 तर नाओमीले भनिन्, “मेरा छोरीहरू, फर्क! तिमीहरू मसँग किन जान्छौ? के तिमीहरूका पति हुनलाई मेरो कोखमा छोराहरू छन् र?
Lakini Naomi akasema, “Rudini nyumbani, binti zangu. Kwa nini mnifuate? Je, mimi nitaweza tena kuwa na wana wengine ambao wataweza kuwaoa ninyi?
12 मेरा छोरीहरू, फर्क, आ-आफ्नो बाटो लाग, किनभने पति पाउनलाई म धेरै वृद्ध भइसकेकी छु । यदि मैले, आज राति नै पति पाउँछु भन्‍ने आशा गर्छु,' भनेँ र छोराहरू जन्माएँ भने पनि,
Rudini nyumbani, binti zangu; mimi ni mzee kiasi kwamba siwezi kumpata mume mwingine. Hata kama ningefikiria kuwa bado kuna tumaini kwangu, hata kama ningekuwa na mume usiku huu na kuwazaa wana,
13 के तिमीहरूले तिनीहरूको उमेर पुगेसम्म पर्खन्छौ? के तिमीहरूले विवाह गर्न एउटा पति चुन्दैनौ र? होइन, मेरा छोरीहरू! यो त तिमीहरूको खातिर मलाई अति नै तीतो हुन्छ, परमप्रभुको हात मेरो विरुद्धमा लागेको छ ।”
je, mngesubiri mpaka wakue? Mngebakia bila kuolewa mkiwasubiri? La, hasha, binti zangu. Nimepata uchungu kuliko ninyi, kwa sababu mkono wa Bwana umekuwa kinyume nami!”
14 त्यसपछि तिनका बुहारीहरू ठुलो स्वरमा रोए । ओर्पाले तिनकी सासूलाई बिदाइको चुम्बन गरिन्, तर रूथ तिनीसँगै टाँसिरहिन् ।
Kisha wakalia tena kwa sauti. Orpa akambusu mama mkwe wake, akaenda zake, lakini Ruthu akaambatana naye.
15 नाओमीले भनिन्, “सुन, तिम्री बहिनी त आफ्ना मानिसहरू र आफ्ना देवताहरूकहाँ गइन् । तिम्री बहिनीसँगै फर्केर जाऊ ।”
Naomi akamwambia, “Tazama, mwenzako anarejea kwa watu wake na kwa miungu yake. Rudi pamoja naye.”
16 रूथले भनिन्, “मलाई तपाईंबाट जान नलगाउनुहोस्, किनभने तपाईं जहाँ जानुहुन्छ, म त्यहाँ नै जानेछु; तपाईं जहाँ बस्‍नुहुन्छ, म त्यहाँ नै बस्‍नेछु; तपाईंका मानिसहरू मेरा मानिसहरू हुनेछन् र तपाईंका परमेश्‍वर मेरा परमेश्‍वर हुनुहुनेछ ।
Lakini Ruthu akajibu, “Usinisihi nikuache au niache kukufuata. Utakakokwenda nami nitakwenda, na wewe utakapoishi nitaishi. Watu wako watakuwa watu wangu, na Mungu wako atakuwa Mungu wangu.
17 तपाईं जहाँ मर्नुहुन्छ, म त्यहाँ नै मर्नेछु, र म त्यहीँ नै गाडिनेछु । यदि मृत्युबाहेक कुनै कुराले हामीलाई अलग गर्छ भने परमप्रभुले मलाई दण्ड दिनुभएको होस् र अझ यो भन्दा धैरै गर्नुभएको होस् ।”
Pale utakapofia nami nitafia hapo, na papo hapo nitazikwa. Bwana na aniadhibu vikali, kama kitu kingine chochote kitanitenga nawe isipokuwa kifo.”
18 जब नाओमीले रूथ तिनीसँगै जानलाई दृढ थिइन् भन्‍ने देखिन्, तिनले तिनीसँग तर्क गर्न छोडिन् ।
Naomi alipotambua kwamba Ruthu amenuia kufuatana naye, hakuendelea kumsihi tena.
19 त्यसैले तिनीहरू बेथलेहेमको नगरसम्म यात्रा गरे । तिनीहरू बेथलेहेममा आइपुग्दा सारा नगर नै तिनीहरूको निम्ति धेरै उत्साहित थियो । माहिलाहरूले भने, “के यिनी नाओमी नै हुन्?”
Kwa hiyo hao wanawake wawili wakaondoka, wakafika Bethlehemu. Walipofika Bethlehemu, mji mzima ulitaharuki, wanawake wakashangaa, wakasema, “Huyu aweza kuwa ni Naomi?”
20 तर तिनले तिनीहरूलाई भनिन्, “मलाई नाओमी नभन । मलाई तितो भन, किनभने सर्वशक्तिमानले मसँग धेरै तिक्‍ततापूर्ण रूपमा व्यवहार गर्नुभएको छ ।
Akawaambia, “Msiniite tena Naomi, niiteni Mara, kwa sababu Mwenyezi amenitendea mambo machungu sana.
21 म पूर्ण भएर गएँ, तर परमप्रभुले मलाई फेरि रित्तो पारेर घरमा ल्याउनुभएको छ । त्यसैले परमप्रभुले मलाई दण्ड दिनुभएको र सर्वशक्तिमानले ममाथि विपत्ति ल्याउनुभएको देखेर पनि तिमीहरूले मलाई किन नाओमी भन्छौ?”
Mimi niliondoka hali nimejaa, lakini Bwana amenirudisha mtupu. Kwa nini kuniita Naomi? Bwana amenitendea mambo machungu; Mwenyezi ameniletea msiba.”
22 यसरी तिनि र तिनकी मोआबी बुहारी रूथ मोआब देशबाट फर्के । तिनीहरू बेथलेहेममा जौको कटनी सुरु हुने समयमा आइपुगे ।
Kwa hiyo Naomi alirudi pamoja na Ruthu Mmoabu mkwe wake, nao wakafika Bethlehemu mwanzoni mwa kuvuna shayiri.

< रूथ 1 >