< रूथ 1 >

1 न्यायकर्ताहरूले शासन गरेको समयमा मुलुकमा अनिकाल पर्‍यो । यहूदाको बेथलेहेमको एक जना मानिस आफ्नी पत्‍नी र दुई जना छोराहरूसँग मोआब देशतिर गए ।
و واقع شد در ایام حکومت داوران که قحطی در زمین پیدا شد، و مردی ازبیت لحم یهودا رفت تا در بلاد موآب ساکن شود، او و زنش و دو پسرش.۱
2 ती मानिसको नाउँ एलीमेलेक थियो, र तिनकी पत्‍नीको नाउँ नाओमी थियो । तिनका दुई जना छोराहरूको नाउँ महलोन र किल्योन थियो । तिनीहरू यहूदाको बेथलेहेमका एप्रातीहरू थिए । तिनीहरू मोआब देशमा आइपुगे र त्यहाँ बोसबास गरे ।
و اسم آن مرد الیملک بود، و اسم زنش نعومی، و پسرانش به محلون وکلیون مسمی و افراتیان بیت لحم یهودا بودند. پس به بلاد موآب رسیده، در آنجا ماندند.۲
3 त्यसपछि नाओमीका पति एलीमेलेक मरे र तिनी आफ्‍ना दुई छोराहरूसहित छोडिइन् ।
والیملک شوهر نعومی، مرد و او با دو پسرش باقی ماند.۳
4 यी छोराहरूले मोआबका महिलाहरूमध्येबाट पत्‍नीहरू ल्याए । एउटीको नाउँ ओर्पा र अर्कीको नाउँ रूथ थियो । तिनीहरू त्यहाँ झण्डै दश वर्ष जति बसे ।
و ایشان از زنان موآب برای خود زن گرفتند که نام یکی عرفه و نام دیگری روت بود، ودر آنجا قریب به ده سال توقف نمودند.۴
5 त्यसपछि नाओमीलाई पति र आफ्ना दुई सन्तानविहीन पारेर महलोन र किल्योन दुवै मरे ।
و هردوی ایشان محلون و کلیون نیز مردند، و آن زن ازدو پسر و شوهر خود محروم ماند.۵
6 त्यसपछि नाओमीले आफ्ना बुहारीहरूसँगै मोआब छोडेर यहूदा फर्कने निर्णय गरिन्, किनभने परमप्रभुले आफ्‍ना मानिसहरूलाई आवश्यकतामा सहायता गर्नुभएको र तिनीहरूलाई खाने कुरा दिनुभएको कुरा तिनले मोआब प्रदेशमा सुनिन् ।
پس او با دو عروس خود برخاست تا از بلادموآب برگردد، زیرا که در بلاد موآب شنیده بودکه خداوند از قوم خود تفقد نموده، نان به ایشان داده است.۶
7 त्यसैले तिनले आफ्ना दुई बुहारीहरूसँग बस्दै आएको ठाउँ छोडिन् र तिनीहरू यहूदाको मुलुकमा फर्कनलाई बाटो लागे ।
و از مکانی که در آن ساکن بود بیرون آمد، و دو عروسش همراه وی بودند، و به راه روانه شدند تا به زمین یهودا مراجعت کنند.۷
8 नाओमीले आफ्ना दुई बुहारीहरूलाई भनिन्, “तिमीहरू हरेक आ-आफ्नो आमाको घरमा फर्केर जाओ । जसरी तिमीहरूले मृतहरूप्रति र मप्रति दया देखाएका छौ, त्यसरी परमप्रभुले तिमीहरूलाई पनि दया देखाउनुभएको होस् ।
ونعومی به دو عروس خود گفت: «بروید و هر یکی از شما به خانه مادر خود برگردید، و خداوند برشما احسان کناد، چنانکه شما به مردگان و به من کردید.۸
9 परमप्रभुले तिमीहरू हरेकलाई अर्को पतिको घरमा विश्राम दिनुभएको होस्, ।” त्यसपछि तिनले तिनीहरूलाई चुम्बन गरिन् र तिनीहरू ठुलो स्वरमा रोए ।
و خداوند به شما عطا کناد که هر یکی ازشما در خانه شوهر خود راحت یابید.» پس ایشان را بوسید و آواز خود را بلند کرده، گریستند.۹
10 तिनीहरूले तिनलाई भने, “होइन, हामी तपाईंसँगै तपाईंका मानिसहरूकहाँ फर्कनेछौँ ।”
وبه او گفتند: «نی بلکه همراه تو نزد قوم تو خواهیم برگشت.»۱۰
11 तर नाओमीले भनिन्, “मेरा छोरीहरू, फर्क! तिमीहरू मसँग किन जान्छौ? के तिमीहरूका पति हुनलाई मेरो कोखमा छोराहरू छन् र?
نعومی گفت: «ای دخترانم برگردید، چرا همراه من بیایید؟ آیا در رحم من هنوز پسران هستند که برای شما شوهر باشند؟۱۱
12 मेरा छोरीहरू, फर्क, आ-आफ्नो बाटो लाग, किनभने पति पाउनलाई म धेरै वृद्ध भइसकेकी छु । यदि मैले, आज राति नै पति पाउँछु भन्‍ने आशा गर्छु,' भनेँ र छोराहरू जन्माएँ भने पनि,
‌ای دخترانم برگشته، راه خود را پیش گیرید زیرا که برای شوهر گرفتن زیاده پیر هستم، و اگر گویم که امید دارم و امشب نیز به شوهر داده شوم وپسران هم بزایم،۱۲
13 के तिमीहरूले तिनीहरूको उमेर पुगेसम्म पर्खन्छौ? के तिमीहरूले विवाह गर्न एउटा पति चुन्दैनौ र? होइन, मेरा छोरीहरू! यो त तिमीहरूको खातिर मलाई अति नै तीतो हुन्छ, परमप्रभुको हात मेरो विरुद्धमा लागेको छ ।”
آیا تا بالغ شدن ایشان صبر خواهیدکرد، و به‌خاطر ایشان، خود را از شوهر گرفتن محروم خواهید داشت؟ نی‌ای دخترانم زیرا که جانم برای شما بسیار تلخ شده است چونکه دست خداوند بر من دراز شده است.»۱۳
14 त्यसपछि तिनका बुहारीहरू ठुलो स्वरमा रोए । ओर्पाले तिनकी सासूलाई बिदाइको चुम्बन गरिन्, तर रूथ तिनीसँगै टाँसिरहिन् ।
پس بار دیگر آواز خود را بلند کرده، گریستند و عرفه مادر شوهر خود را بوسید، اماروت به وی چسبید.۱۴
15 नाओमीले भनिन्, “सुन, तिम्री बहिनी त आफ्ना मानिसहरू र आफ्ना देवताहरूकहाँ गइन् । तिम्री बहिनीसँगै फर्केर जाऊ ।”
و او گفت: «اینک زن برادر شوهرت نزد قوم خود و خدایان خویش برگشته است تو نیز در عقب زن برادر شوهرت برگرد.»۱۵
16 रूथले भनिन्, “मलाई तपाईंबाट जान नलगाउनुहोस्, किनभने तपाईं जहाँ जानुहुन्छ, म त्यहाँ नै जानेछु; तपाईं जहाँ बस्‍नुहुन्छ, म त्यहाँ नै बस्‍नेछु; तपाईंका मानिसहरू मेरा मानिसहरू हुनेछन् र तपाईंका परमेश्‍वर मेरा परमेश्‍वर हुनुहुनेछ ।
روت گفت: «بر من اصرار مکن که تو راترک کنم و از نزد تو برگردم، زیرا هر جایی که روی می‌آیم و هر جایی که منزل کنی، منزل می‌کنم، قوم تو قوم من و خدای تو خدای من خواهد بود.۱۶
17 तपाईं जहाँ मर्नुहुन्छ, म त्यहाँ नै मर्नेछु, र म त्यहीँ नै गाडिनेछु । यदि मृत्युबाहेक कुनै कुराले हामीलाई अलग गर्छ भने परमप्रभुले मलाई दण्ड दिनुभएको होस् र अझ यो भन्दा धैरै गर्नुभएको होस् ।”
جایی که بمیری، می‌میرم و درآنجا دفن خواهم شد. خداوند به من چنین بلکه زیاده بر این کند اگر چیزی غیر از موت، مرا از توجدا نماید.»۱۷
18 जब नाओमीले रूथ तिनीसँगै जानलाई दृढ थिइन् भन्‍ने देखिन्, तिनले तिनीसँग तर्क गर्न छोडिन् ।
پس چون دید که او برای رفتن همراهش مصمم شده است از سخن‌گفتن با وی باز ایستاد.۱۸
19 त्यसैले तिनीहरू बेथलेहेमको नगरसम्म यात्रा गरे । तिनीहरू बेथलेहेममा आइपुग्दा सारा नगर नै तिनीहरूको निम्ति धेरै उत्साहित थियो । माहिलाहरूले भने, “के यिनी नाओमी नै हुन्?”
و ایشان هر دو روانه شدند تا به بیت لحم رسیدند، و چون وارد بیت لحم گردیدند، تمامی شهر بر ایشان به حرکت آمده، زنان گفتند که آیا این نعومی است؟۱۹
20 तर तिनले तिनीहरूलाई भनिन्, “मलाई नाओमी नभन । मलाई तितो भन, किनभने सर्वशक्तिमानले मसँग धेरै तिक्‍ततापूर्ण रूपमा व्यवहार गर्नुभएको छ ।
او به ایشان گفت: «مرا نعومی مخوانید بلکه مرا مره بخوانید زیرا قادر مطلق به من مرارت سخت رسانیده است.۲۰
21 म पूर्ण भएर गएँ, तर परमप्रभुले मलाई फेरि रित्तो पारेर घरमा ल्याउनुभएको छ । त्यसैले परमप्रभुले मलाई दण्ड दिनुभएको र सर्वशक्तिमानले ममाथि विपत्ति ल्याउनुभएको देखेर पनि तिमीहरूले मलाई किन नाओमी भन्छौ?”
من پر بیرون رفتم و خداوند مرا خالی برگردانید پس برای چه مرا نعومی می‌خوانید چونکه خداوند مرا ذلیل ساخته است و قادرمطلق به من بدی رسانیده است.»۲۱
22 यसरी तिनि र तिनकी मोआबी बुहारी रूथ मोआब देशबाट फर्के । तिनीहरू बेथलेहेममा जौको कटनी सुरु हुने समयमा आइपुगे ।
و نعومی مراجعت کرد و عروسش روت موآبیه که از بلاد موآب برگشته بود، همراه وی آمد، و در ابتدای درویدن جو وارد بیت لحم شدند.۲۲

< रूथ 1 >