< रोमी 7 >
1 भाइ हो, के तिमीहरूलाई थाहा छैन (किनकि म व्यवस्था जान्नेहरूसित बोल्दै छु), कि व्यवस्थाले मानिस जीवित रहँदासम्म मात्र नियन्त्रण गर्छ?
Know ye not, brethren, (for I am speaking to those who are acquainted with the Law, ) that the Law hath dominion over a man only as long as he liveth?
2 किनकि एक विवाहित स्त्री आफ्नो पति जीवित रहँदासम्म व्यवस्थाद्वारा बाँधिएकी हुन्छे, तर यदि उसको पति मर्यो भने ऊ त्यो विवाहको व्यवस्थाबाट मुक्त हुन्छे ।
For the married woman is bound by law to her husband while he liveth; but if the husband die, she is released from the law which bound her to him.
3 त्यस्तै, उसको पति जीवित हुँदा ऊ अर्को पुरुषसँग बसी भने, उसलाई व्यभिचारिणी स्त्री भनिनेछ । तर उसको पति मर्यो भने, ऊ त्यस व्यवस्थाबाट मुक्त हुन्छे, अनि अर्को पुरुषसँग बसी भने पनि ऊ व्यभिचारिणी हुँदिन ।
So then, if while her husband is living she connect herself with another man, she will be called an adulteress; but if her husband die, she is no longer bound by that law, so that she will not be an adulteress, though she connect herself with another man.
4 त्यसैले, मेरा भाइहरू हो, तिमीहरू पनि ख्रीष्टको शरीरद्वारा व्यवस्थाको निम्ति मरेका थियौ । हामीले परमेश्वरको निम्ति फल फलाउन सकौँ भनेर तिमीहरू अर्कैसँग अर्थात् मृतकहरूबाट जीवित पारिनुभएकासँग एक हुन सक्यौ ।
So then, my brethren, ye also were slain to the Law through the body of Christ, that ye might be connected with another, even with him who was raised from the dead, that we might bear fruit to God.
5 किनकि जब हामी शरीरमा थियौँ, व्यवस्थाद्वारा मृत्युको निम्ति फल फलाउन हाम्रा अङ्गहरूमा पापमय स्वभावहरू सक्रिय गराइए ।
For when we were in the flesh, the affections of sins, which were through the Law, were working in our members to bear fruit unto death.
6 तर अब हामी व्यवस्थाबाट स्वतन्त्र पारिएका छौँ । हामीलाई जुन कुराले बाँधेको थियो, त्यसको निम्ति हामी मरेका छौँ । हामीले पुरानो विधानमा होइन, तर पवित्र आत्माको नयाँपनमा सेवा गर्न सकौँ भनेर यसो भएको हो ।
But now we are delivered from the Law, having died to that by which we were bound, that we might serve in the new life of the Spirit, and not in the old way of the letter.
7 त्यसो भए, हामी के भनौँ त? के व्यवस्था आफैँ पाप हो? यस्तो कहिल्यै नहोस् । तथापि यदि व्यवस्था नभएको भए मैले कहिल्यै पाप जान्ने थिइनँ । किनकि यदि व्यवस्थाले, “तैँले लोभ नगर्” नभनेसम्म मैले लोभ के हो भनी कहिल्यै जान्ने थिइनँ ।
What then shall we say? Is the Law sin? God forbid! But I should not have known sin, except by the Law; for I should not have known sinful desire, unless the Law had said, “Thou shalt not covet.”
8 तर पापले यी आज्ञाद्वारा मौका पायो अनि ममा हर किसिमको अभिलाषा ल्यायो । किनकि व्यवस्थाविना पाप मरेतुल्य हुन्छ ।
But sin, seizing the opportunity, wrought in me by means of the commandment all manner of sinful desire; for without the Law sin is dead.
9 एक समय म व्यवस्थाविना जीवित थिएँ, तर जब आज्ञा आयो, पापले पुनः जीवन पायो र म मरेँ ।
And I, apart from the Law, was once alive; but when the commandment came, sin came to life again, and I died;
10 जीवन ल्याउनुपर्ने आज्ञा मेरो निम्ति मृत्युमा परिणत हुन पुग्यो ।
and the very commandment whose design was life, I found to issue in death.
11 किनकि पापले यी आज्ञाद्वारा मौका छोप्यो र मलाई छल गर्यो । नियमहरूद्वारा यसले मलाई मार्यो ।
For sin, seizing the opportunity, deceived me through the commandment, and through it slew me.
12 त्यसैले, व्यवस्था पवित्र छ, अनि आज्ञा पवित्र, धार्मिक र असल छ ।
So that the Law is holy, and the commandment holy, and right, and good.
13 त्यसैले, के जे असल छ त्यो मेरो निम्ति मृत्यु बन्यो? यस्तो कहिल्यै नहोस् । तर पापलाई पाप नै देखाउन सकियोस् भनी जे असल थियो त्यसद्वारा ममा मृत्यु ल्याइयो । आज्ञाद्वारा यस्तो भयो, ताकि पाप अत्यधिक पापमय बन्न सकोस् ।
Did then that which is good become death to me? Far be it! but sin; that it might become manifest as sin, causing death to me by means of that which is good; that sin by means of the commandment might become exceedingly sinful.
14 हामी जान्दछौँ, कि व्यवस्था आत्मिक हो, तर म शारीरिक हुँ । म पापको दासत्वमा बेचिएको छु ।
For we know that the Law is spiritual; but I am unspiritual, a slave sold to sin.
15 किनभने म जे गर्छु, त्यो म वास्तवमा बुझ्दिनँ । किनकि म जे गर्न चाहन्छु, त्यो म गर्दिनँ; अनि म जेलाई घृणा गर्छु, म त्यही गर्छु ।
For I know not what I do. For I do not what I would, but I do what I hate.
16 तर म जे चाहँदिनँ म त्यही गर्छु भने, व्यवस्था असल हो भनी म व्यवस्थासँग सहमत हुन्छु ।
But if I do what I would not, I assent to the Law that it is good.
17 तर अब यो गर्ने म होइन, तर ममा रहने पाप हो ।
Now, however, it is no longer I that do it, but sin that dwelleth in me.
18 किनकि म जान्दछु, कि ममा अर्थात् मेरो शरीरमा कुनै पनि असल थोक बास गर्दैन । किनकि ममा असल गर्ने इच्छा छ, तर म यो गर्न सक्दिनँ ।
For I know that there dwelleth not in me, that is, in my flesh, any good thing; for to desire is present with me, but not to perform that which is good.
19 किनकि मैले चाहेको असल थोक म गर्दिनँ, तर म जुन खराब कुरो गर्न चाहन्नँ, म त्यही गर्छु ।
For the good that I would, I do not; but the evil which I would not, that I do.
20 अब म जे गर्न चाहँदिनँ त्यही गर्छु भने, यो गरिरहने म होइन, तर ममा बास गर्ने पाप हो ।
But if I do what I would not, it is no more I that do it, but sin that dwelleth in me.
21 तब मैले ममा असल गर्ने सिद्धान्त भेट्टाउँछु, तर ममा दुष्ट वास्तवमै उपस्थित भएको पाउँछु ।
I find then that there is a law to me, that when I would do good, evil is present with me.
22 किनकि म भित्री मनुष्यत्वसँगै परमेश्वरको व्यवस्थामा आनन्द मनाउँछु ।
For I delight in the Law of God, as to the inward man;
23 तर मैले मेरा अङ्गहरूमा फरक सिद्धान्त देख्छु । यसले मेरो मनको नयाँ सिद्धान्तसँग लड्छ । मेरा अङ्गहरूमा भएको सिद्धान्तद्वारा यसले मलाई पापको कैदी बनाउँछ ।
but I perceive another law in my members warring against the law of my mind, and bringing me into captivity to the law of sin which is in my members.
24 म दुःखि मानिस हुँ! मलाई यो मृत्युको शरीरबाट कसले छुटकारा देला?
Wretched man that I am! Who will deliver me from the body of this death?
25 तर हाम्रा प्रभु येशू ख्रीष्टद्वारा परमेश्वरलाई धन्यवाद होस्! त्यसैले, म आफैँले मेरो मनले परमेश्वरको व्यवस्थाको सेवा गर्छु । तापनि शरीरले म पापको सिद्धान्तको सेवा गर्छु ।
Thanks be to God, [[who hath delivered me]] through Jesus Christ our Lord. So then, I, the same person, with the mind serve the law of God, but with the flesh the law of sin.