< रोमी 6 >
1 हामी अब के भनौँ त? के अनुग्रह प्रशस्त होस् भनेर हामीले पाप गरिरहने त?
Kaj bomo potem rekli? Ali bomo nadaljevali v grehu, da bo milost lahko obilna?
2 यस्तो कहिल्यै नहोस् । हामी जो पापप्रति मर्यौँ हामी यसमा कसरी जिउने?
Bog ne daj. Kako bomo mi, ki smo mrtvi grehu, še živeli v njem?
3 के जतिलाई ख्रीष्ट येशूमा बप्तिस्मा दिइएका छन् उनीहरूलाई उहाँको मृत्युमा बप्तिस्मा दिइएका छन् भन्ने तिमीहरू जान्दैनौ?
Ali ne veste, da tako mnogi izmed nas, ki smo bili krščeni v Jezusa Kristusa, smo bili krščeni v njegovo smrt?
4 हामी बप्तिस्माद्वारा मृत्युमा उहाँसँगै गाडियौँ । ताकि जसरी ख्रीष्ट पिताको महिमाद्वारा मृतकहरूबाट जीवित पारिनुभयो, त्यसरी नै हामी जीवनको नवीनतामा हिँड्न सकौँ ।
Torej smo s krstom z njim pokopani v smrt, da naj bi podobno kakor je bil Kristus obujen od mrtvih po Očetovi slavi, točno tako tudi mi hodili v novosti življenja.
5 किनकि यदि हामी उहाँको मृत्युको स्वरूपमा एक भएका छौँ भने हामी उहाँको पुनरुत्थानमा पनि एक हुनेछौँ ।
Kajti če smo bili skupaj posajeni v podobnost njegove smrti, bomo tudi v podobnost njegovega vstajenja,
6 हामी जन्दछौँ, कि हाम्रो पुरानो मनुष्यत्वलाई उहाँसँगै क्रुसमा टाँगिएको थियो, ताकि पापको शरीरलाई नाश गर्न सकियोस्; ताकि हामी पापको दास बन्न नपरोस् ।
ker vemo to, da je naš stari človek križan z njim, da bi bilo telo greha lahko uničeno, da naj odslej ne bi več služili grehu.
7 जो मरेको छ, पापको सम्बन्धमा त्यसलाई धर्मी घोषित गरिन्छ ।
Kajti kdor je mrtev, je osvobojen pred grehom.
8 तर यदि हामी ख्रीष्टसँग मरेका छौँ भने, हामी विश्वास गर्छौं, कि हामी पनि उहाँसँगै जिउनेछौँ ।
Torej, če smo s Kristusom mrtvi, verujemo, da bomo z njim tudi živeli,
9 हामी जान्दछौँ, कि ख्रीष्ट मृतकबाट जीवित पारिनुभएको छ र अब उहाँ मृत हुनुहुन्न । अब मृत्युले उहाँमाथि राज्य गर्दैन ।
vedoč, da Kristus, ko je bil obujen od mrtvih, nič več ne umira; nad njim smrt nima več gospostva.
10 मृत्युको विषयमा उहाँ पापको लागि मर्नुभयो, उहाँ एकै पल्ट हामी सबैका लागि मर्नुभयो । तथापि जुन जीवन उहाँ जिउनुहुन्छ, त्यो उहाँले परमेश्वरको निम्ति जिउनुहुन्छ ।
Kajti kdor je umrl, je enkrat umrl grehu, toda kdor živi, živi Bogu.
11 त्यसै गरी, तिमीहरूले पनि पापको निम्ति मरेको, तर ख्रीष्ट येशूमा परमेश्वरमा जीवित ठान्नुपर्छ ।
Prav tako tudi sebe štejte za zares mrtve grehu, toda žive za Boga, po Jezusu Kristusu, našem Gospodu.
12 त्यसकारण, तिमीहरूको मरणशील शरीरमा पापलाई राज्य गर्न नदेओ, ताकि तिमीहरूले त्यसको अभिलाषालाई मान्न परोस् ।
Ne dopustite, da torej greh kraljuje v vašem umrljivem telesu, da bi ga morali ubogati v njegovih poželenjih.
13 आफ्नो शरीरका अङ्गहरूलाई अधार्मिकताका साधनहरूको रूपमा प्रयोग गर्न नदेओ । तर आफैँलाई परमेश्वरको निम्ति अहिले जिइरहेको मृतकको रूपमा देओ । अनि आफ्नो शरीरका अङ्गहरूलाई परमेश्वरको लागि धार्मिक साधनको रूपमा प्रयोग गर्नलाई देओ ।
Niti ne dajajte svojih udov grehu, kot orodja krivičnosti, temveč dajte sebe Bogu, kakor tisti, ki so od mrtvih živi in svoje ude kot orodja pravičnosti Bogu.
14 पापलाई आफूमाथि राज्य गर्न नदेओ । किनकि तिमीहरू व्यवस्थामा छैनौ, तर अनुग्रहमा छौ ।
Kajti greh nad vami ne bo imel gospostva; kajti niste pod postavo, temveč pod milostjo.
15 त्यसो भए के त? के हामी व्यवस्थामा छैनौँ, तर अनुग्रहमा छौँ भनेर हामी पाप गरौँ त? कहिल्यै यस्तो नहोस् ।
Kaj torej? Mar bomo grešili, ker nismo pod postavo, temveč pod milostjo? Bog ne daj.
16 के तिमीहरू जान्दैनौ, जसको निम्ति तिमीहरूले आफैँलाई नोकरको रूपमा दिन्छौ त्यसप्रति तिमीहरू आज्ञाकारी हुनुपर्छ अर्थात् त्यसको आज्ञा पालन गर्नुपर्छ? यो सत्य हो, कि या तिमीहरू मृत्युमा पुर्याउने पापका नोकरहरू हौ या धार्मिकतामा पुर्याउने आज्ञाकारिताका सेवकहरू हौ ।
Ali ne veste, da komur same sebe dajete [za] služabnike v pokorščino, ste njegovi služabniki, komur se pokoravate; bodisi grehu v smrt ali poslušnosti v pravičnost?
17 तर परमेश्वरलाई धन्यवाद होस्! तिमीहरू पापका नोकरहरू थियौ, तर तिमीहरूले आफूलाई दिइएको शिक्षाको ढाँचालाई आफ्नो हृदयदेखि नै पालन गर्यौ ।
Toda hvala Bogu, da ste bili služabniki grehu, vendar ste iz srca ubogali to obliko nauka, ki vam je bil izročen.
18 तिमीहरूलाई पापबाट छुटकारा दिइएको छ र तिमीहरूलाई धार्मिकताको सेवक बनाइएको छ ।
Ko ste bili torej osvobojeni greha, ste postali služabniki pravičnosti.
19 म तिमीहरूको शरीरको कमजोरीको कारणले बोल्ने मानिसझैँ बोल्छु । किनकि जसरी तिमीहरूले आफ्नो शरीरका अङ्गहरू अशुद्धता र दुष्टका नोकरहरूको रूपमा दियौ; त्यसरी नै अब शुद्धिकरणको निम्ति आफ्ना शरीरका अङ्गहरूलाई धार्मिकताको सेवकको रूपमा देओ ।
Zaradi šibkosti vašega mesa govorim po običaju ljudi; kajti kakor ste svoje služabniške ude dali nečistosti in krivičnosti za krivičnost; točno tako dajte sedaj svoje služabniške ude pravičnosti za svetost.
20 किनकि तिमीहरू पापका दासहरू हुँदा, तिमीहरू धार्मिकताबाट स्वतन्त्र थियौ ।
Kajti ko ste bili služabniki grehu, ste bili svobodni, [prosti] pred pravičnostjo.
21 त्यति बेला अहिले तिमीहरू लज्जित हुनुपर्ने थोकहरूका कस्ता-कस्ता फलहरू तिमीहरूसित थिए? किनकि ती कुराहरूको परिणाम मृत्यु हो ।
Kakšen sad ste takrat imeli v tistih stvareh, ki se jih sedaj sramujete? Kajti konec tistih stvari je smrt.
22 तर अब तिमीहरूलाई पापबाट मुक्त गराइएको छ, अनि परमेश्वरको दास बनाइएको छ र तिमीहरूसित शुद्धिकरणको फल छ । (aiōnios )
Toda sedaj, ko ste osvobojeni greha in ste postali služabniki Bogu, imate svoj sad v svetost in konec večno življenje. (aiōnios )
23 किनकि पापको ज्याला मृत्यु हो, तर परमेश्वरको सित्तैँको वरदानचाहिँ हाम्रा प्रभु येशू ख्रीष्टमा अनन्त जीवन हो । (aiōnios )
Kajti plačila za greh so smrt; toda Božji dar je večno življenje po Jezusu Kristusu, našem Gospodu. (aiōnios )