< रोमी 6 >
1 हामी अब के भनौँ त? के अनुग्रह प्रशस्त होस् भनेर हामीले पाप गरिरहने त?
Tubaye buli? Tuyendeli musambi lenga uruma iyongeseke?
2 यस्तो कहिल्यै नहोस् । हामी जो पापप्रति मर्यौँ हामी यसमा कसरी जिउने?
Ata. twenga twatuwile musambi, tulowa wesa buli Kai tama mo?
3 के जतिलाई ख्रीष्ट येशूमा बप्तिस्मा दिइएका छन् उनीहरूलाई उहाँको मृत्युमा बप्तिस्मा दिइएका छन् भन्ने तिमीहरू जान्दैनौ?
Mutangite Lili balo baba batisilwe nkati ya Kirisitu babatizwi mumaiti gake?
4 हामी बप्तिस्माद्वारा मृत्युमा उहाँसँगै गाडियौँ । ताकि जसरी ख्रीष्ट पिताको महिमाद्वारा मृतकहरूबाट जीवित पारिनुभयो, त्यसरी नै हामी जीवनको नवीनतामा हिँड्न सकौँ ।
Twabile twasikilwa pamope na jwembe pitya mu utizo mukiwo. Ayee yapangilwe linga Kati Kirisitu mwajumwike buka mukiwo pitya mu utukufu wa Tate, lenga na twenga tuweze tyanga mu wayambie wa maisa.
5 किनकि यदि हामी उहाँको मृत्युको स्वरूपमा एक भएका छौँ भने हामी उहाँको पुनरुत्थानमा पनि एक हुनेछौँ ।
Mana mana-tuunganisilwe pamope na jwembe katika mfano wa kiwo sake, tuunganisilwe mu ufufuo wake.
6 हामी जन्दछौँ, कि हाम्रो पुरानो मनुष्यत्वलाई उहाँसँगै क्रुसमा टाँगिएको थियो, ताकि पापको शरीरलाई नाश गर्न सकियोस्; ताकि हामी पापको दास बन्न नपरोस् ।
Twenga tutangite nyonyo, umundu witu wa zamani wati sulubiswa pamope na jwembe lenga yega ya sambi ualibikwe. Aye yabu nkati lenga wite kana tuyende lii batwa utumwa ba sambi.
7 जो मरेको छ, पापको सम्बन्धमा त्यसलाई धर्मी घोषित गरिन्छ ।
Jwembe ywabile apangilwe mwene haki lingana sambi.
8 तर यदि हामी ख्रीष्टसँग मरेका छौँ भने, हामी विश्वास गर्छौं, कि हामी पनि उहाँसँगै जिउनेछौँ ।
Lakini mana tuwile pamope na Kirisitu, tuaminiya panga twalowa tama na jwembe kai.
9 हामी जान्दछौँ, कि ख्रीष्ट मृतकबाट जीवित पारिनुभएको छ र अब उहाँ मृत हुनुहुन्न । अब मृत्युले उहाँमाथि राज्य गर्दैन ।
Tutangite panga Kirisitu atijifufulilwa buka mukiwo, na jwembe maiti-lii. Kiwo kitawala lili kae.
10 मृत्युको विषयमा उहाँ पापको लागि मर्नुभयो, उहाँ एकै पल्ट हामी सबैका लागि मर्नुभयो । तथापि जुन जीवन उहाँ जिउनुहुन्छ, त्यो उहाँले परमेश्वरको निम्ति जिउनुहुन्छ ।
Mana kwa abari ya kiwo chabwile mu sambi, awhile mara jimo kwaajili ya boti, hata nyoo maisa gatama, atama kwajili ya Nnongo.
11 त्यसै गरी, तिमीहरूले पनि पापको निम्ति मरेको, तर ख्रीष्ट येशूमा परमेश्वरमा जीवित ठान्नुपर्छ ।
Kwa ndela yoo, na mwenga na mwemupalikwa kwibalanga muwile katika sambi, ila mwakoto kwa Nnongo nkati ya Kirisitu Yesu.
12 त्यसकारण, तिमीहरूको मरणशील शरीरमा पापलाई राज्य गर्न नदेओ, ताकि तिमीहरूले त्यसको अभिलाषालाई मान्न परोस् ।
Kwasababu yo kana uyeketi sambi itawale payega yako lenga uweze kwitii tamaa zake.
13 आफ्नो शरीरका अङ्गहरूलाई अधार्मिकताका साधनहरूको रूपमा प्रयोग गर्न नदेओ । तर आफैँलाई परमेश्वरको निम्ति अहिले जिइरहेको मृतकको रूपमा देओ । अनि आफ्नो शरीरका अङ्गहरूलाई परमेश्वरको लागि धार्मिक साधनको रूपमा प्रयोग गर्नलाई देओ ।
Kene wapiye seme ya yenga yako musambi kati yombo yange haki, ila wipiye wamwene kwa Nnongo, kati bababile akoto buka mukiwo. Namwipeye sehemu ya yenga jinu kati yombo ya haki kwa Nnongo.
14 पापलाई आफूमाथि राज्य गर्न नदेओ । किनकि तिमीहरू व्यवस्थामा छैनौ, तर अनुग्रहमा छौ ।
Kana mwileke sambi itawale kwa kuwa mubili paie ya seliya, ila pae ya uruma.
15 त्यसो भए के त? के हामी व्यवस्थामा छैनौँ, तर अनुग्रहमा छौँ भनेर हामी पाप गरौँ त? कहिल्यै यस्तो नहोस् ।
Kinamanile? Tupange sambi kwa sababu tubuli-lii pae ya seliya, ila pae ya uruma? Ataa.
16 के तिमीहरू जान्दैनौ, जसको निम्ति तिमीहरूले आफैँलाई नोकरको रूपमा दिन्छौ त्यसप्रति तिमीहरू आज्ञाकारी हुनुपर्छ अर्थात् त्यसको आज्ञा पालन गर्नुपर्छ? यो सत्य हो, कि या तिमीहरू मृत्युमा पुर्याउने पापका नोकरहरू हौ या धार्मिकतामा पुर्याउने आज्ञाकारिताका सेवकहरू हौ ।
Mutangitelili panga kwake jwembe jwa ipiya mwene Kati atumishi jwembe ngamupanga mtumisi wake jwo, jwembe ngamupalikwa kumtii? Ayee kweli hata kwa mwenga mwatumwa a'sambi yaipelekya kukiwo, kutumwa wautii waukepeleka ku haki.
17 तर परमेश्वरलाई धन्यवाद होस्! तिमीहरू पापका नोकरहरू थियौ, तर तिमीहरूले आफूलाई दिइएको शिक्षाको ढाँचालाई आफ्नो हृदयदेखि नै पालन गर्यौ ।
Lakini tushukuru Nnongo! Kwa kuwa mwabi mwatumwa ba sambi, lakini muyomwile tii buka kumwoyo kati mapundiso ga mpokile.
18 तिमीहरूलाई पापबाट छुटकारा दिइएको छ र तिमीहरूलाई धार्मिकताको सेवक बनाइएको छ ।
Mupangilwa uru buka mu sambi na mutangite mwatumwa ba haki.
19 म तिमीहरूको शरीरको कमजोरीको कारणले बोल्ने मानिसझैँ बोल्छु । किनकि जसरी तिमीहरूले आफ्नो शरीरका अङ्गहरू अशुद्धता र दुष्टका नोकरहरूको रूपमा दियौ; त्यसरी नै अब शुद्धिकरणको निम्ति आफ्ना शरीरका अङ्गहरूलाई धार्मिकताको सेवकको रूपमा देओ ।
Ninalongela kati na mundu kwasababu ya mapungufu nga miili yinu. Kwa mana kati mwebile mwamwipiyele iungo ya yenga jino, ba mwatumwa wa haki kwa takasika.
20 किनकि तिमीहरू पापका दासहरू हुँदा, तिमीहरू धार्मिकताबाट स्वतन्त्र थियौ ।
Kwa kuwa mwapoki atumwa ba sambi, mwabile uru kutolu na haki.
21 त्यति बेला अहिले तिमीहरू लज्जित हुनुपर्ने थोकहरूका कस्ता-कस्ता फलहरू तिमीहरूसित थिए? किनकि ती कुराहरूको परिणाम मृत्यु हो ।
Kwa muda woo, mwabile na litunda gani kwa makowe na kwa saa yeno mwibona oni kwa ago? Kwasababu matokeo ga makowe ago ni kiwo.
22 तर अब तिमीहरूलाई पापबाट मुक्त गराइएको छ, अनि परमेश्वरको दास बनाइएको छ र तिमीहरूसित शुद्धिकरणको फल छ । (aiōnios )
Lakini kwa saa yeno mupangilwe uru kutolu na sambi na mupangike mwa atumwa kwa Nnongo, mubi na litunda kwa ajili ya utakaso. Buka ukoto wangeyomoka. (aiōnios )
23 किनकि पापको ज्याला मृत्यु हो, तर परमेश्वरको सित्तैँको वरदानचाहिँ हाम्रा प्रभु येशू ख्रीष्टमा अनन्त जीवन हो । (aiōnios )
Kwasababu msaala wa sambi ni kiwo, ila sawadi ya bure ya Nnongo ni bwomi wangeyomoka kwa Kirisitu Nngwana witu. (aiōnios )