< रोमी 3 >
1 त्यसो भए यहूदीलाई के फाइदा छ त? अनि खतनाको के फाइदा छ त?
Czemże tedy zacniejszy Żyd? albo co za pożytek obrzezki?
2 यो हरतरहले महान् छ । सर्वप्रथम त परमेश्वरको प्रकाश यहूदीलाई सुम्पिएको थियो ।
Wielki z każdej miary. Albowiem to najpierwsza, iż im zwierzone były wyroki Boże.
3 किनकि केही यहूदीहरू विनाविश्वासका भए भन्दैमा के भयो त? के तिनीहरूको अविश्वासले परमेश्वरको विश्वासयोग्यतालाई अमान्य तुल्याउँछ र?
Bo cóż na tem, jeźli niektórzy nie uwierzyli? Azaż niedowiarstwo ich niszczy wiarę Bożą?
4 कहिल्यै यस्तो नहोस् । यसको सट्टा, सबै मानिस झुटा ठहरिए तापनि परमेश्वर नै सत्य भेट्टाइनुभएको होस् । यस्तो लेखिएको छ, “तपाईंलाई आफ्ना वचनहरूमा धर्मी देखाइयोस्, अनि न्यायको दिनमा आउनुहुँदा तपाईं विजय हुनसक्नुभएको होस् ।”
Nie daj tego Boże! I owszem niech Bóg będzie prawdziwy, a wszelki człowiek kłamcą, jako napisano: A abyś był usprawiedliwiony w mowach twoich, a żebyś zwyciężył, gdybyś sądził.
5 तर यदि हाम्रो अधार्मिकताले परमेश्वरको धार्मिकतालाई देखाउँछ भने हामी के भन्न सक्छौ र? परमेश्वरले उहाँको क्रोध प्रकट गर्नुहुँदा उहाँ अधर्मी ठहरिनुहुन्न, के अधर्मी ठहरिनुहुन्छ त? म मानवीय तर्कअनुसार बोलिरहेको छु ।
Jeźli tedy niesprawiedliwość nasza Bożą sprawiedliwość zaleca, cóż rzeczemy? Azaż niesprawiedliwy jest Bóg, który gniew przywodzi? (Po ludzku mówię.)
6 कहिल्यै यस्तो नहोस्! किनकि त्यसो भए त परमेश्वरले कसरी संसारको न्याय गर्नुहुन्छ?
Nie daj tego Boże! albowiem jakożby Bóg sądził świat?
7 तर यदि मेरो झुटद्वारा परमेश्वरको सत्यताले उहाँको निम्ति प्रशस्त प्रशंसा प्रदान गर्छ भने मलाई अझ पनि किन पापीको रूपमा न्याय गरिन्छ त?
Bo jeźli prawda Boża przez moje kłamstwo obfitowała ku chwale jego, czemuż jeszcze i ja bywam sądzony jako grzesznik?
8 किन नभनौँ, जसरी हामीलाई झुटो रूपमा आरोप लगाइन्छ, र केहीले पुष्टि गर्छन्, कि हामी भन्छौँ, “दुष्ट काम गरौँ, ताकि असल आओस् ।” तिनीहरूमाथिको न्याय उचित छ ।
A nie raczej tak mówimy: (jako nas szkalują i jako niektórzy udawają, żebyśmy mówili: ) Będziemy czynić złe rzeczy, aby przyszły dobre? Których potępienie jest sprawiedliwe.
9 त्यसो भए के त? के हामी आफैँले आफ्नो सफाइ दिँदै छौँ? त्यसो नहोस्! किनकि यहूदीहरू र ग्रिकहरू सबै पापको अधीनमा थिए भनी हामीले पहिले नै दोष लगाइसकेका छौँ ।
Cóż tedy? Mamyż nad nie? Żadnym sposobem; gdyżeśmy przedtem dowiedli, że Żydowie i Grekowie, wszyscy są pod grzechem,
10 यस्तो लेखिएको छ, “धर्मी कोही छैन, एक जना पनि छैन ।
Jako napisano: Nie masz sprawiedliwego ani jednego;
11 बुझ्ने कोही पनि छैन । परमेश्वरलाई खोज्ने कोही पनि छैन ।
Nie masz rozumnego i nie masz, kto by szukał Boga.
12 तिनीहरू सबै तर्केर गएका छन् । तिनीहरू सबै जना एकैसाथ अनुपयोगी भएका छन् । असल गर्ने कोही पनि छैन, अहँ, एक जना पनि छैन ।
Wszyscy się odchylili, wespół się stali nieużytecznymi, nie masz kto by czynił dobre, nie masz aż do jednego.
13 तिनीहरूको घाँटी खुल्ला चिहान हो । तिनीहरूका जिब्राले छल गरेका छन् । तिनीहरूका ओठहरूमा सर्पको विष छ ।
Grobem otworzonym jest gardło ich, językami swemi zdradzali, jad żmiji pod wargami ich.
14 तिनीहरूका मुख श्राप र तिक्तताले भरिएका छन् ।
Których usta napełnione są przeklinania i gorzkości;
15 तिनीहरूका खुट्टा रगत बगाउनमा द्रूत छन् ।
Nogi ich prędkie są ku wylewaniu krwi;
16 विनाश र कष्ट तिनीहरूका मार्गहरूमा छन् ।
Skruszenie z biedą w drogach ich,
17 यी मानिसहरूले शान्तिको मार्ग जानेका छैनन् ।
A drogi pokoju nie poznali;
18 तिनीहरूका आँखाको सामुन्ने परमेश्वरको डर छैन ।
Nie masz bojaźni Bożej przed oczami ich.
19 अब हामी जान्दछौँ, कि व्यवस्थाले जे भन्दछ त्यो व्यवस्थाको अधीनमा बस्नेहरू कै लागि भन्छ । यो हरेक मुख बन्द होस् भन्नाका लागि हो, ताकि सारा संसार परमेश्वरप्रति जवाफदेही हुन सकून् ।
A wiemy, iż cokolwiek zakonowi mówi, tym którzy są pod zakonem, mówi, aby wszelkie usta były zatulone i aby wszystek świat podlegał karaniu Bożemu.
20 उहाँको दृष्टिमा व्यवस्थाका कामहरूद्वारा कुनै पनि मानिस धर्मी नठहरिने हुनाले यसो भएको हो । किनकि व्यवस्थाद्वारा नै पापको ज्ञान आउँछ ।
Przeto z uczynków zakonu nie będzie usprawiedliwione żadne ciało przed oblicznością jego, gdyż przez zakon jest poznanie grzechu.
21 तर अब व्यवस्थाविना नै परमेश्वरको धर्मीकता प्रकट गरिएको छ । यसलाई व्यवस्था र अगमवक्ताहरूद्वारा साक्षी दिइएको छ,
Lecz teraz bez zakonu sprawiedliwość Boża objawiona jest, mająca świadectwo z zakonu i z proroków;
22 अर्थात् यो विश्वास गर्ने सबैका निम्ति येशू ख्रीष्टमा विश्वासद्वारा आउने परमेश्वरको धार्मिकता हो । किनकि त्यहाँ कुनै भेदभाव छैन ।
Sprawiedliwość, mówię, Boża przez wiarę Jezusa Chrystusa ku wszystkim i na wszystkie wierzące; boć różności nie masz.
23 किनकि सबैले पाप गरेका छन् र परमेश्वरको महिमासम्म पुग्न चुकेका छन् ।
Albowiem wszyscy zgrzeszyli i nie dostaje im chwały Bożej.
24 ख्रीष्टमा भएको छुटकाराद्वारा तिनीहरू सित्तैँमा धर्मी ठहराइन्छन् ।
A bywają usprawiedliwieni darmo z łaski jego przez odkupienie, które się stało w Chrystusie Jezusie.
25 किनकि परमेश्वरले येशू ख्रीष्टको रगतमा विश्वासद्वारा प्रायश्चित्तको रूपमा उहाँलाई अर्पण गर्नुभयो । उहाँको धैर्यमा विगतका पापको बेवास्ता गर्नुभएकोले उहाँले ख्रीष्टलाई उहाँको न्यायको प्रमाणको रूपमा अर्पण गर्नुभयो ।
Którego Bóg wystawił ubłaganiem przez wiarę we krwi jego, ku okazaniu sprawiedliwości swojej przez odpuszczenie przedtem popełnionych grzechów w cierpliwości Bożej,
26 यी सबै कुरा वर्तमान समयमा उहाँको धार्मिकता प्रदर्शन गर्नका निम्ति भएका थिए । उहाँ आफैँलाई न्यायी प्रमाणित गर्न सक्नुभएको होस् र उहाँले येशूमाथिको विश्वासले कुनैलाई पनि धर्मी ठहराउनुहुन्छ भन्ने देखाउन यसो भयो ।
Ku okazaniu sprawiedliwości swojej w teraźniejszym czasie, na to, aby on był sprawiedliwym i usprawiedliwiającym tego, który jest z wiary Jezusowej.
27 घमण्ड कहाँ गर्ने? यो त हटाइएको छ । केको आधारमा? कामहरूको आधारमा? होइन, तर विश्वासको आधारमा हो ।
Gdzież tedy jest chluba? Odrzucona jest. Przez któryż zakon? Czyli uczynków? Nie, ale przez zakon wiary.
28 तब हामी निचोडमा आउँछौँ, कि कुनै पनि व्यक्ति व्यवस्थाका कामहरूविना नै विश्वासद्वारा धर्मी ठहरिन्छ ।
Przetoż mamy za to, że człowiek bywa usprawiedliwiony wiarą bez uczynków zakonu.
29 अथवा के परमेश्वर यहूदीहरूका मात्रै परमेश्वर हुनुहुन्छ त? के उहाँ गैरयहूदीहरूका परमेश्वर हुनुहुन्न र? हो, उहाँ गैरयहूदीहरूका पनि परमेश्वर हुनुहुन्छ ।
Izali Bóg jest tylko Bogiem Żydów? izali też nie pogan? Zaiste i pogan.
30 यदि वास्तवमै परमेश्वर एक हुनुहुन्छ भने उहाँले खतना भएकाहरूलाई विश्वासद्वारा धर्मी ठहराउनुहुन्छ, र खतना नभएकाहरूलाई पनि विश्वासद्वारा नै धर्मी ठहराउनुहुन्छ ।
Ponieważ jeden jest Bóg, który usprawiedliwi obrzezkę z wiary i nieobrzezkę przez wiarę.
31 के हामीले विश्वासद्वारा व्यवस्थालाई रद्द गर्छौं त? कहिल्यै यस्तो नहोस्! बरु, हामीले व्यवस्थालाई कायम पो राख्छौँ ।
To tedy zakon niszczymy przez wiarę? Nie daj tego Boże! i owszem zakon stanowimy.