< रोमी 2 >

1 यसकारण, तिमीहरूलाई कुनै बहाना छैन । ए मानिस, तिमी जसले न्याय गर्छौ र तिमी अर्कालाई जेको निम्ति दोष लगाउँछौ तिमी आफैँ पनि त्यसैमा दोषी ठहराइन्छौ । किनकि तिमी न्याय गर्नेले पनि त्यही कुराहरू गर्छौ ।
Зато се не можеш изговорити, о човече који год судиш! Јер којим судом судиш другом, себе осуђујеш; јер то чиниш судећи.
2 तर यस्ता कुराहरू गर्नेहरूमाथि परमेश्‍वरको न्याय हुँदा सत्यताअनुसार हुन्छ भनी हामी जान्दछौँ ।
А знамо да је суд Божји прав на оне који то чине.
3 तर ए मानिस, यसलाई विचार गर कि तिमी आफैँले पनि त्यही गर्छौ यद्यपि तिमीले यी कुराहरू गर्नेहरूको न्याय गर्छौ । के तिमी परमेश्‍वरको इन्साफबाट उम्कनेछौ र?
Него помишљаш ли, о човече који судиш онима који то чине, и сам чиниш то! Да ћеш ти побећи од суда Божијег?
4 अथवा के तिमी उहाँको कृपाको प्रशस्तता, उहाँको दण्डको ढिलाइ र उहाँको धैर्यलाई तुच्छ ठन्छौ? के उहाँको भलाइ तिमीहरूलाई पश्‍चात्तापमा डोर्‍याउनलाई हो भन्‍ने तिमीहरू जान्दैनौ?
Или не мариш за богатство Његове доброте и кротости и трпљења, не знајући да те доброта Божија на покајање води?
5 तर तिमीहरूको कठोर र अपश्‍चात्तापी हृदयको कारण तिमीहरूले क्रोधको दिन अर्थात् परमेश्‍वरको धार्मिक न्याय प्रकट हुने दिनको निम्ति क्रोध थुपारिरहेका छौ ।
Него својом дрвености и непокајаним срцем сабираш себи гнев за дан гнева у који ће се показати праведни суд Бога,
6 परमेश्‍वरले हरेकलाई त्यसको आफ्ना कर्महरूको नापअनुसार दिनुहुनेछः
Који ће дати свакоме по делима његовим:
7 अटुट रूपमा सुकर्म गर्दै प्रशंसा, इज्‍जत र अमरत्वको खोजी गर्नेलाई उहाँले अनन्त जीवन दिनुहुनेछ । (aiōnios g166)
Онима, дакле, који су трпљењем дела доброг тражили славу и част и нераспадљивост, живот вечни; (aiōnios g166)
8 तर आफ्नै मात्र भलाइ खोज्‍ने, सत्यताको अवज्ञा गर्ने तर अधार्मिकताप्रति आज्ञाकारी हुनेहरूमाथि क्रोध र भयङ्कर रिस आइपर्नेछ ।
А онима који се уз пркос супроте истини, а покоравају се неправди, немилост и гнев.
9 परमेश्‍वरले दुष्‍ट कार्य गर्ने हरेक मानव प्राणमाथि सङ्कट र दुःख ल्याउनुहुनेछ, पहिले यहूदीमाथि अनि ग्रिकहरूमाथि ।
Невоља и туга на сваку душу човека који чини зло, а најпре Јеврејина и Грка;
10 तर असल काम गर्नेहरूमाथि प्रशंसा, इज्‍जत र शान्‍ति आउनेछ, पहिले यहूदी र त्‍यसपछि ग्रिकहरूमाथि ।
А слава и част и мир свакоме који чини добро, а најпре Јеврејину и Грку;
11 किनकि परमेश्‍वरले पक्षपात गर्नुहुन्‍न ।
Јер Бог не гледа ко је ко.
12 किनकि जतिले व्यवस्थाविना पाप गरेका छन्, तिनीहरू व्यवस्थाविना नै नष्‍ट हुनेछन् र जतिले व्यवस्थाप्रति पाप गरेका छन्, तिनीहरू व्यवस्थाद्वारा नै न्याय गरिनेछन् ।
Јер који без закона сагрешише, без закона ће и изгинути; и који у закону сагрешише, по закону ће се осудити
13 किनकि परमेश्‍वरको सामु धर्मी ठहरिनेहरू व्यवस्था सुन्‍नेहरू होइनन्, तर व्यवस्था पालन गर्नेहरू नै धर्मी ठहरिनेछन् ।
(Јер пред Богом нису праведни они који слушају закон, него ће се они оправдати који га творе;
14 किनकि गैरयहूदीहरू जससँग व्यवस्था छैन, तिनीहरूले स्वभावद्वारा नै व्यवस्थाका कुराहरू गर्छन् । तिनीहरू आफ्ना निम्ति आफैँ नै व्यवस्था हुन्, यद्यपि तिनीहरूसँग व्यवस्था छैन ।
Јер кад незнабошци не имајући закон сами од себе чине шта је по закону, они закон не имајући сами су себи закон:
15 यसैद्वारा व्यवस्थाले चाहेका कुराहरू तिनीहरूका हृदयमा लेखिएका छन् भन्‍ने देखाउँछ । तिनीहरूको विवेकले पनि तिनीहरूलाई गवाही दिन्छ र तिनीहरूका आफ्नै विचारले कि तिनीहरू आफैँलाई दोष दिन्छ कि प्रतिरक्षा गर्छ ।
Они доказују да је оно написано у срцима њиховим што се чини по закону, будући да им савест сведочи, и мисли међу собом туже се или правдају)
16 अनि परमेश्‍वरप्रति पनि यही कुरो लागु हुन्छ । त्यो मेरो सुसमाचारअनुसार येशू ख्रीष्‍टद्वारा परमेश्‍वरले सबै मानिसहरूको गोप्य कुराहरूको इन्साफ गर्नुहुने दिन हुनेछ ।
На дан када Бог узасуди тајне људске по јеванђељу мом преко Исуса Христа.
17 मानौँ, व्यवस्थामाथि भर परेर तिमी आफैँलाई यहूदी भन्छौ, परमेश्‍वरमा गर्वका साथ रमाउँछौ,
Гле, ти се зовеш Јеврејин, а ослањаш се на закон и хвалиш се Богом,
18 उहाँको इच्छा जान्दछौ र व्यवस्थाका शिक्षा पाएर त्यसबाट फरक भएका कुराहरूको जाँच गर्दछौ ।
И познајеш вољу, и избираш шта је боље, јер си научен од закона;
19 मानौँ, कि तिमी आफैँ अन्धाहरूका अगुवा हौ, र अन्धकारमा हुनेहरूका निम्ति ज्योति हौ,
И мислиш да си вођ слепима, видело онима који су у мраку,
20 मूर्खलाई सुधार गर्ने, शिशुहरूका शिक्षक हौ, अनि तिमीसँग ज्ञान र सत्यताको स्वरूप व्यवस्थामा छ ।
Наказатељ безумнима, учитељ деци, који имаш углед разума и истине у закону.
21 अनि तिमी जसले अरूलाई सिकाउँछौ, के तिमी आफैलाई चाहिँ सिकाउँदैनौ? तिमी जसले चोरी नगर्नू भनी सिकाउँछौ, के तिमी नै चोरी गर्छौ?
Учећи, дакле, другог себе не учиш;
22 तिमी जसले व्‍यभिचार नगर्नू भन्‍छौ, के तिमीले नै व्‍यभिचार गर्छौ? तिमी जसले मूर्तिहरूलाई घृणा गर्छौ, के तिमी मन्‍दिरहरू लुट्छौ?
Проповедајући да се не краде, крадеш; говорећи: Не чини прељубе, чиниш прељубу: гадећи се на идоле, крадеш светињу;
23 तिमी जो परमेश्‍वरको व्‍यवस्‍थामा गर्वका साथ रमाउँछौ, के तिमीले व्‍यवस्‍था उल्‍लङ्घन गरेर परमेश्‍वरको अपमान गर्छौ?
Који се хвалиш законом, а преступом закона срамотиш Бога.
24 किनकि जसो लेखिएको छ, “तिमीहरूले गर्दा गैरयहूदीहरूका माझमा परमेश्‍वरको नाउँको अनादर भएको छ ।”
Јер се име Божије због вас хули у незнабошцима, као што стоји написано.
25 यदि तिमीहरूले व्‍यवस्‍था पालन गर्छौ भने वास्‍तवमा खतनाले तिमीहरूलाई लाभ दिन्‍छ, तर यदि तिमीहरू व्‍यवस्‍था भङ्‌ग गर्नेहरू हौ भने, तिमीहरूको खतना बेखतना हुन्‍छ ।
Обрезање помаже ако закон држиш; ако ли си преступник закона, обрезање је твоје необрезање постало.
26 यदि बेखतने व्यक्‍तिले व्यवस्थाले माग गरेका कुराहरूलाई पालन गर्छ भने, के त्‍यसको बेखतना खतना नै ठानिनेछैन र?
Ако, дакле, необрезање правду закона држи, зашто се не би његово необрезање за обрезање узело?
27 यदि स्वाभाविक रूपले खतना नभएकाले व्यवस्था पुरा गर्छ भने के त्यसले तिमीलाई दोषी ठहराउँदैन र? तिमीहरूसँग लिखित धर्मशास्‍त्र र खतना भएको भए तापनि तिमीहरूले व्यवस्था उल्‍लङ्घन गर्ने भएकाले यसो भएको हो ।
И онај који је од рода необрезан и извршује закон, осудиће тебе који си са словима и обрезањем преступник закона.
28 किनकि त्यो यहूदी होइन जो बाहिरी रूपले मात्र यहूदी हो; न त केवल बाहिरी शरीरको खतना नै खतना हो ।
Јер оно није Јеврејин који је споља Јеврејин, нити је оно обрезање које је споља, на телу;
29 तर त्यही यहूदी हो जो भित्री रूपमा यहूदी हो र अक्षरमा होइन तर आत्‍माद्वारा हृदयको खतना नै खतना हो । यस्‍तो व्यक्‍तिको प्रशंसा मानिसबाट होइन, तर परमेश्‍वरबाट आउँछ ।
Него је оно Јеврејин који је изнутра и обрезање срца духом а не словима, то је обрезање; коме је хвала не од људи него од Бога.

< रोमी 2 >