< रोमी 16 >
1 किंक्रियामा भएको मण्डलीकी सेविका हाम्री बहिनी फिबीको म तिमीहरू समक्ष प्रशंसा गर्छु ।
Jag anbefaller åt eder vår syster Febe, som är församlingstjänarinna i Kenkrea.
2 ताकि तिमीहरूले तिनलाई प्रभुमा ग्रहण गर । यो विश्वसीहरूलाई सुहाउँदो प्रकारले गर अनि तिनलाई जे कुरामा तिमीहरूको खाँचो पर्छ, तिनलाई सहायता गर । किनकि तिनी आफैँ नै धेरैको साथै मेरो आफ्नै पनि सहयोगी भएकी छन् ।
Så mottagen då henne i Herren, såsom det höves de heliga, och bistån henne i allt vari hon kan behöva eder; ty hon har själv varit ett stöd för många och jämväl för mig.
3 ख्रीष्ट येशूमा मेरा सहकर्मी प्रिस्का र अकिलासलाई अभिवादन गर,
Hälsen Priska och Akvila, mina medarbetare i Kristus Jesus.
4 जसले मेरो जीवनको निम्ति तिनीहरूको जीवन जोखिममा पारेका थिए । म तिनीहरूलाई धन्यवाद दिन्छु, मैले मात्र होइन, तर गैरयहूदीहरूका सबै मण्डलीहरूले धन्यवाद दिन्छन् ।
De hava ju vågat sitt liv för mig; och icke allenast jag tackar dem därför, utan också alla hednaförsamlingar.
5 तिनीहरूका घरमा भएको मण्डलीलाई अभिवादन देओ । मेरा प्रिय इपेनितसलाई अभिवादन देओ, जो ख्रीष्टमा एसियाको पहिलो फल हुन् ।
Hälsen ock den församling som kommer tillhopa i deras hus. Hälsen Epenetus, min älskade broder, som är förstlingen av dem som i provinsen Asien hava kommit till Kristus.
6 मरियमलाई अभिवादन देओ, जसले तिमीहरूका निम्ति कडा परिश्रम गरेकी थिइन् ।
Hälsen Maria, som har arbetat så mycket för eder.
7 एन्ड्रोनिकस र युनियस, मेरा आफन्तहरू र मेरा सङ्गी कैदीहरूलाई अभिवादन भनिदेओ । तिनीहरू प्रेरितहरूमध्ये विशिष्ट छन्, जो मभन्दा पहिले नै ख्रीष्टमा थिए ।
Hälsen Andronikus och Junias, mina landsmän och medfångar, som hava ett så gott anseende bland apostlarna, och som längre än jag hava varit i Kristus.
8 प्रभुमा मेरा प्रिय एम्प्लीआतसलाई मेरो अभिवादन भन ।
Hälsen Ampliatus, min älskade broder i Herren.
9 उर्बानस, ख्रीष्टमा हाम्रा सहकर्मी र मेरा प्रिय स्ताखुसलाई अभिवादन देओ ।
Hälsen Urbanus, vår medarbetare i Kristus, och Stakys, min älskade broder.
10 ख्रीष्टमा समर्थन गरिएका अपेल्लेसलाई अभिवादन देओ । अरिस्तोबुलसका घरानाकाहरूलाई अभिवादन देओ ।
Hälsen Apelles, den i Kristus beprövade. Hälsen dem som höra till Aristobulus' hus.
11 मेरा आफन्त हेरोदियनलाई अभिवादन देओ । प्रभुमा भएका नर्किससका घरानाकाहरूलाई अभिवादन भनिदेओ ।
Hälsen Herodion, min landsman. Hälsen dem av Narcissus' hus, som äro i Herren.
12 प्रभुमा कडा परिश्रम गर्ने त्रुफेना र त्रोफोसालाई अभिवादन देओ । परसीसलाई अभिवादन देओ, जसले प्रभुमा धेरै काम गरेका छन् ।
Hälsen Tryfena och Tryfosa, som arbeta i Herren. Hälsen Persis, den älskade systern, som har så mycket arbetat i Herren.
13 प्रभुमा चुनिएका रूफस र तिनकी आमा जो मेरो पनि आमा भएकी थिइन्, तिनीहरूलाई अभिवादन देओ ।
Hälsen Rufus, den i Herren utvalde, och hans moder, som också för mig har varit en moder.
14 असिंक्रितस, फ्लेगन, हर्मेस, पत्रोबास, हर्मास र उनीहरूसित भएका भाइहरूलाई अभिवादन देओ ।
Hälsen Asynkritus, Flegon, Hermes, Patrobas, Hermas och de bröder som äro tillsammans med dem.
15 फिलोलोगस र युलिया, नेरियस र तिनकी बहिनी, र ओलिम्पास र तिनीहरूसित भएका सबै विश्वासीहरूलाई अभिवादन देओ ।
Hälsen Filologus och Julia, Nereus och hans syster och Olympas och alla de heliga som äro tillsammans med dem.
16 एक आपसमा पवित्र चुम्बनले अभिवादन गर । ख्रीष्टका सबै मण्डलीहरूले तिमीहरूलाई अभिवादन पठाएका छन् ।
Hälsen varandra med en helig kyss. Alla Kristi församlingar hälsa eder.
17 अब भाइ हो, जसले विभाजन र बाधा खडा गर्छन् तिनीहरूको बारेमा विचार गर्न म तिमीहरूलाई आग्रह गर्छु । तिनीहरू तिमीहरूले सिकेका शिक्षाभन्दा बाहिर गइरहेका छन् । तिनीहरूदेखि टाढा बस ।
Men jag förmanar eder, mina bröder, att hava akt på dem som vålla tvedräkt och kunna bliva eder till fall, i strid med den lära som I haven inhämtat; dragen eder ifrån dem.
18 किनकि यस्ता मानिसहरूले हाम्रा प्रभु ख्रीष्टको सेवा गर्दैनन्, तर तिनीहरूले आफ्नै पेटको सेवा गर्छन् । तिनीहरूका चिप्ला कुरा र चापलुसीले निर्दोषहरूको हृदयलाई छल्छ ।
Ty sådana tjäna icke vår Herre Kristus, utan sin egen buk; och genom sina milda ord och sitt fagra tal bedraga de oskyldiga människors hjärtan.
19 किनकि तिमीहरूका आज्ञाकारिताको उदाहरण सबैकहाँ पुग्छ । त्यसकारण, तिमीहरूमा म आनन्द मनाउँछु, तर जुन कुरो असल छ त्यसमा बुद्धिमानी होओ, र जुन कुरा खराब छ त्यसमा निर्दोष होओ भन्ने म चाहन्छु ।
Eder lydnad är ju känd av alla. Över eder gläder jag mig därför; men jag skulle önska att I voren visa i fråga om det goda, och menlösa i fråga om det onda.
20 शान्तिका परमेश्वरले चाँडै नै शैतानलाई तिमीहरूको पैतालामुनि कुच्च्याउनुहुनेछ । हाम्रा प्रभु येशू ख्रीष्टको अनुग्रह तिमीहरूसित रहोस् ।
Och fridens Gud skall snart låta Satan bliva krossad under edra fötter. Vår Herres, Jesu Kristi, nåd vare med eder.
21 मेरा सहकर्मी तिमोथी र मेरा आफन्त लुकियस, यासोन र सोसिपात्रोसले तिमीहरूलाई अभिवादन पठाएका छन् ।
Timoteus, min medarbetare, hälsar eder: så göra ock Lucius och Jason och Sosipater, mina landsmän.
22 यो पत्र लेख्ने म तर्तियसले प्रभुमा अभिवादन गर्दछु ।
Jag, Tertius, som har nedskrivit detta brev, hälsar eder i Herren.
23 गायस जसले मलाई र सम्पूर्ण मण्डलीलाई उहाँको घरमा राखेका छन्, उनले तिमीहरूलाई अभिवादन भनेका छन् । सहरका कोषाध्यक्ष इरास्तस र भाइ क्वार्टसले तिमीहरूलाई अभिवादन गरेका छन् ।
Gajus, min och hela församlingens värd, hälsar eder. Erastus, stadens kamrerare, och brodern Kvartus hälsar eder.
24 [नोटः उत्कृष्ट प्राचीन प्रतिलिपीहरूले यो पदलाई हटाएका छन् (रोमी १६:२० हेर्नुहोस्) पद २४] । हाम्रा प्रभु येशू ख्रीष्टको अनुग्रह तिमीहरू सबैसित रहेको होस् ।
25 अब उहाँलाई जसले तिमीहरूलाई मेरो सुसमाचार र येशू ख्रीष्टको सन्देशअनुसार अर्थात् धेरै अगाडिदेखि गुप्त रहेको रहस्यको प्रकाशअनुसार जो तिमीहरूलाई खडा राख्न सक्षम हुनुहुन्छ, (aiōnios )
Men honom som förmår styrka eder, enligt det evangelium jag förkunnar och min predikan om Jesus Kristus, ja, enligt den nu avslöjade hemlighet som förut under evärdliga tider har varit outtalad, (aiōnios )
26 तर अब सारा गैरयहूदीहरूका बिचमा विश्वासको आज्ञाकारिताको निम्ति अनन्त परमेश्वरको आज्ञाअनुसार अगमवाणीका धर्मशास्त्रहरूद्वारा त्यसलाई प्रकट गरिएको र जनाइएको छ, (aiōnios )
men som nu har blivit uppenbarad och, enligt den eviga Gudens befallning, blivit, med stöd av profetiska skrifter, kungjord bland alla hedningar, för att bland dem upprätta trons lydnad -- (aiōnios )
27 एक मात्र बुद्धिमान् परमेश्वरलाई, येशू ख्रीष्टद्वारा सदासर्वदा महिमा होस् । आमेन! (aiōn )
honom, den ende vise Guden, tillhör äran, genom Jesus Kristus, i evigheternas evigheter. Amen. V. 24 se Nya testamentets text i Ordförklaringarna. (aiōn )