< रोमी 16 >

1 किंक्रियामा भएको मण्डलीकी सेविका हाम्री बहिनी फिबीको म तिमीहरू समक्ष प्रशंसा गर्छु ।
Ndinorumbidza kwamuri Febhe hanzvadzi yedu, anova murandakadzi wekereke iri paKenikireya;
2 ताकि तिमीहरूले तिनलाई प्रभुमा ग्रहण गर । यो विश्‍वसीहरूलाई सुहाउँदो प्रकारले गर अनि तिनलाई जे कुरामा तिमीहरूको खाँचो पर्छ, तिनलाई सहायता गर । किनकि तिनी आफैँ नै धेरैको साथै मेरो आफ्नै पनि सहयोगी भएकी छन् ।
kuti mumugamuchire muna Ishe sezvinofanira vatsvene, uye kuti mumubatsire panhau ipi neipi yaangashaiwa kwamuri; nokuti iyewo wakava mubatsiri wevazhinji, newangu ndomene.
3 ख्रीष्‍ट येशूमा मेरा सहकर्मी प्रिस्का र अकिलासलाई अभिवादन गर,
Kwazisai Prisira naAkwira vashandi pamwe neni muna Kristu Jesu.
4 जसले मेरो जीवनको निम्ति तिनीहरूको जीवन जोखिममा पारेका थिए । म तिनीहरूलाई धन्यवाद दिन्छु, मैले मात्र होइन, तर गैरयहूदीहरूका सबै मण्डलीहरूले धन्यवाद दिन्छन् ।
Ivo nekuda kweupenyu hwangu vakaradzika mutsipa wavo pachavo, vandisingavongi ini ndega, asi nemakereke ese evahedheni;
5 तिनीहरूका घरमा भएको मण्डलीलाई अभिवादन देओ । मेरा प्रिय इपेनितसलाई अभिवादन देओ, जो ख्रीष्‍टमा एसियाको पहिलो फल हुन् ।
kwazisaiwo kereke iri paimba yavo. Kwazisai Epaeneto mudikanwi wangu, anova chibereko chekutanga cheAkaya muna Kristu.
6 मरियमलाई अभिवादन देओ, जसले तिमीहरूका निम्ति कडा परिश्रम गरेकी थिइन् ।
Kwazisai Maria, wakatishandira zvikuru.
7 एन्ड्रोनिकस र युनियस, मेरा आफन्तहरू र मेरा सङ्गी कैदीहरूलाई अभिवादन भनिदेओ । तिनीहरू प्रेरितहरूमध्ये विशिष्‍ट छन्, जो मभन्दा पहिले नै ख्रीष्‍टमा थिए ।
Kwazisai Andoroniko naJunia hama dzangu nevakasungwa pamwe neni, vane mbiri pakati pevaapositori, vakanditangirawo kuva muna Kristu.
8 प्रभुमा मेरा प्रिय एम्प्लीआतसलाई मेरो अभिवादन भन ।
Kwazisai Amupiriyasi mudikanwi wangu muna Ishe.
9 उर्बानस, ख्रीष्‍टमा हाम्रा सहकर्मी र मेरा प्रिय स्ताखुसलाई अभिवादन देओ ।
Kwazisai Obhano mushandi pamwe nesu muna Kristu, naStako mudikanwi wangu.
10 ख्रीष्‍टमा समर्थन गरिएका अपेल्लेसलाई अभिवादन देओ । अरिस्तोबुलसका घरानाकाहरूलाई अभिवादन देओ ।
Kwazisai Apere anotendwa muna Kristu. Kwazisai vekwaArisitobhuro.
11 मेरा आफन्त हेरोदियनलाई अभिवादन देओ । प्रभुमा भएका नर्किससका घरानाकाहरूलाई अभिवादन भनिदेओ ।
Kwazisai Herodhio hama yangu. Kwazisai vekwaNakiso, vari muna Ishe.
12 प्रभुमा कडा परिश्रम गर्ने त्रुफेना र त्रोफोसालाई अभिवादन देओ । परसीसलाई अभिवादन देओ, जसले प्रभुमा धेरै काम गरेका छन् ।
Kwazisai Trufaina naTrufosa vakadzi vanoshanda muna Ishe. Kwazisai Perisisi mukadzi anodikanwa, wakashanda zvikuru muna Ishe.
13 प्रभुमा चुनिएका रूफस र तिनकी आमा जो मेरो पनि आमा भएकी थिइन्, तिनीहरूलाई अभिवादन देओ ।
Kwazisai Rufosi wakasanangurwa muna Ishe, namai vake vari vanguwo.
14 असिंक्रितस, फ्लेगन, हर्मेस, पत्रोबास, हर्मास र उनीहरूसित भएका भाइहरूलाई अभिवादन देओ ।
Kwazisai Asingirita, Firegoni, Herimasi, Patrobhasi, Herimesi, nehama dzinavo.
15 फिलोलोगस र युलिया, नेरियस र तिनकी बहिनी, र ओलिम्पास र तिनीहरूसित भएका सबै विश्‍वासीहरूलाई अभिवादन देओ ।
Kwazisai Firorogosi naJuria, Nerusi nehanzvadzi yake, naOrimba, nevatsvene vese vanavo.
16 एक आपसमा पवित्र चुम्बनले अभिवादन गर । ख्रीष्‍टका सबै मण्डलीहरूले तिमीहरूलाई अभिवादन पठाएका छन् ।
Kwazisanai nekutsvoda kutsvene. Makereke aKristu anokukwazisai.
17 अब भाइ हो, जसले विभाजन र बाधा खडा गर्छन् तिनीहरूको बारेमा विचार गर्न म तिमीहरूलाई आग्रह गर्छु । तिनीहरू तिमीहरूले सिकेका शिक्षाभन्दा बाहिर गइरहेका छन् । तिनीहरूदेखि टाढा बस ।
Zvino ndinokukumbirisai, hama, ngwarirai avo vanoita mhesaniso uye zvigumbuso, zvinopesana nedzidziso yamakadzidza imwi, uye muvanzvenge.
18 किनकि यस्ता मानिसहरूले हाम्रा प्रभु ख्रीष्‍टको सेवा गर्दैनन्, तर तिनीहरूले आफ्नै पेटको सेवा गर्छन् । तिनीहरूका चिप्ला कुरा र चापलुसीले निर्दोषहरूको हृदयलाई छल्छ ।
Nokuti vakadaro havashandiri Ishe wedu Jesu Kristu, asi dumbu ravo; uye neshoko rakanaka nekutaura kwakanaka vanonyengera moyo yevasina mhosva.
19 किनकि तिमीहरूका आज्ञाकारिताको उदाहरण सबैकहाँ पुग्छ । त्यसकारण, तिमीहरूमा म आनन्द मनाउँछु, तर जुन कुरो असल छ त्यसमा बुद्धिमानी होओ, र जुन कुरा खराब छ त्यसमा निर्दोष होओ भन्‍ने म चाहन्छु ।
Nokuti kuteerera kwenyu kwakasvika kune vese. Naizvozvo ndinofara pamusoro penyu; asi ndinoda kuti muve vakachenjera kune chakanaka, asi vakachena kune chakaipa.
20 शान्तिका परमेश्‍वरले चाँडै नै शैतानलाई तिमीहरूको पैतालामुनि कुच्‍च्याउनुहुनेछ । हाम्रा प्रभु येशू ख्रीष्‍टको अनुग्रह तिमीहरूसित रहोस् ।
Zvino Mwari werugare achakurumidza kupwanya Satani pasi petsoka dzenyu. Nyasha dzaIshe wedu Jesu Kristu ngadzive nemwi. Ameni.
21 मेरा सहकर्मी तिमोथी र मेरा आफन्त लुकियस, यासोन र सोसिपात्रोसले तिमीहरूलाई अभिवादन पठाएका छन् ।
Timotio, mushandi pamwe neni, naRukio naJasoni naSosipatro hama dzangu vanokukwazisai.
22 यो पत्र लेख्‍ने म तर्तियसले प्रभुमा अभिवादन गर्दछु ।
Ini Tetiosi, anonyora tsamba, ndinokukwazisai muna Ishe.
23 गायस जसले मलाई र सम्पूर्ण मण्डलीलाई उहाँको घरमा राखेका छन्, उनले तिमीहरूलाई अभिवादन भनेका छन् । सहरका कोषाध्यक्ष इरास्तस र भाइ क्‍वार्टसले तिमीहरूलाई अभिवादन गरेका छन् ।
Gayosi, mugamuchiri wangu nekereke yese, anokukwazisai. Erastosi muchengeti wemari yeguta anokukwazisai, naKwaritosi hama.
24 [नोटः उत्कृष्‍ट प्राचीन प्रतिलिपीहरूले यो पदलाई हटाएका छन् (रोमी १६:२० हेर्नुहोस्) पद २४] । हाम्रा प्रभु येशू ख्रीष्‍टको अनुग्रह तिमीहरू सबैसित रहेको होस् ।
Nyasha dzaIshe wedu Jesu Kristu ngadzive nemwi mese. Ameni.
25 अब उहाँलाई जसले तिमीहरूलाई मेरो सुसमाचार र येशू ख्रीष्‍टको सन्देशअनुसार अर्थात् धेरै अगाडिदेखि गुप्‍त रहेको रहस्यको प्रकाशअनुसार जो तिमीहरूलाई खडा राख्‍न सक्षम हुनुहुन्छ, (aiōnios g166)
Zvino kune ane simba rekukusimbisai sezvinoreva evhangeri yangu nekuparidzwa kwaJesu Kristu, zvichienderana nekuzarurwa kwezvakavanzika, zvisina kutaurwa zvakavanzwa nguva dzakare, (aiōnios g166)
26 तर अब सारा गैरयहूदीहरूका बिचमा विश्‍वासको आज्ञाकारिताको निम्ति अनन्त परमेश्‍वरको आज्ञाअनुसार अगमवाणीका धर्मशास्‍त्रहरूद्वारा त्यसलाई प्रकट गरिएको र जनाइएको छ, (aiōnios g166)
asi ikozvino zvinoratidzwa, uye nemagwaro evaporofita semurairo waMwari wekusingaperi, wakaziviswa kumarudzi ese pakuteerera kwerutendo, (aiōnios g166)
27 एक मात्र बुद्धिमान्‌ परमेश्‍वरलाई, येशू ख्रीष्‍टद्वारा सदासर्वदा महिमा होस् । आमेन! (aiōn g165)
kuna Mwari iye wakachenjera ega ngakuve nekurumbidzwa naJesu Kristu, kusvika narinhi. Ameni. (aiōn g165)

< रोमी 16 >