< रोमी 15 >

1 अब हामी जो बलिया छौँ, हामीले दुर्बलहरूका कमजोरीलाई सहनुपर्छ, र आफैँलाई मात्र खुसी पार्नु हुँदैन ।
Мусимо ми, сильні, немочі безсильних носити, а не собі догоджати.
2 जे असल छ त्यसको निम्ति त्यसलाई निर्माण गर्नको लागि हरेकले आफ्नो छिमेकीलाई खुसी पारोस् ।
Кожен бо з нас ближньому нехай догоджає, на добре, до збудування.
3 किनकि ख्रीष्‍टले पनि उहाँ आफैँलाई खुसी पार्नुभएन । बरु, यो लेखिएको जस्तै थियो, “तपाईंलाई अपमान गर्नेहरूको अपमान ममाथि पर्‍यो ।”
Бо і Христос не собі годив, а яко ж писано: Зневага зневажаючих Тебе упала на мене.
4 किनकि पहिले जे लेखिएका थिए, ती कुराहरू हाम्रै शिक्षाको निम्ति लेखिएका थिए, ताकि धर्मशास्‍त्रको धैर्य र उत्साहद्वारा हामीसँग भरोसा होस् ।
Скільки бо перше написано, нам на науку написано, щоб через терпіннє та утїшеннє (з) писання мали надію.
5 अब धैर्य र उत्साहका परमेश्‍वरले ख्रीष्‍ट येशूअनुसार तिमीहरू एक-अर्कासँग एकै मनको हुन दिऊन् ।
Бог же терпіння та утїшення нехай дасть вам однаково думати між собою по Христу Ісусові,
6 उहाँले यो गर्नुभएको होस्, ताकि तिमीहरूले एकै मनको भएर एकै मुखले परमेश्‍वर र हाम्रा प्रभु येशू ख्रीष्‍टको पिताको प्रशंसा गर्न सक ।
щоб однодушне, одними устами славили Бога й Отця Господа нашого Ісуса Христа.
7 त्यसकारण, प्ररमेश्‍वरको प्रशंसाको निम्ति ख्रीष्‍टले तिमीहरूलाई ग्रहण गर्नुभए झैँ तिमीहरूले पनि एक-अर्कालाई ग्रहण गर ।
Тим же приймайте один одного яко ж і Христос прийняв вас у славу Божу.
8 म भन्छु, कि परमेश्‍वरको सत्यताको तर्फबाट ख्रीष्‍टलाई खतनाको एक सेवक बनाइएको छ । उहाँले यसो गर्नुभयो, ताकि उहाँले पुर्खाहरूलाई दिनुभएका प्रतिज्ञाहरूलाई पक्‍का गर्न,
Глаголю ж, що Ісус Христос став ся слугою обрізання ради істини Божої, щоб ствердити обітовання отців,
9 अनि गैरयहूदीहरूका निम्ति परमेश्‍वरको दयाको निम्ति उहाँको महिमा गर्न सक्‍नुभएको होस् । यस्तो लेखिएको छ, “यसकारण म गैरयहूदीहरूका माझमा तपाईंको प्रशंसा गर्नेछु, अनि तपाईंको नाउँको स्तुति गाउनेछु ।”
а для поган - з милості, щоб прославляли Бога, яко ж писано: За се визнавати му Тебе між поганами й імени Твоєму співати му.
10 यसले फेरि भन्छ, “हे गैरयहूदीहरू हो, उहाँका मानिसहरूसँग आनन्द मनाओ ।”
І знов глаголе: Звеседїть ся, погане, з людьми Його.
11 अनि फेरि पनि “हे सबै गैरयहूदी हो, सबै मानिसहरूले उहाँको प्रशंसा गरून् ।”
І знов: Хвалїть Господа, всі погане, і вихваляйте Його всі люде.
12 यशैया फेरि भन्छन्, “त्यहाँ यिशैको जरा हुनेछ र एक जना जसले गैरयहूदीहरूमाथि शासन गर्नुहुनेछ । गैरयहूदीहरूले उहाँमा भरोसा गर्नेछन् ।
І знов Ісаїя глаголе: Буде корінь Єссеїв, Той, що встане, владикувати над поганами; на Него погане вповати муть.
13 अब भरोसाका परमेश्‍वरले विश्‍वास गर्नको निम्ति तिमीहरूलाई आनन्द र शान्तिले भरून्, ताकि पवित्र आत्माको शक्‍तिद्वारा तिमीहरू भरोसामा प्रशस्त होऊन् ।
Бог же вповання нехай сповнить вас усякими радощами й упокоєм у вірі, щоб ви збагатились упованнєм, силою Духа сьвятого.
14 मेरा भाइहरू हो, म आफैँ पनि तिमीहरूको बारेमा विश्‍वस्त छु । म विश्‍वस्त छु, कि तिमीहरू आफैँ पनि भलाइले पूर्ण र सबै ज्ञानले भरिएका छौ । म विश्‍वस्त छु, कि तिमीहरू एक-अर्कालाई अर्ती दिन पनि समर्थ छौ ।
Впевнив ся ж і я сам про вас, браттє моє, що й самі ви повні добрости, повні, всякого знання, і зможете один одного навчати.
15 तर मलाई परमेश्‍वरद्वारा दिइएको वरदानको कारण म तिमीहरूलाई फेरि याद दिलाउनको लागि केही कुराहरूको बारेमा अझ साहससित लेखिरहेको छु ।
Сьмілїще ж написав я вам, браттє моє, трохи, яко нагадуючи вам по благодаті, даній менї від Бога,
16 यो वरदानचाहिँ पुजारीको रूपमा परमेश्‍वरको सुसमाचार दिन गैरयहूदीहरूकहाँ पठाइनलाई म ख्रीष्‍ट येशूको सेवक बन्‍नुपर्छ भन्‍ने थियो । मैले यो गर्नुपर्छ, ताकि पवित्र आत्माद्वारा परमेश्‍वरलाई अर्पण गरिएको गैरयहूदीहरूको भेटी ग्रहणयोग्य होस् ।
щоб бути менї служителем Ісус-Христовим між поганами, сьвято проповідуючи благовісте Боже, щоб приношеннє від поган було приятне і осьвящене Духом сьвятим.
17 त्यसैले, मेरो आनन्द ख्रीष्‍ट येशू र परमेश्‍वरका कुराहरूमा छ ।
Маю оце похвалу через Христа Ісуса в Божих речах.
18 किनकि गैरयहूदीहरूका आज्ञाकारिताको निम्ति ख्रीष्‍टले मद्वारा पुरा गर्नुभएको कुराबाहेक अरू कुनै कुरामा पनि बोल्न म साहस गर्नेछैनँ । यिनीहरू वचन र कामद्वारा,
Не сьмію бо глаголати про таке, чого не вдіяв Христос через мене на послух поган, словом і дїлом,
19 चिन्हहरू र चमत्कारहरूको शक्‍तिद्वारा अनि पवित्र आत्माको शक्‍तिद्वारा गरिएका हुन् । मैले यरूशलेम र वरिपरिको क्षेत्रदेखि इल्लुरिकनसम्म ख्रीष्‍टको सुसमाचार पूर्ण रूपमा प्रचार गर्न सकूँ भनेर यसो भएको हो ।
силою ознак і чудес, силою Духа Божого; так що я від Єрусалиму і кругом аж до Ілирика сповнив благовісте Христове.
20 यसरी सुसमाचार घोषणा गर्ने मेरो इच्छा भएको छ, तर ख्रीष्‍टको नाउँ चिनिएका ठाउँहरूमा होइन, ताकि अरू मानिसहरूले बसालेको जगमाथि मैले निर्माण नगरौँ ।
Так силкувавсь я благовістити, не де іменував ся Христос, щоб на чужій основинї не будувати,
21 जस्तो लेखिएको छ, “जसकहाँ उहाँको समाचार आएन तिनीहरूले उहाँलाई देख्‍नेछन्, अनि जसले उहाँको समाचार सुनेका छैनन्, तिनीहरूले बुझ्‍नेछन् ।”
а яко ж писано: Кому не звіщено про Него, побачать, і котрі не чули, зрозуміють.
22 यसकारण, तिमीहरूकहाँ आउन मलाई धेरै पल्ट रोकिएको छ ।
Тим же й був я з'упинений не раз, прийти до вас.
23 तर अब यी क्षेत्रहरूमा मेरो निम्ति कुनै पनि ठाउँ छैन, र धेरै वर्षदेखि म तिमीहरूकहाँ आउने चाह गरिरहेको छु ।
Тепер же, більш не маючи місця в сих країнах, бажаннє ж маючи прийти до вас од многих лїт,
24 त्यसैले, जब म स्पेन जान्छु, त्यहाँ जाँदै गर्दा म तिमीहरूलाई भेट्ने र केही समयको निम्ति तिमीहरूसँग आनन्द मनाएपछि तिमीहरूद्वारा मलाई मेरो यात्रामा पठाइने आशा गर्छु ।
як пійду в Іспанию, прийду до вас; сподіваюсь бо, проходючи, бачити вас, і що ви мене проведете туди, як перш вами трохи навтішаюсь
25 तर अहिले म विश्‍वासीहरूको सेवा गर्न यरूशलेमतिर गइरहेको छु ।
Тепер же йду в Єрусалим, служити сьвятим.
26 किनकि यरूशलेमका विश्‍वासीहरूमध्ये गरिबहरूलाई केही योगदान दिने माकेडोनिया र अखैयाको शुभेच्छा थियो ।
Зводили бо Македонці та Ахайцї удїлити дещо вбогим сьвятим, що в Єрусалимі.
27 हो, यो तिनीहरूको शुभेच्छा थियो, र वास्तवमै तिनीहरू तिनीहरूका ऋणी छन् । किनकि यदि गैरयहूदीहरू तिनीहरूका आत्मिक कुराहरूमा सहभागी भएका छन् भने तिनीहरूलाई भौतिक थोकहरूमा सेवा गर्न पनि तिनीहरू ऋणी छन् ।
Зволили, та й винні їм. Коли бо в духовному їх спільниками стали погане, то повинні в тїлесному послужити й їм.
28 यसकारण, जब म यो काम पुरा गर्छु र तिनीहरूलाई यो फल आधिकारिक रूपमा दिन्छु, म तिमीहरूको बाटो हुँदै स्पेन जानेछु ।
Се ж скінчивши й запечатавши (оддавши) їм овощ сей, пійду через вас в Іспанию.
29 म जान्दछु, कि जब म तिमीहरूकहाँ आउँछु, म ख्रीष्‍टको आशिष्‌को पूर्णतामा‌ आउनेछु ।
Знаю ж, що прийшовши до вас, в повнї благословення благовістя Христового прийду.
30 भाइहरू हो, अब म तिमीहरूलाई हाम्रा प्रभु येशू ख्रीष्‍टद्वारा र पवित्र आत्माको प्रेमद्वारा बिन्ती गर्छु, कि मेरो निम्ति परमेश्‍वरसित तिमीहरूको प्रार्थनामा तिमीहरूले मसँग सङ्घर्ष गर ।
Благаю ж вас, браттє, Господом нашим Ісусом Христом і любовю Духа, помагайте менї молитвами за мене до Бога,
31 यो प्रार्थना गर, कि म यहूदियामा भएका अनाज्ञाकारी मानिसहरूबाट जोगिन सकूँ, र यरूशलेमको निम्ति मेरो सेवा विश्‍वासीहरूलाई ग्रहणयोग्य हुन सकोस् ।
щоб збавитись менї від непокірних в Юдеї, і щоб служба моя в Єрусалимі приятна була сьвятим,
32 प्रार्थना गर, कि म परमेश्‍वरको इच्छाद्वारा तिमीहरूकहाँ आनन्दसित आउन सकूँ र तिमीहरूसँगै विश्राम पाउन सकूँ ।
щоб з радістю прийшов до вас волею Божою, та й покрепив ся з вами.
33 शान्तिका परमेश्‍वर तिमीहरू सबैसँग रहून् । आमेन!
Бог же впокою з усіма вами. Амінь.

< रोमी 15 >