< रोमी 15 >

1 अब हामी जो बलिया छौँ, हामीले दुर्बलहरूका कमजोरीलाई सहनुपर्छ, र आफैँलाई मात्र खुसी पार्नु हुँदैन ।
Sasa sisi tulio na nguvu tunapaswa kuuchukua udhaifu wa walio dhaifu, na hatupaswi kujipendeza wenyewe.
2 जे असल छ त्यसको निम्ति त्यसलाई निर्माण गर्नको लागि हरेकले आफ्नो छिमेकीलाई खुसी पारोस् ।
Kila mmoja wetu ampendeze jirani yake kwani ni jambo jema, kwa lengo la kumjenga.
3 किनकि ख्रीष्‍टले पनि उहाँ आफैँलाई खुसी पार्नुभएन । बरु, यो लेखिएको जस्तै थियो, “तपाईंलाई अपमान गर्नेहरूको अपमान ममाथि पर्‍यो ।”
Kwani hata Kristo hakujipendeza mwenyewe. Badala yake, ilikuwa kama ilivyoandikwa, “Matusi ya wale waliokutukana yamenipata mimi.”
4 किनकि पहिले जे लेखिएका थिए, ती कुराहरू हाम्रै शिक्षाको निम्ति लेखिएका थिए, ताकि धर्मशास्‍त्रको धैर्य र उत्साहद्वारा हामीसँग भरोसा होस् ।
Kwa chochote kilichotangulia kuandikwa, kiliandikwa kwa kutuelekeza, kwa kusudi kwamba kupitia uvumilivu na kupitia kutiwa moyo na maandiko tungekuwa na ujasiri.
5 अब धैर्य र उत्साहका परमेश्‍वरले ख्रीष्‍ट येशूअनुसार तिमीहरू एक-अर्कासँग एकै मनको हुन दिऊन् ।
Sasa Mungu wa uvumilivu na wa kutia moyo awape kuwa na nia sawa kwa kila mmoja kulingana na Yesu Kristo.
6 उहाँले यो गर्नुभएको होस्, ताकि तिमीहरूले एकै मनको भएर एकै मुखले परमेश्‍वर र हाम्रा प्रभु येशू ख्रीष्‍टको पिताको प्रशंसा गर्न सक ।
Aweze kufanya hivi kwa nia moja muweze kumsifu kwa kinywa kimoja Mungu na Baba wa Bwana wetu Yesu Kristo.
7 त्यसकारण, प्ररमेश्‍वरको प्रशंसाको निम्ति ख्रीष्‍टले तिमीहरूलाई ग्रहण गर्नुभए झैँ तिमीहरूले पनि एक-अर्कालाई ग्रहण गर ।
Kwa hiyo mpokeeni kila mmoja, kama vile Kristo alivyowapokea, kwa utukufu wa Mungu.
8 म भन्छु, कि परमेश्‍वरको सत्यताको तर्फबाट ख्रीष्‍टलाई खतनाको एक सेवक बनाइएको छ । उहाँले यसो गर्नुभयो, ताकि उहाँले पुर्खाहरूलाई दिनुभएका प्रतिज्ञाहरूलाई पक्‍का गर्न,
Kwani nasema kwamba Kristo amefanywa mtumishi wa tohara kwa niaba ya ukweli wa Mungu. Alifanya hivi ili kwamba aweze kuthibitisha ahadi zilizotolewa kwa mababa,
9 अनि गैरयहूदीहरूका निम्ति परमेश्‍वरको दयाको निम्ति उहाँको महिमा गर्न सक्‍नुभएको होस् । यस्तो लेखिएको छ, “यसकारण म गैरयहूदीहरूका माझमा तपाईंको प्रशंसा गर्नेछु, अनि तपाईंको नाउँको स्तुति गाउनेछु ।”
na kwa mataifa kumtukuza Mungu kwa neema yake. Kama ambavyo imeandikwa, “Kwa hiyo nitatoa sifa kwako miongoni mwa mataifa na kuimba sifa katika jina lako.”
10 यसले फेरि भन्छ, “हे गैरयहूदीहरू हो, उहाँका मानिसहरूसँग आनन्द मनाओ ।”
Tena inasema, “Furahini, ninyi watu wa mataifa, pamoja na watu wake.”
11 अनि फेरि पनि “हे सबै गैरयहूदी हो, सबै मानिसहरूले उहाँको प्रशंसा गरून् ।”
Na tena, “Msifuni Bwana, ninyi mataifa yote; acha watu wa mataifa yote wamsifu yeye.”
12 यशैया फेरि भन्छन्, “त्यहाँ यिशैको जरा हुनेछ र एक जना जसले गैरयहूदीहरूमाथि शासन गर्नुहुनेछ । गैरयहूदीहरूले उहाँमा भरोसा गर्नेछन् ।
Tena Isaya asema, “Kutakuwa na shina la Yese, na mmoja atakayeinuka kutawala juu ya mataifa. Mataifa watakuwa na tumaini katika yeye.”
13 अब भरोसाका परमेश्‍वरले विश्‍वास गर्नको निम्ति तिमीहरूलाई आनन्द र शान्तिले भरून्, ताकि पवित्र आत्माको शक्‍तिद्वारा तिमीहरू भरोसामा प्रशस्त होऊन् ।
Sasa Mungu wa tumaini awajaze na furaha yote na amani kwa kuamini, ili kwamba muweze kuzidi katika tumaini, kwa nguvu ya Roho Mtakatifu.
14 मेरा भाइहरू हो, म आफैँ पनि तिमीहरूको बारेमा विश्‍वस्त छु । म विश्‍वस्त छु, कि तिमीहरू आफैँ पनि भलाइले पूर्ण र सबै ज्ञानले भरिएका छौ । म विश्‍वस्त छु, कि तिमीहरू एक-अर्कालाई अर्ती दिन पनि समर्थ छौ ।
Mimi mwenyewe pia nimeshawishiwa nanyi, ndugu zangu. Nimeshawishiwa kwamba pia ninyi wenyewe mmejazwa na wema, mmejazwa na maarifa yote. Ninashawishiwa kwamba, ninyi mwaweza pia kuhimizana kila mmoja na mwenzake.
15 तर मलाई परमेश्‍वरद्वारा दिइएको वरदानको कारण म तिमीहरूलाई फेरि याद दिलाउनको लागि केही कुराहरूको बारेमा अझ साहससित लेखिरहेको छु ।
Lakini ninaandika kwa ujasiri zaidi kwenu juu ya mambo fulani ili kuwakumbusha tena, sababu ya kipawa nilichopewa na Mungu.
16 यो वरदानचाहिँ पुजारीको रूपमा परमेश्‍वरको सुसमाचार दिन गैरयहूदीहरूकहाँ पठाइनलाई म ख्रीष्‍ट येशूको सेवक बन्‍नुपर्छ भन्‍ने थियो । मैले यो गर्नुपर्छ, ताकि पवित्र आत्माद्वारा परमेश्‍वरलाई अर्पण गरिएको गैरयहूदीहरूको भेटी ग्रहणयोग्य होस् ।
Kipawa hiki kilikuwa kwamba niweze kuwa mtumishi wa Yesu Kristo aliyetumwa kwa mataifa, kujitoa kama kuhani wa injili ya Mungu. Ningeweza kufanya hivi ili kujitoa kwangu kwa mataifa kuwe kumekubaliwa, kumetengwa na Mungu kwa njia ya Roho Mtakatifu.
17 त्यसैले, मेरो आनन्द ख्रीष्‍ट येशू र परमेश्‍वरका कुराहरूमा छ ।
Hivyo furaha yangu iko katika Kristo Yesu na katika mambo ya Mungu.
18 किनकि गैरयहूदीहरूका आज्ञाकारिताको निम्ति ख्रीष्‍टले मद्वारा पुरा गर्नुभएको कुराबाहेक अरू कुनै कुरामा पनि बोल्न म साहस गर्नेछैनँ । यिनीहरू वचन र कामद्वारा,
Kwani sitaweza kuthubutu kunena lolote isipokuwa kwamba Kristo amekamilisha kupitia kwangu utii wa mataifa. Haya mambo yametimizwa kwa neno na tendo,
19 चिन्हहरू र चमत्कारहरूको शक्‍तिद्वारा अनि पवित्र आत्माको शक्‍तिद्वारा गरिएका हुन् । मैले यरूशलेम र वरिपरिको क्षेत्रदेखि इल्लुरिकनसम्म ख्रीष्‍टको सुसमाचार पूर्ण रूपमा प्रचार गर्न सकूँ भनेर यसो भएको हो ।
kwa nguvu za ishara na maajabu, na kwa nguvu za Roho Mtakatifu. Hii ilikuwa ili kwamba kutoka Yerusalem, na kuzungukia mbali kama Iliriko, niweze kuichukua nje kwa ukamilifu injili ya Kristo.
20 यसरी सुसमाचार घोषणा गर्ने मेरो इच्छा भएको छ, तर ख्रीष्‍टको नाउँ चिनिएका ठाउँहरूमा होइन, ताकि अरू मानिसहरूले बसालेको जगमाथि मैले निर्माण नगरौँ ।
Kwa njia hii, nia yangu imekuwa kuitangaza injili, lakini si mahali Kristo anajulikana kwa jina, ili kwamba nisiweze kujenga juu ya msingi wa mtu mwingine.
21 जस्तो लेखिएको छ, “जसकहाँ उहाँको समाचार आएन तिनीहरूले उहाँलाई देख्‍नेछन्, अनि जसले उहाँको समाचार सुनेका छैनन्, तिनीहरूले बुझ्‍नेछन् ।”
Kama ilivyoandikwa: “Ambao kwa yeye hawana habari zake alikuja watamwona, na wale ambao hawakumsikia watamfahamu.”
22 यसकारण, तिमीहरूकहाँ आउन मलाई धेरै पल्ट रोकिएको छ ।
Kwahiyo nilikuwa pia nimezuiliwa mara nyingi kuja kwenu.
23 तर अब यी क्षेत्रहरूमा मेरो निम्ति कुनै पनि ठाउँ छैन, र धेरै वर्षदेखि म तिमीहरूकहाँ आउने चाह गरिरहेको छु ।
Lakini sasa, sina tena sehemu yoyote katika mikoa hii, na nimekuwa nikitamani kwa miaka mingi kuja kwenu.
24 त्यसैले, जब म स्पेन जान्छु, त्यहाँ जाँदै गर्दा म तिमीहरूलाई भेट्ने र केही समयको निम्ति तिमीहरूसँग आनन्द मनाएपछि तिमीहरूद्वारा मलाई मेरो यात्रामा पठाइने आशा गर्छु ।
Hivyo mara zote nikienda Hispania, ninatumaini kuwaona nikipita, na kuweza kupelekwa njia yangu na ninyi, baada ya kuwa nimefurahia ushirika na ninyi kwa muda.
25 तर अहिले म विश्‍वासीहरूको सेवा गर्न यरूशलेमतिर गइरहेको छु ।
Lakini sasa ninakwenda Yerusalemu kuwahudumia waumini.
26 किनकि यरूशलेमका विश्‍वासीहरूमध्ये गरिबहरूलाई केही योगदान दिने माकेडोनिया र अखैयाको शुभेच्छा थियो ।
Maana iliwapendeza watu wa Makedonia na Akaya kufanya changizo maalumu kwa masikini miongoni mwa waumini huko Yerusalemu.
27 हो, यो तिनीहरूको शुभेच्छा थियो, र वास्तवमै तिनीहरू तिनीहरूका ऋणी छन् । किनकि यदि गैरयहूदीहरू तिनीहरूका आत्मिक कुराहरूमा सहभागी भएका छन् भने तिनीहरूलाई भौतिक थोकहरूमा सेवा गर्न पनि तिनीहरू ऋणी छन् ।
Ndiyo, ilikuwa kwa upendo wao, na hakika, wamekuwa wadeni wao. Maana ikiwa mataifa wameshiriki katika mambo yao ya kiroho, wanadaiwa na wao pia kuwahudumia katika mahitaji ya vitu.
28 यसकारण, जब म यो काम पुरा गर्छु र तिनीहरूलाई यो फल आधिकारिक रूपमा दिन्छु, म तिमीहरूको बाटो हुँदै स्पेन जानेछु ।
Kwahiyo, wakati nimekamilisha hivi na kuwa na utoshelevu wa tunda hili kwao, mimi nitakwenda njiani pamoja nanyi huko Hispania.
29 म जान्दछु, कि जब म तिमीहरूकहाँ आउँछु, म ख्रीष्‍टको आशिष्‌को पूर्णतामा‌ आउनेछु ।
Najua kwamba, wakati nikija kwenu, nitakuja katika utimilifu wa baraka za Kristo.
30 भाइहरू हो, अब म तिमीहरूलाई हाम्रा प्रभु येशू ख्रीष्‍टद्वारा र पवित्र आत्माको प्रेमद्वारा बिन्ती गर्छु, कि मेरो निम्ति परमेश्‍वरसित तिमीहरूको प्रार्थनामा तिमीहरूले मसँग सङ्घर्ष गर ।
Sasa ninawasihi, ndugu, kwa Bwana wetu Yesu Kristo, na kwa upendo wa Roho, kwamba mshiriki pamoja nami katika maombi yenu kwa Mungu kwa ajili yangu.
31 यो प्रार्थना गर, कि म यहूदियामा भएका अनाज्ञाकारी मानिसहरूबाट जोगिन सकूँ, र यरूशलेमको निम्ति मेरो सेवा विश्‍वासीहरूलाई ग्रहणयोग्य हुन सकोस् ।
Ombeni kwamba niweze kuokolewa kutoka kwao wasio na utii katika Yudea, na kwamba huduma yangu huko Yerusalemu iweze kupokelewa na waumini.
32 प्रार्थना गर, कि म परमेश्‍वरको इच्छाद्वारा तिमीहरूकहाँ आनन्दसित आउन सकूँ र तिमीहरूसँगै विश्राम पाउन सकूँ ।
Ombeni kwamba ninaweza kuja kwenu kwa furaha kupitia mapenzi ya Mungu, na kwamba niweze kuwa pamoja nanyi, kupata kupumzika.
33 शान्तिका परमेश्‍वर तिमीहरू सबैसँग रहून् । आमेन!
Na Mungu wa amani awe pamoja nanyi nyote. Amina

< रोमी 15 >