< रोमी 15 >
1 अब हामी जो बलिया छौँ, हामीले दुर्बलहरूका कमजोरीलाई सहनुपर्छ, र आफैँलाई मात्र खुसी पार्नु हुँदैन ।
WE then that are strong, ought to bear the infirmities of those who are feeble, and not to gratify ourselves.
2 जे असल छ त्यसको निम्ति त्यसलाई निर्माण गर्नको लागि हरेकले आफ्नो छिमेकीलाई खुसी पारोस् ।
Let every one of us gratify his neighbour in that which is good for his edification.
3 किनकि ख्रीष्टले पनि उहाँ आफैँलाई खुसी पार्नुभएन । बरु, यो लेखिएको जस्तै थियो, “तपाईंलाई अपमान गर्नेहरूको अपमान ममाथि पर्यो ।”
For even Christ gratified not himself; but as it is written, “The reproaches of them that reproached thee are fallen upon me.”
4 किनकि पहिले जे लेखिएका थिए, ती कुराहरू हाम्रै शिक्षाको निम्ति लेखिएका थिए, ताकि धर्मशास्त्रको धैर्य र उत्साहद्वारा हामीसँग भरोसा होस् ।
For whatsoever things were written aforetime, were written for our instruction; that by patience and the consolation of the Scriptures we might have hope.
5 अब धैर्य र उत्साहका परमेश्वरले ख्रीष्ट येशूअनुसार तिमीहरू एक-अर्कासँग एकै मनको हुन दिऊन् ।
Now the God of patience and consolation give you to be like-minded among each other, according to Christ Jesus:
6 उहाँले यो गर्नुभएको होस्, ताकि तिमीहरूले एकै मनको भएर एकै मुखले परमेश्वर र हाम्रा प्रभु येशू ख्रीष्टको पिताको प्रशंसा गर्न सक ।
that in one mind, with one mouth, ye may glorify God, even the Father of our Lord Jesus Christ.
7 त्यसकारण, प्ररमेश्वरको प्रशंसाको निम्ति ख्रीष्टले तिमीहरूलाई ग्रहण गर्नुभए झैँ तिमीहरूले पनि एक-अर्कालाई ग्रहण गर ।
Therefore help one another, as Christ also hath helped us, for the glory of God.
8 म भन्छु, कि परमेश्वरको सत्यताको तर्फबाट ख्रीष्टलाई खतनाको एक सेवक बनाइएको छ । उहाँले यसो गर्नुभयो, ताकि उहाँले पुर्खाहरूलाई दिनुभएका प्रतिज्ञाहरूलाई पक्का गर्न,
Now I say that Jesus Christ was the minister of circumcision for the truth of God, to confirm the promises made unto the fathers:
9 अनि गैरयहूदीहरूका निम्ति परमेश्वरको दयाको निम्ति उहाँको महिमा गर्न सक्नुभएको होस् । यस्तो लेखिएको छ, “यसकारण म गैरयहूदीहरूका माझमा तपाईंको प्रशंसा गर्नेछु, अनि तपाईंको नाउँको स्तुति गाउनेछु ।”
and that the Gentiles might glorify God for his mercy; as it is written, “For this cause will I confess unto thee among the Gentiles, and sing unto thy name.”
10 यसले फेरि भन्छ, “हे गैरयहूदीहरू हो, उहाँका मानिसहरूसँग आनन्द मनाओ ।”
And again he saith, “Rejoice, ye Gentiles, with his people.”
11 अनि फेरि पनि “हे सबै गैरयहूदी हो, सबै मानिसहरूले उहाँको प्रशंसा गरून् ।”
And again, “Praise the Lord, all ye nations, and laud him, all ye people.”
12 यशैया फेरि भन्छन्, “त्यहाँ यिशैको जरा हुनेछ र एक जना जसले गैरयहूदीहरूमाथि शासन गर्नुहुनेछ । गैरयहूदीहरूले उहाँमा भरोसा गर्नेछन् ।
And again Isaiah saith, “There shall be a root of Jesse, and he that ariseth to reign over the Gentiles, in him shall the Gentiles trust.”
13 अब भरोसाका परमेश्वरले विश्वास गर्नको निम्ति तिमीहरूलाई आनन्द र शान्तिले भरून्, ताकि पवित्र आत्माको शक्तिद्वारा तिमीहरू भरोसामा प्रशस्त होऊन् ।
Now the God of hope fill you with all joy, and peace in believing, that ye may abound in hope by the power of the Holy Ghost.
14 मेरा भाइहरू हो, म आफैँ पनि तिमीहरूको बारेमा विश्वस्त छु । म विश्वस्त छु, कि तिमीहरू आफैँ पनि भलाइले पूर्ण र सबै ज्ञानले भरिएका छौ । म विश्वस्त छु, कि तिमीहरू एक-अर्कालाई अर्ती दिन पनि समर्थ छौ ।
And I myself also am persuaded of you, my brethren, that ye yourselves are full of goodness, filled with all knowledge, and able to admonish one another.
15 तर मलाई परमेश्वरद्वारा दिइएको वरदानको कारण म तिमीहरूलाई फेरि याद दिलाउनको लागि केही कुराहरूको बारेमा अझ साहससित लेखिरहेको छु ।
But I have written to you, my brethren, in part, with greater freedom, as refreshing your memory through the grace which is given to me of God;
16 यो वरदानचाहिँ पुजारीको रूपमा परमेश्वरको सुसमाचार दिन गैरयहूदीहरूकहाँ पठाइनलाई म ख्रीष्ट येशूको सेवक बन्नुपर्छ भन्ने थियो । मैले यो गर्नुपर्छ, ताकि पवित्र आत्माद्वारा परमेश्वरलाई अर्पण गरिएको गैरयहूदीहरूको भेटी ग्रहणयोग्य होस् ।
that I should be the minister of Jesus Christ unto the Gentiles, ministering the Gospel of God; that the oblation of the Gentiles might be acceptable, sanctified by the Holy Ghost.
17 त्यसैले, मेरो आनन्द ख्रीष्ट येशू र परमेश्वरका कुराहरूमा छ ।
I have therefore cause to glory in Christ Jesus with regard to the things of God.
18 किनकि गैरयहूदीहरूका आज्ञाकारिताको निम्ति ख्रीष्टले मद्वारा पुरा गर्नुभएको कुराबाहेक अरू कुनै कुरामा पनि बोल्न म साहस गर्नेछैनँ । यिनीहरू वचन र कामद्वारा,
For I will not dare to say any thing of those things which Christ hath not wrought by my ministry, to engage the obedience of the Gentiles, by word and deed,
19 चिन्हहरू र चमत्कारहरूको शक्तिद्वारा अनि पवित्र आत्माको शक्तिद्वारा गरिएका हुन् । मैले यरूशलेम र वरिपरिको क्षेत्रदेखि इल्लुरिकनसम्म ख्रीष्टको सुसमाचार पूर्ण रूपमा प्रचार गर्न सकूँ भनेर यसो भएको हो ।
by the power of signs and miracles, by the might of the Spirit of God; so that from Jerusalem, and in a circle quite round unto Illyricum, I have fully spread the gospel of Christ.
20 यसरी सुसमाचार घोषणा गर्ने मेरो इच्छा भएको छ, तर ख्रीष्टको नाउँ चिनिएका ठाउँहरूमा होइन, ताकि अरू मानिसहरूले बसालेको जगमाथि मैले निर्माण नगरौँ ।
But I have in such manner endeavoured to preach the gospel, not where Christ’s name had been heard, lest I should build upon another man’s foundation:
21 जस्तो लेखिएको छ, “जसकहाँ उहाँको समाचार आएन तिनीहरूले उहाँलाई देख्नेछन्, अनि जसले उहाँको समाचार सुनेका छैनन्, तिनीहरूले बुझ्नेछन् ।”
but as it is written, “To whom the tidings concerning him have not reached, they shall see, and they who have not heard, shall understand.”
22 यसकारण, तिमीहरूकहाँ आउन मलाई धेरै पल्ट रोकिएको छ ।
Wherefore also I have found many things to hinder me from coming to you;
23 तर अब यी क्षेत्रहरूमा मेरो निम्ति कुनै पनि ठाउँ छैन, र धेरै वर्षदेखि म तिमीहरूकहाँ आउने चाह गरिरहेको छु ।
but now having no longer cause to detain me in these regions, and having an earnest desire to come unto you for many years past,
24 त्यसैले, जब म स्पेन जान्छु, त्यहाँ जाँदै गर्दा म तिमीहरूलाई भेट्ने र केही समयको निम्ति तिमीहरूसँग आनन्द मनाएपछि तिमीहरूद्वारा मलाई मेरो यात्रामा पठाइने आशा गर्छु ।
whenever I proceed on my journey into Spain, I will come unto you: for I hope on my journey to see you, and by you to be forwarded thither, after I shall have first, in a measure, fully enjoyed your society.
25 तर अहिले म विश्वासीहरूको सेवा गर्न यरूशलेमतिर गइरहेको छु ।
But I am now going to Jerusalem, to carry alms to the saints.
26 किनकि यरूशलेमका विश्वासीहरूमध्ये गरिबहरूलाई केही योगदान दिने माकेडोनिया र अखैयाको शुभेच्छा थियो ।
For Macedonia and Achaia have been pleased to make a certain contribution for the poor of the saints that are at Jerusalem.
27 हो, यो तिनीहरूको शुभेच्छा थियो, र वास्तवमै तिनीहरू तिनीहरूका ऋणी छन् । किनकि यदि गैरयहूदीहरू तिनीहरूका आत्मिक कुराहरूमा सहभागी भएका छन् भने तिनीहरूलाई भौतिक थोकहरूमा सेवा गर्न पनि तिनीहरू ऋणी छन् ।
They have been so pleased indeed, and their debtors they are. For if the Gentiles have been admitted to a participation in their spiritual things, they ought also to minister to them in carnal things.
28 यसकारण, जब म यो काम पुरा गर्छु र तिनीहरूलाई यो फल आधिकारिक रूपमा दिन्छु, म तिमीहरूको बाटो हुँदै स्पेन जानेछु ।
When therefore I have completed this work, and sealed unto them this fruit, I will pass by you into Spain.
29 म जान्दछु, कि जब म तिमीहरूकहाँ आउँछु, म ख्रीष्टको आशिष्को पूर्णतामा आउनेछु ।
But I know that, when I come to you, I shall come with the fulness of the blessing of the gospel of Christ.
30 भाइहरू हो, अब म तिमीहरूलाई हाम्रा प्रभु येशू ख्रीष्टद्वारा र पवित्र आत्माको प्रेमद्वारा बिन्ती गर्छु, कि मेरो निम्ति परमेश्वरसित तिमीहरूको प्रार्थनामा तिमीहरूले मसँग सङ्घर्ष गर ।
Now I exhort you, brethren, by our Lord Jesus Christ, and by the love of the Spirit, that you wrestle earnestly with me in prayers for me unto God;
31 यो प्रार्थना गर, कि म यहूदियामा भएका अनाज्ञाकारी मानिसहरूबाट जोगिन सकूँ, र यरूशलेमको निम्ति मेरो सेवा विश्वासीहरूलाई ग्रहणयोग्य हुन सकोस् ।
that I may be delivered from those who do not believe in Judea; and that my service which regards Jerusalem may be kindly accepted by the saints;
32 प्रार्थना गर, कि म परमेश्वरको इच्छाद्वारा तिमीहरूकहाँ आनन्दसित आउन सकूँ र तिमीहरूसँगै विश्राम पाउन सकूँ ।
that I may come unto you with joy by the will of God, and may be refreshed together with you.
33 शान्तिका परमेश्वर तिमीहरू सबैसँग रहून् । आमेन!
Now the God of peace be with you all! Amen.