< रोमी 13 >
1 हरेक व्यक्ति उच्च अख्तियारको अधीनतामा रहोस्, किनभने परमेश्वरबाट आउने अधिकारबाहेक अरू कुनै अधिकार हुँदैन । जुन अधिकारीहरू छन्, तिनीहरू परमेश्वरद्वारा नियुक्त गरिएका हुन् ।
Mweya umwe neumwe ngauzviise pasi pemasimba epamusoro; nokuti hakuna simba kunze kwerakabva kuna Mwari; masimba aripo akagadzwa naMwari.
2 यसकारण, जसले उक्त अधिकारीहरूको प्रतिरोध गर्छ, त्यसले परमेश्वरको विरोध गर्दछ; जसले यसलाई विरोध गर्छ, तिनीहरूले आफैँमाथि न्याय गर्छन् ।
Naizvozvo anopikisa simba anopikisa chimiso chaMwari; zvino ivo vanopikisa vanozvigamuchirira kuraswa.
3 असल कामहरूका निम्ति होइन, तर दुष्ट कामहरूका निम्ति शासकहरूको डर मानिन्छ । के तिमी अधिकारीप्रति निर्भय हुने इच्छा गर्छौ? जे असल छ त्यही गर, र तिमीले तिनीहरूबाट प्रशंसा पाउनेछौ ।
Nokuti vatongi havasi chityiso kumabasa akanaka, asi kune akaipa. Zvino unoda kusatya simba here? Ita zvakanaka, zvino uchava nerumbidzo kubva kwariri;
4 किनकि भलाइको निम्ति तिनी तिम्रो लागि परमेश्वरका सेवक हुन् । तर यदि तिमीले खराबी गर्यौ भने भयभीत होऊ; किनकि तिनले विनाकारण तरवार भिर्दैनन् । किनकि तिनी परमेश्वरका एक सेवक हुन् अर्थात् खराबी गर्नेमाथि बदला लिने व्यक्ति हुन् ।
nokuti ndiro muranda waMwari kuti zvikunakire. Asi kana uchiita zvakaipa, itya; nokuti harina kubatira munondo pasina; nokuti muranda waMwari, mutsivi pahasha kune anoita zvakaipa.
5 यसकारण, क्रोधको कारणले मात्र होइन, तर विवेकको खातिर पनि तिमीले आज्ञा पालन गर्नुपर्छ ।
Naizvozvo zvakafanira kuzviisa pasi, kwete nekuda kwehasha chete, asi nekuda kwehanawo.
6 तसर्थ, तिमी कर पनि तिर्छौ । अधिकारीहरू यिनै कुराहरूको निरन्तर रूपमा हेरचाह गर्ने परमेश्वरका सेवकहरू हुन् ।
Nokuti nekuda kwezvizvi munoterawo; nokuti varanda vaMwari, vanoramba vachibatirira chinhu ichochi.
7 तिर्नु पर्नेलाई तिर; कर तिर्नुपर्नेलाई कर र महसुल दिनुपर्नेलाई महसुल देऊ; डर मान्नुपर्नेको डर मान; जसको इज्जत गर्नुपर्ने हो, उसको इज्जत गर ।
Naizvozvo ripirai vese zvakafanira: Mutero kuna vanofanira mutero; mubhadharo kune vanofanira mubhadharo; kutyiwa kune vanofanira kutyiwa; rukudzo kune vanofanira rukudzo.
8 एकले अर्कोलाई प्रेम गर्नुबाहेक कसैको ऋणी नहोऊ । जसले आफ्नो छिमेकीलाई प्रेम गर्दछ, त्यसले व्यवस्था पालना गरेको हुन्छ ।
Musava nengava nemunhu, kunze kwerekudanana; nokuti anoda umwe, wazadzisa murairo.
9 किनकि, “तिमीले व्यभिचार नगर, तिमीले हत्या नगर, तिमीले नचोर, तिमीले लालच नगर” र यदि अरू आज्ञाहरू पनि छन् भने यसलाई यही वाक्यमा सारांशमा ल्याउन सकिन्छ, “आफ्नो छिमेकीलाई आफूलाई जस्तै प्रेम गर ।”
Nokuti izvi zvekuti: Usapomba, usauraya, usaba, usapupura nhema, usachiva, kana kune murairowo upi neupi, zvakasanganiswa pashoko iri, rekuti: Ude wekwako sezvaunozvida iwe.
10 प्रेमले आफ्नो छिमेकीलाई हानि गर्दैन । त्यसकारण, प्रेममा नै व्यवस्था पुरा हुन्छ ।
Rudo haruiti zvakaipa kune wekwako; naizvozvo rudo kuzadzisika kwemurairo.
11 यसकारण, तिमीहरूले समय जान्दछौ, निन्द्राबाट ब्युँझने समय अघि नै भइसकेको छ । किनकि हामीले पहिले विश्वास गरेको भन्दा अहिले हाम्रो मुक्ति अझ नजिक छ ।
Uye izvi, muchiziva nguva, kuti ratova awa rekuti timuke pahope; nokuti ikozvino ruponeso rwedu rwava pedo kupfuura patakatenda.
12 रात बितिसकेको छ र दिन नजिकै आइपुगेको छ । त्यसकारण, अन्धकारका कामहरू त्यागौँ, र ज्योतिका हातहतियार धारण गरौँ ।
Usiku hwaenda, uye zuva rava pedo; naizvozvo ngatibvise mabasa erima, uye ngatishonge zvombo zvechiedza.
13 उद्दण्ड उत्सवहरू वा मतवालीपनमा होइन, दिनमा जस्तै उचित तवरले हिडौँ । अनि यौन अनैतिकता वा अनियन्त्रित कामवासनामा नहिँडौँ, न त झगडा र ईर्ष्यामा नै हिँडौँ ।
Ngatifambe zvakafanira, sapamasikati, kwete mumitambo yemafaro akaipa nekuraradza, kwete pamabonde nekunyangadza, kwete mugakava negodo.
14 तर प्रभु येशू ख्रीष्टलाई धारण गर, र शरीर अर्थात् यसका अभिलाषाहरूका निम्ति कुनै स्थान नदेऊ ।
Asi pfekai Ishe Jesu Kristu, musafunganyira nyama, mukuchiva.