< रोमी 12 >

1 यसकारण, भाइहरू हो, परमेश्‍वरको कृपाद्वारा म तिमीहरूलाई बिन्‍ती गर्दछु, कि आ-आफ्ना शरीरलाई पवित्र र परमेश्‍वरमा ग्रहणयोग्य जिउँदो बलिको रूपमा अर्पण गर । यो नै तिमीहरूको उचित सेवा हो ।
I beseech you therefore, brethren, by the mercies of God, to present your bodies a living sacrifice, holy, well-pleasing to God, which is your spiritual worship;
2 यस संसारको ढाँचाअनुसार नचल, तर आफ्‍नो मनलाई नयाँ बनाई पूर्ण रूपमा परिवर्तित होओ । परमेश्‍वरको असल, ग्रहणयोग्य र सिद्ध इच्छा के हो भनी जान्‍न यसो गर । (aiōn g165)
and be not conformed to the fashion of this world, but be transformed by the renewal of your mind, that ye may learn by experience what is the will of God, what is good, and well-pleasing, and perfect. (aiōn g165)
3 किनभने मलाई दिइएको अनुग्रहअनुसार म यो कुरा भन्छु, कि तिमीहरूमध्‍ये कसैले पनि आफूलाई जस्तो ठान्‍नुपर्ने हो सोभन्दा बढी नठानोस् । बरु, परमेश्‍वरले हरेकलाई दिनुभएको विश्‍वासको नापबमोजिम बुद्धिमानी ढङ्गले सोच्नुपर्छ ।
For through the grace given to me I warn every one among you, not to think of himself more highly than he ought to think, but to think soberly, according to the measure of faith which God hath imparted to each.
4 किनभने हाम्रो एउटा शरीरमा धेरै अङ्गहरू छन्, तर अङ्गहरूको काम एउटै हुँदैन ।
For as in one body we have many members, and the members have not all the same office,
5 त्यसरी नै, हामीहरू जो धेरै छौँ ख्रीष्‍टमा एउटै शरीर हौँ, र हामी सबै एक-अर्काका अङ्गहरू हौँ ।
so we, though many, form one body in Christ, and each of us is a member of it in common with the rest.
6 हामीलाई दिइएको अनुग्रहअनुसार हामीसँग फरक-फरक वरदानहरू छन् । यदि कसैको वरदान अगमवाणी हो भने, उसको विश्‍वासको परिमाणअनुसार गरोस् ।
Having then gifts which dither according to the grace which hath been bestowed upon us, if we have prophecy, let us prophesy according to the proportion of our faith;
7 यदि कसैको वरदान सेवाको हो भने, त्यसले सेवा गरोस् । यदि कसैसँग सिकाउने वरदान छ भने, त्यसले सिकाओस् ।
or if service, let us attend to the service; he that teacheth, let him attend to teaching;
8 यदि कसैको वरदान उत्साह दिने हो भने, त्यसले उत्साह देओस् । यदि कसैको वरदान दिने छ भने, त्यसले उदारतासाथ गरोस् । यदि कसैको वरदान अगुवाइ गर्ने हो भने, त्यसले होसियारीसाथ गरोस् । यदि कसैको वरदान दया गर्ने हो भने, त्यसले यो प्रसन्‍न भएर गरोस् ।
or he that exhorteth, to exhortation; he that giveth, let him do it with liberality; he that presideth over others, with diligence; he that doeth deeds of mercy, with cheerfulness.
9 प्रेम निष्कपट होस् । जे खराब छ, त्यसलाई घृणा गर; जे असल छ, त्यसमा लागिरहो ।
Let your love be unfeigned. Abhor that which is evil, cleave to that which is good.
10 दाजुभाइहरूबिच हुने प्रेमको सम्बन्धमा चाहिँ एक-अर्काप्रति स्‍नेही बन । आदर गर्ने सम्बन्धमा एक-अर्कालाई आदर गर ।
In brotherly love, be affectionate to one another; in honor, give each other the preference.
11 लगनशीलताको सम्बन्धमा नहिच्‌किचाओ । आत्माको सन्बन्धमा उत्सुक होओ । प्रभुको सम्बन्धमा उहाँको सेवा गर ।
Be not backward in zeal; be fervent in spirit; serving the Lord.
12 तिमीहरूमा भएको भविष्यप्रतिको निश्‍चयताको बारेमा आनन्द मनाओ । दुःखमा धैर्य गर । निरन्तर प्रार्थना गर्दै रहो ।
Rejoice in hope; be patient in affliction; persevere in prayer.
13 विश्‍वासीहरूका खाँचाहरूमा बाँड-चुँड गर । अतिथि सत्कारको निम्ति धेरै उपायहरूको खोजी गर ।
Relieve the wants of the holy; be given to hospitality.
14 तिमीहरूलाई सताउनेहरूलाई आशिष्‌‌ देओ; श्राप नदेओ ।
Bless those who persecute you; bless, and curse not.
15 आनन्द गर्नेहरूसँग आनन्द मनाओ; रुनेहरूसँग रोओ ।
Rejoice with those who rejoice; weep with those who weep.
16 एक अर्काप्रति एउटै मनका होओ । अभिमानी तरिकाले नसोच, तर नम्रहरूलाई स्वीकार गर । आफ्नै विचारमा बुद्धिमान्‌ नहोओ ।
Be of one mind among yourselves. Set not your minds on high things, but content yourselves with what is humble. Be not wise in your own conceits.
17 खराबीको सट्टा खराबी नगर । सबै मानिसको नजरमा असल गर ।
Render to no one evil for evil; have regard to what is honorable in the sight of all men.
18 सम्भव भए, तपाईंको हकमा भएसम्म सबैसँग शान्तिमा बस ।
If it be possible, as far as dependeth on you, be at peace with all men.
19 प्रिय हो, आफैँले बदला नलेओ, तर परमेश्‍वरको क्रोधमा छोडिदेओ । किनकि लेखिएको छ, “बदला लिने काम मेरो हो; मैले बदला लिनेछु”, परमप्रभु भन्‍नुहुन्छ ।
Dearly beloved, avenge not yourselves, but rather make room for wrath; for it is written, “Vengeance is mine; I will repay, saith the Lord.”
20 “तर तिम्रो शत्रु भोकाएको छ भने, उसलाई खान देऊ । ऊ तिर्खाएको छ भने, उसलाई पिउन देऊ । किनकि तिमीले यसो गर्‍यौ भने तिमीले उसको टाउकोमा आगोको भुङ्ग्रो खन्याउनेछौ ।”
Therefore, “if thy enemy hunger, feed him; if he thirst, give him drink. For in so doing thou wilt heap coals of fire on his head.”
21 खराबीबाट पराजित नहोओ, तर खराबीलाई भलाइले जित ।
Be not overcome by evil, but overcome evil with good.

< रोमी 12 >