< रोमी 12 >
1 यसकारण, भाइहरू हो, परमेश्वरको कृपाद्वारा म तिमीहरूलाई बिन्ती गर्दछु, कि आ-आफ्ना शरीरलाई पवित्र र परमेश्वरमा ग्रहणयोग्य जिउँदो बलिको रूपमा अर्पण गर । यो नै तिमीहरूको उचित सेवा हो ।
Therefore I urge you, brothers, on account of God’s mercy, to offer your bodies as living sacrifices, holy and pleasing to God, which is your spiritual service of worship.
2 यस संसारको ढाँचाअनुसार नचल, तर आफ्नो मनलाई नयाँ बनाई पूर्ण रूपमा परिवर्तित होओ । परमेश्वरको असल, ग्रहणयोग्य र सिद्ध इच्छा के हो भनी जान्न यसो गर । (aiōn )
Do not be conformed to this world, but be transformed by the renewing of your mind. Then you will be able to test and approve what is the good, pleasing, and perfect will of God. (aiōn )
3 किनभने मलाई दिइएको अनुग्रहअनुसार म यो कुरा भन्छु, कि तिमीहरूमध्ये कसैले पनि आफूलाई जस्तो ठान्नुपर्ने हो सोभन्दा बढी नठानोस् । बरु, परमेश्वरले हरेकलाई दिनुभएको विश्वासको नापबमोजिम बुद्धिमानी ढङ्गले सोच्नुपर्छ ।
For by the grace given me I say to every one of you: Do not think of yourself more highly than you ought, but think of yourself with sober judgment, according to the measure of faith God has given you.
4 किनभने हाम्रो एउटा शरीरमा धेरै अङ्गहरू छन्, तर अङ्गहरूको काम एउटै हुँदैन ।
Just as each of us has one body with many members, and not all members have the same function,
5 त्यसरी नै, हामीहरू जो धेरै छौँ ख्रीष्टमा एउटै शरीर हौँ, र हामी सबै एक-अर्काका अङ्गहरू हौँ ।
so in Christ we who are many are one body, and each member belongs to one another.
6 हामीलाई दिइएको अनुग्रहअनुसार हामीसँग फरक-फरक वरदानहरू छन् । यदि कसैको वरदान अगमवाणी हो भने, उसको विश्वासको परिमाणअनुसार गरोस् ।
We have different gifts according to the grace given us. If one’s gift is prophecy, let him use it in proportion to his faith;
7 यदि कसैको वरदान सेवाको हो भने, त्यसले सेवा गरोस् । यदि कसैसँग सिकाउने वरदान छ भने, त्यसले सिकाओस् ।
if it is serving, let him serve; if it is teaching, let him teach;
8 यदि कसैको वरदान उत्साह दिने हो भने, त्यसले उत्साह देओस् । यदि कसैको वरदान दिने छ भने, त्यसले उदारतासाथ गरोस् । यदि कसैको वरदान अगुवाइ गर्ने हो भने, त्यसले होसियारीसाथ गरोस् । यदि कसैको वरदान दया गर्ने हो भने, त्यसले यो प्रसन्न भएर गरोस् ।
if it is encouraging, let him encourage; if it is giving, let him give generously; if it is leading, let him lead with diligence; if it is showing mercy, let him do it cheerfully.
9 प्रेम निष्कपट होस् । जे खराब छ, त्यसलाई घृणा गर; जे असल छ, त्यसमा लागिरहो ।
Love must be sincere. Detest what is evil; cling to what is good.
10 दाजुभाइहरूबिच हुने प्रेमको सम्बन्धमा चाहिँ एक-अर्काप्रति स्नेही बन । आदर गर्ने सम्बन्धमा एक-अर्कालाई आदर गर ।
Be devoted to one another in brotherly love. Outdo yourselves in honoring one another.
11 लगनशीलताको सम्बन्धमा नहिच्किचाओ । आत्माको सन्बन्धमा उत्सुक होओ । प्रभुको सम्बन्धमा उहाँको सेवा गर ।
Do not let your zeal subside; keep your spiritual fervor, serving the Lord.
12 तिमीहरूमा भएको भविष्यप्रतिको निश्चयताको बारेमा आनन्द मनाओ । दुःखमा धैर्य गर । निरन्तर प्रार्थना गर्दै रहो ।
Be joyful in hope, patient in affliction, persistent in prayer.
13 विश्वासीहरूका खाँचाहरूमा बाँड-चुँड गर । अतिथि सत्कारको निम्ति धेरै उपायहरूको खोजी गर ।
Share with the saints who are in need. Practice hospitality.
14 तिमीहरूलाई सताउनेहरूलाई आशिष् देओ; श्राप नदेओ ।
Bless those who persecute you. Bless and do not curse.
15 आनन्द गर्नेहरूसँग आनन्द मनाओ; रुनेहरूसँग रोओ ।
Rejoice with those who rejoice; weep with those who weep.
16 एक अर्काप्रति एउटै मनका होओ । अभिमानी तरिकाले नसोच, तर नम्रहरूलाई स्वीकार गर । आफ्नै विचारमा बुद्धिमान् नहोओ ।
Live in harmony with one another. Do not be proud, but enjoy the company of the lowly. Do not be conceited.
17 खराबीको सट्टा खराबी नगर । सबै मानिसको नजरमा असल गर ।
Do not repay anyone evil for evil. Carefully consider what is right in the eyes of everybody.
18 सम्भव भए, तपाईंको हकमा भएसम्म सबैसँग शान्तिमा बस ।
If it is possible on your part, live at peace with everyone.
19 प्रिय हो, आफैँले बदला नलेओ, तर परमेश्वरको क्रोधमा छोडिदेओ । किनकि लेखिएको छ, “बदला लिने काम मेरो हो; मैले बदला लिनेछु”, परमप्रभु भन्नुहुन्छ ।
Do not avenge yourselves, beloved, but leave room for God’s wrath. For it is written: “Vengeance is Mine; I will repay, says the Lord.”
20 “तर तिम्रो शत्रु भोकाएको छ भने, उसलाई खान देऊ । ऊ तिर्खाएको छ भने, उसलाई पिउन देऊ । किनकि तिमीले यसो गर्यौ भने तिमीले उसको टाउकोमा आगोको भुङ्ग्रो खन्याउनेछौ ।”
On the contrary, “If your enemy is hungry, feed him; if he is thirsty, give him a drink. For in so doing, you will heap burning coals on his head.”
21 खराबीबाट पराजित नहोओ, तर खराबीलाई भलाइले जित ।
Do not be overcome by evil, but overcome evil with good.