< रोमी 11 >
1 त्यसो भए म भन्छु, के परमेश्वरले आफ्ना मानिसहरूलाई इन्कार गर्नुभयो त? किनकि म पनि अब्राहामका सन्तान, बेन्यामीन कुलका एक इस्राएली हुँ ।
Basi, nauliza: je, Mungu amewakataa watu wake? Hata kidogo! Mini binafsi ni Mwisraeli mzawa wa Abrahamu, wa kabila la Benyamini.
2 परमेश्वरले अघिबाटै पहिचान गर्नुभएको आफ्नो जातिलाई इन्कार गर्नुभएन । एलियाको बारेमा धर्मशास्त्रले के भन्छ अर्थात् तिनले इस्राएलको बारेमा परमेश्वरसँग कसरी बिन्ती गरे भन्ने कुरा के तिमीहरूलाई थाहा छैन?
Mungu hakuwakataa watu wake aliowateua tangu mwanzo. Mnakumbuka yasemavyo Maandiko Matakatifu juu ya Eliya wakati alipomnung'unikia Mungu kuhusu Israeli:
3 “हे प्रभु, तिनीहरूले तपाईंका अगमवक्ताहरूलाई मारेका छन्, तिनीहरूले तपाईंका वेदीहरूलाई भत्काएका छन् । म मात्र छोडिएको छु, र तिनीहरूले मेरो पनि ज्यान लिन खोजी गरिरहेका छन् ।”
“Bwana, wamewaua manabii wako na kubomoa madhabahu yako. Ni mimi tu peke yangu niliyebaki, nao wanataka kuniua?”
4 तर परमेश्वरको जवाफले तिनलाई के भन्छ? “बाल देवतासामु आफ्ना घुँडा नटेकेका सात हजार मानिसलाई मेरो निम्ति साँचेर राखेको छु ।”
Je, Mungu alimjibu nini? Alimwambia: “Nimejiwekea elfu saba ambao hawakumwabudu Baali.”
5 त्यसो भए, अनुग्रहको छनोटको कारण वर्तमान समयमा पनि बाँकी रहेकाहरू छन् ।
Basi, ndivyo ilivyo pia wakati huu wa sasa: ipo idadi ya waliobaki ambao Mungu aliwateua kwa sababu ya neema yake.
6 तर यो अनुग्रहद्वारा हो भने यो कामद्वारा होइन । नत्रता अनुग्रह अनुग्रह नै हुने थिएन । (नोटः केही पुरानो प्रतिलिपिमा यस्तो छ, तर यदि यो कर्महरूद्वारा हो भने यो अनुग्रह हुँदै होइन; नत्र कर्म हुँदै हुँदैन ।)
Uteuzi wake unatokana na neema yake, na si kwa sababu ya matendo yao. Maana, kama uteuzi wake ungetegemea matendo ya watu, neema yake haingekuwa neema tena.
7 त्यसो भए के त? इस्राएलले जे खोजिरहेको थियो, यसले पाएन, तर चुनिएकाहरूले त्यो पाए र बाँकी रहेकाहरूलाई चाहिँ कठोर बनाइयो ।
Sasa, je? Watu wa Israeli hawakukipata kile walichokuwa wanakitafuta; lakini wote walioteuliwa walikipata. Wengine walipumbazwa,
8 जस्तो लेखिएको छ, “परमेश्वरले तिनीहरूलाई बोधो आत्मा दिनुभएको छ, ताकि आजको दिनसम्म पनि तिनीहरूका आँखा छन् र पनि तिनीहरूले देख्न नसकून् अनि कान छन् र पनि तिनीहरूले सुन्न नसकून् ।”
kama yasemavyo Maandiko Matakatifu: “Mungu ameifanya mioyo yao kuwa mizito, na mpaka leo hii hawawezi kuona kwa macho yao wala kusikia kwa masikio yao.”
9 अनि दाऊद भन्छन्, “तिनीहरूका भोजनको टेबल तिनीहरूका निम्ति पासो, जाल, बाधा र तिनीहरूका विरुद्धमा प्रतिशोध बनोस् ।
Naye Daudi anasema: “Karamu zao na ziwe mtego wa kuwanasa, waanguke na kuadhibiwa.
10 तिनीहरूका आँखा अँध्यारो होस्, ताकि तिनीहरूले नदेखून् । तिनीहरूका ढाड सधैँ कुप्रो होस् ।”
Macho yao yatiwe giza wasiweze kuona. Migongo yao ipindike kwa taabu daima!”
11 त्यसो भए म भन्छु, “के तिनीहरू पतन हुनका लागि ठक्कर खाएका हुन्?” त्यस्तो कहिले नहोस् । बरु, तिनीहरूका असफलताद्वारा तिनीहरूलाई डाही तुल्याउनको निम्ति गैरयहूदीहरूकहाँ मुक्ति आएको छ ।
Basi, nauliza: je, Wayahudi wamejikwaa hata wakaangamia kabisa? Hata kidogo! Kutokana na kosa lao ukombozi umewajia watu wa mataifa mengine, ili Wayahudi wapate kuwaonea wivu.
12 अब यदि तिनीहरूको असफलता संसारको निम्ति धन हो र यदि तिनीहरूको नोक्सानी गैरयहूदीहरूका निम्ति लाभ हो भने, तिनीहरूको पूर्णता झनै कति ठुलो हुन्छ होला?
Kosa la Wayahudi limesababisha baraka nyingi kwa ulimwengu, na utovu wao kwa kiroho umeleta baraka nyingi kwa watu wa mataifa mengine. Basi, ni dhahiri zaidi kwamba utimilifu wao utasababisha baraka nyingi zaidi.
13 अनि अहिले म गैरयहूदीहरूसँग बोलिरहेको छु । जबसम्म म गैरयहूदीहरूको प्रेरित हुन्छु, म मेरो सेवा-कार्यमा गर्व गर्छु ।
Basi, sasa nawaambieni ninyi watu wa mataifa mengine: Maadamu mimi nimekuwa mtume kwa watu wa mataifa mengine, ninajivunia huduma yangu,
14 सायद मेरा आफ्नैहरूलाई म डाही तुल्याउनेछु । सायद हामीले तिनीहरूमध्ये केहीलाई बचाउनेछौँ ।
nipate kuwafanya wananchi wenzangu wawaonee ninyi wivu, na hivyo nipate kuwaokoa baadhi yao.
15 किनकि यदि तिनीहरूको इन्कार संसारको मिलाप हो भने, तिनीहरूको स्वीकार मृतकहरूबाट जीवित पारिनुबाहेक के हुनेछ र?
Maana ikiwa kukataliwa kwao kulisababisha ulimwengu upatanishwe na Mungu, itakuwaje wakati watakapokubaliwa na Mungu? Wafu watafufuka!
16 यदि अगौटे फलहरूलाई बचाएर राखिन्छ भने मुछेको पिठोको ढिक्कालाई पनि त्यसै गरिन्छ । यदि जरालाई बचाएर राखिन्छ भने हाँगाहरूलाई पनि त्यसै गरिन्छ ।
Ikiwa kipande cha kwanza cha mkate kimewekwa wakfu, mkate wote umewekwa wakfu; mizizi ya mti ikiwa mizuri, na matawi yake huwa mazuri pia.
17 तर यदि केही हाँगाहरू भाँचिएका थिए भने तिमी जङ्गली जैतूनको हाँगालाई तिनीहरूसँग कलमी बाँधिएका थियौ भने, र तिमीहरू जैतूनको उर्बर जरामा तिनीहरूसँग सहभागी भयौ भने
Naam, baadhi ya matawi ya mzeituni bustanini yalikatwa, na mahali pake tawi la mzeituni mwitu likapandikizwa. Ninyi watu wa mataifa mengine ndio hilo tawi la mzeituni mwitu; na sasa mnashiriki nguvu na utomvu wa mzeituni bustanini.
18 हाँगाहरू भएकोमा घमण्ड नगर । तर यदि तिमीले गर्व गर्छौ भने, जरालाई थाम्ने तिमी होइनौ, तर जराले तिमीलाई थाम्छ ।
Basi, msiwadharau wale waliokatwa kama matawi! Na, hata kama kuna la kujivunia, kumbukeni kwamba si ninyi mnaoitegemeza mizizi, bali mizizi ndiyo inayowategemeza ninyi.
19 तब तिमीले भन्नेछौ, “हाँगाहरू भाँचिएका थिए, ताकि ममा कलमी बाँधियोस् ।”
Lakini utasema: “Matawi yalikatwa kusudi mimi nipandikizwe mahali pake.”
20 त्यो सत्य हो । तिनीहरूको अविश्वासले तिनीहरू काटिए, तर तिमीहरू तिमीहरूको विश्वासले खडा छौ । आफैँलाई अति उच्च नठान, तर भय मान ।
Sawa! Yalikatwa kwa sababu ya kukosa imani, bali wewe unasimama kwa imani yako. Lakini usijivune; ila uwe na tahadhari.
21 किनकि परमेश्वरले प्राकृतिक हाँगाहरूलाई त छोड्नुभएन भने, उहाँले तिमीहरूलाई पनि छोड्नुहुनेछैन ।
Kwa maana, ikiwa Mungu hakuwahurumia Wayahudi ambao ni kama matawi ya asili, je, unadhani atakuhurumia wewe?
22 तब परमेश्वरको दयाका कामहरू र कठोरतालाई हेर । एकातिर, पतन भएका यहूदीहरूमाथि परमेश्वरको कठोरता आइपर्यो । तर अर्कोतिर, यदि तिमीहरू उहाँको भलाइमा लागिरह्यौ भने तिमीहरूमाथि परमेश्वरको भलाइ आउँछ । नत्रता तिमीहरू पनि काटिनेछौ ।
Kumbuka, basi, jinsi Mungu alivyo mwema na mkali. Yeye ni mkali kwa wale walioanguka, na ni mwema kwako wewe ikiwa utaendelea katika wema wake; la sivyo, nawe pia utakatwa.
23 अनि त्यसरी नै, यदि तिनीहरू आफ्ना अविश्वासमा लागिरहँदैनन् भने तिनीहरू पुनः कलमी बाँधिनेछन् ।
Nao Wayahudi, hali kadhalika; wakiacha utovu wao wa imani, watapandikizwa tena. Maana Mungu anao uwezo wa kuwapandikiza tena.
24 यदि तिमीहरू स्वभावैले जङ्गली जैतूनबाट काटियौ र आफ्नो स्वभाव विपरीत असल जैतूनमा कलमी बाँधियौ भने, यी यहूदीहरू जो प्राकृतिक हाँगाहरू हुन्, यिनीहरू आफ्नै जैतूनको रुखमा कति धेरै कलमी बाँधिनेछन्?
Ninyi watu wa mataifa mengine, kwa asili ni kama tawi la mzeituni mwitu, lakini mmeondolewa huko, mkapandikizwa katika mzeituni bustanini mahali ambapo kwa asili si penu. Lakini, Wayahudi kwa asili ni kama mzeituni bustanini, na itakuwa jambo rahisi zaidi kwao kupandikizwa tena katika mti huohuo wao.
25 किनकि भाइहरू हो, तिमीहरू यो रहस्यबारे अन्जान रहो भन्ने म चाहन्नँ, ताकि तिमीहरू आफ्नै विचारमा बुद्धिमानी नहोऊ । यो रहस्यचाहिँ गैरयहूदीहरू आउने काम पुरा नभएसम्म इस्राएलमा आंशिक रूपमा कठोर पार्ने काम भएको छ ।
Ndugu zangu, napenda mjue ukweli huu uliofichika msije mkajiona wenye akili sana. Ukaidi wa Wayahudi ulikuwa ni wa muda tu, mpaka watu wa mataifa mengine watakapokuwa wamemfikia Mungu.
26 त्यसैले, सबै इस्राएली बचाइनेछन् जस्तो लेखिएको छ, “सियोनबाट एक जना उद्धारकर्ता आउनुहुनेछ । उहाँले याकूबबाट सबै अधर्महरू हटाइदिनुहुनेछ ।
Hapo ndipo taifa lote la Israeli litakapookolewa, kama yesemavyo Maandiko Matakatifu: “Mkombozi atakuja kutoka Sioni, atauondoa uovu wa Yakobo.
27 अनि तिमीहरूसँग मेरो करार यही हुनेछ, जब म तिनीहरूका पापहरू उठाई लानेछु ।”
Hili ndilo agano nitakalofanya nao wakati nitakapoziondoa dhambi zao.”
28 एकातिर, सुसमाचारको सम्बन्धमा तिमीहरूका तर्फबाट तिनीहरू शत्रु हुन् । अर्कोतिर, परमेश्वरको चुनाउअनुसार पुर्खाहरूको खातिर तिनीहरू प्रियहरू हुन् ।
Kwa sababu wanaikataa Habari Njema, Wayahudi wamekuwa adui wa Mungu, lakini kwa faida yenu nyinyi watu wa mataifa. Lakini, kwa kuwa waliteuliwa, bado ni rafiki wa Mungu kwa sababu ya baba zao.
29 किनकि परमेश्वरका वरदानहरू र बोलावट अपरिवर्तनशील हुन्छन् ।
Maana Mungu akisha wapa watu zawadi zake na kuwateua, hajuti kwamba amefanya hivyo.
30 किनकि तिमीहरू पहिला परमेश्वरप्रति अनाज्ञाकारी थियौ, तर तिनीहरूका अनाज्ञाकारिताले अहिले तिमीहरूले दया प्राप्त गरेका छौ ।
Hapo awali ninyi mlikuwa mmemwasi Mungu, lakini sasa mmepata huruma yake kutokana na kuasi kwao.
31 त्यसरी नै, अहिले यी यहूदीहरू अनाज्ञाकारी भएका छन्, ताकि तिमीहरूलाई देखाइएको दयाद्वारा तिनीहरूले पनि दया प्राप्त गर्न सकून् ।
Hali kadhalika, kutokana na huruma mliyojaliwa ninyi, Wayahudi wanamwasi Mungu sasa ili nao pia wapokee sasa huruma ya Mungu.
32 किनकि परमेश्वरले सबैलाई अनाज्ञाकारिताभित्र बन्द गर्नुभएको छ, ताकि उहाँले सबैलाई दया देखाउन सक्नुभएको होस् । (eleēsē )
Maana Mungu amewafunga watu wote katika uasi wao ili wapate kuwahurumia wote. (eleēsē )
33 ओहो! परमेश्वरका बुद्धि र ज्ञान दुवै कति गहन! उहाँका न्यायहरू कति अगम्य र उहाँका मार्गहरू खोज्न नै नसकिने छन्!
Utajiri, hekima na elimu ya Mungu ni kuu mno! Huruma zake hazichunguziki, na njia zake hazieleweki! Kama yasemavyo Maandiko Matakatifu:
34 “किनकि परमेश्वरको मनलाई कसले जानेको छ र? अथवा उहाँको सल्लाहकार को भएको छ र?
“Nani aliyepata kuyajua mawazo ya Bwana? Nani awezaye kuwa mshauri wake?
35 अथवा कसले परमेश्वरलाई पहिले कुनै कुरा दिएको छ, ताकि त्यसलाई यो फर्काइयोस्?”
Au, nani aliyempa yeye kitu kwanza hata aweze kulipwa tena kitu hicho?”
36 किनकि सबै थोक उहाँबाट, उहाँद्वारा र उहाँकै निम्ति हुन् । उहाँलाई नै सदासर्वदा महिमा होस् । आमेन । (aiōn )
Kwa maana vitu vyote vyatoka kwake, vyote vipo kwa uwezo wake na kwa ajili yake. Utukufu na uwe kwake hata milele! Amina. (aiōn )