< रोमी 11 >

1 त्यसो भए म भन्छु, के परमेश्‍वरले आफ्ना मानिसहरूलाई इन्कार गर्नुभयो त? किनकि म पनि अब्राहामका सन्तान, बेन्यामीन कुलका एक इस्राएली हुँ ।
ⲁ̅ⲧⲁϫⲟⲟⲥ ϭⲉ ϫⲉ ⲙⲏ ⲁⲡⲛⲟⲩⲧⲉ ⲕⲁⲡⲉϥⲗⲁⲟⲥ ⲛ̅ⲥⲱϥ ⲛ̅ⲛⲉⲥϣⲱⲡⲉ. ⲕⲁⲓⲅⲁⲣ ⲁⲛⲟⲕ ϩⲱ ⲁⲛⲅ̅ⲟⲩⲉⲃⲟⲗ ϩⲙ̅ⲡⲓⲥⲣⲁⲏⲗ ⲉⲃⲟⲗ ϩⲙ̅ⲡⲉⲥⲡⲉⲣⲙⲁ ⲛ̅ⲁⲃⲣⲁϩⲁⲙ ⲧⲉⲫⲩⲗⲏ ⲛ̅ⲃⲉⲛⲓⲁⲙⲉⲓⲛ.
2 परमेश्‍वरले अघिबाटै पहिचान गर्नुभएको आफ्नो जातिलाई इन्कार गर्नुभएन । एलियाको बारेमा धर्मशास्‍त्रले के भन्छ अर्थात् तिनले इस्राएलको बारेमा परमेश्‍वरसँग कसरी बिन्ती गरे भन्‍ने कुरा के तिमीहरूलाई थाहा छैन?
ⲃ̅ⲙ̅ⲡⲉⲡⲛⲟⲩⲧⲉ ⲕⲁⲡⲉϥⲗⲁⲟⲥ ⲛ̅ⲥⲱϥ ⲡⲉⲛⲧⲁϥⲥⲟⲩⲱⲛϥ̅ ϫⲓⲛⲛ̅ϣⲟⲣⲡ̅. ⲏ̅ ⲛ̅ⲧⲉⲧⲛ̅ⲥⲟⲟⲩⲛ ⲁⲛ ϫⲉ ϣⲁⲣⲉⲧⲉⲅⲣⲁⲫⲏ ϫⲟⲟⲥ ϫⲉ ⲟⲩ ϩⲛ̅ϩⲏⲗⲓⲁⲥ. ⲛ̅ⲑⲉ ⲉϣⲁϥⲥⲙ̅ⲙⲉ ⲉϩⲣⲁⲓ̈ ⲉⲡⲛⲟⲩⲧⲉ ⲉⲡⲓⲥⲣⲁⲏⲗ.
3 “हे प्रभु, तिनीहरूले तपाईंका अगमवक्‍ताहरूलाई मारेका छन्, तिनीहरूले तपाईंका वेदीहरूलाई भत्काएका छन् । म मात्र छोडिएको छु, र तिनीहरूले मेरो पनि ज्यान लिन खोजी गरिरहेका छन् ।”
ⲅ̅ϫⲉ ⲡϫⲟⲉⲓⲥ ⲛⲉⲕⲡⲣⲟⲫⲏⲧⲏⲥ ⲁⲩⲙⲟⲟⲩⲧⲟⲩ. ⲛⲉⲕⲑⲩⲥⲓⲁⲥⲧⲏⲣⲓⲟⲛ ⲁⲩϣⲣ̅ϣⲱⲣⲟⲩ. ⲁⲛⲟⲕ ⲡⲉⲛⲧⲁⲓ̈ϣⲱϫⲡ̅ ⲙⲁⲩⲁⲁⲧ. ⲁⲩⲱ ⲥⲉϣⲓⲛⲉ ⲛ̅ⲥⲁⲧⲁⲯⲩⲭⲏ.
4 तर परमेश्‍वरको जवाफले तिनलाई के भन्छ? “बाल देवतासामु आफ्ना घुँडा नटेकेका सात हजार मानिसलाई मेरो निम्ति साँचेर राखेको छु ।”
ⲇ̅ⲁⲗⲗⲁ ⲉϣⲁⲣⲉⲡϣⲁϫⲉ ϫⲟⲟⲥ ⲛⲁϥ ϫⲉ ⲟⲩ ϫⲉ ⲁⲓ̈ϣⲱϫⲡ̅ ⲛⲁⲓ̈ ⲛ̅ⲥⲁϣϥ̅ ⲛ̅ϣⲟ ⲛ̅ⲣⲱⲙⲉ ⲛⲁⲓ̈ ⲉⲧⲉⲙ̅ⲡⲟⲩⲕⲗϫ̅ⲡⲁⲧ ⲛ̅ⲧⲃⲁϩⲁⲗ.
5 त्यसो भए, अनुग्रहको छनोटको कारण वर्तमान समयमा पनि बाँकी रहेकाहरू छन् ।
ⲉ̅ⲧⲁⲓ̈ ϭⲉ ⲟⲛ ⲧⲉ ⲑⲉ ϩⲙ̅ⲡⲉⲓ̈ⲕⲉⲟⲩⲟⲉⲓϣ ⲟⲩϣⲱϫⲡ̅ ⲡⲉⲛⲧⲁϥϣⲱⲡⲉ ⲕⲁⲧⲁⲟⲩⲙⲛ̅ⲧⲥⲱⲧⲡ̅ ⲛ̅ⲭⲁⲣⲓⲥ.
6 तर यो अनुग्रहद्वारा हो भने यो कामद्वारा होइन । नत्रता अनुग्रह अनुग्रह नै हुने थिएन । (नोटः केही पुरानो प्रतिलिपिमा यस्तो छ, तर यदि यो कर्महरूद्वारा हो भने यो अनुग्रह हुँदै होइन; नत्र कर्म हुँदै हुँदैन ।)
ⲋ̅ⲉⲓ ⲧⲉ ⲉϣϫⲉϩⲛ̅ⲟⲩⲭⲁⲣⲓⲥ ⲉⲓ̈ⲉ ⲟⲩⲉⲃⲟⲗ ϭⲉ ⲁⲛ ⲡⲉ ϩⲛ̅ⲛⲉϩⲃⲏⲩⲉ ⲙ̅ⲙⲟⲛ ⲧⲉⲭⲁⲣⲓⲥ ϭⲉ ⲛⲁⲣ̅ⲭⲁⲣⲓⲥ ⲁⲛ.
7 त्यसो भए के त? इस्राएलले जे खोजिरहेको थियो, यसले पाएन, तर चुनिएकाहरूले त्यो पाए र बाँकी रहेकाहरूलाई चाहिँ कठोर बनाइयो ।
ⲍ̅ⲟⲩ ϭⲉ ⲡⲉⲧⲉⲣⲉⲡⲓⲥⲣⲁⲏⲗ ϣⲓⲛⲉ ⲛ̅ⲥⲱϥ. ⲡⲁⲓ̈ ⲙ̅ⲡϥ̅ⲙⲁⲧⲉ ⲙ̅ⲙⲟϥ. ⲁⲧⲙⲛ̅ⲧⲥⲱⲧⲡ̅ ⲇⲉ ⲙⲁⲧⲉ ⲙ̅ⲙⲟϥ. ⲁⲡⲕⲉⲥⲉⲉⲡⲉ ⲇⲉ ⲧⲱⲙ ⲛ̅ϩⲏⲧ.
8 जस्तो लेखिएको छ, “परमेश्‍वरले तिनीहरूलाई बोधो आत्मा दिनुभएको छ, ताकि आजको दिनसम्म पनि तिनीहरूका आँखा छन् र पनि तिनीहरूले देख्‍न नसकून् अनि कान छन् र पनि तिनीहरूले सुन्‍न नसकून् ।”
ⲏ̅ⲕⲁⲧⲁⲑⲉ ⲉⲧⲥⲏϩ ϫⲉ ⲁⲡⲛⲟⲩⲧⲉ ϯ ⲛⲁⲩ ⲛ̅ⲟⲩⲡ̅ⲛ̅ⲁ̅ ⲛⲙ̅ⲕⲁϩ ⲛ̅ϩⲏⲧ ϩⲉⲛⲃⲁⲗ ⲉⲧⲙ̅ⲛⲁⲩ ⲉⲃⲟⲗ. ⲁⲩⲱ ϩⲉⲛⲙⲁⲁϫⲉ ⲉⲧⲙ̅ⲥⲱⲧⲙ̅ ϣⲁϩⲣⲁⲓ̈ ⲉⲡⲟⲟⲩ ⲛ̅ϩⲟⲟⲩ.
9 अनि दाऊद भन्छन्, “तिनीहरूका भोजनको टेबल तिनीहरूका निम्ति पासो, जाल, बाधा र तिनीहरूका विरुद्धमा प्रतिशोध बनोस् ।
ⲑ̅ϣⲁⲣⲉⲇⲁⲩⲉⲓⲇ ⲟⲛ ϫⲟⲟⲥ ϫⲉ ⲙⲁⲣⲉⲧⲉⲩⲧⲣⲁⲡⲉⲍⲁ ϣⲱⲡⲉ ⲛⲁⲩ ⲉⲩϭⲟⲣϭⲥ̅ ⲙⲛ̅ⲟⲩⲡⲁϣ. ⲁⲩⲱ ⲟⲩⲥⲕⲁⲛⲇⲁⲗⲟⲛ ⲙⲛ̅ⲟⲩⲧⲱⲱⲃⲉ ⲛⲁⲩ
10 तिनीहरूका आँखा अँध्यारो होस्, ताकि तिनीहरूले नदेखून् । तिनीहरूका ढाड सधैँ कुप्रो होस् ।”
ⲓ̅ⲙⲁⲣⲟⲩⲣ̅ⲕⲁⲕⲉ ⲛ̅ϭⲓⲛⲉⲩⲃⲁⲗ ⲉⲧⲙ̅ⲛⲁⲩ ⲉⲃⲟⲗ. ⲁⲩⲱ ⲧⲉⲩϫⲓⲥⲉ ⲛ̅ⲅⲟⲗⲕⲥ̅ ⲛ̅ⲥⲏⲩ ⲛⲓⲙ.
11 त्यसो भए म भन्छु, “के तिनीहरू पतन हुनका लागि ठक्‍कर खाएका हुन्?” त्यस्तो कहिले नहोस् । बरु, तिनीहरूका असफलताद्वारा तिनीहरूलाई डाही तुल्याउनको निम्ति गैरयहूदीहरूकहाँ मुक्‍ति आएको छ ।
ⲓ̅ⲁ̅ⲧⲁϫⲟⲟⲥ ϭⲉ ϫⲉ ⲛ̅ⲧⲁⲩϫⲱⲣⲡ̅ ϫⲉⲉⲩⲉϩⲉ ⲛ̅ⲛⲉⲥϣⲱⲡⲉ. ⲁⲗⲗⲁ ϩⲙ̅ⲡⲉⲩϩⲉ ⲁⲡⲉⲩϫⲁⲓ̈ ϣⲱⲡⲉ ⲛ̅ⲛ̅ϩⲉⲑⲛⲟⲥ ⲉⲡϯⲕⲱϩ ⲛⲁⲩ.
12 अब यदि तिनीहरूको असफलता संसारको निम्ति धन हो र यदि तिनीहरूको नोक्सानी गैरयहूदीहरूका निम्ति लाभ हो भने, तिनीहरूको पूर्णता झनै कति ठुलो हुन्छ होला?
ⲓ̅ⲃ̅ⲉϣϫⲉⲁⲡⲉⲩϩⲉ ⲇⲉ ⲣ̅ⲙⲛ̅ⲧⲣⲙ̅ⲙⲁⲟ ⲙ̅ⲡⲕⲟⲥⲙⲟⲥ. ⲁⲩⲱ ⲁⲡⲉⲩϣⲱⲱⲧ ⲣ̅ⲙⲛ̅ⲧⲣⲙ̅ⲙⲁⲟ ⲛ̅ⲛ̅ϩⲉⲑⲛⲟⲥ ⲉⲓ̈ⲉ ⲟⲩⲏⲣ ⲛ̅ϩⲟⲩⲟ ⲡⲉ ⲡⲉⲩϫⲱⲕ·
13 अनि अहिले म गैरयहूदीहरूसँग बोलिरहेको छु । जबसम्म म गैरयहूदीहरूको प्रेरित हुन्छु, म मेरो सेवा-कार्यमा गर्व गर्छु ।
ⲓ̅ⲅ̅ϯϫⲱ ⲇⲉ ⲙ̅ⲙⲟⲥ ⲛⲏⲧⲛ̅ ⲛ̅ϩⲉⲑⲛⲟⲥ ⲉⲡϩⲟⲥⲟⲛ ⲅⲁⲣ ⲁⲛⲅ̅ⲡⲁⲡⲟⲥⲧⲟⲗⲟⲥ ⲛ̅ⲛ̅ϩⲉⲑⲛⲟⲥ. ϯϯⲉⲟⲟⲩ ⲛ̅ⲧⲁⲇⲓⲁⲕⲟⲛⲓⲁ
14 सायद मेरा आफ्नैहरूलाई म डाही तुल्याउनेछु । सायद हामीले तिनीहरूमध्ये केहीलाई बचाउनेछौँ ।
ⲓ̅ⲇ̅ϫⲉ ⲉⲓ̈ⲉϯⲕⲱϩ ⲛ̅ⲧⲁⲥⲁⲣⲝ̅ ⲧⲁⲧⲟⲩϫⲉϩⲟⲓ̈ⲛⲉ ⲉⲃⲟⲗ ⲛ̅ϩⲏⲧⲟⲩ.
15 किनकि यदि तिनीहरूको इन्कार संसारको मिलाप हो भने, तिनीहरूको स्वीकार मृतकहरूबाट जीवित पारिनुबाहेक के हुनेछ र?
ⲓ̅ⲉ̅ⲉϣϫⲉⲁⲡⲉⲩⲧⲥⲧⲟ ⲅⲁⲣ ⲉⲃⲟⲗ ⲣ̅ϩⲱⲧⲡ̅ ⲙ̅ⲡⲕⲟⲥⲙⲟⲥ. ⲉⲓ̈ⲉ ⲟⲩⲏⲣ ⲡⲉ ⲡⲉⲩϣⲟⲡⲟⲩ ⲉϩⲟⲩⲛ ⲛ̅ⲥⲁⲡⲧⲱⲟⲩⲛ ⲉⲃⲟⲗ ϩⲛ̅ⲛⲉⲧⲙⲟⲟⲩⲧ.
16 यदि अगौटे फलहरूलाई बचाएर राखिन्छ भने मुछेको पिठोको ढिक्‍कालाई पनि त्यसै गरिन्छ । यदि जरालाई बचाएर राखिन्छ भने हाँगाहरूलाई पनि त्यसै गरिन्छ ।
ⲓ̅ⲋ̅ⲉϣϫⲉⲡⲉⲑⲁⲃ ⲅⲁⲣ ⲟⲩⲁⲁⲃ. ⲉⲓ̈ⲉ ⲡⲕⲉⲟⲩⲱϣⲙ̅ ⲟⲩⲁⲁⲃ. ⲁⲩⲱ ⲉϣϫⲉⲧⲛⲟⲩⲛⲉ ⲟⲩⲁⲁⲃ ⲉⲓ̈ⲉ ⲛⲉⲥⲕⲉⲕⲗⲁⲇⲟⲥ.
17 तर यदि केही हाँगाहरू भाँचिएका थिए भने तिमी जङ्गली जैतूनको हाँगालाई तिनीहरूसँग कलमी बाँधिएका थियौ भने, र तिमीहरू जैतूनको उर्बर जरामा तिनीहरूसँग सहभागी भयौ भने
ⲓ̅ⲍ̅ⲉϣϫⲉϩⲟⲓⲛⲉ ⲇⲉ ⲛ̅ⲛⲉⲕⲗⲁⲇⲟⲥ ⲁⲩϣⲁⲁⲧⲟⲩ. ⲛ̅ⲧⲟⲕ ⲇⲉ ⲛ̅ⲧⲕ̅ⲟⲩⲃⲱ ⲛ̅ϫⲓⲧϩⲟⲟⲩⲧ ⲁⲩⲧⲟϭⲕ̅ ϩⲣⲁⲓ̈ ⲛ̅ϩⲏⲧⲟⲩ. ⲁⲩⲱ ⲁⲕϣⲱⲡⲉ ⲛ̅ⲕⲟⲓⲛⲱⲛⲟⲥ ⲉⲡⲕⲛⲛⲉ ⲛ̅ⲧⲛⲟⲩⲛⲉ ⲛⲧⲃⲱ ⲛ̅ϫⲟⲉⲓⲧ.
18 हाँगाहरू भएकोमा घमण्ड नगर । तर यदि तिमीले गर्व गर्छौ भने, जरालाई थाम्‍ने तिमी होइनौ, तर जराले तिमीलाई थाम्छ ।
ⲓ̅ⲏ̅ⲙ̅ⲡⲣ̅ϣⲟⲩϣⲟⲩ ⲙ̅ⲙⲟⲕ ⲉϫⲛ̅ⲛⲉⲕⲗⲁⲇⲟⲥ. ⲉϣϫⲉⲕϣⲟⲩϣⲟⲩ ⲇⲉ ⲙ̅ⲙⲟⲕ. ⲛ̅ⲧⲟⲕ ⲁⲛ ⲉⲧϥⲓ ϩⲁⲧⲛⲟⲩⲛⲉ. ⲁⲗⲗⲁ ⲧⲛⲟⲩⲛⲉ ⲧⲉⲧϥⲓ ϩⲁⲣⲟⲕ
19 तब तिमीले भन्‍नेछौ, “हाँगाहरू भाँचिएका थिए, ताकि ममा कलमी बाँधियोस् ।”
ⲓ̅ⲑ̅ⲕⲛⲁϫⲟⲟⲥ ϭⲉ ⲛⲁⲓ̈ ϫⲉ ⲛⲧⲁⲩϣⲉⲧϩⲉⲛⲕⲗⲁⲇⲟⲥ ϫⲉⲕⲁⲁⲥ ⲉⲩⲉⲧⲟϭⲧ̅
20 त्यो सत्य हो । तिनीहरूको अविश्‍वासले तिनीहरू काटिए, तर तिमीहरू तिमीहरूको विश्‍वासले खडा छौ । आफैँलाई अति उच्‍च नठान, तर भय मान ।
ⲕ̅ⲕⲁⲗⲱⲥ. ϩⲛ̅ⲟⲩⲙⲛ̅ⲧⲁⲡⲓⲥⲧⲟⲥ ⲁⲩϣⲁⲁⲧⲟⲩ. ⲛ̅ⲧⲟⲕ ⲇⲉ ⲉⲕⲁϩⲉⲣⲁⲧⲕ̅ ϩⲛ̅ⲧⲡⲓⲥⲧⲓⲥ. ⲙ̅ⲡⲣ̅ϫⲓⲥⲉ ϭⲉ ⲛ̅ϩⲏⲧ ⲁⲗⲗⲁ ⲁⲣⲓϩⲟⲧⲉ.
21 किनकि परमेश्‍वरले प्राकृतिक हाँगाहरूलाई त छोड्नुभएन भने, उहाँले तिमीहरूलाई पनि छोड्नुहुनेछैन ।
ⲕ̅ⲁ̅ⲉϣϫⲉⲙ̅ⲡⲉⲡⲛⲟⲩⲧⲉ ⲅⲁⲣ ϯⲥⲟ ⲉⲛⲉⲕⲗⲁⲇⲟⲥ ⲉⲧⲉϩⲱⲟⲩ ⲛⲉ. ⲛϥ̅ⲛⲁϯⲥⲟ ϩⲱⲱⲕ ⲁⲛ ⲉⲣⲟⲕ
22 तब परमेश्‍वरको दयाका कामहरू र कठोरतालाई हेर । एकातिर, पतन भएका यहूदीहरूमाथि परमेश्‍वरको कठोरता आइपर्‍यो । तर अर्कोतिर, यदि तिमीहरू उहाँको भलाइमा लागिरह्‍यौ भने तिमीहरूमाथि परमेश्‍वरको भलाइ आउँछ । नत्रता तिमीहरू पनि काटिनेछौ ।
ⲕ̅ⲃ̅ⲁⲛⲁⲩ ϭⲉ ⲉⲧⲙⲛ̅ⲧⲭⲣⲏⲥⲧⲟⲥ ⲁⲩⲱ ⲧⲙⲛ̅ⲧⲣⲉϥϣⲱⲱⲧ ⲙ̅ⲡⲛⲟⲩⲧⲉ ⲧⲙⲛ̅ⲧⲣⲉϥϣⲱⲱⲧ ⲙⲉⲛ ⲉϫⲛ̅ⲛⲉⲛⲧⲁⲩϩⲉ. ⲧⲙⲛ̅ⲧⲭⲣⲏⲥⲧⲟⲥ ⲇⲉ ⲙ̅ⲡⲛⲟⲩⲧⲉ ⲉϫⲱⲕ ⲉⲕϣⲁⲛϭⲱ ϩⲛ̅ⲧⲙⲛ̅ⲧⲭⲣⲏⲥⲧⲟⲥ. ⲉϣⲱⲡⲉ ⲙ̅ⲙⲟⲛ ϩⲱⲱⲕ ⲥⲉⲛⲁϣⲁⲁⲧⲕ̅.
23 अनि त्यसरी नै, यदि तिनीहरू आफ्ना अविश्‍वासमा लागिरहँदैनन् भने तिनीहरू पुनः कलमी बाँधिनेछन् ।
ⲕ̅ⲅ̅ⲛ̅ⲕⲟⲟⲩⲉ ϩⲱⲟⲩ ⲉⲩϣⲁⲛⲧⲙ̅ϭⲱ ϩⲛ̅ⲧⲉⲩⲙⲛ̅ⲧⲁⲧⲛⲁϩⲧⲉ ⲥⲉⲛⲁⲧⲟϭⲟⲩ. ⲟⲩⲛϭⲟⲙ ⲅⲁⲣ ⲟⲛ ⲙ̅ⲡⲛⲟⲩⲧⲉ ⲉⲧⲟϭⲟⲩ.
24 यदि तिमीहरू स्वभावैले जङ्गली जैतूनबाट काटियौ र आफ्नो स्वभाव विपरीत असल जैतूनमा कलमी बाँधियौ भने, यी यहूदीहरू जो प्राकृतिक हाँगाहरू हुन्, यिनीहरू आफ्नै जैतूनको रुखमा कति धेरै कलमी बाँधिनेछन्?
ⲕ̅ⲇ̅ⲉϣϫⲉⲛ̅ⲧⲟⲕ ⲅⲁⲣ ⲛ̅ⲧⲁⲩϣⲁⲁⲧⲕ̅ ⲉⲃⲟⲗ ϩⲛ̅ⲟⲩⲃⲱ ⲛ̅ϫⲓⲧϩⲟⲟⲩⲧ ⲛⲁⲙⲉ ⲁⲩⲱ ⲡⲁⲣⲁⲧⲉⲕⲙⲓⲛⲉ ⲁⲩⲧⲟϭⲕ̅ ⲉⲩⲃⲱ ⲛ̅ϫⲓⲧⲛⲟⲩⲧⲙ̅. ⲡⲟⲥⲱ ⲙⲁⲗⲗⲟⲛ ⲛⲁⲓ̈ ⲉϩⲟⲓ̈ⲛⲉ ⲣⲱ ⲛⲉ ⲥⲉⲛⲁⲧⲟϭⲟⲩ ⲉⲧⲉⲩⲃⲱ ⲛ̅ϫⲟⲉⲓⲧ ⲙ̅ⲙⲓⲛ ⲙ̅ⲙⲟⲟⲩ·
25 किनकि भाइहरू हो, तिमीहरू यो रहस्यबारे अन्जान रहो भन्‍ने म चाहन्‍नँ, ताकि तिमीहरू आफ्‍नै विचारमा बुद्धिमानी नहोऊ । यो रहस्यचाहिँ गैरयहूदीहरू आउने काम पुरा नभएसम्म इस्राएलमा आंशिक रूपमा कठोर पार्ने काम भएको छ ।
ⲕ̅ⲉ̅ϯⲟⲩⲱϣ ⲇⲉ ⲉⲧⲣⲉⲧⲛ̅ⲉⲓⲙⲉ ⲛⲁⲥⲛⲏⲩ ⲉⲡⲉⲉⲓⲙⲩⲥⲧⲏⲣⲓⲟⲛ ϫⲉⲕⲁⲁⲥ ⲉⲛⲛⲉⲧⲛ̅ϣⲱⲡⲉ ⲛⲏⲧⲛ̅ ⲛ̅ⲥⲁⲃⲉ ϫⲉ ⲛ̅ⲧⲁ(ⲟ)ⲩⲧⲱⲙ ⲛ̅ϩⲏⲧ ϣⲱⲡⲉ ⲛ̅ϩⲟⲓ̈ⲛⲉ ⲙ̅ⲡⲓⲥⲣⲁⲏⲗ ϣⲁⲛⲧⲉⲡϫⲱⲕ ⲛ̅ⲛ̅ϩⲉⲑⲛⲟⲥ ⲉⲓ ⲉϩⲟⲩⲛ.
26 त्यसैले, सबै इस्राएली बचाइनेछन् जस्तो लेखिएको छ, “सियोनबाट एक जना उद्धारकर्ता आउनुहुनेछ । उहाँले याकूबबाट सबै अधर्महरू हटाइदिनुहुनेछ ।
ⲕ̅ⲋ̅ⲁⲩⲱ ⲧⲁⲓ̈ ⲧⲉ ⲑⲉ ⲛ̅ⲧⲉⲡⲓⲥⲣⲁⲏⲗ ⲧⲏⲣϥ̅ ⲟⲩϫⲁⲓ̈. ⲕⲁⲧⲁⲑⲉ ⲉⲧⲥⲏϩ ϫⲉ ϥⲛⲏⲩ ⲉⲃⲟⲗ ϩⲛ̅ⲥⲓⲱⲛ ⲛ̅ϭⲓⲡⲉⲧⲛⲟⲩϩⲙ̅ ⲛϥ̅ⲕⲧⲉⲙ̅ⲙⲛ̅ⲧϣⲁϥⲧⲉ ⲉⲃⲟⲗ ϩⲛ̅ⲓ̈ⲁⲕⲱⲃ.
27 अनि तिमीहरूसँग मेरो करार यही हुनेछ, जब म तिनीहरूका पापहरू उठाई लानेछु ।”
ⲕ̅ⲍ̅ⲁⲩⲱ ⲧⲁⲓ̈ ⲧⲉ ⲧⲇⲓⲁⲑⲏⲕⲏ ⲉⲧϣⲟⲟⲡ ⲛⲁⲩ ⲉⲃⲟⲗ ϩⲓⲧⲟⲟⲧ ⲉⲓ̈ϣⲁⲛⲕⲱ ⲉⲃⲟⲗ ⲛ̅ⲛⲉⲩⲛⲟⲃⲉ
28 एकातिर, सुसमाचारको सम्बन्धमा तिमीहरूका तर्फबाट तिनीहरू शत्रु हुन् । अर्कोतिर, परमेश्‍वरको चुनाउअनुसार पुर्खाहरूको खातिर तिनीहरू प्रियहरू हुन् ।
ⲕ̅ⲏ̅ⲕⲁⲧⲁ ⲙⲉⲛ ⲙ̅ⲡⲉⲩⲁⲅⲅⲉⲗⲓⲟⲛ ⲁⲩⲣ̅ϫⲁϫⲉ ⲉⲧⲃⲉⲧⲏⲩⲧⲛ̅. ⲕⲁⲧⲁ ⲧⲉ ⲧⲙⲛ̅ⲧⲥⲱⲧⲡ̅ ϩⲉⲛⲙⲉⲣⲓⲧ ⲛⲉ ⲉⲧⲃⲉⲛⲉⲩⲉⲓⲟⲧⲉ.
29 किनकि परमेश्‍वरका वरदानहरू र बोलावट अपरिवर्तनशील हुन्छन् ।
ⲕ̅ⲑ̅ϩⲉⲛⲁⲧⲣ̅ϩⲧⲏϥ ⲅⲁⲣ ⲛⲉ ⲛⲉⲭⲁⲣⲓⲥⲙⲁ ⲙ̅ⲡⲛⲟⲩⲧⲉ ⲙⲛ̅ⲡⲉϥⲧⲱϩⲙ̅.
30 किनकि तिमीहरू पहिला परमेश्‍वरप्रति अनाज्ञाकारी थियौ, तर तिनीहरूका अनाज्ञाकारिताले अहिले तिमीहरूले दया प्राप्‍त गरेका छौ ।
ⲗ̅ⲛ̅ⲑⲉ ⲅⲁⲣ ⲛ̅ⲧⲱⲧⲛ̅ ⲙ̅ⲡⲓⲟⲩⲟⲉⲓϣ ⲉⲛⲧⲁⲧⲉⲧⲛ̅ⲣ̅ⲁⲧⲛⲁϩⲧⲉ ⲉⲡⲛⲟⲩⲧⲉ ⲧⲉⲛⲟⲩ ⲇⲉ ⲁⲩⲛⲁ ⲛⲏⲧⲛ̅ ϩⲛ̅ⲧⲙⲛ̅ⲧⲁⲧⲛⲁϩⲧⲉ ⲛ̅ⲛⲁⲓ̈.
31 त्यसरी नै, अहिले यी यहूदीहरू अनाज्ञाकारी भएका छन्, ताकि तिमीहरूलाई देखाइएको दयाद्वारा तिनीहरूले पनि दया प्राप्‍त गर्न सकून् ।
ⲗ̅ⲁ̅ⲧⲁⲓ̈ ⲧⲉ ⲑⲉ ⲛ̅ⲛⲁⲓ̈ ϩⲱⲟⲩ ⲧⲉⲛⲟⲩ ⲉⲁⲩⲣ̅ⲁⲧⲛⲁϩⲧⲉ ⲉⲡⲉⲧⲛ̅ⲛⲁ ϫⲉⲕⲁⲁⲥ ϩⲱⲟⲩ ⲉⲩⲉⲛⲁ ⲛⲁⲩ ⲙⲛ̅ⲛ̅ⲥⲱⲥ.
32 किनकि परमेश्‍वरले सबैलाई अनाज्ञाकारिताभित्र बन्द गर्नुभएको छ, ताकि उहाँले सबैलाई दया देखाउन सक्‍नुभएको होस् । (eleēsē g1653)
ⲗ̅ⲃ̅ⲁⲡⲛⲟⲩⲧⲉ ⲅⲁⲣ ⲉⲧⲡ̅ⲟⲩⲟⲛ ⲛⲓⲙ ⲉϩⲟⲩⲛ ⲉⲩⲙⲛ̅ⲧⲁⲧⲛⲁϩⲧⲉ ϫⲉⲕⲁⲁⲥ ⲉϥⲉⲛⲁ ⲛⲁⲩ ⲧⲏⲣⲟⲩ. (eleēsē g1653)
33 ओहो! परमेश्‍वरका बुद्धि र ज्ञान दुवै कति गहन! उहाँका न्यायहरू कति अगम्य र उहाँका मार्गहरू खोज्‍न नै नसकिने छन्!
ⲗ̅ⲅ̅ⲱ̅ ⲡϣⲓⲕ ⲛ̅ⲧⲙⲛ̅ⲧⲣⲙ̅ⲙⲁⲟ ⲙⲛ̅ⲧⲥⲟⲫⲓⲁ ⲁⲩⲱ ⲡⲥⲟⲟⲩⲛ ⲙ̅ⲡⲛⲟⲩⲧⲉ. ⲛ̅ⲑⲉ ⲉⲧⲉⲛⲉⲩⲉϣⲙⲉϣⲧ̅ ⲛ̅ϩⲁⲡ ⲙ̅ⲡⲛⲟⲩⲧⲉ. ⲁⲩⲱ ⲉⲧⲉⲛⲉⲩⲉϣⲛ̅ⲣⲁⲧⲟⲩ ⲛ̅ⲛⲉϥϩⲓⲟⲟⲩⲉ.
34 “किनकि परमेश्‍वरको मनलाई कसले जानेको छ र? अथवा उहाँको सल्लाहकार को भएको छ र?
ⲗ̅ⲇ̅ⲛⲓⲙ ⲅⲁⲣ ⲡⲉⲛⲧⲁϥⲉⲓⲙⲉ ⲉⲡϩⲏⲧ ⲙ̅ⲡϫⲟⲉⲓⲥ ⲡⲁⲓ̈ ⲉⲧⲛⲁⲧⲥⲁⲃⲉⲉⲓⲁⲧϥ̅ ⲉⲃⲟⲗ. ⲏ̅ ⲛⲓⲙ ⲡⲉⲛⲧⲁϥϣⲱⲡⲉ ⲛⲁϥ ⲛ̅ⲣⲉϥϫⲓϣⲟϫⲛⲉ.
35 अथवा कसले परमेश्‍वरलाई पहिले कुनै कुरा दिएको छ, ताकि त्यसलाई यो फर्काइयोस्?”
ⲗ̅ⲉ̅ⲏ̅ ⲛⲓⲙ ⲡⲉⲛⲧⲁϥⲉⲓⲣⲉ ⲛⲁϥ ⲛ̅ϣⲟⲣⲡ̅ ⲧⲁⲣⲉϥⲧⲟⲩⲉⲓⲟ ⲛⲁϥ.
36 किनकि सबै थोक उहाँबाट, उहाँद्वारा र उहाँकै निम्ति हुन् । उहाँलाई नै सदासर्वदा महिमा होस् । आमेन । (aiōn g165)
ⲗ̅ⲋ̅ϫⲉ ⲡⲧⲏⲣϥ̅ ϩⲉⲛⲉⲃⲟⲗ ⲙ̅ⲙⲟϥ ⲛⲉ. ⲁⲩⲱ ⲉⲃⲟⲗ ϩⲓⲧⲟⲟⲧϥ̅. ⲁⲩⲱ ⲉⲩⲛⲁⲕⲟⲧⲟⲩ ⲉⲣⲟϥ. ⲡⲱϥ ⲡⲉ ⲡⲉⲟⲟⲩ ϣⲁⲛⲓⲉⲛⲉϩ ϩⲁⲙⲏⲛ· (aiōn g165)

< रोमी 11 >