< रोमी 10 >

1 भाइहरू हो, मेरो हृदयको इच्छा र परमेश्‍वरलाई मेरो बिन्ती तिनीहरूका लागि र तिनीहरूको उद्धारको निम्ति हो ।
Abooluganda, kye njagala mu mutima gwange era kye nsabira Abayisirayiri eri Katonda, kwe kulokolebwa.
2 किनकि म तिनीहरूको विषयमा गवाही दिन्छु, कि तिनीहरूसँग परमेश्‍वरको निम्ति जोस छ, तर ज्ञानअनुसार छैन ।
Kubanga nkakasa nga balina obunyiikivu eri Katonda, naye si mu kutegeera.
3 किनकि तिनीहरूले परमेश्‍वरको धार्मिकता जान्दैनन्, र तिनीहरूले आफ्नै धार्मिकता स्थापित गर्न खोज्छन् । तिनीहरू परमेश्‍वरको धार्मिकताप्रति समर्पित भएनन् ।
Mu butamanya butuukirivu bwa Katonda, bagezaako okwenoonyeza obutuukirivu, nga bagondera amateeka mu kifo ky’okugondera obutuukirivu bwa Katonda.
4 विश्‍वास गर्ने सबैको निम्ति ख्रीष्‍ट नै धार्मिकताको निम्ति व्यवस्थाको समाप्‍ति हुनुहुन्छ ।
Kristo atuwa amakulu amajjuvu, buli amukkiriza n’amuwa obutuukirivu.
5 किनकि मोशा व्यवस्थाबाट आउने धार्मिकताको विषयमा लेख्‍छन्, “व्यवस्थाको धार्मिकता पालन गर्ने मानिस, यो धार्मिकताद्वारा नै जिउनेछ ।”
Musa awandiika ku butuukirivu obuva mu mateeka nti, “Omuntu alikola ebintu ebyo aliba mulamu mu byo.”
6 तर विश्‍वासद्वारा आउने धार्मिकताले यसो भन्छ, “आफ्नो हृदयमा यसो नभन, ‘स्वर्गमा को उक्लने?’ (अर्थात् ख्रीष्‍टलाई तल ल्याउन) ।
Naye okukkiriza okuva mu butuukirivu, kugamba nti, “Toyogeranga mu mutima gwo nti, ‘Ani alirinnya mu ggulu?’ (kwe kuggya Kristo mu ggulu)
7 र यसो नभन, ‘तल पातालसम्म को ओर्लने?’ (अर्थात् ख्रीष्‍टलाई मरेकाहरूबाट ल्याउन), (Abyssos g12)
newaakubadde okugamba nti, ‘Ani alikka emagombe?’ (kwe kuggya Kristo mu bafu.)” (Abyssos g12)
8 तर यसले के भन्छ? “वचन तिमीहरूको नजिकै छ, तिमीहरूको मुख र हृदयमा नै छ ।” त्यो विश्‍वासको वचन हो, जुन हामी घोषणा गर्छौं ।
Abo bonna abalina okukkiriza mu Kristo bagamba nti, “Ekigambo kiri kumpi naawe, kiri mu kamwa ko era kiri mu mutima gwo,” kye kigambo eky’okukkiriza kye tubuulira.
9 यदि तिमीले तिम्रो मुखले येशूलाई प्रभु भनी स्वीकार गर्छौ र परमेश्‍वरले उहाँलाई मृतकहरूबाट जीवित पार्नुभयो भनी आफ्नो हृदयमा विश्‍वास गर्छौ भने, तिमी बचाइनेछौ ।
Bw’oyatula n’akamwa ko nti, Yesu ye Mukama, n’okkiriza n’omutima gwo nga Katonda yamuzuukiza mu bafu, olokoka.
10 किनकि मानिसले धार्मिकताको निम्ति आफ्नो हृदयले विश्‍वास गर्छ, र उसले उद्धारको निम्ति आफ्नो मुखले स्वीकार गर्छ ।
Kubanga omuntu akkiriza na mutima gwe n’aweebwa obutuukirivu, era ayatula na kamwa ke n’alokoka.
11 किनकि धर्मशास्‍त्रले भन्छ, “हरेक जसले उहाँमा विश्‍वास गर्छ, त्यो शर्ममा पारिनेछैन ।”
Kubanga Ebyawandiikibwa bigamba nti, “Buli amukkiriza taliswazibwa.”
12 किनकि यहूदी र ग्रिकहरूबिच कुनै भिन्‍नता छैन । किनकि उही प्रभु नै सबैका प्रभु हुनुहुन्छ र उहाँलाई पुकार्ने सबैको लागि उहाँ प्रशस्त हुनुहुन्छ ।
Tewali njawulo wakati wa Muyudaaya na Muyonaani, kubanga Mukama waabwe y’omu era ayanukula abo bonna abamukoowoola.
13 किनकि प्रभुको नाम पुकार्ने सबै बचाइनेछन् ।
Buli alikoowoola erinnya lya Mukama alirokoka.
14 त्यसो हो भने, जसमाथि तिनीहरूले विश्‍वास गरेका छैनन् उहाँलाई कसरी पुकार्ने? र जसको विषयमा तिनीहरूले सुनेका छैनन् उहाँमाथि कसरी विश्‍वास गर्ने? र प्रचारकविना तिनीहरूले कसरी सुन्‍न सक्छन्?
Kale balikoowoola batya oyo gwe batakkiririzaamu? Era balikkiriza batya oyo gwe batawulirangako? Era baliwulira batya awatali abuulira?
15 र जबसम्म तिनीहरू पठाईंदैनन् तिनीहरूले कसरी प्रचार गर्छन् र? जस्तो लेखिएको छ, “असल कुराहरूबारे खुसीको सन्देश प्रचार गर्नेहरूका पाउ कति राम्रा?”
Era balibuulira batya nga tebatumiddwa? Ekyawandiikibwa nga bwe kigamba nti, “Ebigere by’abo abategeeza amawulire amalungi, nga birungi.”
16 तर तिनीहरू सबैले सुसमाचार सुनेनन् । किनकि यशैया भन्छन्, “हे प्रभु, हाम्रो सन्देश कसले विश्‍वास गरेको छ?”
Naye si bonna abaagondera Enjiri. Isaaya agamba nti, “Mukama, waliwo akkirizza obubaka bwaffe?”
17 त्यसकारण, विश्‍वास सुनाइबाट आउँछ, र सुनाइ ख्रीष्‍टको वचनद्वारा आउँछ ।
Noolwekyo okukkiriza kujja olw’okuwulira ekigambo kya Kristo.
18 तर म भन्छु, “के तिनीहरूले सुनेनन्?” हो, निश्‍चय नै । “तिनीहरूको आवाज सारा पृथ्वीभरि र तिनीहरूका शब्दहरू पृथ्वीको अन्त्यसम्म नै पुगेका छन् ।”
Naye mulowooza Abayisirayiri tebaawulira? Weewaawo baawulira. Ebyawandiikibwa bigamba nti, “Eddoboozi lyabwe lyabuna mu nsi zonna, n’ebigambo byabwe byatuuka ku nkomerero z’ensi.”
19 यसको अतिरिक्‍त, म भन्छु, “के इस्राएलले जानेन?” पहिले मोशा भन्छन्, “म तिमीहरूलाई एउटा जाति नै नभएको समूहद्वारा डाही तुल्याउँछु । समझविनाको जातिद्वारा म तिमीहरूलाई क्रोधित तुल्याउनेछु ।”
Abayisirayiri baabitegeera oba tebaabitegeera? Bw’ati Musa bw’addamu ekibuuzo ekyo: “Ndibaleetera okukwatirwa obuggya abatali ggwanga, ne mbasunguwaza olw’eggwanga eritalina kutegeera.”
20 यशैया निकै साहसी छन् र भन्छन्, “जसले मलाई खोजेनन्, तिनीहरूले मलाई भेट्टाए । जसले मलाई बिन्ती गरेनन्, म तिनीहरूकहाँ देखा परेँ ।”
Ne Isaaya yali muvumu bwe yagamba nti, “Nazuulibwa abo abatannoonya, ne ndabika eri abo abatambuulirizaako.”
21 तर इस्राएललाई उहाँ भन्‍नुहुन्छ, “मैले मेरा हात दिनभरि अनाज्ञाकारी र हठी जातितिर फैलाएँ ।”
Naye eri Isirayiri agamba nti, “Olunaku lwonna nalumala nga ngolodde emikono gyange eri eggwanga ekkakanyavu era abantu abeewaggula.”

< रोमी 10 >