< रोमी 10 >
1 भाइहरू हो, मेरो हृदयको इच्छा र परमेश्वरलाई मेरो बिन्ती तिनीहरूका लागि र तिनीहरूको उद्धारको निम्ति हो ।
Vennad ja õed, minu südame igatsus ja palve Jumala poole on, et nad pääseksid!
2 किनकि म तिनीहरूको विषयमा गवाही दिन्छु, कि तिनीहरूसँग परमेश्वरको निम्ति जोस छ, तर ज्ञानअनुसार छैन ।
Ma tunnistan nende kasuks, et neil on agarust Jumala asjus, aga see ei põhine selgel arusaamisel tõest.
3 किनकि तिनीहरूले परमेश्वरको धार्मिकता जान्दैनन्, र तिनीहरूले आफ्नै धार्मिकता स्थापित गर्न खोज्छन् । तिनीहरू परमेश्वरको धार्मिकताप्रति समर्पित भएनन् ।
Kuna nad ei tunne Jumala teed õigeksmõistmiseks ja püüavad kehtestada õigeksmõistmist omal viisil, ei ole nad allunud Jumala õigeksmõistmisele.
4 विश्वास गर्ने सबैको निम्ति ख्रीष्ट नै धार्मिकताको निम्ति व्यवस्थाको समाप्ति हुनुहुन्छ ।
Sest Seaduse lõpp on Kristus, õigeksmõistmiseks igaühele, kes usub.
5 किनकि मोशा व्यवस्थाबाट आउने धार्मिकताको विषयमा लेख्छन्, “व्यवस्थाको धार्मिकता पालन गर्ने मानिस, यो धार्मिकताद्वारा नै जिउनेछ ।”
Sest Mooses kirjutab Seadusest tuleneva õigeksmõistmise kohta: „Igaüks, kes seda täidab, elab selle järgi.“
6 तर विश्वासद्वारा आउने धार्मिकताले यसो भन्छ, “आफ्नो हृदयमा यसो नभन, ‘स्वर्गमा को उक्लने?’ (अर्थात् ख्रीष्टलाई तल ल्याउन) ।
Kuid usul põhinev õigeksmõistmine räägib nõnda: „Ära ütle oma südames: „Kes läheb üles taevasse?““(see on – Kristust alla tooma)
7 र यसो नभन, ‘तल पातालसम्म को ओर्लने?’ (अर्थात् ख्रीष्टलाई मरेकाहरूबाट ल्याउन), (Abyssos )
„või: „Kes läheb alla sügavikku?““(see on – Kristust surnuist üles tooma). (Abyssos )
8 तर यसले के भन्छ? “वचन तिमीहरूको नजिकै छ, तिमीहरूको मुख र हृदयमा नै छ ।” त्यो विश्वासको वचन हो, जुन हामी घोषणा गर्छौं ।
Selle asemel ütleb ta: „Sõna on su lähedal, sinu suus ja su südames!“See on ususõna, mida me kuulutame.
9 यदि तिमीले तिम्रो मुखले येशूलाई प्रभु भनी स्वीकार गर्छौ र परमेश्वरले उहाँलाई मृतकहरूबाट जीवित पार्नुभयो भनी आफ्नो हृदयमा विश्वास गर्छौ भने, तिमी बचाइनेछौ ।
Sest kui sa oma suuga tunnistad, et Jeesus on Issand, ja oma südamega usud, et Jumal on ta üles äratanud surnuist, siis sind päästetakse.
10 किनकि मानिसले धार्मिकताको निम्ति आफ्नो हृदयले विश्वास गर्छ, र उसले उद्धारको निम्ति आफ्नो मुखले स्वीकार गर्छ ।
Sest südamega usutakse õigeksmõistmiseks ja suuga tunnistatakse päästeks.
11 किनकि धर्मशास्त्रले भन्छ, “हरेक जसले उहाँमा विश्वास गर्छ, त्यो शर्ममा पारिनेछैन ।”
Sest Pühakiri ütleb: „Igaüks, kes temasse usub, ei jää häbisse.“
12 किनकि यहूदी र ग्रिकहरूबिच कुनै भिन्नता छैन । किनकि उही प्रभु नै सबैका प्रभु हुनुहुन्छ र उहाँलाई पुकार्ने सबैको लागि उहाँ प्रशस्त हुनुहुन्छ ।
Seega ei ole vahet juudil ja mittejuudil; seesama Issand on kõikide Issand, rikas kõikide heaks, kes teda appi hüüavad.
13 किनकि प्रभुको नाम पुकार्ने सबै बचाइनेछन् ।
Sest „igaüks, kes hüüab appi Issanda nime, päästetakse“.
14 त्यसो हो भने, जसमाथि तिनीहरूले विश्वास गरेका छैनन् उहाँलाई कसरी पुकार्ने? र जसको विषयमा तिनीहरूले सुनेका छैनन् उहाँमाथि कसरी विश्वास गर्ने? र प्रचारकविना तिनीहरूले कसरी सुन्न सक्छन्?
Ent kuidas nad siis saavad appi hüüda teda, kellesse nad ei ole uskunud? Ja kuidas nad saaksid uskuda temasse, kellest nad ei ole kuulnud? Ja kuidas nad saavad kuulda, kui pole kuulutajat?
15 र जबसम्म तिनीहरू पठाईंदैनन् तिनीहरूले कसरी प्रचार गर्छन् र? जस्तो लेखिएको छ, “असल कुराहरूबारे खुसीको सन्देश प्रचार गर्नेहरूका पाउ कति राम्रा?”
Ja kuidas nad võivad kuulutada, kui neid ei ole läkitatud? Nõnda nagu on kirjutatud: „Kui kaunid on nende jalad, kes toovad head sõnumit!“
16 तर तिनीहरू सबैले सुसमाचार सुनेनन् । किनकि यशैया भन्छन्, “हे प्रभु, हाम्रो सन्देश कसले विश्वास गरेको छ?”
Siiski mitte kõik ei ole evangeeliumile kuuletunud. Jesaja ju ütleb: „Issand, kes on uskunud meie kuulutust?“
17 त्यसकारण, विश्वास सुनाइबाट आउँछ, र सुनाइ ख्रीष्टको वचनद्वारा आउँछ ।
Niisiis, usk tuleb kuuldust, aga kuuldu Kristuse sõna kaudu.
18 तर म भन्छु, “के तिनीहरूले सुनेनन्?” हो, निश्चय नै । “तिनीहरूको आवाज सारा पृथ्वीभरि र तिनीहरूका शब्दहरू पृथ्वीको अन्त्यसम्म नै पुगेका छन् ।”
Aga ma küsin, kas nad ei ole siis kuulnud? On küll! „Nende hääl on läinud üle kogu maa, nende sõnum maailma äärteni.“
19 यसको अतिरिक्त, म भन्छु, “के इस्राएलले जानेन?” पहिले मोशा भन्छन्, “म तिमीहरूलाई एउटा जाति नै नभएको समूहद्वारा डाही तुल्याउँछु । समझविनाको जातिद्वारा म तिमीहरूलाई क्रोधित तुल्याउनेछु ।”
Aga ma küsin uuesti, kas Iisrael ei saanud aru? Kõigepealt ütleb Mooses: „Ma teen teid kadedaks nende peale, kes ei ole rahvas, ma ärritan teid vihale rahva peale, kellel ei ole arusaamist.“
20 यशैया निकै साहसी छन् र भन्छन्, “जसले मलाई खोजेनन्, तिनीहरूले मलाई भेट्टाए । जसले मलाई बिन्ती गरेनन्, म तिनीहरूकहाँ देखा परेँ ।”
Ning Jesaja kuulutab julgelt: „Ma lasin end leida neil, kes mind ei otsinud; ma tegin end tuntuks neile, kes mu järele ei küsinud.“
21 तर इस्राएललाई उहाँ भन्नुहुन्छ, “मैले मेरा हात दिनभरि अनाज्ञाकारी र हठी जातितिर फैलाएँ ।”
Aga Iisraeli kohta ta ütleb: „Kogu päeva olen ma sirutanud oma käsi sõnakuulmatu ja tõrkuva rahva poole!“