< रोमी 1 >
1 प्रेरित हुनको निम्ति बोलाइएका र सुसमाचारको कामको निम्ति अलग गरिएका, येशू ख्रीष्टका दास पावल ।
Paul, a servant of Jesus Christ, called to be an apostle, set apart for the gospel of God,
2 उहाँले आफ्ना अगमवक्ताहरूद्वारा पहिले नै पवित्र धर्मशास्त्रमा प्रतिज्ञा गर्नुभएको सुसमाचार यही हो ।
which he promised beforehand through his prophets in the holy Scriptures,
3 यो शरीरअनुसार दाऊदको वंशबाट जन्मनुभएका उहाँका पुत्रको बारेमा हो ।
concerning his Son, who was descended from David according to the flesh
4 मृतकहरूबाट पुनरुत्थान हुनुभएर उहाँलाई पवित्रताको आत्माद्वारा शक्तिशाली परमेश्वरका पुत्र हुन घोषणा गरिनुभएका उहाँ हाम्रा प्रभु येशू ख्रीष्ट हुनुहुन्छ ।
and who was declared to be the Son of God in power according to the Spirit of holiness by the resurrection from the dead, Jesus Christ our Lord,
5 उहाँको नाउँको खातिर सबै जातिमाझ विश्वासको आज्ञाकारिताको निम्ति हामीले उहाँद्वारा अनुग्रह र प्रेरितको सेवा पाएका छौँ ।
through whom we have received grace and apostleship to bring about the obedience of faith for the sake of his name among all the Gentiles,
6 यी जातिहरूमध्ये तिमीहरू पनि येशू ख्रीष्टका हुन बोलाइएका छौ ।
including you who are also called to belong to Jesus Christ;
7 यो पत्र रोममा भएका सबैका निम्ति हो, अर्थात् परमेश्वरका प्रियहरू जो पवित्र जाति हुन बोलाइएका छौ । हाम्रा परमेश्वर र प्रभु येशू ख्रीष्टको अनुग्रह र शान्ति तिमीहरूमा रहोस् ।
to all who are in Rome, beloved by God and called to be saints: Grace to you and peace from God our Father and the Lord Jesus Christ.
8 पहिले, तिमीहरू सबैका निम्ति येशू ख्रीष्टद्वारा म परमेश्वरलाई धन्यवाद चढाउँछु, किनकि तिमीहरूको विश्वास सारा संसारभरि घोषणा गरिएको छ ।
First, I give thanks to my God through Jesus Christ for you all, because your faith is proclaimed in all the world.
9 किनकि म तिमीहरूको नाउँ कत्तिको लिइरहन्छु भनी परमेश्वर मेरो साक्षी हुनुहुन्छ । उहाँका पुत्रको सुसमाचारमा म मेरो आत्माले (जोसका साथ) उहाँको सेवा गर्छु ।
For God is my witness, whom I serve with my spirit in the gospel of his Son, that I continually remember you,
10 परमेश्वरको इच्छाद्वारा जसरी भए पनि म तिमीहरूकहाँ आउन सफल हुन सकूँ भनी म सधैँ मेरो प्रार्थनामा अनुरोध गर्छु ।
always pleading in my prayers that somehow by God's will I may now at last succeed in coming to you.
11 म तिमीहरूलाई भेट्ने इच्छा गर्छु, ताकि तिमीहरूलाई बलियो बनाउनको लागि म तिमीहरूलाई केही आत्मिक वरदानहरू दिन सकूँ ।
For I long to see you so that I may impart to you some spiritual gift, that you may be established,
12 अर्थात् तिमीहरू र मेरो एक-अर्काका विश्वासद्वारा म पारस्परिक रूपमा प्रोत्साहित हुने उत्कट इच्छा गर्छु ।
that is, that while I am among you we may be mutually encouraged by each other's faith, both yours and mine.
13 मैले प्रायः तिमीहरूकहाँ आउने इच्छा गरेँ भन्ने कुरामा तिमीहरू अनभिज्ञ होऊ भन्ने म चाहन्नँ, तर मलाई अहिलेसम्म रोकिएको छ । मैले बाँकी गैरयहूदीहरूका माझमा झैँ तिमीहरूका माझमा पनि केही फल पाउनको लागि यो चाहेको हुँ ।
I do not want you to be unaware, brothers, that I have often intended to come to you (but have been hindered until the present time) so that I might have some fruit among you as well, just as I have had among the other Gentiles.
14 म यहूदीहरू र विदेशीहरू, बुद्धिमान्हरू र मूर्खहरू दुवैप्रति ऋणी छु ।
I am under obligation both to Greeks and to barbarians, both to the wise and to the foolish;
15 त्यसैले, मेरो हकमा म तिमीहरू रोममा हुनेहरूलाई पनि सुसमाचार घोषणा गर्न तयार छु ।
thus the eagerness on my part to preach the gospel to you also who are in Rome.
16 म सुसमाचारको निम्ति शर्माउँदिनँ, किनकि यो विश्वास गर्ने सबैको निम्ति परमेश्वरको मुक्तिको शक्ति हो, पहिलो यहूदी र त्यसपछि ग्रिकहरूका निम्ति ।
For I am not ashamed of the gospel of Christ, because it is the power of God for salvation to everyone who believes, both to the Jew first and also to the Greek.
17 किनकि यसैमा परमेश्वरको धार्मिकता विश्वासबाट विश्वासमा प्रकट गरिएको छ, जस्तो लेखिएको छ “धर्मीहरू विश्वासद्वारा नै जिउनेछन् ।”
For in it the righteousness of God is revealed from faith to faith, just as it is written, “The righteous will live by faith.”
18 किनभने सबै भक्तिहीनता र मानिसहरूको अधार्मिक्ता विरुद्ध परमेश्वरको क्रोध स्वर्गबाट प्रकट भएको छ जसले भक्तिहीनताद्वारा सत्यतालाई रोकेको छ ।
For the wrath of God is revealed from heaven against all ungodliness and unrighteousness of men, who suppress the truth by their unrighteousness.
19 यो परमेश्वरबारे अज्ञात भएको कुरा तिनीहरूलाई दृश्य भएको हुनाले हो । किनभने परमेश्वरले तिनीहरूलाई प्रकाश दिनुभएको छ ।
Because what is known about God is evident among them, for God has made it evident to them.
20 किनकि संसारको उत्पत्तिदेखि उहाँका अदृश्य पक्षहरू स्पष्ट रूपमा दृश्य भएका छन् । ती सृजिएका थोकहरूद्वारा बुझिएका छन् । यी पक्षहरू उहाँको अनन्त शक्ति र ईश्वरीय स्वभावहरू हुन् । परिणामस्वरूप, यी मानिसहरूलाई कुनै बहाना छैन । (aïdios )
For his invisible qualities, both his everlasting power and his divinity, have been plainly seen from the creation of the world, being perceived through what has been made, so that they are without excuse. (aïdios )
21 यो तिनीहरूले परमेश्वरलाई चिनेर पनि तिनीहरूले उहाँलाई परमेश्वरको रूपमा महिमा नदिएकाले गर्दा भएको हो । बरु, तिनीहरू आ-आफ्नै विचारमा मूर्ख भए, र तिनीहरूका अचेत हृदयहरू अँध्यारो बनाइए ।
For although they knew God, they did not glorify him as God or give thanks, but they became futile in their thoughts, and their senseless hearts were darkened.
22 तिनीहरूले बुद्धिमान् भएको दाबी गरे, तापनि तिनीहरू मूर्ख नै भए ।
Claiming to be wise, they became fools
23 तिनीहरूले अविनाशी परमेश्वरको महिमालाई नाश हुने मानिस, चराचुरुङ्गी, चार खुट्टे जनावरहरू र घस्रने जन्तुहरूको प्रतिमासँग साटे ।
and exchanged the glory of the immortal God for images resembling mortal man, birds, four-footed animals, and reptiles.
24 त्यसकारण, परमेश्वरले तिनीहरूलाई अशुद्धताको निम्ति अर्थात् तिनीहरूका बिचमा नै तिनीहरूका शरीरको अनादर होस् भनी तिनीहरूका हृदयका कामबासनामा नै छाडिदिनुभयो ।
Therefore God gave them up in the lusts of their hearts to impurity, to dishonor their bodies among themselves,
25 परमेश्वरको सत्यतालाई झुटसँग साट्ने र सदासर्वदा प्रशंसा गरिनुपर्ने सृष्टिकर्तालाई आराधना गर्नुको सट्टा सृष्टि गरिएका थोकहरूको सेवा गर्ने तिनीहरू नै हुन् । आमेन । (aiōn )
because they exchanged the truth of God for falsehood and worshiped and served the creature rather than the Creator, who is blessed forever. Amen. (aiōn )
26 यसैले, परमेश्वरले तिनीहरूलाई लाजमर्दो अभिलाषाहरूमा छाडिदिनुभयो, किनकि तिनीहरूका स्त्रीहरूले प्राकृतिक स्वभावलाई प्रकृति विरुद्धको अस्वाभाविक कार्यहरूसँग साटे ।
For this reason God gave them up to dishonorable passions, for their women exchanged the natural function for that which is contrary to nature.
27 त्यसै गरी, पुरुषहरूले पनि स्त्रीहरूसँगको स्वाभाविक कार्यलाई छोडे, र एक-अर्काप्रतिको कामुकताले जले । पुरुषहरूसँग अश्लील कार्य गर्ने र तिनीहरूका भ्रष्टताअनुसारको दण्ड पाउने पुरुषहरू यिनीहरू नै थिए ।
In the same way the men also, having abandoned the natural function of the female, were inflamed in their lust for one another, men committing shameful acts with men and receiving in themselves the due penalty for their error.
28 तिनीहरूको सजगतामा पनि तिनीहरूले परमेश्वर हुनुभएकोमा सहमत नभएका हुनाले उहाँले तिनीहरूलाई तिनीहरूका निम्ति अनुचित कुरा गर्नलाई भ्रष्ट मनमा छोडिदिनुभयो ।
And just as they considered it worthless to have God in their knowledge, God gave them up to a worthless mind, to do what is not proper.
29 तिनीहरू अधार्मिकता, दुष्टता, लालच, र द्वेषले भरिएका छन् । तिनीहरू ईर्ष्या, हत्या, कलह, छल र दुष्ट विचारले पूर्ण छन् ।
They are filled with all unrighteousness, fornication, evil, covetousness, and malice. They are full of envy, murder, strife, deceit, and maliciousness. They are gossips,
30 तिनीहरू कुरौटे, निन्दा गर्ने, र परमेश्वरलाई घृणा गर्नेहरू हुन् । तिनीहरू हिंस्रक, घमण्डी र अहङ्कारी छन् । तिनीहरू दुष्ट थोकहरूका आविष्कारकहरू हुन् र आफ्ना आमाबुबाप्रति अनाज्ञाकारी भएका छन् ।
slanderers, haters of God, insolent, proud, boasters, inventors of evil, disobedient to parents,
31 तिनीहरूमा समझ छैन, तिनीहरू अविश्वासयोग्य, स्वाभाविक प्रेमविनाका, र कृपारहित छन् ।
senseless, untrustworthy, without natural affection, irreconcilable, and unmerciful.
32 यसो गर्नेहरू मृत्युका भागीदार हुन्छन् भन्ने परमेश्वरको नियमलाई तिनीहरू जान्दछन् । तर तिनीहरू यी थोकहरू गर्ने मात्र होइनन्, तिनीहरू यसो गर्नेहरूसँग सहमत पनि हुन्छन् ।
Though they know the ordinance of God, that those who practice such things deserve death, they not only do them but also approve of those who practice them.