< प्रकाश 9 >

1 त्यसपछि पाँचौ स्वर्गदूतले आफ्नो तुरही फुके । अनि मैले स्वर्गबाट पृथ्‍वीमा एउटा तारा खशिरहेको देखेँ । त्यो तारालाई अतल कुण्डको साँचो दिइयो । (Abyssos g12)
כשתקע המלאך החמישי בשופרו ראיתי כוכב נופל ארצה מן השמים, וניתן לו מפתח התהום. (Abyssos g12)
2 त्यसले अतल कुण्ड खोल्यो, अनि त्यस कुण्‍डबाट धुवाँको मुस्लोजस्तो माथि गइरहेको थियो । त्यसले सूर्य र वायुलाई अँध्यारो बनाइदियो । (Abyssos g12)
כשפתח את פי התהום עלה עשן סמיך, כעשן שעולה מכבשן ענק, אשר החשיך את השמש והשמים. (Abyssos g12)
3 धुवाँबाट पृथ्वीमा सलहहरू निस्केर आए । अनि पृथ्वीमा बिच्छीहरूको जस्तो शक्‍ति तिनीहरूलाई दिइयो ।
מתוך העשן יצא ארבה וירד על הארץ. לארבה ניתן שלטון וכוח כמו לעקרבי־הארץ.
4 पृथ्‍वीमा भएका घाँस वा कुनै पनि हरियो बोट बिरुवा वा रुखलाई हानि नगर्नू भनी तिनीहरूलाई भनियो । तर तिनीहरूलाई निधारमा परमेश्‍वरको मोहर नभएका मानिसहरूलाई मात्र हानि गर्नू भनियो ।
נאמר להם לא להשחית את צמחיית הארץ – לא לפגוע בעצים, בפרחים או בעשבים, אלא רק בבני־האדם שלא נשאו על מצחם את חותם אלוהים.
5 तिनीहरूलाई पाँच महिना मात्र यातना दिनू, तर ती मानिसहरूलाई नमार्नू भन्‍ने अनुमति दिइयो । अनि तिनीहरूको पीडा एक जना व्यक्‍तिलाई बिच्छीले डसेको जस्तो हुनेछ ।
לא ניתן לארבה כוח להמית אנשים אלה, אלא רק לייסרם בכאב של עקיצות עקרב במשך חמישה חודשים.
6 ती दिनहरूमा मानिसहरूले मृत्यु खोज्नेछन्, तर यसलाई भेट्टाउनेछैनन् । तिनीहरूले मर्न ठुलो इच्छा गर्नेछन्, तर मृत्यु तिनीहरूबाट भाग्‍नेछ ।
בימים ההם ירצו בני־האדם להתאבד, אך לא יוכלו; הם ישתוקקו למות, אך המוות יברח מפניהם!
7 सलहहरू लडाइँका निम्ति तयार गरिएका घोडाहरूजस्ता देखिन्थे । तिनीहरूका शिरमा सुनको जस्ता मुकुट र तिनीहरूका अनुहार मानवको अनुहारहरूजस्ता देखिन्थे ।
הארבה דמה במראהו לסוסים ערוכים למלחמה; פניהם כפני אדם, על ראשם מעין כתר זהב,
8 तिनीहरूका कपाल स्‍त्रीहरूका कपालजस्तै र तिनीहरूका दाँत सिंहका दाँतजस्ता थिए ।
שערם כשיער אישה ושיניהם כשיני אריה.
9 तिनीहरूका छाती-पाता, फलामका छाती-पाताजस्तै अनि तिनीहरूका पखेटाहरूको आवाज युद्धमा दगुर्ने धेरै रथ र घोडाहरूका जस्तै थिए ।
הם לבשו שריונים שנראו כעשויים ברזל, וקול כנפיהם נשמע כקול המון מרכבות סוסים ערוכים למלחמה.
10 तिनीहरूका पुच्‍छर र खिल बिच्छीका जस्तै थिए, र तिनीहरूका पुच्छरमा पाँच महिनासम्म मनिसहरूलाई हानि गर्ने शक्‍ति थियो ।
זנבות הארבה היו כזנבות עקרבים, בעלי עוקץ בקצה, ובהם טמון הכוח לייסר את בני־האדם במשך חמישה חודשים.
11 गहिरो अतल कुण्डका स्वर्गदूत तिनीहरूका राजाजस्तै थिए । हिब्रू भाषामा त्यसको नाउँ एबाड्डोन थियो र ग्रिक भाषामा त्यसको नाउँ अपोल्‍लियोन थियो । (Abyssos g12)
מלכם הוא מלך התהום הנקרא בעברית”אבדון“, וביוונית –”אפוליון“. (Abyssos g12)
12 पहिलो विपत्ति बितिहाल्यो । हेर, यसपछि दुईवटा विपत्ति आउन बाँकी नै छन् ।
אסון אחד חלף, אך שניים אחרים באים בעקבותיו.
13 छैटौँ स्वर्गदूतले आफ्नो तुरही फुके । मैले परमेश्‍वरको अगाडि भएको सुनको वेदीका सिङहरूबाट एउटा आवाज आइरहेको सुने ।
כשתקע המלאך השישי בשופרו, שמעתי קול מארבע קרנות מזבח הזהב אשר לפני אלוהים.
14 तुरही बोक्‍ने छैठौँ स्वर्गदूतलाई आवाजले यसो भन्यो, “ठुलो नदी यूफ्रेटिसमा बाँधिराखेका चार जना स्वर्गदूतलाई छोडिदेऊ ।”
הקול דיבר אל המלאך השישי שזה עתה תקע בשופרו:”שחרר את ארבעת המלאכים האסורים בנהר הגדול פרת.“
15 मानव-जातिको एक-तिहाइ भागलाई मार्न त्यस घडी, त्यस दिन, त्यस महिना, त्यस वर्षका निम्ति तयार पारिराखेका चार स्वर्गदूत छाडिए ।
ארבעת המלאכים הוכנו לאותה שנה, לאותו חודש, לאותו יום ולאותה שעה, ועתה שוחררו כדי להמית שליש מכל בני־האדם.
16 घोडामा सवार भएका सिपाहीहरूको सङ्ख्या बिस करोड थियो । मैले तिनाहरूको सङ्ख्या सुनेँ ।
שמעתי שהנהיגו צבא של 200,000,000 פרשים.
17 यसरी मैले दर्शनमा घोडाहरू र ती घोडाहरूमाथि सवार हुनेहरूलाई देखेँ । तिनीहरूका छाती-पाता आगोजस्तै रातो, गाडा निलो र गन्धकजस्तो पहेँलो थियो । घोडाहरूका टाउका सिंहहरूका टाउकाजस्तै थिए, अनि तिनीहरूका मुखबाट आगो, धुवाँ र गन्‍धक निस्‍कन्थे ।
כך נראו הסוסים והפרשים בחזיון שראיתי: חלק מהפרשים לבשו שריון בצבע אדום כאש, חלק אחר לבשו שריון בצבע תכלת, והשאר לבשו שריון בצבע צהוב כגופרית. ראשי הסוסים היו כראשי אריות ומפיהם יצאו גופרית, אש ועשן.
18 तिनीहरूका मुखबाट निस्केका आगो, धुवाँ र गन्धकको यी विपत्तिहरूद्वारा मानिसको एक-तिहाइ भागलाई मारियो ।
במגפות הגופרית, האש והעשן הם המיתו שליש מכל בני־האדם.
19 किनभने घोडाहरूको शक्‍ति तिनीहरूका मुख र पुच्‍छरमा थियो, किनकि तिनीहरूका पुच्छर सर्पको जस्तै थियो; तिनीहरूका टाउकोले हानेर मानिसहरूलाई चोट पुर्‍याएका थिए ।
כוח ההמתה שלהם לא היה בפיהם בלבד, אלא גם בזנבותיהם, שכן זנבותיהם דמו לראשי נחשים שהכישו והמיתו את קורבנותיהם.
20 बाँकी रहेका मानव-जाति जो यी विपत्तिहरूद्वारा मारिएका थिएनन्, तिनीहरूले आफूले गरेका कामहरूबाट पश्‍चात्ताप गरेनन् । तिनीहरूको सुन, चाँदी, काँसा, ढुङ्गा र काठहरू अनि देख्‍न, सुन्‍न वा हिँड्न नसक्‍ने थोकहरूका मूर्तिहरू र भूतहरूलाई पुज्न छोडेनन्;
יתר בני־האדם, שלא מתו במגפות האלה, עדיין סירבו לחזור בתשובה ולשרת את ה׳. הם המשיכו במעשיהם המושחתים, ובסגידה לשדים ולאלילים העשויים זהב, כסף, נחושת ועץ. אכן, הם השתחוו לאלילים שאינם מסוגלים לראות, לשמוע או להלך.
21 न त तिनीहरूले गरेको हत्या, जादुगरी, अनैतिक यौन वा चोरीजस्ता कामदेखि पश्‍चात्ताप गरे ।
הם אף המשיכו לרצוח, לעסוק בכישוף, לגנוב ולזנות.

< प्रकाश 9 >