< प्रकाश 9 >
1 त्यसपछि पाँचौ स्वर्गदूतले आफ्नो तुरही फुके । अनि मैले स्वर्गबाट पृथ्वीमा एउटा तारा खशिरहेको देखेँ । त्यो तारालाई अतल कुण्डको साँचो दिइयो । (Abyssos )
Then the fifth angel sounded his trumpet, and I saw a star that had fallen from heaven to earth, and it was given the key to the pit of the Abyss. (Abyssos )
2 त्यसले अतल कुण्ड खोल्यो, अनि त्यस कुण्डबाट धुवाँको मुस्लोजस्तो माथि गइरहेको थियो । त्यसले सूर्य र वायुलाई अँध्यारो बनाइदियो । (Abyssos )
The star opened the pit of the Abyss, and smoke rose out of it like the smoke of a great furnace, and the sun and the air were darkened by the smoke from the pit. (Abyssos )
3 धुवाँबाट पृथ्वीमा सलहहरू निस्केर आए । अनि पृथ्वीमा बिच्छीहरूको जस्तो शक्ति तिनीहरूलाई दिइयो ।
And out of the smoke, locusts descended on the earth, and they were given power like that of the scorpions of the earth.
4 पृथ्वीमा भएका घाँस वा कुनै पनि हरियो बोट बिरुवा वा रुखलाई हानि नगर्नू भनी तिनीहरूलाई भनियो । तर तिनीहरूलाई निधारमा परमेश्वरको मोहर नभएका मानिसहरूलाई मात्र हानि गर्नू भनियो ।
They were told not to harm the grass of the earth or any plant or tree, but only those who did not have the seal of God on their foreheads.
5 तिनीहरूलाई पाँच महिना मात्र यातना दिनू, तर ती मानिसहरूलाई नमार्नू भन्ने अनुमति दिइयो । अनि तिनीहरूको पीडा एक जना व्यक्तिलाई बिच्छीले डसेको जस्तो हुनेछ ।
The locusts were not given power to kill them, but only to torment them for five months, and their torment was like the stinging of a scorpion.
6 ती दिनहरूमा मानिसहरूले मृत्यु खोज्नेछन्, तर यसलाई भेट्टाउनेछैनन् । तिनीहरूले मर्न ठुलो इच्छा गर्नेछन्, तर मृत्यु तिनीहरूबाट भाग्नेछ ।
In those days men will seek death and will not find it; they will long to die, but death will escape them.
7 सलहहरू लडाइँका निम्ति तयार गरिएका घोडाहरूजस्ता देखिन्थे । तिनीहरूका शिरमा सुनको जस्ता मुकुट र तिनीहरूका अनुहार मानवको अनुहारहरूजस्ता देखिन्थे ।
And the locusts looked like horses prepared for battle, with something like crowns of gold on their heads, and faces like the faces of men.
8 तिनीहरूका कपाल स्त्रीहरूका कपालजस्तै र तिनीहरूका दाँत सिंहका दाँतजस्ता थिए ।
They had hair like that of women, and teeth like those of lions.
9 तिनीहरूका छाती-पाता, फलामका छाती-पाताजस्तै अनि तिनीहरूका पखेटाहरूको आवाज युद्धमा दगुर्ने धेरै रथ र घोडाहरूका जस्तै थिए ।
They also had thoraxes like breastplates of iron, and the sound of their wings was like the roar of many horses and chariots rushing into battle.
10 तिनीहरूका पुच्छर र खिल बिच्छीका जस्तै थिए, र तिनीहरूका पुच्छरमा पाँच महिनासम्म मनिसहरूलाई हानि गर्ने शक्ति थियो ।
They had tails with stingers like scorpions, which had the power to injure people for five months.
11 गहिरो अतल कुण्डका स्वर्गदूत तिनीहरूका राजाजस्तै थिए । हिब्रू भाषामा त्यसको नाउँ एबाड्डोन थियो र ग्रिक भाषामा त्यसको नाउँ अपोल्लियोन थियो । (Abyssos )
They were ruled by a king, the angel of the Abyss. His name in Hebrew is Abaddon, and in Greek it is Apollyon. (Abyssos )
12 पहिलो विपत्ति बितिहाल्यो । हेर, यसपछि दुईवटा विपत्ति आउन बाँकी नै छन् ।
The first woe has passed. Behold, two woes are still to follow.
13 छैटौँ स्वर्गदूतले आफ्नो तुरही फुके । मैले परमेश्वरको अगाडि भएको सुनको वेदीका सिङहरूबाट एउटा आवाज आइरहेको सुने ।
Then the sixth angel sounded his trumpet, and I heard a voice from the four horns of the golden altar before God
14 तुरही बोक्ने छैठौँ स्वर्गदूतलाई आवाजले यसो भन्यो, “ठुलो नदी यूफ्रेटिसमा बाँधिराखेका चार जना स्वर्गदूतलाई छोडिदेऊ ।”
saying to the sixth angel with the trumpet, “Release the four angels who are bound at the great river Euphrates.”
15 मानव-जातिको एक-तिहाइ भागलाई मार्न त्यस घडी, त्यस दिन, त्यस महिना, त्यस वर्षका निम्ति तयार पारिराखेका चार स्वर्गदूत छाडिए ।
So the four angels who had been prepared for this hour and day and month and year were released to kill a third of mankind.
16 घोडामा सवार भएका सिपाहीहरूको सङ्ख्या बिस करोड थियो । मैले तिनाहरूको सङ्ख्या सुनेँ ।
And the number of mounted troops was two hundred million; I heard their number.
17 यसरी मैले दर्शनमा घोडाहरू र ती घोडाहरूमाथि सवार हुनेहरूलाई देखेँ । तिनीहरूका छाती-पाता आगोजस्तै रातो, गाडा निलो र गन्धकजस्तो पहेँलो थियो । घोडाहरूका टाउका सिंहहरूका टाउकाजस्तै थिए, अनि तिनीहरूका मुखबाट आगो, धुवाँ र गन्धक निस्कन्थे ।
Now the horses and riders in my vision looked like this: The riders had breastplates the colors of fire, sapphire, and sulfur. The heads of the horses were like the heads of lions, and out of their mouths proceeded fire, smoke, and sulfur.
18 तिनीहरूका मुखबाट निस्केका आगो, धुवाँ र गन्धकको यी विपत्तिहरूद्वारा मानिसको एक-तिहाइ भागलाई मारियो ।
A third of mankind was killed by the three plagues of fire, smoke, and sulfur that proceeded from their mouths.
19 किनभने घोडाहरूको शक्ति तिनीहरूका मुख र पुच्छरमा थियो, किनकि तिनीहरूका पुच्छर सर्पको जस्तै थियो; तिनीहरूका टाउकोले हानेर मानिसहरूलाई चोट पुर्याएका थिए ।
For the power of the horses was in their mouths and in their tails; indeed, their tails were like snakes, having heads with which to inflict harm.
20 बाँकी रहेका मानव-जाति जो यी विपत्तिहरूद्वारा मारिएका थिएनन्, तिनीहरूले आफूले गरेका कामहरूबाट पश्चात्ताप गरेनन् । तिनीहरूको सुन, चाँदी, काँसा, ढुङ्गा र काठहरू अनि देख्न, सुन्न वा हिँड्न नसक्ने थोकहरूका मूर्तिहरू र भूतहरूलाई पुज्न छोडेनन्;
Now the rest of mankind who were not killed by these plagues still did not repent of the works of their hands. They did not stop worshiping demons and idols of gold, silver, bronze, stone, and wood, which cannot see or hear or walk.
21 न त तिनीहरूले गरेको हत्या, जादुगरी, अनैतिक यौन वा चोरीजस्ता कामदेखि पश्चात्ताप गरे ।
Furthermore, they did not repent of their murder, sorcery, sexual immorality, and theft.