< प्रकाश 8 >

1 जब थुमाले सातौँ मोहोर खोल्नुभयो, स्वर्गमा लगभग आधा घण्टा जति सन्‍नाटा छायो ।
ܘܟܕ ܦܬܚ ܛܒܥܐ ܕܫܒܥܐ ܗܘܐ ܫܬܩܐ ܒܫܡܝܐ ܐܝܟ ܦܠܓܘܬ ܫܥܐ
2 त्यसपछि मैले परमेश्‍वरको अगाडि उभिरहेका सात जना स्वर्गदूतलाई देखेँ, र तिनीहरूलाई सातवटा तुरही दिइयो ।
ܘܚܙܝܬ ܠܫܒܥܐ ܡܠܐܟܝܢ ܐܝܠܝܢ ܕܩܕܡ ܐܠܗܐ ܩܝܡܝܢ ܗܘܘ ܕܐܬܝܗܒܘ ܠܗܘܢ ܫܒܥܐ ܫܝܦܘܪܝܢ
3 अर्को स्वर्गदूत आए र सुनको धुपौरो लिएर वेदीको छेउमा उभिए । सिंहासन अगाडि सबै विश्‍वासीका प्रार्थनासँग चढाउनका लागि ती स्वर्गदूतलाई धेरै धूप दिइयो ।
ܘܐܚܪܢܐ ܡܠܐܟܐ ܐܬܐ ܘܩܡ ܥܠ ܡܕܒܚܐ ܘܐܝܬ ܠܗ ܦܝܪܡܐ ܕܕܗܒܐ ܘܐܬܝܗܒ ܠܗ ܒܤܡܐ ܤܓܝܐܐ ܕܢܬܠ ܒܨܠܘܬܐ ܕܟܠܗܘܢ ܩܕܝܫܐ ܥܠ ܡܕܒܚܐ ܕܩܕܡ ܟܘܪܤܝܐ
4 विश्‍वासीहरूका प्रार्थनासँगै धूपको धुवाँ स्वर्गदूतको हातबाट परमेश्‍वरको अगाडि पुग्यो ।
ܘܤܠܩ ܥܛܪܐ ܕܒܤܡܐ ܒܨܠܘܬܐ ܕܩܕܝܫܐ ܡܢ ܝܕ ܡܠܐܟܐ ܩܕܡ ܐܠܗܐ
5 स्वर्गदूतले धुपौरो लिए र वेदीबाट आगो भरे । तब तिनले त्यसलाई पृथ्वीमा फ्याँकिदिए, अनि चट्याङ, गडगडाहट, बिजुलीका चमकहरू उत्पन भए र भूकम्प गयो ।
ܘܢܤܒ ܡܠܐܟܐ ܠܦܝܪܡܐ ܘܡܠܝܗܝ ܡܢ ܢܘܪܐ ܕܥܠ ܡܕܒܚܐ ܘܐܪܡܝ ܥܠ ܐܪܥܐ ܘܗܘܘ ܪܥܡܐ ܘܩܠܐ ܘܒܪܩܐ ܘܢܘܕܐ
6 तब सातवटा तुरही भएका सात स्वर्गदूतहरू ती फुक्‍नलाई तयार भए ।
ܘܫܒܥܐ ܡܠܐܟܝܢ ܕܥܠܝܗܘܢ ܫܒܥܐ ܫܝܦܘܪܝܢ ܛܝܒܘ ܢܦܫܗܘܢ ܠܡܙܥܩܘ
7 पहिलो स्वर्गदूतले आफ्नो तुरही फुके र त्यहाँ असिना र रगत मिसिएको आगो आयो । यसलाई तल पृथ्वीमा फालियो । यसले पृथ्वीको तिन भागको एक-तिहाइ भागलाई डढायो; तिन भागको एक-तिहाइ रुखहरूलाई डढायो र सबै हरिया घाँसलाई पनि डढायो । [टिपोटः केही पुराना संस्करणहरूमा यसलाई छोडिएको छ] । त्यसैले, यसको तिन भागको एक-तिहाइ डढेको थियो ।
ܘܗܘ ܩܕܡܝܐ ܐܙܥܩ ܘܗܘܐ ܒܪܕܐ ܘܢܘܪܐ ܕܦܬܝܟܝܢ ܒܡܝܐ ܘܐܬܪܡܝܘ ܥܠ ܐܪܥܐ ܘܬܘܠܬܗ ܕܐܪܥܐ ܝܩܕ ܘܬܘܠܬܐ ܕܐܝܠܢܐ ܝܩܕ ܘܟܠ ܥܤܒܐ ܕܐܪܥܐ ܝܩܕ
8 दोस्रो स्वर्गदूतले आफ्नो तुरही फुके, अनि आगोले जलिरहेको एउटा ठुलो पहाडजस्तो केही समुद्रमा फालियो । समुद्रको एक-तिहाइ भाग रगत बन्यो ।
ܘܕܬܪܝܢ ܙܥܩ ܘܗܘܐ ܐܝܟ ܛܘܪܐ ܪܒܐ ܕܝܩܕ ܢܦܠ ܒܝܡܐ ܘܗܘܐ ܬܘܠܬܗ ܕܝܡܐ ܕܡܐ
9 त्यसपछि समुद्रमा भएका जीवित प्राणीहरूमध्ये एक-तिहाइ भाग मरे, र जहाजहरूका एक-तिहाइ भाग नष्‍ट भए ।
ܘܡܝܬ ܬܘܠܬܐ ܕܟܠ ܒܪܝܬܐ ܕܒܝܡܐ ܕܐܝܬ ܒܗ ܢܦܫܐ ܘܬܘܠܬܐ ܕܐܠܦܐ ܐܬܚܒܠ
10 तेस्रो स्वर्गदूतले आफ्नो तुरही फुके, अनि आकाशबाट बलिरहेको राँकोजस्तो एउटा ठुलो तारा नदीहरूका एक-तिहाइ भाग र पानीको मुहानमा खस्यो ।
ܘܕܬܠܬܐ ܙܥܩ ܘܢܦܠ ܡܢ ܫܡܝܐ ܟܘܟܒܐ ܪܒܐ ܕܝܩܕ ܐܝܟ ܫܠܗܒܝܬܐ ܘܢܦܠ ܥܠ ܬܘܠܬܐ ܕܢܗܪܘܬܐ ܘܥܠ ܥܝܢܬܐ ܕܡܝܐ
11 त्यो ताराको नाउँ “ऐरेलु” हो । एक-तिहाइ भागको पानी तितो भयो, र त्यो तितो भएको पानीबाट धेरै मानिस मरे ।
ܘܫܡܗ ܕܟܘܟܒܐ ܡܬܐܡܪ ܐܦܤܝܬܢܐ ܘܗܘܐ ܬܘܠܬܗܘܢ ܕܡܝܐ ܐܝܟ ܐܦܤܢܬܝܢ ܘܤܘܓܐܐ ܕܒܢܝܢܫܐ ܡܝܬܘ ܡܛܠ ܕܐܬܡܪܡܪܘ ܡܝܐ
12 चौथो स्वर्गदूतले आफ्नो तुरही फुके, त्यसैले, सूर्यको एक-तिहाइ भाग साथसाथै चन्द्रमाको एक-तिहाइ र ताराहरूको एक-तिहाइ भागमा प्रहार गरियो । एक-तिहाइ भाग अन्धकारमा परिणत भयो, अनि दिनको एक-तिहाइ र रातको एक-तिहाइ भागमा ज्योति भएन ।
ܘܕܐܪܒܥܐ ܙܥܩ ܘܒܠܥ ܬܘܠܬܗ ܕܫܡܫܐ ܘܬܘܠܬܗ ܕܤܗܪܐ ܘܬܘܠܬܐ ܕܟܘܟܒܐ ܘܚܫܟܘ ܬܘܠܬܗܘܢ ܘܝܘܡܐ ܠܐ ܚܘܝ ܬܘܠܬܗ ܘܠܠܝܐ ܗܟܘܬ
13 अनि मैले हेरेँ, र आकाशको बिचमा उडिरहेको एउटा गरुड ठुलो सोरमा यसो भन्दै कराइरहेको सुनेँ, “बाँकी रहेका तिन स्वर्गदूतले फुक्‍नै आँटेका तुरहीको आवाजको कारण पृथ्वीमा बस्‍ने मानिसहरूलाई धिक्‍कार, धिक्‍कार, धिक्‍कार ।”
ܘܫܡܥܬ ܠܢܫܪܐ ܚܕ ܕܦܪܚ ܒܫܡܝܐ ܕܐܡܪ ܘܝ ܘܝ ܘܝ ܠܥܡܘܪܝܗ ܕܐܪܥܐ ܡܢ ܩܠܐ ܕܫܝܦܘܪܐ ܕܬܠܬܐ ܡܠܐܟܝܢ ܕܥܬܝܕܝܢ ܠܡܙܥܩܘ

< प्रकाश 8 >