< प्रकाश 7 >

1 त्यसपछि पृथ्वीका चारै कुनामा चार जना स्वर्गदूत उभिइरहेका मैले देखेँ जसले पृथ्वीको चारैतिर भएका बतासलाई बलियोसँग पक्रिरहेका थिए । त्यसैले, पृथ्वी, समुद्र वा कुनै पनि रुखको विरुद्धमा कुनै पनि बतास नचलोस् ।
AND after these things I saw four angels standing at the four corners of the earth, to hold back the four winds of the earth, that the wind should not blow on the earth, neither on the sea, nor on any tree.
2 जीवित परमेश्‍वरको छाप लिएर अर्को स्वर्गदूत पूर्वबाट माथि आउँदै गरेको मैले देखेँ, जसले पृथ्वी र समुद्रलाई हानि गर्ने अनुमति पाएका चार स्वर्गदूतलाई ठुलो सोरले चिच्‍च्‍याउँदै यसो भने,
And I saw another angel ascending from the rising of the sun, having the seal of the living God; and he cried with a loud voice to the four angels to whom power was given for them to hurt the earth and the sea,
3 “हाम्रा परमेश्‍वरका सेवकहरूका निधारमा हामीले मोहोर नलगाउञ्‍जेलसम्म पृथ्‍वी, समुद्र वा रुखहरूलाई हानि नगर ।”
saying, Hurt not the earth, nor the sea, nor the trees, until we have sealed the servants of our God in their foreheads.
4 मैले छाप लगाइएका एक लाख चवालिस हजारको सङ्ख्या सुनेँ, जो इस्राएलका मानिसको हरेक कुलबाट छाप लगाइएका थिएः
And I heard the number of those who were sealed; one hundred and forty and four thousand were sealed out of every tribe of the children of Israel.
5 यहूदाको कुलबाट बाह्र हजारलाई, रूबेनको कुलबट बाह्र हजारलाई, गादको कुलबाट बाह्र हजारलाई छाप लगाइएको थियो,
Of the tribe of Judah were sealed twelve thousand. Of the tribe of Reuben were sealed twelve thousand. Of the tribe of Gad were sealed twelve thousand.
6 आशेरको कुलबाट बाह्र हजारलाई, नप्‍तालीको कुलबाट बाह्र हजारलाई र मनश्शेको कुलबाट बाह्र हजारलाई छाप लगाइएको थियो ।
Of the tribe of Aser were sealed twelve thousand. Of the tribe of Nephtalim were sealed twelve thousand. Of the tribe of Manasseh were sealed twelve thousand.
7 शिमियोनको कुलबाट बाह्र हजारलाई, लेवीको कुलबाट बाह्र हजारलाई, इस्‍साखारको कुलबाट बाह्र हजारलाई,
Of the tribe of Simeon were sealed twelve thousand. Of the tribe of Levi were sealed twelve thousand. Of the tribe of Issachar were sealed twelve thousand.
8 जबूलूनको कुलबाट बाह्र हजारलाई, योसेफको कुलबाट बाह्र हजारलाई र बेन्यामीनको कुलबाट बाह्र हजारलाई छाप लगाइएको थियो ।
Of the tribe of Zebulon were sealed twelve thousand. Of the tribe of Joseph were sealed twelve thousand. Of the tribe of Benjamin were sealed twelve thousand.
9 यी कुराहरूपछि मैले हेरेँ, र हरेक जाति, कुल, मानिस र भाषाका कसैले पनि गन्‍न नसक्‍ने एउटा ठुलो भिड सेतो पोशाक लगाएर र आ-आफ्ना हातमा खजुरका हाँगा लिई सिंहासन अगाडि र थुमाका सामु उभिरहेका थिए ।
After these things I looked, and beheld a great multitude, which no man could number, out of every nation, and tribe, and people, and tongue, standing before the throne, and before the Lamb, clothed in white robes, and palm branches in their hands
10 अनि तिनीहरूले ठुलो सोरमा बोलाइराखेका थिएः “मुक्त्ति सिंहासनमा विराजमान हुनुहुने हाम्रा परमेश्‍वर र थुमाको हो ।”
and crying with a loud voice, saying, Salvation to our God that sitteth on the throne, and to the Lamb.
11 अनि सबै स्वर्गदूत चार जीवित प्राणी, एल्डरहरूका वरिपरि र सिंहासनका वरिपरि उभिए र तिनीहरू आफैँ लम्पसार परेर सिंहासनको अगि आफ्‍नो अनुहार झुकाए । तिनीहरूले यसो भन्दै परमेश्‍वरको आराधना गरे,
And all the angels stood in a circle about the throne, and the presbyters and the four living beings, and fell on their faces before the throne, and worshipped God,
12 “आमेन । हाम्रा परमेश्‍वरलाई प्रशंसा, महिमा, बुद्धि, धन्यवाद, आदर, शक्‍ति र बल सदासर्वदा भइरहोस् । आमेन ।” (aiōn g165)
saying, Amen: blessing, and glory, and wisdom, and thanksgiving, and honour, and power, and might be to our God for ever and ever. Amen. (aiōn g165)
13 त्यसपछि एल्डरहरूमध्ये एक जनाले मलाई सोधे, “यी सेता वस्‍त्रहरू पहिरनेहरू को हुन्, र तिनीहरू कहाँबाट आएका हुन्?”
And one of the presbyters addressed me, saying, Who are these persons who are clothed in white robes? and from whence came they?
14 अनि मैले उहाँलाई भनेँ, “हजुर, तपाईंलाई नै थाहा छ,” र उहाँले मलाई भन्‍नुभयो, “यिनीहरू नै हुन् जो महासङ्कष्‍टबाट आएका हुन् । तिनीहरूले आफ्ना वस्‍त्रहरू थुमाका रगतमा धोएर सेता बनाएका छन् ।
And I said to him, Sir, thou knowest. And he said to me, These are persons who are come out of great tribulation, and have washed their robes, and made their robes white in the blood of the Lamb.
15 यसैकारणले गर्दा, तिनीहरू परमेश्‍वरको सिंहासनको अगाडि छन्, अनि उहाँको मन्दिरमा तिनीहरूले दिनरात उहाँको आराधना गर्दछन् । सिंहासनमा विराजमान हुनुहुनेले तिनीहरूमाथि आफ्नो पाल फैलाउनुहुनेछ ।
Therefore are they before the throne of God, and serve him day and night in his temple: and he that sitteth on the throne shall dwell among them.
16 तिनीहरू फेरि भोकउनेछैनन्, न त तिनीहरू फेरि तिर्खाउनेछन् । सूर्यको ताप तिनीहरूमाथि पर्नेछैन, न त कुनै तापले तिनीहरूलाई जलाउनेछ ।
They shall hunger no more, neither thirst any more; neither shall the sun scorch them, nor any burning heat.
17 किनकि सिंहासनका माझमा हुनुहुने थुमा तिनीहरूका गोठालो हुनुहुनेछ, अनि उहाँले तिनीहरूलाई जिउँदो पानीको मुहानतिर डोर्‍याउनुहुनेछ, र परमेश्‍वरले तिनीहरूका आँखाबाट सबै आँसु पुछिदिनुहुनेछ ।”
Because the Lamb who is in the midst of the throne will feed them, as a shepherd, and lead them unto living fountains of waters; and God shall wipe away every tear from their eyes.

< प्रकाश 7 >