< प्रकाश 6 >

1 जब थुमाले सातवटा छापमध्ये एउटालाई खोल्‍नुभएको मैले देखेँ, अनि ती चार जीवित प्राणीमध्ये एक जनाले गर्जनको आवज जस्तोमा “आऊ” भनेको मैले सुनेँ ।
anantaraṁ mayi nirīkṣamāṇe meṣaśāvakena tāsāṁ saptamudrāṇām ekā mudrā muktā tatasteṣāṁ caturṇām ekasya prāṇina āgatya paśyetivācako meghagarjanatulyo ravo mayā śrutaḥ|
2 मैले हेरेँ र त्यहाँ एउटा सेतो घोडा थियो । त्यसमाथि चढ्नेले एउटा वाण समातेका थिए र उनलाई एउटा मुकुट दिइयो । अनि जित्‍नेले जस्तै गरी उनी विजयी गर्नलाई आए ।
tataḥ param ekaḥ śuklāśco dṛṣṭaḥ, tadārūḍho jano dhanu rdhārayati tasmai ca kirīṭamekam adāyi tataḥ sa prabhavan prabhaviṣyaṁśca nirgatavān|
3 जब थुमाले दोस्रो छापलाई खोल्‍नुभयो, तब मैले त्यो दोस्रो जीवित प्राणीले “आऊ” भनिरहेको सुनेँ ।
aparaṁ dvitīyamudrāyāṁ tena mocitāyāṁ dvitīyasya prāṇina āgatya paśyeti vāk mayā śrutā|
4 तब अर्को अग्‍निमय रातो घोडा निस्केर आयो । त्यसमा सवार गर्नेलाई पृथ्वीबाट शान्ति लिएर जानलाई अनुमति दिइएको थियो । त्यसकारण, ती मानिसहरूले एक-अर्कालाई मार्नेछन् । यी घोडसवारलाई एउटा ठुलो तरवार दिइएको थियो ।
tato 'ruṇavarṇo 'para eko 'śvo nirgatavān tadārohiṇi pṛthivītaḥ śāntyapaharaṇasya lokānāṁ madhye parasparaṁ pratighātotpādanasya ca sāmarthyaṁ samarpitam, eko bṛhatkhaṅgo 'pi tasmā adāyi|
5 जब थुमाले तेस्रो छापलाई खोल्‍नुभयो, तब तेस्रो जीवित प्राणीले “आऊ” भनेको मैले सुनेँ । मैले एउटा कालो घोडालाई देखेँ, र यसका घोडसवारले उनको हातमा एकजोर तराजुलाई समाइरहेका थिए ।
aparaṁ tṛtīyamudrāyāṁ tana mocitāyāṁ tṛtīyasya prāṇina āgatya paśyeti vāk mayā śrutā, tataḥ kālavarṇa eko 'śvo mayā dṛṣṭaḥ, tadārohiṇo haste tulā tiṣṭhati
6 मैले चार जीवित प्राणीका बिचमा एउटा आवाज जस्तो देखिनेले भनेको कुरा सुने, “एक दिनको ज्यालामा एक किलो गहूँ र एक दिनको ज्यालामा तिन किलो जौ । तर तेल र दाखमद्यलाई नष्‍ट नगर्नू ।”
anantaraṁ prāṇicatuṣṭayasya madhyād vāgiyaṁ śrutā godhūmānāmekaḥ seṭako mudrāpādaikamūlyaḥ, yavānāñca seṭakatrayaṁ mudrāpādaikamūlyaṁ tailadrākṣārasāśca tvayā mā hiṁsitavyāḥ|
7 जब थुमाले चौथो छापलाई खोल्‍नुभयो, तब मैले चौथो जीवित प्राणीले “आऊ” भनेको सोरलाई सुनेँ ।
anantaraṁ caturthamudrāyāṁ tena mocitāyāṁ caturthasya prāṇina āgatya paśyeti vāk mayā śrutā|
8 तब मैले पहेँलो घोडालाई देखेँ । यसको घोडसवारको नाउँ मृत्यु थियो, र पातालले त्यसलाई पछ्याइरहेको थियो । अनि तिनीहरूलाई पृथ्वीको एक-चौथाइ भागमाथि तरवारले मार्न, अनिकाल र रोगहरूमाथि, र पृथ्वीका जङ्गली जनावरलाई मार्न अधिकार दिइएको थियो । (Hadēs g86)
tataḥ pāṇḍuravarṇa eko 'śvo mayā dṛṣṭaḥ, tadārohiṇo nāma mṛtyuriti paralokaśca tam anucarati khaṅgena durbhikṣeṇa mahāmāryyā vanyapaśubhiśca lokānāṁ badhāya pṛthivyāścaturthāṁśasyādhipatyaṁ tasmā adāyi| (Hadēs g86)
9 जब थुमाले पाँचौ छापलाई खोल्‍नुभयो, तब वेदीको मुनि परमेश्‍वरको वचन र तिनीहरूको गवाहीका खातिर मारिएका आत्माहरूलाई मैले देखेँ ।
anantaraṁ pañcamamudrāyāṁ tena mocitāyām īśvaravākyahetostatra sākṣyadānācca cheditānāṁ lokānāṁ dehino vedyā adho mayādṛśyanta|
10 तिनीहरूले चर्को सोरमा कराए, “सबैमाथिका शासक, पवित्र र साँचो, कहिलेसम्म तपाईंले हाम्रो रगतको बदला लिनुहुन्‍न र पृथ्वीमा बाँचिरहेकाहरूको न्याय गर्नुहुन्‍न?”
ta uccairidaṁ gadanti, he pavitra satyamaya prabho asmākaṁ raktapāte pṛthivīnivāsibhi rvivadituṁ tasya phala dātuñca kati kālaṁ vilambase?
11 तब तिनीहरू हरेकलाई एउटा सेतो वस्‍त्र दिइयो, अनि तिनीहरूका सहकर्मी सेवकहरू र तिनीहरूका दाजुभाइहरू र दिदी-बहिनीहरू तिनीहरूजस्तै जो मारिएर सङ्ख्यामा पूर्ण नभएसम्म तिनीहरूलाई पर्खनू भनियो ।
tatasteṣām ekaikasmai śubhraḥ paricchado 'dāyi vāgiyañcākathyata yūyamalpakālam arthato yuṣmākaṁ ye sahādāsā bhrātaro yūyamiva ghāniṣyante teṣāṁ saṁkhyā yāvat sampūrṇatāṁ na gacchati tāvad viramata|
12 जब थुमाले छैटौँ छापलाई खोल्‍नुभयो, तब त्यहाँ एउटा ठुलो भूकम्प गएको मैले देखेँ । सूर्य भाङग्राको कपडाजस्तै कालो र चन्द्रमा पुरा रगतजस्तै बन्यो ।
anantaraṁ yadā sa ṣaṣṭhamudrāmamocayat tadā mayi nirīkṣamāṇe mahān bhūkampo 'bhavat sūryyaśca uṣṭralomajavastravat kṛṣṇavarṇaścandramāśca raktasaṅkāśo 'bhavat
13 जसरी अञ्‍जीरको रुखलाई आँधीबेहरीले हल्लाउँदा नपाकेका फलहरू झरेजस्तै स्वर्गमा भएका ताराहरू पृथ्वीमा खसे ।
gaganasthatārāśca prabalavāyunā cālitād uḍumbaravṛkṣāt nipātitānyapakkaphalānīva bhūtale nyapatan|
14 आकाश चर्मपत्रको मुट्ठोजस्तै बेरिएर लोप भयो, जुनचाहिँ बटारिएको थियो । हरेक पहाड र टापु त्यसको ठाउँदेखि हटेर गए ।
ākāśamaṇḍalañca saṅkucyamānagrantha̮ivāntardhānam agamat giraya upadvīpāśca sarvve sthānāntaraṁ cālitāḥ
15 तब पृथ्वीका राजाहरू र महत्त्‍वपूर्ण मानिसहरू अनि जनसाधारणहरू, धनी, शक्‍तिशाली, अनि दास र स्वतन्‍त्र हरेक व्यक्‍ति पहाडका चट्टानहरूका बिचमा र गुफाहरूमा लुके ।
pṛthivīsthā bhūpālā mahāllokāḥ sahastrapatayo dhaninaḥ parākramiṇaśca lokā dāsā muktāśca sarvve 'pi guhāsu giristhaśaileṣu ca svān prācchādayan|
16 तिनीहरूले पर्वत र चट्टानहरूलाई भने, “हामीमा खस! सिंहासनमा विराजमान हुनुहुनेको मुहारबाट र थुमाको क्रोधबाट हामीलाई लुकाऊ ।
te ca girīn śailāṁśca vadanti yūyam asmadupari patitvā siṁhāsanopaviṣṭajanasya dṛṣṭito meṣaśāvakasya kopāccāsmān gopāyata;
17 किनकि तिनीहरूको क्रोधको महान् दिन आएको छ र त्यहाँ को उभिन सक्छ र? ।”
yatastasya krodhasya mahādinam upasthitaṁ kaḥ sthātuṁ śaknoti?

< प्रकाश 6 >