< प्रकाश 4 >
1 यी कुराहरूपछि मैले हेरेँ र स्वर्गमा एउटा ढोका उघ्रिएको मैले देखेँ । मैले सुनेको तुरहीको जस्तो पहिलो आवाजले मलाई भन्यो, “यहाँ माथि आऊ, र यी कुराहरूपछि के हुन आउनेछ म तिमीलाई देखाउनेछु ।”
After these things I saw, and behold, a door was opened in heaven; and the first voice which I heard, like the voice of a trumpet speaking with me, said: Come up hither, and I will show you things that must be hereafter.
2 एकै छिनमा म आत्मामा थिएँ, र स्वर्गमा एउटा सिंहासन भएको मैले देखेँ, जसमाथि कोही बसिरहनुभएको थियो ।
And immediately I was in spirit; and behold, a throne was set in heaven, and one sat on the throne;
3 त्यसमाथि बस्नुहुने स्फटिक र लालमणिजस्तै देखिनुहुन्थ्यो । सिंहासनको वरिपरि इन्द्रेणी थियो । त्यो इन्द्रेणी मोती जस्तो चम्किलो देखिन्थ्यो ।
and he that sat was, in appearance, like a jasper and sardine-stone: and there was round about the throne a rainbow, in appearance like an emerald.
4 त्यस सिंहासनको वरिपरि चौबिसवटा सिंहासन थिए, र चौबिस जना एल्डर तिनीहरूका शिरमा सुनका मुकुटहरू लगाएका र सेतो वस्त्र पहिरिएर बसेका थिए ।
And round about the throne were twenty-four thrones; and on the thrones there sat twenty-four elders, clothed in white raiment; and on their heads were crowns of gold.
5 सिंहासनबाट बिजुलीको चमक र गर्जनहरू आए, र चट्याङसँगै नष्ट भए । सिंहासनको अगाडि सातवटा बत्ती बलिरहेका थिए । ती बत्तीहरूचाहिँ परमेश्वरका सात आत्मा थिए ।
And out of the throne there went lightnings and thunderings and voices; and seven lamps of fire were burning before the throne: these are the seven spirits of God.
6 सिंहासनको अगि स्फटिकजस्तै देखिने काँचको समुद्र थियो । सिंहासनको बिचमा र सिंहासनवरिपरि, अगाडि र पछाडि आँखैआँखाले भरिएका चार जीवित प्राणी थिए ।
And before the throne there was a sea of glass, like crystal. And in the midst of the throne, and round about the throne, were four living creatures full of eyes before and behind.
7 पहिलो जीवित प्राणी सिंहजस्तो थियो, दोस्रो जीवित प्राणी बाछोजस्तो थियो, तेस्रो जीवित प्राणीको अनुहार मानिसको जस्तो थियो र चौथो जीवित प्राणी उडिरहेको चिलजस्तो थियो ।
And the first living creature was like a lion, and the second living creature was like a calf, and the third living creature had the face of a man, and the fourth living creature was like a flying eagle.
8 चारै जीवित प्राणीमध्ये हरेकका ६-६ वटा पखेटा थिए; तल र माथि आँखैआँखाले भरिएका थिए । दिनरात तिनीहरूले “पवित्र, पवित्र, पवित्र, सर्वशक्तिमान् परमप्रभु परमेश्वर जो हुनुहुन्थ्यो, र हुनुहुन्छ, र हुन आउनुहुनेछ” भनी रहन्थे ।
And the four living creatures had each of them six wings about him; and they are full of eyes within; and they have no rest day and night, saying, Holy, holy, holy is the Lord God, the Almighty, who was, and is, and is to come.
9 जब ती जीवित प्राणीहरूले सिंहासनमाथि विराजमान हुनुहुने र सदासर्वदा जीवित रहनुहुनेलाई महिमा, आदर र धन्यवाद दिए, (aiōn )
And when the living creatures give glory and honor and thanks to him that sits on the throne, who lives from age to age, (aiōn )
10 चौबिस जना एल्डरले निहुरेर सिंहासनमा विराजमान हुनुहुनेका अगाडि दण्डवत् गरे । तिनीहरूले सदासर्वदा जीवित हुनुहुनेलाई दण्डवत् गरे, र सिंहासनको अगाडि आ-आफ्ना मुकुट राख्दै यसो भने, (aiōn )
the twenty-four elders fall down before him that sits on the throne, and worship him that lives from age to age, and throw their crowns before the throne, saying: (aiōn )
11 “हाम्रा परमप्रभु र परमेश्वर, तपाईं महिमा, आदर र शक्ति ग्रहण गर्न योग्यका हुनुहुन्छ । किनकि तपाईंले सबै थोक सृष्टि गर्नुभयो, र तपाईंकै इच्छाद्वारा तिनीहरू अस्तित्वमा आए र सृष्टि भए ।”
Thou art worthy, O Lord, to receive glory and honor and power: for thou hast created all things, and by thy will they exist, and were created.