< प्रकाश 3 >

1 “सार्डिसको मण्डलीमा भएका दूतलाई लेखः ‘सातवटा तारा र परमेश्‍वरका सात आत्मा पक्रिनुहुनेका वचनहरू यिनै हुन् । तिमीले गरेका कामहरू मलाई थाहा छ । तिमी जीवित भएको ख्याति भए तापनि तिमी मरेका छौ ।
In angelu občine v Sardih piši: To pravi on, ki ima sedmero duhov Božjih in zvezd sedmero: Vem dela tvoja, da imaš ime, da živiš, in si mrtev.
2 उठ र जाग अनि मर्नै लागेका बाँकी रहेका कुराहरूलाई बलियो बनाऊ, तर यो मर्नै लागेको छ, किनकि मैले मेरा परमेश्‍वरको दृष्‍टिमा तिम्रा कामहरू पुरा भएको पाएको छैनँ ।
Zbúdi se in utrdi drugo, ki umira: kajti del tvojih nisem našel popolnjenih pred Bogom.
3 त्यसकारण, जुन कुरा तिमीले प्राप्‍त गर्‍यौ र सुन्यौ, सो सम्झ । यसलाई पालन गर अनि पश्‍चात्ताप गर । तर यदि तिमी जागा रहेनौ भने, म तिम्रो विरुद्धमा चोरजस्तै गरी कुन घडी आउनेछु र कुन समयमा आउनेछु भनी तिमीले जान्‍नेछैनौ ।
Spominjaj se torej, kako si prejel in slišal, in hrani in izpokóri se. Ako se torej ne zbudiš, pridem k tebi kakor tat, in vedel ne hodeš, o kateri uri pridem k tebi.
4 तर सार्डिसका मानिसहरूमा केही नाउँहरू छन्, जसले आफ्नो वस्‍त्र फोहोर परेका छैनन् । तिनीहरू सेतो वस्‍त्रमा मसँग हिँड्नेछन्, कारण तिनीहरू योग्यका छन् ।
Imaš malo imén tudi v Sardih, katera niso oskrunila svojih oblék; in hodili bodo z menoj v belih, ker so vredni.
5 जसले जित्छ, उसलाई सेतो वस्‍त्र पहिराइनेछ, र जीवनको पुस्तकबाट म उसको नाउँ कहिल्यै मेटाउनेछैन, अनि म मेरा पिता र उहाँका स्वर्गदूतहरूका सामु उसको नाउँ घोषणा गर्नेछु ।
Kdor premaga, ta bode oblekel bele obleke; in izbrisal ne bodem imena njegovega iz knjige življenja, in spoznal bodem ime njegovo pred očetom svojim in pred angeli njegovimi.
6 आत्माले मण्डलीहरूलाई के भन्दै हुनुहुन्छ, जसको कान छ, उसले सुनोस्’ ।”
Kdor ima uho, naj sliši, kaj Duh govori občinam.
7 “फिलाडेल्फियामा भएको मण्डलीका दूतलाई लेखः ‘जो सत्य र पवित्र हुनुहुन्छ, यी वचनहरू उहाँका हुन्, उहाँले दाऊदको साँचोलाई पक्रनुभएको छ, उहाँले खोल्नुहुन्छ र कसैले पनि बन्द गर्न सक्दैन, उहाँले बन्द गर्नुहुन्छ र कसैले पनि खोल्न सक्दैन ।
In angelu občine v Filadelfiji piši: To pravi sveti, resnični, on ki ima "ključ Davidov, kateri odpira, in nihče ne zapre, in zapira, in nihče ne odpre."
8 तिमीले गरेका काम मलाई थाहा छ । हेर, तिम्रो अगि मैले खुला ढोका राखिदिएको छु र त्यसलाई कसैले पनि बन्द गर्न सक्दैन । मलाई थाहा छ, कि तिमीसँग थोरै शक्‍ति छ, तापनि तिमीले मेरा वचन पालन गरेका छौ र मेरो नाउँलाई इन्कार गरेका छैनौ ।
Vem dela tvoja. Glej, dal sem pred te duri odprte, in nihče jih ne more zapreti; ker majhno imaš moč in hranil si besedo mojo, in zatajil nisi mojega imena.
9 हेर, जसले आफैँलाई यहूदीहरू हुँ भनी भन्छन् तर तिनीहरू होइनन्, तिनीहरू शैतानको सभाघरकाहरू हुन्, बरु तिनीहरूले झुट बोलिरहेका छन् । म तिनीहरूलाई तिम्रो पाउको अगि आई निहुरेर दण्डवत् गर्न लगाउनेछु, अनि मैले तिमीलाई प्रेम गरेको कुरा तिनीहरूले जान्‍नेछन् ।
Glej, dam iz zbornice satanove njé, ki pravijo, da so Judje, a niso, nego lažejo; glej, storil bodem, da pridejo in pokleknejo pred noge tvoje, in spoznajo, da sem te jaz ljubil.
10 तिमीले मेरो वचन धैर्यसाथ पालन गरेका हुनाले पृथ्वीमा जिउनेहरूको जाँच आउँदा सारा संसारमा आइपर्ने विपत्तिको घडीमा पर्नबाट म पनि तिमीलाई जोगाउनेछु ।
Ker si ohranil stanovitnosti moje besedo, ohranil te bodem tudi jaz iz ure izkušnjave, katera ima priti na vesoljni svet, izkušat nje, ki prebivajo na zemlji.
11 म चाँडै आउँदै छु । तिमीसँग जे छ त्यसलाई बलियो गरी पक्रिराख ताकि तिम्रो मुकुटलाई कसैले लिएर जान नसकोस् ।
Glej, hitro pridem; hrani, kar imaš, da nihče ne vzame tvojega venca.
12 जसले जित्छ त्यसलाई म मेरा परमेश्‍वरको मन्दिरमा एउटा खाँबो बनाउनेछु र ऊ यसबाट कहिल्यै बाहिर जानेछैन । उसमाथि मेरा परमेश्‍वरको सहरको नाउँ, मेरा परमेश्‍वरको नाउँ (नयाँ यरूशलेम, जुन मेरा परमेश्‍वरबाट स्वर्गदेखि तल ओर्लेर आउँछ), अनि मेरो नयाँ नाउँ म लेखिदिनेछु ।
Kdor premaga, naredim ga za steber v svetiščih Boga svojega, in ven več ne izide, in zapišem nanj ime Boga svojega in ime mesta Boga svojega, novega Jeruzalema, kateri z neba shaja od Boga mojega, in ime moje novo.
13 मण्डलीहरूलाई आत्माले के भन्दै हुनुहुन्छ, जसको कान छ उसले सुनोस्’ ।”
Kdor ima uho, naj sliši, kaj Duh govori občinam.
14 “लाउडिकियामा भएको मण्डलीको दूतलाई लेखः परमेश्‍वरका सृष्‍टिमाथिको शासनकर्ता जो भरपर्दो र सत्य साक्षी, ‘यी वचनहरू आमेनका हुन् ।
In angelu občine Laodicejske piši: To pravi on, ki je amen, priča zvesta in resnična, začetek stvarjenja Božjega:
15 मलाई तिम्रा कामहरू थाहा छ, कि तिमी न तातो न चिसो छौ । तिमी कि त तातो वा चिसो भएको म चाहन्थेँ ।
Vem dela tvoja, da nisi ne mrzel ne vroč; da bi bil mrzel ali vroč!
16 त्यसैले, तिमी मनतातो, न तातो न चिसो छौ । यसैकारण, मैले तिमीलाई मेरो मुखबाट उकेलिदिन आँटेको छु ।
Tako, ker si mlačen in ne mrzel ne vroč, bodem te izpljunil iz svojih ust.
17 किनकि तिमी भन्छौ, ‘म धनी छु र मसित धेरै भौतिक सम्पत्ति छन् र मलाई कुनै थोकको आवश्यक छैन ।’ तर तिमी दुःखित, दयनीय, गरिब, अन्धा र नाङ्गै छौ भनी तिमीलाई थाहा नै छैन ।
Ker praviš: Bogat sem in obogatel sem, in ničesa ne potrebujem, in ne veš, da tí si ubogi in nesrečni in siromaški in slepi in nagi;
18 मेरो सल्लाहलाई ध्यान देऊः आगोद्वारा शुद्ध पारिएको सुन मबाट किन ताकि तिमी धनी हुन सक, र तिम्रो नाङ्गोपनको लाज ढाक्‍नलाई चम्किलो सेतो वस्‍त्र लगाऊ र तिम्रो नाङ्गोपनको लाज नदेखियोस्, र आफ्ना आँखामा मलहम लगाऊ ताकि तिमीले देख्‍न सक ।
Svetujem ti, da kupiš od mene zlatá očiščenega v ognji, da obogatiš; in oblačila bela, da jih oblečeš, in da se ne pokaže sramota nagosti tvoje; in z mazilom pomaži oči svoje, da bodeš videl.
19 मैले प्रेम गर्ने प्रत्येकलाई म तालिम दिन्छु, र तिनीहरू कसरी जिउनुपर्छ सो म तिनीहरूलाई सिकाउँछु । त्यसकारण, पश्‍चात्ताप गर र इमानदार होऊ ।
Jaz katere ljubim, kaznujem in pokorim; prizadevaj si torej in izpokori se.
20 हेर, म ढोकामा उभिरहन्छु र ढकढक्याइरहन्छु । यदि कसैले मेरो स्वर सुनेर ढोका खोल्छ भने, म उसको घरभित्र आउनेछु र उसँग खानेछु अनि उसले मसँग खानेछ ।
Glej, pred vrati stojim in trkam; če kdo čuje glas moj in odpre vrata, vnidem k njemu, in večerjal bodem z njim in on z menoj.
21 जसले जित्छ, उसलाई मेरो सिंहासनमा मसँग बस्‍नलाई अधिकार दिनेछु, जसरी मैले पनि जितेँ र त्यसरी नै म पनि मेरा पितासँग उहाँको सिंहासनमा बसेको छु ।
Kdor premaga, dal mu bodem, da sedí z menoj na prestolu mojem, kakor sem tudi jaz premagal in sedel z očetom svojim na prestol njegov.
22 मण्डलीहरूलाई आत्माले के भन्दै हुनुहुन्छ, जसको कान छ उसले सुनोस् ।”
Kdor ima uho, naj sliši, kaj Duh govori občinam.

< प्रकाश 3 >