< प्रकाश 3 >
1 “सार्डिसको मण्डलीमा भएका दूतलाई लेखः ‘सातवटा तारा र परमेश्वरका सात आत्मा पक्रिनुहुनेका वचनहरू यिनै हुन् । तिमीले गरेका कामहरू मलाई थाहा छ । तिमी जीवित भएको ख्याति भए तापनि तिमी मरेका छौ ।
И анђелу сардске цркве напиши: Тако говори Онај што има седам Духова Божијих, и седам звезда: знам твоја дела, да имаш име да си жив, а мртав си.
2 उठ र जाग अनि मर्नै लागेका बाँकी रहेका कुराहरूलाई बलियो बनाऊ, तर यो मर्नै लागेको छ, किनकि मैले मेरा परमेश्वरको दृष्टिमा तिम्रा कामहरू पुरा भएको पाएको छैनँ ।
Стражи, и утврђуј остале који хоће да помру; јер не нађох твоја дела савршена пред Богом својим.
3 त्यसकारण, जुन कुरा तिमीले प्राप्त गर्यौ र सुन्यौ, सो सम्झ । यसलाई पालन गर अनि पश्चात्ताप गर । तर यदि तिमी जागा रहेनौ भने, म तिम्रो विरुद्धमा चोरजस्तै गरी कुन घडी आउनेछु र कुन समयमा आउनेछु भनी तिमीले जान्नेछैनौ ।
Опомињи се дакле, како си примио и како си чуо, и држи и покај се. Ако ли не узастражиш, доћи ћу на тебе као лупеж, и нећеш чути у који ћу час доћи на тебе.
4 तर सार्डिसका मानिसहरूमा केही नाउँहरू छन्, जसले आफ्नो वस्त्र फोहोर परेका छैनन् । तिनीहरू सेतो वस्त्रमा मसँग हिँड्नेछन्, कारण तिनीहरू योग्यका छन् ।
Али имаш мало имена и у Сарду, који не опоганише својих хаљина, и ходиће са мном у белима, јер су достојни.
5 जसले जित्छ, उसलाई सेतो वस्त्र पहिराइनेछ, र जीवनको पुस्तकबाट म उसको नाउँ कहिल्यै मेटाउनेछैन, अनि म मेरा पिता र उहाँका स्वर्गदूतहरूका सामु उसको नाउँ घोषणा गर्नेछु ।
Који победи он ће се обући у хаљине беле, и нећу избрисати име његово из књиге живота, и признаћу име његово пред Оцем својим и пред анђелима Његовим.
6 आत्माले मण्डलीहरूलाई के भन्दै हुनुहुन्छ, जसको कान छ, उसले सुनोस्’ ।”
Ко има ухо нека чује шта говори Дух црквама.
7 “फिलाडेल्फियामा भएको मण्डलीका दूतलाई लेखः ‘जो सत्य र पवित्र हुनुहुन्छ, यी वचनहरू उहाँका हुन्, उहाँले दाऊदको साँचोलाई पक्रनुभएको छ, उहाँले खोल्नुहुन्छ र कसैले पनि बन्द गर्न सक्दैन, उहाँले बन्द गर्नुहुन्छ र कसैले पनि खोल्न सक्दैन ।
И анђелу филаделфијске цркве напиши: Тако говори Свети и Истинити, који има кључ Давидов, који отвори и нико не затвори, који затвори и нико не отвори.
8 तिमीले गरेका काम मलाई थाहा छ । हेर, तिम्रो अगि मैले खुला ढोका राखिदिएको छु र त्यसलाई कसैले पनि बन्द गर्न सक्दैन । मलाई थाहा छ, कि तिमीसँग थोरै शक्ति छ, तापनि तिमीले मेरा वचन पालन गरेका छौ र मेरो नाउँलाई इन्कार गरेका छैनौ ।
Знам твоја дела; гле, дадох пред тобом врата отворена, и нико их не може затворити; јер имаш мало силе, и држао си моју реч, и ниси се одрекао имена мог.
9 हेर, जसले आफैँलाई यहूदीहरू हुँ भनी भन्छन् तर तिनीहरू होइनन्, तिनीहरू शैतानको सभाघरकाहरू हुन्, बरु तिनीहरूले झुट बोलिरहेका छन् । म तिनीहरूलाई तिम्रो पाउको अगि आई निहुरेर दण्डवत् गर्न लगाउनेछु, अनि मैले तिमीलाई प्रेम गरेको कुरा तिनीहरूले जान्नेछन् ।
Ево дајем оне из зборнице сотонине који говоре да су Јевреји и нису, него лажу; ево ћу их учинити да дођу и да се поклоне пред ногама твојим, и да познаду да те ја љубим.
10 तिमीले मेरो वचन धैर्यसाथ पालन गरेका हुनाले पृथ्वीमा जिउनेहरूको जाँच आउँदा सारा संसारमा आइपर्ने विपत्तिको घडीमा पर्नबाट म पनि तिमीलाई जोगाउनेछु ।
Јер си одржао реч трпљења мог, и ја ћу тебе сачувати од часа искушења, који ће доћи на сав васиони свет да искуша оне који живе на земљи.
11 म चाँडै आउँदै छु । तिमीसँग जे छ त्यसलाई बलियो गरी पक्रिराख ताकि तिम्रो मुकुटलाई कसैले लिएर जान नसकोस् ।
Ево ћу доћи брзо: држи шта имаш, да нико не узме венац твој.
12 जसले जित्छ त्यसलाई म मेरा परमेश्वरको मन्दिरमा एउटा खाँबो बनाउनेछु र ऊ यसबाट कहिल्यै बाहिर जानेछैन । उसमाथि मेरा परमेश्वरको सहरको नाउँ, मेरा परमेश्वरको नाउँ (नयाँ यरूशलेम, जुन मेरा परमेश्वरबाट स्वर्गदेखि तल ओर्लेर आउँछ), अनि मेरो नयाँ नाउँ म लेखिदिनेछु ।
Који победи учинићу га стубом у цркви Бога свог, и више неће изићи напоље; и написаћу на њему име Бога свог, и име новог Јерусалима, града Бога мог, који силази с неба од Бога мог, и име моје ново.
13 मण्डलीहरूलाई आत्माले के भन्दै हुनुहुन्छ, जसको कान छ उसले सुनोस्’ ।”
Ко има ухо нека чује шта говори Дух црквама.
14 “लाउडिकियामा भएको मण्डलीको दूतलाई लेखः परमेश्वरका सृष्टिमाथिको शासनकर्ता जो भरपर्दो र सत्य साक्षी, ‘यी वचनहरू आमेनका हुन् ।
И анђелу лаодикијске цркве напиши: Тако говори Амин, Сведок Верни и Истинити, Почетак створења Божијег:
15 मलाई तिम्रा कामहरू थाहा छ, कि तिमी न तातो न चिसो छौ । तिमी कि त तातो वा चिसो भएको म चाहन्थेँ ।
Знам твоја дела да ниси ни студен ни врућ. О да си студен или врућ!
16 त्यसैले, तिमी मनतातो, न तातो न चिसो छौ । यसैकारण, मैले तिमीलाई मेरो मुखबाट उकेलिदिन आँटेको छु ।
Тако, будући млак, и ниси ни студен ни врућ, избљуваћу те из уста својих.
17 किनकि तिमी भन्छौ, ‘म धनी छु र मसित धेरै भौतिक सम्पत्ति छन् र मलाई कुनै थोकको आवश्यक छैन ।’ तर तिमी दुःखित, दयनीय, गरिब, अन्धा र नाङ्गै छौ भनी तिमीलाई थाहा नै छैन ।
Јер говориш: Богат сам, и обогатио сам се, и ништа не потребујем; а не знаш да си ти несрећан, и невољан, и сиромах, и слеп, и го.
18 मेरो सल्लाहलाई ध्यान देऊः आगोद्वारा शुद्ध पारिएको सुन मबाट किन ताकि तिमी धनी हुन सक, र तिम्रो नाङ्गोपनको लाज ढाक्नलाई चम्किलो सेतो वस्त्र लगाऊ र तिम्रो नाङ्गोपनको लाज नदेखियोस्, र आफ्ना आँखामा मलहम लगाऊ ताकि तिमीले देख्न सक ।
Саветујем те да купиш у мене злато жежено у огњу, да се обогатиш; и беле хаљине, да се обучеш, и да се не покаже срамота голотиње твоје; и масти очном помажи очи своје да видиш.
19 मैले प्रेम गर्ने प्रत्येकलाई म तालिम दिन्छु, र तिनीहरू कसरी जिउनुपर्छ सो म तिनीहरूलाई सिकाउँछु । त्यसकारण, पश्चात्ताप गर र इमानदार होऊ ।
Ја које год љубим оне и карам и поучавам; постарај се дакле, и покај се.
20 हेर, म ढोकामा उभिरहन्छु र ढकढक्याइरहन्छु । यदि कसैले मेरो स्वर सुनेर ढोका खोल्छ भने, म उसको घरभित्र आउनेछु र उसँग खानेछु अनि उसले मसँग खानेछ ।
Ево стојим на вратима и куцам: ако ко чује глас мој и отвори врата, ући ћу к њему и вечераћу с њиме, и он са мном.
21 जसले जित्छ, उसलाई मेरो सिंहासनमा मसँग बस्नलाई अधिकार दिनेछु, जसरी मैले पनि जितेँ र त्यसरी नै म पनि मेरा पितासँग उहाँको सिंहासनमा बसेको छु ।
Који победи даћу му да седне са мном на престолу мом, као и ја што победих и седох с Оцем својим на престолу Његовом.
22 मण्डलीहरूलाई आत्माले के भन्दै हुनुहुन्छ, जसको कान छ उसले सुनोस् ।”
Ко има ухо нека чује шта говори Дух црквама.