< प्रकाश 22 +

1 त्यसपछि स्वर्गदूतले मलाई स्फटिकजस्तो सफा जीवनको पानीको नदी देखाए । यो परमेश्‍वर र थुमाको सिंहासनबाट बगिरहेको थियो ।
anantaraṁ sa sphaṭikavat nirmmalam amr̥tatōyasya srōtō mām a̮urśayat tad īśvarasya mēṣaśāvakasya ca siṁhāsanāt nirgacchati|
2 यो सहरको बिचभागको बाटो भएर बगेको थियो । नदीको हरेक छेउमा जीवनको रुख थियो, बाह्रै प्रकारका फल फलाउने र यसले प्रत्येक महिना आफ्नो फल फलाउँछ । रुखका पातहरू जाति-जातिहरूका निम्ति निको पार्नलाई हुन् ।
nagaryyā mārgamadhyē tasyā nadyāḥ pārśvayōramr̥tavr̥kṣā vidyantē tēṣāṁ dvādaśaphalāni bhavanti, ēkaikō vr̥kṣaḥ pratimāsaṁ svaphalaṁ phalati tadvr̥kṣapatrāṇi cānyajātīyānām ārōgyajanakāni|
3 त्यहाँ कुनै श्राप हुनेछैन । परमेश्‍वर र थुमाको सिंहासन सहरमा हुनुहुनेछ, र उहाँका सेवकहरूले उहाँको सेवा गर्नेछ्न् ।
aparaṁ kimapi śāpagrastaṁ puna rna bhaviṣyati tasyā madhya īśvarasya mēṣaśāvakasya ca siṁhāsanaṁ sthāsyati tasya dāsāśca taṁ sēviṣyantē|
4 तिनीहरूले उहाँको अनुहार देख्‍नेछन्, र उहाँको नाउँ तिनीहरूका निधारमा हुनेछ ।
tasya vadanadarśanaṁ prāpsyanti bhālēṣu ca tasya nāma likhitaṁ bhaviṣyati|
5 त्यहाँ कुनै रात हुनेछैन, तिनीहरूलाई ज्योतिका निम्ति बत्तीको आवश्यकता पर्दैन, न त सूर्यको प्रकाश नै आवश्यकता पर्नेछ किनकि परमप्रभु परमेश्‍वर नै तिनीहरूका ज्योति हुनुहुनेछ । तिनीहरूले सदासर्वदा राज्य गर्नेछन् । (aiōn g165)
tadānīṁ rātriḥ puna rna bhaviṣyati yataḥ prabhuḥ paramēśvarastān dīpayiṣyati tē cānantakālaṁ yāvad rājatvaṁ kariṣyantē| (aiōn g165)
6 स्वर्गदूतले मलाई भने, “यी वचनहरू विश्‍वासयोग्य र सत्य छन् । अगमवक्‍ताहरूका आत्माका परमप्रभु परमेश्‍वर छिट्टै के हुनुपर्छ भनी उहाँका सेवकहरूलाई देखाउन उहाँले आफ्नो स्वर्गदूतलाई पठाउनुभयो ।”
anantaraṁ sa mām avadat, vākyānīmāni viśvāsyāni satyāni ca, acirād yai rbhavitavyaṁ tāni svadāsān jñāpayituṁ pavitrabhaviṣyadvādināṁ prabhuḥ paramēśvaraḥ svadūtaṁ prēṣitavān|
7 “हेर, म चाँडै आउँदै छु । यस पुस्तकको अगमवाणीको वचन जसले पालन गर्छ, त्यो धन्यको हो ।”
paśyāhaṁ tūrṇam āgacchāmi, ētadgranthasya bhaviṣyadvākyāni yaḥ pālayati sa ēva dhanyaḥ|
8 म यूहन्‍ना हुँ, जसले यी कुराहरू सुनेँ र देखेँ । जब मैले सुनेँ र तिनलाई देखेँ, तब स्वर्गदूत जसले मलाई यी कुराहरू देखाए, म तिनको अगि दण्डवत् गर्न स्वर्गदूतको पाउमा घोप्टो परेँ ।
yōhanaham ētāni śrutavān dr̥ṣṭavāṁścāsmi śrutvā dr̥ṣṭvā ca taddarśakadūtasya praṇāmārthaṁ taccaraṇayōrantikē 'pataṁ|
9 तिनले मलाई भने, “त्यसो नगर । तिम्रा दाजुभाइ अगमवक्‍ताहरू र यस पुस्तकको वचन पालना गर्नेहरूका म सङ्गी दास मात्र हुँ । परमेश्‍वरको आराधना गर ।”
tataḥ sa mām avadat sāvadhānō bhava maivaṁ kr̥ru, tvayā tava bhrātr̥bhi rbhaviṣyadvādibhirētadgranthasthavākyapālanakāribhiśca sahadāsō 'haṁ| tvam īśvaraṁ praṇama|
10 तिनले मलाई भने, “यस पुस्तकको अगमवाणीका वचनहरूमा मोहर नलगाओ, किनभने समय नजिकै छ ।
sa puna rmām avadat, ētadgranthasthabhaviṣyadvākyāni tvayā na mudrāṅkayitavyāni yataḥ samayō nikaṭavarttī|
11 जो अधर्मी छ, त्यसले निरन्तर अधर्म गरिरहोस् । जो अनैतिक छ, त्यसले अनैतिक घृणित काम गरिरहोस् । जो धार्मिक छ, त्यसले धार्मिक काम गरिरहोस् । जो पवित्र छ, त्यो निरन्तर पवित्र रहिरहोस् ।”
adharmmācāra itaḥ paramapyadharmmam ācaratu, amēdhyācāra itaḥ paramapyamēdhyam ācaratu dharmmācāra itaḥ paramapi dharmmam ācaratu pavitrācāraścētaḥ paramapi pavitram ācaratu|
12 “हेर, म चाँडै आउँदै छु । हरेकले गरेको काम अनुसारको इनाम मसँग छ ।
paśyāhaṁ tūrṇam āgacchāmi, ēkaikasmai svakriyānuyāyiphaladānārthaṁ maddātavyaphalaṁ mama samavartti|
13 अल्‍फा र ओमेगा, पहिलो र पछिल्‍लो, सुरु र अन्‍त म नै हुँ ।
ahaṁ kaḥ kṣaśca prathamaḥ śēṣaścādirantaśca|
14 आफ्ना वस्‍त्र धुनेहरू धन्यका हुन् ताकि तिनीहरूले जीवनको रुखबाट खान र ढोकाहरूबाट सहरमा पस्‍ने अधिकार पाउन सकून् ।
amutavr̥kṣasyādhikāraprāptyarthaṁ dvārai rnagarapravēśārthañca yē tasyājñāḥ pālayanti ta ēva dhanyāḥ|
15 कुकुरहरू, मन्‍त्रतन्‍त्र गर्नेहरू, अश्‍लील काम गर्नेहरू, हत्याराहरू, मूर्तिपूजकहरू, र झुटा कुरा अभ्यास गर्ने र प्रेम गर्न मन पराउने हरेक बाहिर हुन्छन् ।
kukkurai rmāyāvibhiḥ puṅgāmibhi rnarahantr̥bhi rdēvārccakaiḥ sarvvairanr̥tē prīyamāṇairanr̥tācāribhiśca bahiḥ sthātavyaṁ|
16 म येशूले मेरा स्वर्गदूतलाई मण्डलीहरूका यी कुराहरूबारे गवाहीको निम्ति पठाएको छु । म दाऊदको वंश र मुल, बिहानको चम्किलो तारा हुँ ।”
maṇḍalīṣu yuṣmabhyamētēṣāṁ sākṣyadānārthaṁ yīśurahaṁ svadūtaṁ prēṣitavān, ahamēva dāyūdō mūlaṁ vaṁśaśca, ahaṁ tējōmayaprabhātīyatārāsvarūpaḥ|
17 पवित्र आत्मा र दुलही भन्‍नुहुन्छ, “आओ ।” जसले सुन्छ त्यसले यसो भनोस्, “आओ ।” जो तिर्खाएको छ, त्यसलाई आउन देऊ, र जसले यसको इच्छा गर्छ, त्यसले जीवनको पानी सित्तैँमा पिओस् ।
ātmā kanyā ca kathayataḥ, tvayāgamyatāṁ| śrōtāpi vadatu, āgamyatāmiti| yaśca tr̥ṣārttaḥ sa āgacchatu yaścēcchati sa vinā mūlyaṁ jīvanadāyi jalaṁ gr̥hlātu|
18 यस पुस्तकको अगमवाणीका वचनहरू सुन्‍ने हरेकलाई म चेताउनी दिन्छु । यदि कसैले तिनमा थप्छ भने, यस पुस्तकमा लेखिएका विपत्तिहरू परमेश्‍वरले त्यसमाथि थपिदिनुहुनेछ ।
yaḥ kaścid ētadgranthasthabhaviṣyadvākyāni śr̥ṇōti tasmā ahaṁ sākṣyamidaṁ dadāmi, kaścid yadyaparaṁ kimapyētēṣu yōjayati tarhīśvarōgranthē'smin likhitān daṇḍān tasminnēva yōjayiṣyati|
19 यदि कसैले यस अगमवाणीको पुस्तकका वचनहरूबाट केही निकाल्यो भने, परमेश्‍वरले यस पुस्तकमा लेखिएका जीवनको रुख र पवित्र सहरको भागदेखि त्यसलाई निकालिदिनुहुनेछ ।
yadi ca kaścid ētadgranthasthabhaviṣyadvākyēbhyaḥ kimapyapaharati tarhīśvarō granthē 'smin likhitāt jīvanavr̥kṣāt pavitranagarācca tasyāṁśamapahariṣyati|
20 यी कुराका गवाही दिने जसले भन्‍नुहुन्छ, “हो, म चाँडै आउँदै छु ।” आमेन! आउनुहोस्, हे प्रभु येशू ।
ētat sākṣyaṁ yō dadāti sa ēva vakti satyam ahaṁ tūrṇam āgacchāmi| tathāstu| prabhō yīśō, āgamyatāṁ bhavatā|
21 प्रभु येशूको अनुग्रह हरेकसँग रहोस् । आमेन ।
asmākaṁ prabhō ryīśukhrīṣṭasyānugrahaḥ sarvvēṣu yuṣmāsu varttatāṁ|āmēn|

< प्रकाश 22 +