< प्रकाश 20 >
1 तब मैले स्वर्गबाट तल झरिरहेको एउटा स्वर्गदूतलाई देखेँ । उनीसँग अगाध खाँदको साँचो र एउटा ठुलो साङ्लो उनको हातमा थियो । (Abyssos )
And I saw an angel descending out of heaven holding the key of the Abyss and a chain great in the hand of him. (Abyssos )
2 उनले अजिङ्गर अर्थात् त्यो प्राचीन सर्पलाई पक्रे, जो दुष्ट वा शैतान हो । उनले त्यसलाई एक हजार वर्षका निम्ति बाँधे ।
And he seized the dragon, (the serpent ancient, *N(k)O*) who is [the] devil and (*no*) Satan; (who is deceiving the world all *O*) and bound him for a thousand years
3 उनले त्यसलाई अगाद खाँदमा फालिदिए र यसलाई बन्द गरे र त्यसमाथि मोहोर लगाइदिए । एक हजार वर्ष पुरा नभएसम्म त्यसले जाति-जातिहरूलाई छल गर्न नपाओस् भनी यसो गरिएको थियो । त्यसपछि त्यसलाई केही समयका निम्ति स्वतन्त्र गरिनुपर्छ । (Abyssos )
And he cast him into the Abyss and shut (him *k*) and sealed [it] over him, so that not (he may deceive *NK(o)*) any longer the nations until may be completed the thousand years. (and *k*) After these things it is necessary for to be released him for a little time. (Abyssos )
4 अनि मैले सिंहासनहरू देखेँ । त्यसमाथि बस्नुहुनेलाई न्याय गर्ने अधिकार दिइएको थियो । मैले परमेश्वरको वचन र येशूको गवाहीका निम्ति शिर काटिएका आत्माहरूलाई पनि देखेँ । तिनीहरूले पशु वा मूर्तिहरूलाई आराधना गरेनन्, र तिनीहरूले आफ्नो निधारमा वा हातमा छाप लगाउनलाई इन्कार गरे । तिनीहरू जीवित भए, र येशूसँगै एक हजार वर्षसम्म राज्य गरे ।
And I saw thrones, and they sat upon them and judgment was given to them, and the souls of those beheaded because of the testimony of Jesus and because of the word of God, and those who not did worship (the beast nor *N(k)O*) the image of him and not did take the mark upon the forehead (of them *k*) and upon the hand of them, And they lived and they reigned with Christ (the *k*) thousand years.
5 बाँकी रहेका मृतकहरू हजार वर्षको अन्त्य नभएसम्म जीवित भएनन् । यो पहिलो पुनरुत्थान हो ।
(now *k(o)*) The rest of the dead not (lived *N(K)O*) (until *N(k)O*) may have been completed the thousand years. This [is] the resurrection first.
6 पहिलो पुनरुत्थानमा सहभागी हुनेहरू जो कोही पनि पवित्र र धन्यका हुन् । यिनीहरूमाथि दोस्रो मृत्युको कुनै शक्ति हुँदैन । तिनीहरूले परमेश्वर र ख्रीष्टका पुजारीहरू भएर एक हजार वर्षसम्म उहाँसँगै राज्य गर्नेछन् ।
Blessed and holy [is] the [one] having a part in the resurrection first! Over these the second death not has power, but they will be priests of God and of Christ and will reign with Him (*no*) a thousand years.
7 जब एक हजार वर्षको अन्त्य हुन्छ, तब शैतानलाई त्यसको कैदबाट छोडिनेछ ।
And when may have been completed the thousand years, will be released Satan out of the prison of him
8 पृथ्वीको चारै कुनामा भएका जातिहरूलाई छल गर्न त्यो बहिर जानेछ, गोग र मागोगले तिनीहरूलाई युद्धका निम्ति सँगै ल्याउनेछन् । तिनीहरू समुद्रको बालुवासरह अनगिन्ती हुनेछन् ।
and will go out to deceive the nations in the four corners of the earth, Gog and (*ko*) Magog, to gather together them unto the war, of whom the number [is] (of them *no*) like the sand of the sea.
9 तिनीहरू पृथ्वीको चारैतिर गएर विश्वासीहरूको छाउनीवरिपरि र प्रिय सहरलाई घेरे । तर स्वर्गबाट आगो तल झरेर तिनीहरूलाई नष्ट पार्यो ।
And they marched up over the breadth of the earth and (encircled *N(k)O*) the camp of the saints and the city which beloved. But came down fire (from God *KO*) out of heaven and devoured them.
10 तिनीहरूलाई छल गर्ने त्यस दुष्टलाई गन्धकको जलिरहेको कुण्डमा फालियो, जहाँ पशु र झुटा अगमवक्ता फ्याँकिएका थिए । तिनीहरूले दिनरात सदाकाल यातना भोग्नेछन् । (aiōn , Limnē Pyr )
And the devil who is deceiving them he was cast into the lake of fire and of sulfur where [are] (also *no*) the beast and the false prophet, and they will be tormented day and night to the ages of the ages. (aiōn , Limnē Pyr )
11 त्यसपछि मैले एउटा महान् सेतो सिंहासन र त्यसमाथि विराजमान हुनुहुनेलाई देखेँ । उहाँको उपस्थितिबाट स्वर्ग र पृथ्वी भागेर टाढा गए, तर तिनीहरूका लागि जान त्यहाँ कुनै ठाउँ थिएन ।
And I saw a throne great white and the [One] sitting (on *NK(o)*) (it, *N(k)O*) whose from (*no*) face fled the earth and heaven and place not was found for them.
12 मैले शक्तिशाली र कमजोर मृतकहरूलाई सिंहासनको अगाडि उभिरहेको देखेँ र पुस्तकहरू खोलिए । तब अर्को पुस्तक अर्थात् जीवनको पुस्तक पनि खोलिएको थियो । ती पुस्तकहरूमा लेखिएका विवरणअनुसार तिनीहरूका कामहरूका आधारमा मृतकहरूको न्याय भयो ।
And I saw the dead, great and small, standing before the (throne, *N(K)O*) and books (were opened. *N(k)O*) And another book (was opened *N(k)O*) which is the [one] of life. And were judged the dead out of the [things] written in the books according to the deeds of them.
13 समुद्रमा भएका मृतकहरूलाई त्यसले फिर्ता गरिदियो । मृत्यु र पातालले तिनीहरूमा भएका मृतकहरूलाई दिए, र तिनीहरूले गरेका कामअनुसार मृतकहरूको न्याय भयो । (Hadēs )
And gave up the sea the dead who were in her, and Death and Hades gave up the dead who were in them, and they were judged each [of them] according to the works of them. (Hadēs )
14 मृत्यु र पाताल अग्नि-कुण्डमा फालिए । यो अग्नि-कुण्ड दोस्रो मृत्यु हो । (Hadēs , Limnē Pyr )
And Death and Hades were cast into the lake of fire; This the death second is (the lake of fire. *NO*) (Hadēs , Limnē Pyr )
15 जीवनको पुस्तकमा कसैको नाउँ लेखिएको नभेट्टाइएमा त्यसलाई अग्नि-कुण्डमा फालियो । (Limnē Pyr )
And if anyone not was found in (the book *NK(o)*) of life written, he was cast into the lake of fire. (Limnē Pyr )