< प्रकाश 2 >
1 “एफिससको मण्डलीका दूतलाई लेखः ‘जसले आफ्नो दाहिने हातमा सातवटा तारा लिनुहुने र जो सातवटा सुनका सामदानहरूका माझमा हिँड्नुहुनेका वचनहरू यिनै हुन् ।
iphiṣasthasamitē rdūtaṁ prati tvam idaṁ likha; yō dakṣiṇakarēṇa sapta tārā dhārayati saptānāṁ suvarṇadīpavr̥kṣāṇāṁ madhyē gamanāgamanē karōti ca tēnēdam ucyatē|
2 तिमीले गरेका काम, तिम्रो कडा परिश्रम, तिम्रो धैर्य र सहनशिलता मलाई थाहा छ । तिमीले दुष्ट मानिसहरूलाई सहन सक्दैनौ । आफैँलाई प्रेरितहरू भनी दाबी गर्नेहरूलाई तिमीले जाँचिसकेका छौ, तर ती होइनन्, र तिमीले तिनीहरूलाई झुटा भेट्टाएका छौ ।
tava kriyāḥ śramaḥ sahiṣṇutā ca mama gōcarāḥ, tvaṁ duṣṭān sōḍhuṁ na śaknōṣi yē ca prēritā na santaḥ svān prēritān vadanti tvaṁ tān parīkṣya mr̥ṣābhāṣiṇō vijñātavān,
3 मलाई थाहा छ, कि तिमीमा धैर्य सहनशिलता छ, अनि मेरो नाउँको खातिर तिमीले धेरै दुःख भोगेका छौ र पनि थकित भएका छैनौ ।
aparaṁ tvaṁ titikṣāṁ vidadhāsi mama nāmārthaṁ bahu sōḍhavānasi tathāpi na paryyaklāmyastadapi jānāmi|
4 तर तिम्रो विरुद्धमा मसँग वास्तविक कुरा छः तिमीले आफ्नो पहिलो प्रेमलाई त्यागेका छौ ।
kiñca tava viruddhaṁ mayaitat vaktavyaṁ yat tava prathamaṁ prēma tvayā vyahīyata|
5 यसकारण, तिमी कहाँबाट पतन भयौ सो सम्झ । तिमीले पहिले गरेका कामहरू गर र पश्चात्ताप गर । म तिमीकहाँ आउनेछु र तिमीले पश्चात्ताप नगरेसम्म म तिम्रो सामदानलाई त्यसको ठाउँबाट हटाइदिनेछु ।
ataḥ kutaḥ patitō 'si tat smr̥tvā manaḥ parāvarttya pūrvvīyakriyāḥ kuru na cēt tvayā manasi na parivarttitē 'haṁ tūrṇam āgatya tava dīpavr̥kṣaṁ svasthānād apasārayiṣyāmi|
6 तर तिमीमा यो छ । निकोलाइटसहरूले गरेका कामलाई तिमीले घृणा गरेका छौ, जसलाई म पनि घृणा गर्छु ।
tathāpi tavēṣa guṇō vidyatē yat nīkalāyatīyalōkānāṁ yāḥ kriyā aham r̥tīyē tāstvamapi r̥tīyamē|
7 मण्डलीहरूलाई आत्माले के भन्नुहुन्छ, जसको कान छ त्यसले सुनोस् । जसले जित्छ, त्यसलाई म जीवनको रुखबाट खाने अनुमति दिनेछु जुनचाहिँ परमेश्वरको स्वर्गलोक हो’ ।”
yasya śrōtraṁ vidyatē sa samitīḥ pratyucyamānām ātmanaḥ kathāṁ śr̥ṇōtu| yō janō jayati tasmā aham īśvarasyārāmasthajīvanatarōḥ phalaṁ bhōktuṁ dāsyāmi|
8 “स्मुर्नाको मण्डलीका दूतलाई लेखः ‘जो सुरु र अन्त्य हुनुहुन्छ यी वचनहरू उहाँका हुन्, जो मर्नुभएको थियो र जो फेरि जीवित हुनुभयो ।
aparaṁ smurṇāsthasamitē rdūtaṁ pratīdaṁ likha; ya ādirantaśca yō mr̥tavān punarjīvitavāṁśca tēnēdam ucyatē,
9 मलाई तिम्रा कष्टहरू र गरिबी थाहा छ, तर तिमी धनी छौ । अनि तिम्रो निन्दा गर्नेहरू जसले आफैलाई यहूदी हुँ भनी दाबी गर्छन्, तर तिनीहरू होइनन्, तिनीहरू त शैतानका सभाघर हुन् ।
tava kriyāḥ klēśō dainyañca mama gōcarāḥ kintu tvaṁ dhanavānasi yē ca yihūdīyā na santaḥ śayatānasya samājāḥ santi tathāpi svān yihūdīyān vadanti tēṣāṁ nindāmapyahaṁ jānāmi|
10 तिमीले भोग्नै लागेको कष्टको बारेमा नडराऊ । हेर! शैतानले तिमीहरूमध्ये केहीलाई जाँच्नको लागि झ्यालखानामा हाल्न आँटेको छ र दस दिनका निम्ति तिमीले कष्ट भोग्नेछौ । मृत्युसम्मै विश्वासयोग्य होऊ र म तिमीलाई जीवनको मुकुट दिनेछु ।
tvayā yō yaḥ klēśaḥ sōḍhavyastasmāt mā bhaiṣīḥ paśya śayatānō yuṣmākaṁ parīkṣārthaṁ kāṁścit kārāyāṁ nikṣēpsyati daśa dināni yāvat klēśō yuṣmāsu varttiṣyatē ca| tvaṁ mr̥tyuparyyantaṁ viśvāsyō bhava tēnāhaṁ jīvanakirīṭaṁ tubhyaṁ dāsyāmi|
11 आत्माले मण्डलीहरूलाई के भन्दै हुनुहुन्छ, जसको कान छ त्यसले सुनोस् । विजय प्राप्त गर्नेलाई दोस्रो मृत्युद्वारा चोट पुर्याइनेछैन’ ।”
yasya śrōtraṁ vidyatē sa samitīḥ pratyucyamānām ātmanaḥ kathāṁ śr̥ṇōtu| yō jayati sa dvitīyamr̥tyunā na hiṁsiṣyatē|
12 “पर्गाममको मण्डलीका दूतलाई लेखः ‘यो वचन दुई-धारे धारिलो तरवार साथमा हुनुहुनेको हो ।
aparaṁ pargāmasthasamitē rdūtaṁ pratīdaṁ likha, yastīkṣṇaṁ dvidhāraṁ khaṅgaṁ dhārayati sa ēva bhāṣatē|
13 मलाई थाहा छ तिमी कहाँ बस्छौ, त्यहाँ शैतानको सिंहासन छ । तरै पनि तिमीले मेरो नाउँलाई दह्रो गरी पक्रिरखेका छौ । अनि शैतान बस्ने ठाउँमा मारिएका मेरा विश्वासयोग्य साक्षी एन्टिपासको समयमा पनि तिमीले ममाथि भएको विश्वासलाई इन्कार गरेनौ ।
tava kriyā mama gōcarāḥ, yatra śayatānasya siṁhāsanaṁ tatraiva tvaṁ vasasi tadapi jānāmi| tvaṁ mama nāma dhārayasi madbhaktērasvīkārastvayā na kr̥tō mama viśvāsyasākṣiṇa āntipāḥ samayē 'pi na kr̥taḥ| sa tu yuṣmanmadhyē 'ghāni yataḥ śayatānastatraiva nivasati|
14 तर तिम्रो विरुद्धमा मसित केही कुरा छन्ः तिमीमध्ये कोही-कोहीले इस्राएलका छोराछोरीहरूले मूर्तिलाई बलिदान गरेको खानेकुरा खाऊन् र अनैतिक यौनमा लागून् भन्ने हेतुले ठेस लाग्ने ढुङ्गा ती छोराछोरीहरूको अगि फ्याँक्न लगाउने बालकलाई सिकाउने बालामको शिक्षालाई दह्रो गरी पक्रेका छन् ।
tathāpi tava viruddhaṁ mama kiñcid vaktavyaṁ yatō dēvaprasādādanāya paradāragamanāya cēsrāyēlaḥ santānānāṁ sammukha unmāthaṁ sthāpayituṁ bālāk yēnāśikṣyata tasya biliyamaḥ śikṣāvalambinastava kēcit janāstatra santi|
15 त्यसै गरी, तिमीहरूमध्ये कोही-कोही निकोलाइटसका शिक्षाहरूलाई दह्रो गरी पक्रनेहरू पनि छन् ।
tathā nīkalāyatīyānāṁ śikṣāvalambinastava kēcit janā api santi tadēvāham r̥tīyē|
16 त्यसैकारण, पश्चात्ताप गर! यदि पश्चात्ताप गरेनौ भने, म तिमीकहाँ चाँडै आउनेछु र तिम्रो विरुद्धमा मेरो मुखको तरवारले युद्ध गर्नेछु ।
atō hētōstvaṁ manaḥ parivarttaya na cēdahaṁ tvarayā tava samīpamupasthāya madvaktasthakhaṅgēna taiḥ saha yōtsyāmi|
17 जसको कान छ, त्यसले सुनोस्, आत्माले मण्डलीहरूलाई के भन्दै हुनुहुन्छ । जसले जित्छ, उसलाई म लुकाइएको केही मन्न दिनेछु, र पत्थरमा एउटा नयाँ नाउँ लेखिएको सेतो पत्थर म उसलाई दिनेछु, तर त्यो नाउँ पाउनेले बाहेक अरू कसैले पनि जान्दैन’ ।”
yasya śrōtraṁ vidyatē sa samitīḥ pratyucyamānām ātmanaḥ kathāṁ śr̥ṇōtu| yō janō jayati tasmā ahaṁ guptamānnāṁ bhōktuṁ dāsyāmi śubhraprastaramapi tasmai dāsyāmi tatra prastarē nūtanaṁ nāma likhitaṁ tacca grahītāraṁ vinā nānyēna kēnāpyavagamyatē|
18 “थिआटीराको मण्डलीका दूतलाई लेखः ‘यी वचनहरू परमेश्वरका पुत्रका हुन्, जसका आँखा आगोको ज्वालाजस्ता र पाउ भट्टीमा टल्कने काँसाजस्ता छन् ।
aparaṁ thuyātīrāsthasamitē rdūtaṁ pratīdaṁ likha| yasya lōcanē vahniśikhāsadr̥śē caraṇau ca supittalasaṅkāśau sa īśvaraputrō bhāṣatē,
19 तिम्रो प्रेम, विश्वास, सेवा, तिम्रो धैर्यवान् सहनशिलता र तिमीले गरेका कामहरू मलाई थाहा छ । तिमीले अहिले जे गरेका छौ, त्यो पहिले गरेका कामहरूभन्दा बढी महत्त्वका छन् ।
tava kriyāḥ prēma viśvāsaḥ paricaryyā sahiṣṇutā ca mama gōcarāḥ, tava prathamakriyābhyaḥ śēṣakriyāḥ śrēṣṭhāstadapi jānāmi|
20 तर मसँग तिम्रो विरुद्धमा यो कुरा छः जसले आफैँलाई अगमवादिनी भन्ने स्त्री ईजेबेललाई तिमीले सहेका छौ । त्यसका शिक्षाद्वारा मेरा सेवकहरूलाई अनैतिक पाप गर्न र मूर्तिहरूलाई चढाएका खानेकुरा खान लगाउँछे ।
tathāpi tava viruddhaṁ mayā kiñcid vaktavyaṁ yatō yā īṣēbalnāmikā yōṣit svāṁ bhaviṣyadvādinīṁ manyatē vēśyāgamanāya dēvaprasādāśanāya ca mama dāsān śikṣayati bhrāmayati ca sā tvayā na nivāryyatē|
21 मैले त्यसलाई पश्चात्ताप गर्ने समय दिएँ, तर त्यसले आफ्नो अनैतिक पापको पश्चात्ताप गर्ने इच्छा गरिन ।
ahaṁ manaḥparivarttanāya tasyai samayaṁ dattavān kintu sā svīyavēśyākriyātō manaḥparivarttayituṁ nābhilaṣati|
22 हेर! म त्यसलाई रोगी-ओछ्यानमा फालिदिनेछु, र त्यससँग व्यभिचार गर्नेहरूलाई त्यसले गरेको कामको निम्ति पश्चात्ताप नगरेसम्म ठुलो कष्टमा पार्नेछु ।
paśyāhaṁ tāṁ śayyāyāṁ nikṣēpsyāmi, yē tayā sārddhaṁ vyabhicāraṁ kurvvanti tē yadi svakriyābhyō manāṁsi na parāvarttayanti tarhi tānapi mahāklēśē nikṣēpsyāmi
23 म त्यसका छोराछोरीहरूलाई रुढीले मारिदिनेछु, अनि म नै हुँ जसले विचार र हृदयहरूको खोजी गर्दछु भनी सबै मण्डलीले जान्नेछन् । म प्रत्येकलाई त्यसको कामअनुसारको प्रतिफल दिनेछु ।
tasyāḥ santānāṁśca mr̥tyunā haniṣyāmi| tēnāham antaḥkaraṇānāṁ manasāñcānusandhānakārī yuṣmākamēkaikasmai ca svakriyāṇāṁ phalaṁ mayā dātavyamiti sarvvāḥ samitayō jñāsyanti|
24 तर तिमीहरू थिआटीरामा बाँकी रहेकाहरू हरेक जसले यस शिक्षालाई पक्रदैन, र कतिपयले शैतानका गहिरा कुराहरू जान्दैन, तिमीहरूलाई म भन्दछु, कि तिमीहरूमाथि अरू कुनै भार बोकाउनेछैनँ ।
aparam avaśiṣṭān thuyātīrasthalōkān arthatō yāvantastāṁ śikṣāṁ na dhārayanti yē ca kaiścit śayatānasya gambhīrārthā ucyantē tān yē nāvagatavantastānahaṁ vadāmi yuṣmāsu kamapyaparaṁ bhāraṁ nārōpayiṣyāmi;
25 जस्तोसुकै समयमा पनि म नआउन्जेलसम्म तिमीले यसलाई दरिलोसँग पक्री राख ।
kintu yad yuṣmākaṁ vidyatē tat mamāgamanaṁ yāvad dhārayata|
26 जसले जित्छ र अन्त्यसम्म मैले गरेका काम जसले गर्छ, उसलाई म जाति-जातिहरूमाथि अधिकार दिनेछु ।
yō janō jayati śēṣaparyyantaṁ mama kriyāḥ pālayati ca tasmā aham anyajātīyānām ādhipatyaṁ dāsyāmi;
27 कुमालेका माटाका भाँडाहरूलाई उसले टुक्रा-टुक्रा पारेजस्तै उसले फलामको छडीले तिनीहरूमाथि शासन गर्नेछ ।
pitr̥tō mayā yadvat kartr̥tvaṁ labdhaṁ tadvat sō 'pi lauhadaṇḍēna tān cārayiṣyati tēna mr̥dbhājanānīva tē cūrṇā bhaviṣyanti|
28 मैले मेरा पिताबाट प्राप्त गरेजस्तै उसलाई म बिहानको तारा दिनेछु ।
aparam ahaṁ tasmai prabhātīyatārām api dāsyāmi|
29 जसको कान छ उसले सुनोस्, आत्माले मण्डलीहरूलाई के भन्दै हुनुहुन्छ’ ।”
yasya śrōtraṁ vidyatē sa samitīḥ pratyucyamānām ātmanaḥ kathāṁ śr̥ṇōtu|