< प्रकाश 19 >
1 यी कुरापछि मैले ठुलो सङ्ख्यामा भएका मानिसहरूले चर्को सोरले स्वर्गमा यस भनिरहेको जस्तो सुनेँ, “हल्लेलूयाह! मुक्ति, महिमा र शक्ति हाम्रा परमेश्वरका हुन् ।
And after these things, I heard a loud voice of a great multitude in heaven, saying: Hallelujah: Deliverance, and strength, and glory, and honor, unto our God:
2 उहाँको इन्साफ सत्य र न्यायपूर्ण छन् । किनभने उहाँले महान् व्यभिचारीणीलाई इन्साफ गर्नुभएको छ, जसले पृथ्वीलाई त्यसको अनैतिक यौनले भ्रष्ट पारेकी छे । उहाँले आफ्ना दासहरूका रगतको निम्ति बदला लिनुभएको छ, जुन त्यो आफैँले बगाएकी थिई ।”
for, true and righteous are his judgments; for he hath judged that great harlot, who corrupted the earth with her whoredom; and hath avenged the blood of his servants at her hand.
3 तिनीहरूले दोस्रो चोटि भने, “हल्लेलूयाह! त्यसबाटै सदाकालका निम्ति धुवाँ निस्किरहन्छ ।” (aiōn )
And again they said: Hallelujah: and her smoke ascendeth up for ever and ever. (aiōn )
4 चौबिस जना एल्डर र चार जीवित प्राणीहरू आफैँले भुइँसम्मै घोप्टो परेर सिंहासनमा विराजमान हुनुभएका परमेश्वरलाई दण्डवत् गर्दै आराधना गरे । तिनीहरूले “आमेन । हल्लेलूयाह!” भनिरहेका थिए ।
And the twenty-four Elders fell down, and the four Animals, and worshipped God who sitteth on the throne, saying: Amen: Hallelujah!
5 त्यसपछि सिंहासनबाट यसो भन्ने एउटा आवाज आयो, “तिमीहरू सबै उहाँका दासहरू हौ जसले उहाँको भय मान्दछन्, हाम्रा परमेश्वरको प्रशंसा गर ।”
And a voice came forth from the throne, saying: Praise our God, all ye his servants; and such as fear him, small and great.
6 अनि एउटा ठुलो भिडको आवाज जस्तो सोर, धेरै पानीको आवाज र गर्जनजस्तोले “हल्लेलूयाह” भनिरहेको मैले सुनेँ किनभने हाम्रा परमप्रभु सर्वशक्तिमान् परमेश्वरले राज्य गर्नुहुन्छ ।
And I heard, as it were the voice of a great multitude, and as the voice of many waters, and as the voice of heavy thunders, saying: Hallelujah; for our Lord God, Omnipotent, reigneth.
7 हामी आनन्दित होऔँ र खुसी मनाऔँ, र उहाँलाई महिमा दिऔँ किनभने थुमाका विवाहको उत्सव मनाउने दिन आएको छ, उहाँकी दुलहीले आफैँलाई तयार बनाएकी छन् ।”
Let us rejoice and exult, and give glory to him: for the marriage supper of the Lamb hath come, and his bride hath made herself ready.
8 तिनलाई मलमलको वस्त्र लगाउन अनुमति दिइयो, (किनकि मलमलको वस्त्र उहाँका पवित्र मानिसहरूका धार्मिक कार्यहरू हुन् ) ।
And it was granted her to be clothed in fine linen, bright and clean: for fine linen is the righteousnesses of the saints.
9 स्वर्गदूतले मलाई भने, “यो लेखः ‘थुमाको विवाहको भोजमा निमन्त्रणा गरिएकाहरू धन्यका हुन् ।’ उनले मलाई यो पनि भने, ‘यी परमेश्वरका सत्य वचन हुन् ।’
And he said to me, Write; Blessed are they who are called to the supper of the marriage feast of the Lamb. And he said to me, These my sayings are the true words of God.
10 उनलाई आराधना गर्न म उनको खुट्टा अगाडि घोप्टो परेँ, तर उनले मलाई “यसो नगर भन्नुभयो, किनभने म येशूको बारेमा गवाही राख्ने तिम्रा भाइहरू र एक सङ्गी दास मात्र हुँ । परमेश्वरको आराधना गर, किनभने येशूको बारेमा भएको गवाही अगमवाणीका आत्मा हुनुहुन्छ ।”
And I fell at his feet, to worship him. And he said to me, See, thou do it not; I am thy fellow-servant, and of those thy brethren who have the testimony of Jesus. Worship ye God: for the testimony of Jesus is the spirit of prophecy.
11 तब मैले स्वर्ग खोलिएको देखेँ, र मैले हेरेँ त्यहाँ एउटा सेतो घोडा थियो । त्यसमाथि सवार हुनुहुनेलाई सत्य र विश्वासयोग्य भनिन्थ्यो । उहाँले न्यायपूर्ण रूपमा इन्साफ र युद्ध गर्नुहुन्छ ।
And I saw heaven opened: and lo, a white horse; and he that sat on it, is called Faithful and True: and in righteousness he judgeth, and maketh war.
12 उहाँका आँखा आगोको ज्वालाजस्ता र उहाँका शिरमा धेरै मुकुट थिए । उहाँमाथि लेखिएको नाउँ उहाँलाई बाहेक अरू कसैलाई थाहा थिएन ।
His eyes were like a flame of fire, and on his head were many diadems; and he had names inscribed; and the name which was written on him, no one knew, except himself.
13 उहाँले रगतमा चोबलिएको वस्त्र पहिरिनुभएको थियो, र उहाँको नाउँलाई परमेश्वरको वचन भनेर बोलाइन्थ्यो ।”
And he was clothed with a vesture sprinkled with blood; and his name is called, The Word of God.
14 मलमलका सफा कपडा पहिरिएर स्वर्गका सेनाहरू सेतो घोडामा उहाँलाई पछ्याइरहे ।
And the soldiery of heaven followed him, on white horses, clad in garments of fine linen, pure and white.
15 जाति-जातिहरूलाई प्रहार गर्न उहाँको मुखबाट धारिलो तरवार निस्कन्छ, र उहाँले तिनीहरूमाथि फलामको डन्डाले शासन गर्नुहुनेछ । सर्वशक्तिमान् परमेश्वरको क्रोधले दाखको कोललाई कुल्चन्छ ।
And from his mouth issued a sharp two-edged sword, that with it he could smite the nations; and he will rule the nations with a rod of iron; and he will tread the wine-press of the wrath of God Almighty.
16 उहाँको पोशाक र तिघ्रामा “राजाहरूका राजा र प्रभुहरूका प्रभु” भनी एउटा नाउँ लेखिएको छ ।
And he hath upon his vesture and upon his thigh the words written: King of kings, and Lord of lords.
17 मैले एउटा स्वर्गदूतलाई सूर्यमा उभिरहेको देखेँ । तिनले माथि उडिरहेका चराहरू सबैलाई ठुलो सोरले बोलाए, “आओ, सबै परमेश्वरको ठुलो भोजका निम्ति भेला होओ ।
And I saw an angel standing in the sun; and he cried with a loud voice, saying to all the fowls that fly in the midst of heaven: Come ye, assemble unto this great supper of God;
18 तिमीहरूले राजाहरू, कप्तानहरू, शक्तिशाली मानिसहरू, घोडाहरू र त्यसमाथि सवार हुनेहरू, सबै मानिसहरू, दास र स्वतन्त्र दुवै, कमजोर र शक्तिशाली सबैका मासु खानेछौ ।”
that ye may eat the flesh of kings, and the flesh of captains of thousands, and the flesh of valiant men, and the flesh of horses and of those who sit on them, and the flesh of all the free-born and of slaves, and of the small and the great.
19 मैले पशु र पृथ्वीका राजाहरूलाई तिनीहरूका सेनाहरूका साथमा देखेँ । तिनीहरू घोडामाथि सवार हुनुहुने र उहाँका सेनाहरूसँग युद्ध गर्न भेला भएका थिए ।
And I saw the beast of prey, and the kings of the earth, and their warriors, that they assembled to wage battle with him who sat on the white horse, and with his warriors.
20 उहाँको उपस्थितिमा आश्चर्य कामहरू प्रदर्शन गर्ने झुटा अगमवक्तासँगै त्यो पशु पक्राउ पर्यो । यी चिह्नद्वारा त्यो झुटा अगमवक्ताले त्यस पशुको छाप लगाउने र त्यसको प्रतिरूपको आराधना गर्नेहरूलाई छल गर्यो । तिनीहरूमध्ये दुई जनालाई बलिरहेको गन्धकको अग्नि-कुण्डमा जिउँदै फालियो । (Limnē Pyr )
And the beast of prey was captured, and the false prophet that was with him, who did those prodigies before him, whereby he seduced them who had received the mark of the beast of prey and who worshipped his image. And they were both cast alive into the lake of fire, which burneth with sulphur. (Limnē Pyr )
21 तिनीहरूमध्ये बाँकी रहेकाहरूलाई घोडा सवारको मुखबाट निस्केको तरवारद्वारा मारियो । तिनीहरूको मृत शरीरलाई सबै चराले खाए ।
And the rest were slain by the sword of him that sat on the horse, by that sword which issueth from his mouth: and all the fowls were satiated with their flesh.