< प्रकाश 19 >

1 यी कुरापछि मैले ठुलो सङ्ख्यामा भएका मानिसहरूले चर्को सोरले स्वर्गमा यस भनिरहेको जस्तो सुनेँ, “हल्लेलूयाह! मुक्‍ति, महिमा र शक्‍ति हाम्रा परमेश्‍वरका हुन् ।
Nikwakayinda zintu ezi ndakamvwa chakamvwikka aanga mongololo wajwi pati lyabantu bingi kujulu kalilo kwita aanze, “Haleluya. lufutuko, bulemu, amanguzu nga Leza wesu.
2 उहाँको इन्साफ सत्य र न्यायपूर्ण छन् । किनभने उहाँले महान् व्यभिचारीणीलाई इन्साफ गर्नुभएको छ, जसले पृथ्‍वीलाई त्यसको अनैतिक यौनले भ्रष्‍ट पारेकी छे । उहाँले आफ्ना दासहरूका रगतको निम्ति बदला लिनुभएको छ, जुन त्यो आफैँले बगाएकी थिई ।”
Bubetesi bwakwe mbwakasimpe kabululeme, nkambo wakabeteka simwaba mupti oyo wakasofwazya inyika abwaamu amamambe wakabwedezya igaze lyamulanda, wakwe kuzwa kujanza lyakwe.”
3 तिनीहरूले दोस्रो चोटि भने, “हल्लेलूयाह! त्यसबाटै सदाकालका निम्ति धुवाँ निस्किरहन्छ ।” (aiōn g165)
Bkaambula lubo lwabili, “Haleluya! Busi bwakabuka kuzwa kulinguwe kwalyonse alyoonse. (aiōn g165)
4 चौबिस जना एल्डर र चार जीवित प्राणीहरू आफैँले भुइँसम्मै घोप्टो परेर सिंहासनमा विराजमान हुनुभएका परमेश्‍वरलाई दण्डवत् गर्दै आराधना गरे । तिनीहरूले “आमेन । हल्लेलूयाह!” भनिरहेका थिए ।
Bapati bali makumi abiliaane azilengwa zipona zyakavundama ansi akukomba Leza, wakakkede achikkalilo. Bakali kwamba kuti, “Ameni, Haleluya!”
5 त्यसपछि सिंहासनबाट यसो भन्‍ने एउटा आवाज आयो, “तिमीहरू सबै उहाँका दासहरू हौ जसले उहाँको भय मान्दछन्, हाम्रा परमेश्‍वरको प्रशंसा गर ।”
Mpawo ijwi lyakazwa anze kuzwa kuchikkalilo, kalyamba kuti, “Alumbwe Leza wesu, moonse nubalanda bakwe inywe nimumuyowa amwi abatali bapati ababo bali amanguzu.”
6 अनि एउटा ठुलो भिडको आवाज जस्तो सोर, धेरै पानीको आवाज र गर्जनजस्तोले “हल्लेलूयाह” भनिरहेको मैले सुनेँ किनभने हाम्रा परमप्रभु सर्वशक्‍तिमान् परमेश्‍वरले राज्य गर्नुहुन्‍छ ।
Mpawo ndakamvwa chakamvwika anga ndijwi mwelwe wabantu, mbuli muzumo wamanzi mayingi, achili mbuli muzumo wakuswanana kwendaabi.
7 हामी आनन्दित होऔँ र खुसी मनाऔँ, र उहाँलाई महिमा दिऔँ किनभने थुमाका विवाहको उत्सव मनाउने दिन आएको छ, उहाँकी दुलहीले आफैँलाई तयार बनाएकी छन् ।”
Atusekelele akubotelwa akumupa bulemu! Nkambo kakukondelwa kwapobwe lyakukwatana kwamwana mbelele lyasika, asibwinga ulilibambilide kale we.
8 तिनलाई मलमलको वस्‍त्र लगाउन अनुमति दिइयो, (किनकि मलमलको वस्‍त्र उहाँका पवित्र मानिसहरूका धार्मिक कार्यहरू हुन् ) ।
Wakazumizigwa kuti azwatikwe ziboneka kazilangika kazili kabotu.” ( Nkambo ziboneka kabotu zitondezya kululama kubantu ba Leza basalala).
9 स्वर्गदूतले मलाई भने, “यो लेखः ‘थुमाको विवाहको भोजमा निमन्‍त्रणा गरिएकाहरू धन्यका हुन् ।’ उनले मलाई यो पनि भने, ‘यी परमेश्‍वरका सत्य वचन हुन् ।’
Mungelo wakati kulindime, lemba ezi! Balilongezezegwe mbaabo batambidwe kupobwe lyalukwatano kwamwana mbelele.” Wakati lubo ayamakani a Leza akasimpe.”
10 उनलाई आराधना गर्न म उनको खुट्टा अगाडि घोप्टो परेँ, तर उनले मलाई “यसो नगर भन्‍नुभयो, किनभने म येशूको बारेमा गवाही राख्‍ने तिम्रा भाइहरू र एक सङ्गी दास मात्र हुँ । परमेश्‍वरको आराधना गर, किनभने येशूको बारेमा भएको गवाही अगमवाणीका आत्‍मा हुनुहुन्छ ।”
Ndakawida andyato zyakwe kuti mukombe wakati kuli ndime, utachiti eechi! Ndumwi mulanda anduwe abakulana bako bajisi bukamboni atala a Jesu. Koomba Leza, nkambo bukamboni bulatala a Jesu muuya wachisinsimi.”
11 तब मैले स्वर्ग खोलिएको देखेँ, र मैले हेरेँ त्यहाँ एउटा सेतो घोडा थियो । त्यसमाथि सवार हुनुहुनेलाई सत्य र विश्‍वासयोग्य भनिन्थ्यो । उहाँले न्‍यायपूर्ण रूपमा इन्साफ र युद्ध गर्नुहुन्छ ।
Mpawo ndakabona ijulu lijukide nkabela ndakalanga alimwi kwakali ibbiza lituba. Ooyo sikuligada uyitwa kuti musyomeki wakasimpe. Zili abululami eezyo zyabeteka ampindu yankondo.
12 उहाँका आँखा आगोको ज्वालाजस्ता र उहाँका शिरमा धेरै मुकुट थिए । उहाँमाथि लेखिएको नाउँ उहाँलाई बाहेक अरू कसैलाई थाहा थिएन ।
Menso akwe akali mbuli insasi zyamulilo, amutwe wakwe kwakali misini myingi. Wakali ezina lyakalembedwe alinguwe elyo utakwe wakalizi pesi weluzutu.
13 उहाँले रगतमा चोबलिएको वस्‍त्र पहिरिनुभएको थियो, र उहाँको नाउँलाई परमेश्‍वरको वचन भनेर बोलाइन्थ्यो ।”
Wakali chisamo chakali kunikidwe mubulowa, nkabela Ijwi lyakwe lyiitwa kuti ndijwi lya Leza.
14 मलमलका सफा कपडा पहिरिएर स्वर्गका सेनाहरू सेतो घोडामा उहाँलाई पछ्याइरहे ।
Basilumamba bakujulu bakali kuyabumutobela amabbiza atuba, kabazwete masila mabotu, atuba akunjenjema.
15 जाति-जातिहरूलाई प्रहार गर्न उहाँको मुखबाट धारिलो तरवार निस्कन्छ, र उहाँले तिनीहरूमाथि फलामको डन्डाले शासन गर्नुहुनेछ । सर्वशक्‍तिमान् परमेश्‍वरको क्रोधले दाखको कोललाई कुल्चन्छ ।
Mukanwa kwakazwa ikafulo kabosya nkinkako kawumya manyika, nkabela uyobayendelezya amufunko wansimbi. Ulolyatula idindi lyakudinina wayini lyabukali bwakunyema kwa Leza Singuzyonse.
16 उहाँको पोशाक र तिघ्रामा “राजाहरूका राजा र प्रभुहरूका प्रभु” भनी एउटा नाउँ लेखिएको छ ।
Ulazina lilembedwe achibaki chakwe achibelo chakwe, “Mwami wabaami, a Mwami wabaami.”
17 मैले एउटा स्वर्गदूतलाई सूर्यमा उभिरहेको देखेँ । तिनले माथि उडिरहेका चराहरू सबैलाई ठुलो सोरले बोलाए, “आओ, सबै परमेश्‍वरको ठुलो भोजका निम्ति भेला होओ ।
Ndakabona mungelo kayimvwi aazuba. Wakali kwita aanze ajwi pati kutuyuni tuuluka atalaamutwe, “Muboole, mubungane amwi kupobwe lya Leza.
18 तिमीहरूले राजाहरू, कप्‍तानहरू, शक्‍तिशाली मानिसहरू, घोडाहरू र त्यसमाथि सवार हुनेहरू, सबै मानिसहरू, दास र स्वतन्त्र दुवै, कमजोर र शक्‍तिशाली सबैका मासु खानेछौ ।”
Mubole mulye nyama yabami, nyama yabendelezi, inyama yamabbiza abasikwagada anyama yabantu boonse, bangunwidwe abazike, nibababatakwe bulemo abasingu.”
19 मैले पशु र पृथ्वीका राजाहरूलाई तिनीहरूका सेनाहरूका साथमा देखेँ । तिनीहरू घोडामाथि सवार हुनुहुने र उहाँका सेनाहरूसँग युद्ध गर्न भेला भएका थिए ।
Ndakabona chinyama abami baansi abasinkondo babo. Bakali bungene kuchitila kuti bakalwane ayoyo sikugada bbiza abasilumamba bakwe.
20 उहाँको उपस्थितिमा आश्‍चर्य कामहरू प्रदर्शन गर्ने झुटा अगमवक्‍तासँगै त्यो पशु पक्राउ पर्‍यो । यी चिह्नद्वारा त्यो झुटा अगमवक्‍ताले त्यस पशुको छाप लगाउने र त्यसको प्रतिरूपको आराधना गर्नेहरूलाई छल गर्‍यो । तिनीहरूमध्ये दुई जनालाई बलिरहेको गन्धकको अग्‍नि-कुण्डमा जिउँदै फालियो । (Limnē Pyr g3041 g4442)
Chinyama chakajatwa anguwe abasinsimi babeji bakali kuchita zitondezyo kaliwo. Azitondezyo ezi wakeena abo bakali batambula bulembyo bwachinyama ababo bakali kukomba chikkozyanio. Babili aaba bakasowelwa mubbila lyamulilo kabachipona mubbila lyamulilo wasilufa. (Limnē Pyr g3041 g4442)
21 तिनीहरूमध्ये बाँकी रहेकाहरूलाई घोडा सवारको मुखबाट निस्केको तरवारद्वारा मारियो । तिनीहरूको मृत शरीरलाई सबै चराले खाए ।
Baami bonse bakajayigwa efulo lyakazwa kumulomo wasikugada bbiza. Toonse tuyuni twakalya nyama yabo yonse.

< प्रकाश 19 >