< प्रकाश 18 >

1 यी कुराहरूपछि मैले अर्को स्वर्गदूत स्वर्गबाट तल झरिरहेको देखेँ । उनीसँग ठुलो शक्‍ति थियो, र उनको महिमाद्वारा पृथ्‍वी उज्यालो भएको थियो ।
אחרי כן ראיתי מלאך אחר יורד מן השמים. מלאך זה היה בעל סמכות גדולה וכוח רב, וזוהר כבודו האיר על כל הארץ.
2 उनी शक्‍तिशाली चर्को सोरले यसो भन्दै कराए, “पतन, महान् बेबिलोनको पतन भएको छ, त्यो दुष्‍ट आत्माहरूका निम्ति एक वासस्थान, हरेक अशुद्ध आत्माका लागि वासस्थान र हरेक अशुद्ध र घृणित चराको एक वासस्थान भएकी छे ।
”בבל הגדולה נפלה!“קרא המלאך בקול אדיר.”בבל הפכה למשכן שדים, ומחסה לרוחות טמאות ולעופות טמאים ושנואים.
3 किनभने सबै जातिले त्यसको अनैतिक कामवासनाको मद्य पिएका छन् । पृथ्वीका राजाहरूले त्यससँग अनैतिक काम गरेका छन् । त्यसको विलासिताको शक्‍तिको जीवन यापनबाट पृथ्‍वीका व्यापारीहरू धेरै धनी भएका छन् ।”
כי כל העמים שתו מיין זנותה; מלכי הארץ זנו ונאפו איתה, וסוחרי הארץ התעשרו מחיי התענוגות, המותרות והבזבוז שניהלה.“
4 त्यसपछि मैले स्वर्गबाट यसो भनेको अर्को आवाज सुनेँ, “मेरा मानिसहरू हो, त्यसबाट बाहिर आओ, ताकि तिमीहरू त्यसका पापहरूमा सहभागी बन्‍नु नपरोस्, र त्यसका कुनै पनि विपत्ति तिमीहरूले भोग्‍नु नपरोस् ।
ואז שמעתי קול אחר מן השמים:”צאו ממנה, עמי! אל תשתתפו בחטאיה, פן תיענשו כמוה!
5 त्यसका पापहरूको थुप्रो स्वर्गजस्तै अग्लो भएको छ, र परमेश्‍वरले त्यसका दुष्‍ट कामहरूको सम्झना गर्नुभएको छ ।
כי חטאותיה הגיעו עד השמים, ואלוהים מוכן לשפטה על פשעיה!
6 जसरी त्यसले अरूलाई दिएकी थिई, त्यसरी नै त्यसलाई फर्काइदेओ र त्यसले जे गरेकी छे फिर्ता गरिदेओ । त्यसले कचौरामा जे मिसाएकी थिई, त्यसको दोब्बर हुने गरी त्यसलाई देओ ।
שלמו לה כגמולה; השיבו לה כפליים מהמעשים הרעים שעשתה לאחרים. היא מזגה כוס תמרורים לאנשים רבים – מיזגו לה אתם שתי כוסות!
7 जसरी त्यसले आफैँलाई महिमित तुल्याई र सुखविलासमा जीवन बिताएकी थिई, त्यसरी नै त्यसलाई यातना र शोक देओ । किनभने त्यसले आफ्नो ह्रदयमा भनेकी छे, ‘म रानीजस्तै भएर बसेकी छु, म एक विधवा होइनँ, र मैले कहिल्यै शोक हेर्नुपर्नेछैन ।’
השיבו לה צער וייסורים כמידת גאוותה ותענוגותיה! כי בלבה היא מתייהרת ואומרת:’אני מלכה שלטת – אינני אלמנה חסרת־אונים ולא אסבול צער וכאב!‘משום כך ביום אחד היא תוכה בצער, מוות, אבל, רעב ותישרף באש, כי האלוהים השופט אותה הוא אל גיבור!“
8 त्यसकारण, त्यसमाथि एकै दिनमा मृत्यु, शोक र अनिकालका विपत्ति आइपर्नेछन् । त्यसलाई आगोद्वारा भस्म पारिनेछ, किनभने परमप्रभु परमेश्‍वर शक्‍तिशाली हुनुहुन्छ, र उहाँ त्यसको न्‍यायकर्ता हुनुहुन्छ ।”
9 पृथ्‍वीका राजाहरूले त्यससँग अनैतिक यौन काम गरे र त्यसले नियन्त्रणदेखि बाहिर गएर बलेको धुवाँ देखेर त्यससँगै रुने र विलाप गर्नेछ ।
כשיביטו מלכי הארץ שזנו איתה בעשן העולה משריפתה, הם יבכו ויספדו.
10 तिनीहरूले त्यसको यातनाको डरलाई देखेर टाढै उभिएर यसो भन्‍नेछन्, “धिकार, धिकार त्यस महान् सहरलाई, शक्‍तिशाली सहर बेबिलोन! किनकि एकै घडीमा तेरो न्याय आएको छ ।”
הם יעמדו מרחוק, כי יפחדו מעינוייה, ויקראו:”אוי לך, בבל העיר הגדולה והחזקה! ברגע אחד בא משפטך ונחרץ דינך!“
11 पृथ्वीका व्यापारीहरूले त्यसको लागि रुने र विलाप गर्नेछन्, किनकि त्यस समयदेखि कसैले पनि त्यसका सामानहरू किन्‍नेछैन ।
סוחרי הארץ יבכו ויתאבלו עליה, כי איש לא יקנה יותר את הסחורה שייבאו באוניות.
12 सुन, चाँदी, बहुमूल्य पत्थर, मोती, मिहिन सुती कपडा, बैजनी, रेसम, चहकिलो रङ सबै किसिमका सुगन्धित काठ, हरेक प्रकारका हस्तिहाडका भाँडाहरू, हरेक बहुमूल्य काठबाट बनेको भाँडा, काँसा, फलाम, सिङ्गमरमर,
היא הייתה הלקוחה הגדולה ביותר שלהם לקניית זהב, כסף, אבנים־יקרות, פנינים, בדים יקרים, ארגמן, משי, שני, עצי בושם למיניהם, כלי שנהב, כלי עץ יקרים, כלי נחושת, ברזל ושיש;
13 तेजपात, मसला, धूप, मूर्र, सुगन्धित धूप, दाखमद्य, तेल, मसिनो पिठो, गहुँ, गाई, भेडा, घोडाहरू र रथहरू, र दासहरू र मानव आत्माहरू ।
קינמון, בשמים יקרים, יינות, שמן, סולת, קמח, בקר וצאן, סוסים, מרכבות, עבדים ואפילו נפשות אדם.
14 तेरो सबै शक्‍तिले तैंले चाहेको फल तँबाट गइसकेको छ । तेरा सबै सुखविलास र वैभवहरू गुमेका छन्, ती फेरि कहिल्यै भेटिनेछैनन् ।
”כל הדברים היקרים שחמדת ואהבת כל־כך נלקחו ממך!“יקראו הסוחרים.”כל הפאר, ההדר והפינוקים אשר אהבת אבדו לך לעולמים!“
15 यी सामानका व्‍यापारीहरू जसले व्‍यापारद्वारा धन कमाएका थिए, तिनीहरूले त्यसमा परिआउने यातनाको डरले टाढै उभिएर रुने र चर्को गरी विलाप गर्नेछन् ।
הסוחרים אשר התעשרו ממנה יעמדו מרחוק, מתוך פחד ויראה מייסוריה, יתאבלו ויבכו:
16 तिनीहरूले भन्‍नेछन्, “धिकार महान् सहर, तँलाई धिकार, त्यो जसले मलमल, बैजनी र रातो रङको कपडा लगाएर सुन, मोती र बहुमूल्य गहनाहरूले सिँगारिएकी थिइस् ।
”אוי, העיר הגדולה והיפה, העיר שדומה לאישה עטופה באריג משובח, אדום וארגמן, ומקושטת בזהב, באבנים יקרות ובפנינים,
17 एकै घडीमा सबै सम्पत्ति नष्‍ट भएका छन् ।” हरेक जहाजको कप्‍तान, हरेक यात्रा गर्ने मानिस, नाविकहरू र समुद्रमा व्यापार गर्नेहरू टाढै उभिए ।
ברגע אחד ירד כל העושר הזה לטמיון!“כל בעלי האוניות, רבי־החובלים ויורדי־הים האחרים יעמדו מרחוק,
18 त्यो जलेको धुवाँ देखेर तिनीहरू कराए । तिनीहरूले भने, “योजस्तो महान् सहर अरू कुन छ र?”
ובהביטם על עשנה עולה שמימה יקראו:”היש עוד עיר גדולה כעיר הזאת?“
19 तिनीहरूले आफ्ना टाउकामा धुलो फ्याँकेर रुँदै र कराउँदै विलाप गरे, “धिक्‍कार, महान् सहरलाई धिक्‍कार, जहाँ समुद्रमा तिनीहरूका जहाज हुनेहरू त्यसको सम्पत्तिबाट धनी भएका थिए । किनकि एकै क्षणमा त्यो नष्‍ट पारिएकी छे ।”
הם יזרקו עפר על ראשם, יבכו, יספדו ויצעקו:”אוי ואבוי לעיר הגדולה! היא העשירה את כולנו – את הסוחרים ואת יורדי־הים – ועתה, בשעה אחת הוחרבה…“
20 स्वर्ग, त्यसमाथि आनन्द गर, विश्‍वासीहरू, प्रेरितहरू र अगमवक्‍ताहरू, किनकि परमेश्‍वरले तिमीहरूमाथिको न्‍याय त्यसमाथि ल्याउनुभएको छ ।”
גילו, השמים, שמחו על סופה! בני־אלוהים, השליחים והנביאים שמחו גם אתם, כי סוף־סוף שפט אותה אלוהים בשמכם!
21 एक जना शक्‍तिशाली स्वर्गदूतले जाँतोजस्तो एउटा ढुङ्गा उठाए र यसो भन्दै समुद्रमा फाले, “यस प्रकारले बेबिलोन, महान् सहर हिंसात्मक तरिकाले तल खसालिनेछ र त्यसलाई फेरि कहिल्यै देखिनेछैन ।
מלאך גיבור הרים אבן גדולה שנראתה כאבן־רחיים, השליכה בעוצמה אל תוך הים ואמר:”כך תושלך בבל הגדולה ותיעלם לנצח!
22 वीणाको स्वर, सङ्गीतकारहरू, बाँसुरी बजाउनेहरू र तुरही फुक्‍नेहरूको धुन तँमा फेरि कहिल्‍यै सुनिनेछैन । कुनै पनि कारिगर तँमाथि भेटाइनेछैन । कुनै पनि जाँतोको आवाज तँमा कहिल्‍यै सुनिनेछैन ।
לא יישמע בקרבך קול זימרה, נגינת כינורות, חלילים וחצוצרות. לא יישמע אצלך קול מסגר בעבודתו או קול בעל־מלאכה אחר, ולא יישמע קול טחינת החיטה.
23 बत्तीको ज्योति तँमा कहिल्‍यै चम्कनेछैन । दुलहा र दुलहीको आवाज तँमा कहिल्‍यै सुनिनेछैन, किनभने तेरा व्यापारीहरू पृथ्‍वीका राजकुमारहरू थिए, र जातिहरू तेरा टुनामुनाद्वारा छानिएका थिए ।
לעולם לא יאיר בקרבך אור מנורה; לא ייערכו אצלך יותר חגיגות־חתונה, ולא תישמענה צהלות שמחה של חתן וכלה.”כי הסוחרים שלך היו מנכבדי הארץ, ובקסמיך וכישופיך רימית את כל העמים.
24 त्यसैमा अगमवक्‍ताहरू र विश्‍वासीहरूको रगत र पृथ्‍वीमा मारिएकाहरू सबैको रगत भेटिएको थियो ।”
”את אחראית לדם הנביאים, בני־האלוהים וכל אלה שנרצחו בארץ, כי דמם נמצא בך!“

< प्रकाश 18 >