< प्रकाश 17 >

1 सातवटा कचौरा लिएका सात जना स्वर्गदूतमध्ये एक जनाले मकहाँ आएर भने, “आऊ, म तिमीलाई धेरै पानीमाथि बसेकी त्यस महावेश्यालाई दिएको दण्डलाई देखाउनेछु ।
ܘܐܬܐ ܚܕ ܡܢ ܫܒܥܐ ܡܠܐܟܐ ܕܐܝܬ ܥܠܝܗܘܢ ܫܒܥ ܙܒܘܪܝܢ ܘܡܠܠ ܥܡܝ ܠܡܐܡܪ ܬܐ ܒܬܪܝ ܐܚܘܝܟ ܕܝܢܐ ܕܙܢܝܬܐ ܕܝܬܒܐ ܥܠ ܡܝܐ ܤܓܝܐܐ
2 त्यससँग पृथ्वीका राजाहरूले यौन अनैतिकता गरेका छन् । पृथ्वीका बासिन्दाहरू त्यसको यौन अनैतिकताको मद्यले मातेका छन् ।”
ܕܥܡܗ ܙܢܝܘ ܡܠܟܝܗ ܕܐܪܥܐ ܘܪܘܝܘ ܟܠܗܘܢ ܥܡܘܪܝܗ ܕܐܪܥܐ ܡܢ ܚܡܪܐ ܕܙܢܝܘܬܗ
3 त्यसपछि स्वर्गदूतले मलाई आत्मामा बोकेर उजाड-स्थानतिर लगे, र निन्दा गर्ने पुरै नाउँहरूले भरिएकी रातो रङको पशुमाथि बसेकी एउटी स्‍त्रीलाई मैले देखेँ । त्यस जनावरको सातवटा टाउका र दसवटा सिङ थिए ।
ܘܐܦܩܢܝ ܠܚܘܪܒܐ ܒܪܘܚ ܘܚܙܝܬ ܐܢܬܬܐ ܕܝܬܒܐ ܥܠ ܚܝܘܬܐ ܤܘܡܩܬܐ ܕܡܠܝܐ ܫܡܗܐ ܕܓܘܕܦܐ ܕܐܝܬ ܠܗ ܪܫܐ ܫܒܥܐ ܩܪܢܬܐ ܕܝܢ ܥܤܪ
4 त्यस स्‍त्रीले बैजनी र रातो चहकिलो पोशाक लगाएकी र सुन, बहुमूल्य मणि र मोतीहरूले सिँगारिएकी थिई । घिनलाग्दा कुराहरू र यौन अनैतिकताका अशुद्ध थोकहरूले भरिएको एउटा सुनको कचौरा त्यसले हातमा समातिरहेकी थिई ।
ܘܐܢܬܬܐ ܐܝܬ ܗܘܐ ܕܡܥܛܦܐ ܐܪܓܘܢܐ ܘܙܚܘܪܝܬܐ ܕܡܕܗܒܢ ܒܕܗܒܐ ܘܟܐܦܐ ܛܒܬܐ ܘܡܪܓܢܝܬܐ ܘܐܝܬ ܠܗ ܟܤܐ ܕܕܗܒܐ ܥܠ ܐܝܕܗ ܘܡܠܐ ܛܡܐܘܬܐ ܘܤܘܝܒܐ ܕܙܢܝܘܬܗ
5 एउटा रहस्यको अर्थ भएको नाउँ त्यसको निधारमा लेखिएको थियोः “पृथ्वीमा भएका घिनलाग्दा कुराहरू र वेश्याहरूकी आमा महान् बेबिलोन ।”
ܘܥܠ ܒܝܬ ܥܝܢܝܗ ܟܬܝܒ ܐܪܙܐ ܒܒܝܠ ܪܒܬܐ ܐܡܐ ܕܙܢܝܬܐ ܘܕܤܘܝܒܝܗ ܕܐܪܥܐ
6 मैले त्यस स्‍त्रीले विश्‍वासीहरूको रगत र येशूको निम्ति सहिद भएकाहरूको रगत पिएर मातेकी देखेँ । जब मैले त्यसलाई देखेँ, तब म सार्‍है नै चकित भएँ ।
ܘܚܙܝܬ ܐܢܬܬܐ ܕܪܘܝܐ ܡܢ ܕܡܐ ܕܩܕܝܫܐ ܘܡܢ ܕܡܐ ܕܤܗܕܘܗܝ ܕܝܫܘܥ ܘܐܬܕܡܪܬ ܕܘܡܪܐ ܪܒܐ ܟܕ ܚܙܝܬܗ
7 तर स्वर्गदूतले मलाई भने, “तिमी किन चकित हुन्छौँ? म तिमीलाई त्यो स्‍त्री र त्यसलाई बोक्‍ने सातवटा टाउका र दसवटा सिङ भएको पशुको रहस्यको अर्थ बताउनेछु ।
ܘܐܡܪ ܠܝ ܡܠܐܟܐ ܠܡܢܐ ܐܬܕܡܪܬ ܐܢܐ ܐܡܪ ܐܢܐ ܠܟ ܪܐܙܐ ܕܐܢܬܬܐ ܘܕܚܝܘܬܐ ܕܛܥܝܢܐ ܠܗ ܕܐܝܬ ܠܗ ܫܒܥܐ ܪܫܝܢ ܘܥܤܪ ܩܪܢܢ
8 तिमीले देखेको त्यो पशु अस्तित्वमा थियो र अहिले अस्तित्वमा छैन, तर अगाध खाँदबाट माथि निस्कन लागेको छ । तब यो विनाशतिर जानेछ । पृथ्वीमा जिउनेहरू जसका नाउँ संसारको उत्पत्तिदेखि जीवनको पुस्तकमा लेखिएका छैनन्, तिनीहरू त्यो पशुलाई देखेर चकित पर्नेछन्, किनभने त्यो अस्तित्वमा थियो, अहिले अस्तित्वमा छैन, तर आउनै लागेको छ । (Abyssos g12)
ܚܝܘܬܐ ܕܚܙܝܬ ܐܝܬܝܗ ܗܘܬ ܘܠܝܬܝܗ ܥܬܝܕܐ ܕܬܤܩ ܡܢ ܝܡܐ ܘܠܐܒܕܢܐ ܐܙܠܐ ܘܢܬܕܡܪܘܢ ܥܡܪܝ ܥܠ ܐܪܥܐ ܗܢܘܢ ܕܠܐ ܟܬܝܒܝܢ ܫܡܗܝܗܘܢ ܒܤܦܪܐ ܕܚܝܐ ܡܢ ܬܪܡܝܬܗ ܕܥܠܡܐ ܕܚܙܝܢ ܚܝܘܬܐ ܕܐܝܬܝܗ ܗܘܬ ܘܠܝܬܝܗ ܘܩܪܒܬ (Abyssos g12)
9 यसले बुद्धि भएको मनलाई आव्हान गर्छ । सातवटा टाउका सातवटा डाँडा हुन् जसमाथि त्यो स्‍त्री बसेकी छे ।
ܗܪܟܐ ܗܘܢܐ ܠܕܐܝܬ ܠܗ ܚܟܡܬܐ ܫܒܥܐ ܪܫܝܢ ܫܒܥܐ ܐܢܘܢ ܛܘܪܝܢ ܐܝܟܐ ܕܝܬܒܐ ܐܢܬܬܐ ܥܠܝܗܘܢ
10 तिनीहरू सात राजाहरू पनि हुन् । पाँच जना राजा पतन भइसकेका छन्, एक जना अस्तित्वमा छ, र एक जना अहिलेसम्म आएको छैन । जब त्यो आउँछ, तब केही समयका लागि रहन्छ ।
ܘܡܠܟܐ ܫܒܥܐ ܐܢܘܢ ܚܡܫܐ ܢܦܠܘ ܘܚܕ ܐܝܬܘܗܝ ܗܘ ܐܚܪܢܐ ܠܐ ܥܕܟܝܠ ܐܬܐ ܘܡܐ ܕܐܬܐ ܩܠܝܠ ܝܗܝܒ ܠܗ ܠܡܟܬܪܘ
11 त्यो पशु अस्तित्वमा थियो, तर अहिले अस्तित्वमा छैन । त्यो आफैँ पनि आठौँ राजा हो, तर ती सात राजामध्‍ये त्यो एक हो, तर त्यो नष्‍ट हुन गइरहेको छ ।
ܘܬܢܝܢܐ ܘܚܝܘܬܐ ܗܝ ܕܐܝܬܝܗ ܘܠܝܬܝܗ ܘܗܝ ܕܬܡܢܝܐ ܘܡܢ ܫܒܥܐ ܗܝ ܘܠܐܒܕܢܐ ܐܙܠܐ
12 तिमीले देखेका दसवटा सिङ दस जना राजा हुन्, जसले अहिलेसम्म राज्य प्राप्‍त गरेका छैनन्, तर त्यो पशुसँगै तिनीहरूले एक घण्टाका निम्ति राजाकै अधिकार प्राप्‍त गर्नेछन् ।
ܘܥܤܪ ܩܪܢܢ ܕܚܙܝܬ ܥܤܪܐ ܡܠܟܝܢ ܐܢܘܢ ܐܝܠܝܢ ܕܡܠܟܘܬܐ ܠܐ ܥܕܟܝܠ ܢܤܒܘ ܐܠܐ ܫܘܠܛܢܐ ܐܝܟ ܡܠܟܐ ܚܕܐ ܫܥܬܐ ܫܩܠܝܢ ܥܡ ܚܝܘܬܐ
13 यिनीहरूको एउटै विचार छ, र तिनीहरूले आफ्नो शक्‍ति र अधिकार त्यो पशुलाई दिन्छन् ।
ܗܠܝܢ ܚܕ ܨܒܝܢܐ ܐܝܬ ܠܗܘܢ ܘܚܝܠܐ ܘܫܘܠܛܢܐ ܕܝܠܗܘܢ ܠܚܝܘܬܐ ܝܗܒܝܢ
14 तिनीहरूले थुमाको विरुद्धमा लडाइँ गर्नेछन् । तर थुमाले तिनीहरूलाई जित्‍नुहुनेछ, किनभने उहाँ प्रभुहरूका प्रभु र राजाहरूका राजा हुनुहुन्छ, र उहाँसँग हुनेहरू बोलाइएका, छानिएका र विश्‍वासयोग्यहरू हुन् ।”
ܗܠܝܢ ܥܡ ܐܡܪܐ ܢܩܪܒܘܢ ܘܐܡܪܐ ܢܙܟܐ ܐܢܘܢ ܡܛܠ ܕܡܪܐ ܗܘ ܕܡܪܘܬܐ ܘܡܠܟ ܡܠܟܐ ܘܕܥܡܗ ܩܪܝܐ ܘܓܒܝܐ ܘܡܗܝܡܢܐ
15 ती स्वर्गदूतले मलाई भने, “तिमीले देखेको पानीमाथि जहाँ त्यो वेश्या बसेकी छे, त्यो पानी मानिसहरू, भिड, जाति र भाषाहरू हुन् ।”
ܘܐܡܪ ܠܝ ܡܝܐ ܕܚܙܝܬ ܕܥܠܝܗܘܢ ܝܬܒܐ ܙܢܝܬܐ ܥܡܡܐ ܘܟܢܫܐ ܘܐܡܘܬܐ ܘܠܫܢܐ ܐܝܬܝܗܘܢ
16 तिमीले देखेका दसवटा सिङ र त्यो पशुले त्यो वेश्यालाई घृणा गर्नेछन् । तिनीहरूले त्यसलाई एकलो र नाङगै पारेर त्यसको शरीरलाई सिद्ध्याउनेछन्, र त्यसलाई तिनीहरूले आगोले पूर्ण रूपमा डढाउनेछन् ।
ܘܥܤܪ ܩܪܢܬܐ ܕܚܙܝܬ ܠܚܝܘܬܐ ܗܠܝܢ ܢܤܢܝܢ ܠܙܢܝܬܐ ܘܚܪܒܬܐ ܘܥܪܛܠܝܬܐ ܢܥܒܕܘܢܗ ܘܒܤܪܗ ܢܐܟܠܘܢ ܘܢܘܩܕܘܢܗ ܒܢܘܪܐ
17 किनभने परमेश्‍वरको वचन पुरा नहोउञ्‍जेलसम्म एउटै मनको भई तिनीहरूले आफ्नो अधिकार त्यो पशुलाई राज्य गर्न दिन उहाँको उद्देश्य पुरा हुनलाई परमेश्‍वरले यस्तो विचार हलिदिनुभयो ।
ܐܠܗܐ ܓܝܪ ܝܗܒ ܒܠܒܘܬܗܘܢ ܕܢܥܒܕܘܢ ܨܒܝܢܗ ܘܢܥܒܕܘܢ ܨܒܝܢܗܘܢ ܚܕ ܘܢܬܠܘܢ ܡܠܟܘܬܗܘܢ ܠܚܝܘܬܐ ܗܝ ܥܕܡܐ ܕܢܫܬܡܠܝܢ ܡܠܘܗܝ ܕܐܠܗܐ
18 तिमीले देखेको त्यो स्‍त्री पृथ्वीका राजाहरूमाथि शासन गर्ने महानगरी हो ।”
ܘܐܢܬܬܐ ܐܝܕܐ ܕܚܙܝܬ ܡܕܝܢܬܐ ܪܒܬܐ ܐܝܕܐ ܕܐܝܬ ܠܗ ܡܠܟܘܬܐ ܥܠ ܡܠܟܝܗ ܕܐܪܥܐ

< प्रकाश 17 >