< प्रकाश 16 >
1 मन्दिरदेखि आएको एउटा चर्को सोरले सात जना स्वर्गदूतलाई यसो भनेर बोलाएको मैले सुनेँ, “जाऊ र परमेश्वरको क्रोधका सातवटा कचौरा पृथ्वीमा खन्याओ ।”
I słyszałem głos wielki z kościoła, mówiący siedmiu Aniołom: Idźcie, a wylejcie siedm czasz zapalczywości Bożej na ziemię.
2 पहिलो स्वर्गदूत गए र आफ्नो कचौरा पृथ्वीमा खन्याए । त्यस पशुको छाप हुने र त्यसको मूर्तिलाई पुजा गर्ने मानिसहरूलाई घिनलाग्दा र पीडादायी घाउहरू आए ।
I wyszedł pierwszy Anioł, a wylał czaszę swoję na ziemię; i wyrzucił się zły i szkodliwy wrzód na ludzi, którzy mieli piętno bestyi i na tych, którzy się kłaniali obrazowi jej.
3 दोस्रो स्वर्गदूतले आफ्नो कचौरा समुद्रमा खनाए । अनि यो मरेको मानिसको रगतजस्तो भयो, र समुद्रमा भएका हरेक जीवित प्राणीहरू मरे ।
I wylał wtóry Anioł czaszę swoję na morze, i stało się jakoby krew umarłego, a każda dusza żywa zdechła w morzu.
4 तेस्रो स्वर्गदूतले आफ्नो कचौरा नदी र पानीका मूलहरूभित्र खन्याए, र ती रगत भए ।
I wylał trzeci Anioł czaszę swoję na rzeki i źródła wód, i obróciły się w krew.
5 पानीको स्वर्गदूतले यसो भनेको मैले सुनेँ, “तपाईं धर्मी हुनुहुन्छ, जो हुनुहुन्छ, हुनुहुन्थ्यो, र पवित्र जन हुनुहुन्छ, किनकि यी कुराहरूलाई तपाईंले न्याय गर्नुभयो ।
I słyszałem Anioła wód mówiącego: Sprawiedliwyś jest, Panie! któryś jest i któryś był, i święty, żeś to rozsądził.
6 किनभने तिनीहरूले विश्वासी र अगमवक्ताहरूको रगत बगाएका छन्, तपाईंले तिनीहरूलाई रगत पिउन दिनुभयो, तिनीहरू यसैको योग्य छन् ।”
Ponieważ krew świętych i proroków wylewali, dałeś im też krew pić; bo tego są godni.
7 वेदीले जवाफ दिएको मैले सुनेँ, “हो, सर्वशक्तिमान् परमप्रभु परमेश्वर, तपाईंका न्याय सत्य र धार्मिक छन् ।”
I słyszałem drugiego od ołtarza mówiącego: Zaiste, Panie, Boże wszechmogący! prawdziwe i sprawiedliwe są sądy twoje.
8 चौथो स्वर्गदूतले आफ्नो कचौरा सूर्यमा खन्याए, र त्यसलाई मानिसहरूलाई आगोले डढाउने अनुमति दिइएको थियो ।
Potem czwarty Anioł wylał czaszę swoję na słońce, i dano mu moc trapić ludzi gorącością ognia.
9 तिनीहरू प्रचण्ड तापद्वारा डढे, र तिनीहरूले यस विपत्तिहरूमाथि शक्ति भएका परमेश्वरको नाउँको निन्दा गरे । तिनीहरूले पश्चात्ताप गरेनन् वा उहाँलाई महिमा दिएनन् ।
I byli upaleni ludzie gorącością wielką, i bluźnili imię Boga, który ma moc nad temi plagami; wszakże nie pokutowali, aby mu chwałę dali.
10 पाँचौँ स्वर्गदूतले आफ्नो कचौरा त्यस पशुको सिंहासनमा खन्याए, र त्यसको राज्यलाई अन्धकारले ढाक्यो । तिनीहरूले कष्टमा आ-आफ्नो जिब्रो चपाए ।
Tedy wylał piąty Anioł czaszę swoję na stolicę bestyi; i stało się królestwo jej zaćmione, i żwali języki swoje od boleści.
11 तिनीहरूका पीडा र घाउहरूका कारण स्वर्गका तिनीहरूले परमेश्वरको नाउँको निन्दा गरे, र अझै पनि तिनीहरूले गरेका कामबाट पश्चात्ताप गर्न तिनीहरूले इन्कार गरे ।
I bluźnili Boga niebieskiego dla boleści swoich i dla wrzodów swoich; wszakże nie pokutowali z uczynków swoich.
12 छैटौँ स्वर्गदूतले आफ्नो कचौरा महानदी यूफ्रेटिसमा खन्याए । पूर्वबाट आउनुहुने राजाहरूका निम्ति बाटो तयार गर्न त्यो नदीको पानी सुक्यो ।
I wylał szósty Anioł czaszę swoję na onę wielką rzekę Eufrates i wyschła woda jej, aby zgotowana była droga królom od wschodu słońca.
13 मैले अजिङ्गर, पशु र झुटो अगमवक्ताका मुखहरूबाट भ्यागुताजस्ता तिनवटा अशुद्ध आत्मा बाहिर निस्किरहेको देखेँ ।
I widziałem z ust smokowych i z ust bestyi, i z ust fałszywego proroka trzy nieczyste duchy wychodzące, podobne żabom.
14 किनकि तिनीहरू दुष्टका आत्माहरू थिए जसले आश्चर्यपूर्ण चिह्नको प्रदर्शन गर्दछन् । तिनीहरू सारा संसारका राजाहरूकहाँ गएर सर्वशक्तिमान् परमेश्वरको महान् दिनको युद्धका लागि तिनीहरूलाई सँगसँगै भेला गर्छन् ।
Albowiem są duchy dyjabelskie, czyniące cuda, które wychodzą do królów ziemi i na wszystek okrąg świata, aby ich zgromadzili na wojnę onego wielkiego dnia Boga wszechmogącego.
15 “हेर, म एउटा चोरजस्तै गरेर आउनेछु; धन्य हो त्यो मानिस जो जागा रहन्छ, जसले आफ्ना वस्त्रहरू राख्तछ, ताकि ऊ नाङ्गै बाहिर जान नपरोस् र तिनीहरूले उसको लाजमर्दो अवस्था देख्न नपरोस् ।”
Oto idę jako złodziej: Błogosławiony, który czuje i strzeże szat swoich, aby nie chodził nago i nie widziano sromoty jego.
16 तिनीहरूले उनीहरूलाई एकै ठाउँमा ल्याए जसलाई हिब्रू भाषामा आर-मागेड्डोन भनिन्छ ।
I zgromadził ich na miejsce, które zowią po żydowsku Armagieddon.
17 तब सातौँ स्वर्गदूतले आफ्नो कचौरा हावामा खन्याए । त्यसपछि सिंहासन र मन्दिरबाट यसो भन्दै एउटा चर्को सोर आयो, “सिद्धिएको छ ।”
Tedy wylał siódmy Anioł czaszę swoję na powietrze; i wyszedł głos wielki z kościoła niebieskiego od stolicy, mówiący: Stało się.
18 त्यहाँ बिजुलीहरू चम्किए, गर्जन र आवाजहरू र डरलाग्दो भूकम्प गयोः यति डरलाग्दो भूकम्प गयो कि पृथ्वीमा मानिसहरू सृष्टि भएदेखि यति ठुलो भूकम्प कहिल्यै गएको थिएन ।
I stały się głosy i gromy, i błyskawice; i stało się wielkie trzęsienie ziemi, jakiego nigdy nie było, jako są ludzie na ziemi, trzęsienia ziemi tak wielkiego.
19 त्यो ठुलो नगर तिन भागमा विभाजन भयो, र जातिहरूका सहरहरू नष्ट भए । अनि परमेश्वरले त्यो महान् बेबिलोन भनेर मनमा बोलाउनुभयो, र उहाँको आफ्नो डरलाग्दो क्रोधको मद्यले भरिएको कचौरा त्यस सहरलाई दिनुभयो ।
I stało się ono miasto wielkie na trzy części rozerwane, i miasta narodów upadły; i Babilon on wielki przyszedł na pamięć przed obliczem Bożem, aby mu dał kielich wina zapalczywości gniewu swojego.
20 हरेक टापु हराएर गयो, र पर्वतहरू फेरि भेट्टाइएनन् ।
I wszystkie wyspy uciekły, i góry nie są znalezione.
21 आकाशबाट ठुला-ठुला असिनाहरू मानिसहरूमाथि बर्सेन लागे । असिनाको विपत्तिका कारण तिनीहरूले परमेश्वरलाई सरापे, किनकि त्यो विपत्ति अति नै डरलाग्दो थियो ।
I wielki grad jako cetnarowy spadł z nieba na ludzi, i bluźnili ludzie Boga dla plagi gradu, iż plaga jego była bardzo wielka.